due to virus infection in windows partition of my computer, i had to delete partition, along with others, unicode Nepali typing software got deleted from hard drive and now i am not able to type in Nepali. Below is second part of my book (someday it will be printed on form of book…. i guess), hope u will enjoy !!
‘भनेपछि मिष्टर तिमि सिभिल इञ्जिनियर पदको लागि एप्लाइ गर्दैछौ ?’ म अगाडी बसेकी चालिस हाराहारीकी मङगोलियन महिलाले अंग्रेजिमा सोधी। उ पुर्ण कर्पोरेट देखिन्थी। दुबइमा रहेको कोरीयन कम्पनी ‘जेन्हा इञ्जिनियरिङ’को निम्ति मागियका फरक फरक विधाका १२ इञ्जिनियर को निम्ति महाराजगञ्जस्थित आसमाक्स नेपालको अफिसमा चलिरहेको अन्तर्वातामा थियँ म। मेरा डकुमेन्टहरू पल्टाइ उसले तर खोजेको प्रमाणपत्र भेटाइन। फेरी पल्टाइ र टेवलमा बजारी।
‘यस म्याम सिभिल इञ्जिनियरकै लागि हो’ मैले उभियरै उत्तर दियँ। उसले मेरो मुखमा घोरियर हेरी।
‘मिष्टर तिमिले कुन युनिभर्षिटि या कलेजबाट इञ्जिनियरिङ डिग्रि लियका छौ ? मैले यि कागजपत्रको भिडमा इञ्जिनियरिङ सम्बन्धि खोजेको कुनै प्रमाणपत्र भेटाउन सकिन’ दुवै हातका कुइनाले चिउँडो अड्याउँदै सोधी उसले।
जेन्हाकि हुमन रिसोर्स म्यानेजर स्वयंले अन्तर्वार्ता लिने भनिएको थियो विज्ञापनमा। यही हुनुपर्छ त्यो भाइरस ।
‘म सँग सिभिल इञ्जिनियरिङ या कुनै प्रकारका इञ्जिनियरिङको डिग्रि छैन तर म सिभिल इञ्जिनियरिङको रुपमा काम गर्न सक्छु’ सामान्यरूपमै दिइएको उत्तरमा उ झस्की। अव उसले दुवै हात छातीमा वाँधी। उसको मुहारमा केहि तनाव देखियो। ‘कृपा गरेर के तिमि बताउन सक्छौ ? कसरि?’ उसले सोधि। मैले बुझेसम्म त्यहाँसम्म उसले केसमा रुचि देखायकी थिइ, उसको उत्सुकता अझ बढेको थियो अब।
‘उत्तर दिनुअघि के म कुर्सिमा बस्न सक्छु म्याडम?’ म कुर्सिमा बस्न खोज्दै थियँ, उसले भनि ‘के तिम्रो ढाडमा समस्या छ सिभिल इञ्जिनियर महोदय? पाँच मिनट उभिन सक्दैनौ? यो म्यानेजरले आफ्नो कित्ता क्लियर गरिसकेकि थिइ। डाइलग गर्हुँगै दिइ। म बसिन। पुर्ववत पोजिशन लियँ । Read the rest of this entry »
नेपाल छाडने बेलामा कान्तिपथस्थित एजुकेशनल हाउसबाट केहि पुस्तकहरु किनेर ल्यायको थियँ, मुग्लानाँ (मुम्बइ) बसेर पढुँला भनेर । झमक घिमिरेको भर्खर प्रकाशित ‘जीवन काँडा की फुल’ देवेन्द्र भट्टराइको ‘रेगिस्तान डायरि’ पाउलोको ‘The winner stands alone’ , सम्राट उपाध्यायको ‘Buddha’s Orphan’, युग पाठकको ‘उर्गेनको घोडा’ र जर्ज अर्वेलको ‘1984’ थिय। त्यतिबेलासम्ममा पाउलोको ‘The Zahir’ पढेर सकियको थियन। मेरो पढने समयको कुनै निश्चितता नहुने हुनाले कहिले पुस्तकहरु एकरात-एकदिनमा(मयुर टाइम्स) सकिन्छन भने कहिले धेरै दिन लाग्छन। तर साँच्चै मैले अनुभवका आधारमा भन्छु, पुस्तकजस्तो उत्तम साथि जीवनमा अर्को हुन्न रहेछ। जहाँ-जतिबेलापनि पढे पनि हुने, पुस्तकहरु केहि माग गर्दैनन, खुरुक्क झोलाको कुनामा या गोजिमा समेत बस्छन । प्रयाश के हुन्छ भने, राम्रा पुस्तकहरु पढन पाइयोस। बुद्विजिवि भनेर मैले कनकमणि दिक्षित टाइपका पुस्तकहरु खोजेको हैन। बिषयबस्तुप्रति सापेक्ष रहेर लेखियका लेख/पुस्तकहरु पढनुको आनन्द पाठकले अर्कै भेट्छ, कसैको अन्ध समर्थन या बिरोधमा भन्दा।
मुम्बइ आयपछि त्यति पढने समय पाइयन। काँधले धान्नसक्ने भन्दा बढि होमवर्क र फिल्डवर्क अनि क्लास, शुटिङले प्राय समय लिय। त्यसैमा निद्रादेविको चर्को दबाब र मागहरु। निँदपनि किन यस्तो मिठो प्रभु जीवनमा? छक्क पर्छु यार, जहाँ पनि निदाउन तयार, टाउको अडाउने ठाउँ भय पुग्यो। सुरक्षाका लागि दारि पालेको नभयर नकाटेको छु, दारि नकाटेर हरितन्नम बन्नुलाइ यहाँको समाजमा समेत एकातिर सम्भावित या अनुभवि देवदासको रुपमा हेरिँदो रहेछ जो पिरेमको चर्को रिजल्ट हातमा समातेर बाँचिरहेको छ, अर्कोतिर अल-कायदा या लस्करे तोयबाको सम्भावित लडाकु पनि हुनसक्छ भन्ने रुपमा। दोस्रो समस्या त्यति परेको छैन तर कहिलेकाँहि पहिलोले प्रश्नहरु तेर्साइदिन्छ।
क्याण्टिनमा दक्षिण भारतिय खाजा इडली साम्भर खाइरहेको बेला चेन्नइकी जिया आनन्दले सोधि ‘what happened Hari?’ मैले दायाँबायाँ हेरेर सोधेँ ‘I don’t know what happen’ भावबिहिन मुद्रामा दिइयको उत्तरमा जियाले खोजेको भेटाइन होला ‘ it is about love suv, right?’ उसले मौसम जुस पिउँदै भनि। ‘what love suv…’ मेरो निधारमा झ्याउ लागेको भेउ पायर बिचैमा उ बोली ‘य सब दाडिवाडि क्या चक्कर हे यार, कमन हरि, होता हे सबको होता हे, मेरा आता नहिँ नहिँ तो मेँ भि तुम्हारा जैसा हि रखति थि, य लभ सभका चक्कर छोड, सामको मरिन ड्राइभ चलता हे क्या, हम लोग जा रहेँ आज’
‘मरिन ड्राइभ मे क्या हे?’ मैले सोधेँ । त्यसअगिका संवादको उत्तर दिनु सान्दर्भिक देखियन हितोपदेशकर्तालाइ।
‘Jazz by the bay, चल्ता हे रे क्या..उ ला ला’ आँखा घुमाउँदै ज्ञानी केटिले भनी। कुनै केटाले यसरि भोको पेटमा उपदेश दियको हुँदो हो त, एक झ्यापु खाइसकेको हुन्थ्यो । पाजी दारि पालेको पनि हैन, नकाटेको मात्रैमा पनी ‘तँ किन देवदास भैस बाबु भन्दै सुन्नुपर्ने यार। मेरो गम्भिर आपत्ति छ। नेपालाँ ह्रिदेश त्रिपाठिलाइ पनि यस्तै प्रश्न या हितोपदेश आउँदा हुन कि ? उनि त नेपालका लागि दारिका होलसेल डिलर नै हुन मैले जान्दादेखिन, जन्मँदै दारिसहित जन्मियका त हैनन कतै, अनुसन्धानको बिषय हो यो। Read the rest of this entry »
फेसबुकमा रिलिज गरेको केहि दिनपछि आज यो Kambakhth Bollywood यहाँ राख्दैछु । फेसबुक प्रयोग गर्न नचाहने साथिहरुले यहाँ हेर्न सक्नुहुनेछ । कृपया यो पहिलो प्रयाश हो, त्रुटिहरु धेरै छन । सहनुहोला ।
आज म यसै ब्लगमार्फत सम्पादनको चरणमा रहेको मेरो उपन्यासको (शिर्षक नजुरिसकेको- कभर डिजाइन यसै गरेको हुँ खै कहिलेको राति) केहि अंश राख्दैछु । पुनर्लेखन र सम्पादन लगायतका धेरै कामहरु बाँकि छन तर आशा छ कुनै दिन यो पुस्तक नेपाली बजारमा पक्कै आउनेछ।
……..गबिरको मृत्यु सामान्य बनेको थ्यो। जब मृत्युको बादलले घेरिरहन्छ, अन्य मृत्युहरु विषादपुर्ण हुँदाहदैपनि सामान्य बन्दै जान्छन्। धनी देशका मान्छेहरु कसैको मृत्युमा सयौं जम्मा होलान. तर इराकमा मलामीको कमी छ। मलामी बन्नेहरु हरेक दिन अल्पायुमै मारिइरहेका छन्।
फारुकमार्फत मायामीस्थित हेडअफिसमा थाहा भैसकेको थ्यो हाम्साको त्राशदी, गबिरको मृत्यु। जोनाथनभन्दा माथिकै हुनुपर्छ नोरीक मलिकीले सिरियामा फेडेक्समै काम गर्ने वातावरण मिलाउन पहल गर्ने इमेल लेख्यो। हाम्साले राहत महशुस गरी।
७५० किलोमिटर टाढा सिरियाको यात्रामा निस्कन तयार हुँदै थियो अर्को इराकी परिवार शरणार्थीको रुपमा।
************
सेतो टोयोटा धुलो उडाउँदै छिर्यो्। अल मेहन्दीको उही नाइके झर्यो मोटरबाट। ड्राइभिङ सिटमा कालो पोशाकमै मोटे थ्यो यसपाली। उ पनि बाहिर निस्कियो ह्याण्ड ब्रेक निर राखेको थ्रि नट थ्रि निकालेर।रहिम आँगनमा खेलिरहेको थ्यो , भित्र पस्यो। हाम्साको बाउ निस्कियो बाहिर। ‘सलाम वाले कुम’ नाइकेले भन्यो। त्यसका आँखाले केही खोजिरहेका थिय। हाम्सा!
हजुरआमासँग टाँसियर रहिम बाहिर निस्कीयो। अल मेहन्दी आर्मीका हुन् भन्ने जनाउन उनीहरु सबैले कालो पोशाक लगायका थिय। नाइकेका हातमा राइफल थियन। हाम्साको बाउले डरको थुक निल्यो घुटुक्क। छोराका हत्याराहरु अगाडी उभियका छन् , केही गर्न सक्दैन उ!
‘केटी खै?’ नाइकेले सोध्यो। आमाले बाउतिर हेरी। ‘अल मन्सुर गयकी छे हाम्सा’ बुढाले भन्यो याचनामिश्रीत स्वरमा। ‘शत्रुका निम्ति काम गर्नेहरु शत्रु हुन्, अल्लाहले ती गद्दारलाई माफ गर्नुहुनेछैन’ नाइकेले चर्को स्वरमा भन्यो। अल्लाहको नाम लिँदाबित्तिकै बाँकि केटाहरु सतर्क भय। ‘हामि अल्लाहका सैनिक हौं , अल्लाहका दुश्मनलाइ छाड्दैनौं , तिमीहरुकी छोरीले अमेरीकी शैतानका निम्ति काम गर्छे , शत्रुका निम्ति, जसले हाम्रा कैयौं बाबु-आमा, दिदि भाइहरुको दिनहुँ हत्या गरिरहेको छ, त्यो पापको धनबाट खाने तिमीहरु सबै हरामी हौ’
‘तर…….अल्लाहको कृपाले मेरो कुरा सुन्नुस’ बुढो केही भन्न खोज्दै थ्यो , नाइकेले रोक्यो। उसको अनुहार क्रुर हुँदै गइरहेको देखियो ‘अन्तिम अवसर दिँदा पनि तिम्री छोरी फेरी तिनै हरामखोरकोमा पुगी , अल्लाहले दिने सजाय पाउनै पर्छ तिमीहरुले, खै छोरीलाइ फोन लगा’ नाइकेको आदेशसँगै बुढाले गोजीबाट मोबाइल झिकेर रि–डायल गर्यो। Read the rest of this entry »
बितेको हप्ता ब्यस्ततामा बितेपनि रमाइलो भयो। ३ मिनटको छोटो फिल्म बनाउनुपर्ने थ्यो कलेजको प्रोजेक्ट अन्तर्गत। अभिनय र एनिमेशनमा बाहेकका डाइरेक्सन, सिनेम्याटोग्राफि, एडिटिङ, साउण्ड र प्रोडक्सनका बिद्यार्थिले अनिबार्य बनाउनैपर्ने प्रोजेक्ट थ्यो यो। पालना गर्नुपर्ने संबिधान सहितको एसाइन्टमेन्ट इमेलमा आयो। कलेज क्याण्टिनमा खाजा होस या लञ्च अथवा मसला चाय र आइस कफि पिउँदै गर्दापनि बिद्यार्थिहरु आफ्ना सम्भावित कथाबस्तु/बिषय खोज्नमा तल्लिन थिय । मैले पनि नजिकैको पहाडतिर हेर्दै खै के को बारेमा बनाउनेहोला भनेर सोँच्दै थियँ क्याण्टिनमा, ग्रप बी को मोटे साथि सिरि आयो र भन्यो ‘चल दम मारतेँ हेँ बाहर’। म उतिर फर्कियँ र भनेँ ‘not now man, we will go later, you know, we have to think about 3 minute project’
मोटेले पेट कन्याउँदै मलाइ भन्यो ‘अरे तेरेको क्या दो महिनेमेँ सत्यजित रे बन्नेका हे रे क्या….अन्नाने बोला ना, चल दम मारते हेँ, बडावाला गाँल्ड फ्लेक लियला हे अपुन ने’
‘बट प्रोजेक्टका…?’
‘अरे मेरा बाप…उसका भी काम भारि करेङगे यार’
मोटे मेरो पहिलो दिनमा बनेको साथि थ्यो कलेजमा। उ मुम्बइमै जन्मियो, हुर्कियो, बढयो, ग्राजुयशन सक्यो र अहिले सिनेमा कलेजमा सिनेम्याटोग्राफि सिक्दैछ। उमेरमा म भन्दा चार बर्ष कान्छो हो पाजी!
हामि कलेजबाहिरको रिलायन्स मिडिया हाउसको चौरमा उसको मोटरछेउ उभियर दम मार्ने काम भयो। चुरोट तान्नुलाइ दम मार्ने भनिँदो रहेछ। लञ्च गर्नुपर्यो भने ‘चल चामल या चपाति टप्का डाल्ते हेँ’ । मैले यो मुलाले मेरो अगाडि भाइगिरि देखायको होला भन्ठानेको भ्रमपनि हटेको थ्यो जब एकदिन चपाति टप्का डाल्दै गर्दा उसलाइ आमाको फोन आयो घरबाट। खै आमाले के भनिन थाहा भयन तर यसले ‘बस बोलदिया ना, ज्यादा मचमच मत कर माँ, अपुन बच्चा तो नहि हे ना, क्या घिसिपिटि करेली हे रे बाबा’ भन्यो। आमाको अन्तिम संवाद सुनियो ‘अपनेको कुछ लोचा नहिँ मङता सम्झा ना छोटे’!
अब के भन्नु, यसको त घरमै भाइगिरि चल्छ झैँ लाग्यो। आमाका संवादपनि सानोतिनो डन भन्दा कम्तिका थियनन। सिरिले एक शनिवार बोरिवलिस्थित उसको घरमा खाना खान जाउँला भनेको थ्यो, मैले एक महिना जिम गरेर मात्र जाने योजनाले अहिले स्थगित राखेको छु प्लान। जीम जान शुरु गरिसकेको छु कलेजमा। मुख्य बिषयतिर फर्कौँ।
मलाइ बनाउनु थ्यो सानो फिल्म, बिषय भेटाइरहेको थिइन के बनाउँ के बनाउँ? फिल्म मेकिङको राम्रो टेक्निकल ज्ञान नभै गम्भिर बिषय नउठाउने सोँचेको थियँ, नत्र जे पाइ त्यहि बनायर पनि दर्शकबाट रामधुलाइ खाने सम्भावना बलियै हुन्छ। कमेडि बनाउँ भन्दैमा खगेन्द्र संग्रौलालाइ हाँस भनेर भयन। दुइ दिनजति बिषय खोज्न स्लम एरियातिर टहलियँ कलेज जाँदा र फर्किँदा तर भन्दाबित्तिकै कहाँ के मिल्छ र बाबु! शुटिङ शुरु हुन तिन दिन बाँकि थ्यो । स्क्रिप्ट लेखेर बुझाउनुपर्ने बेला भैसकेको थ्यो, मैले सिरिलाइ क्याण्टिनमा सोधेँ ‘मेरो फिलिममा खेल्छस मोटे?’ उ झस्कियो।
‘सब्जेक्ट क्या सोँचेला हे? बोले तो टाइटल क्या हे?’
‘कम्बख्त बलिउड’ मैले भनेँ। उ हाँस्यो।
‘क्या बात हे….चल स्टोरि सुनिच्लेते हेँ’
मैले स्टोरि भनेँ। तिन मिनटको बनाउनलाइ त्यति धेरै शटहरु खिच्नु त नपर्ला तर स्टोरि नै देखियन भने पनि झ्याउ नै हुन्छ भन्ने थ्यो मनमा। मोटेले हुन्छको स्विकृति दियपछि मैले त्यहिसाँझ सामान्य स्क्रिप्ट लेखेँ र शट बिभाजन गरेँ। Read the rest of this entry »
मुम्बइ आयर कलेज शुरु भयको दुइ हप्ता पुग्दैछ। दुइ हप्तामा धेरै कुराहरु भय। दुइदिनको लागि गोवा गयँ, सामुद्रिक तटमा बसेर रुझेँ। कलेजमा थुप्रै देशका साथि बनायँ या थुप्रैसँग बनेँ। मुम्बइको पाउभाजी, चाट र इडली खायँ। साथिहरुसँग सिनेमा हेर्न गयँ। हिन्दि सिनेमा ‘पा’ को निर्देशक बाल की लाइ प्रश्न सोधेँ उनको सिनेमाको बारेमा। सुभाष घइ लगायत बलिउड प्रोफेशनलहरुका लेक्चर सुनेँ ।
म धेरैबर्षपछि यसरि रेगुलर कक्षामा जाँदैछु । सिनेमा कलेज स्वभावैले ‘ट्रेडिशनल कलेज’ हरुभन्दा फरक हुन्छ। प्राय मान्छेहरु बिन्दासै हुन्छन। रचनात्मक आइडियाहरुका बारेमा घोत्लिन्छन र सप्ताहन्तमा रमाइलो गर्छन। कलेजको जीवन अत्यन्त ब्यस्ततामा बितिरहेको छ। समयमा बुझाउनुपर्ने एसाइनमेन्ट र लोकेशन स्टडीका बारेमा म कोठामा काम गरिरहेको हुन्छु। यो हप्ता हाम्रो पहिलो प्रोजेक्ट शुरु हुनेछ जहाँ हरेक बिद्यार्थिले तिन मिनटको छोटो फिल्म बनाउनुपर्नेछ। म घोत्लिँदैछु मध्यरातमा। सिनेमा मेकिङको एउटा प्रोसेस हुँदो रहेछ। तिन मिनटको फिल्म बनाउँदा पनि बजेटिङदेखि, लोकेशन र आवश्यक लजिस्टिकका बारेमा प्रोसेस पुरायर काम गर्नुपर्ने नियमहरु छन। अंग्रेजी र हिन्दि सिनेमा हेरेर सकियपछि आउने क्रेडिट टाइटल देख्दा लाग्थ्यो, यति धेरै मान्छेले एउटा सिनेमा बनाउन काम गरेका होलान र? तर सिनेमा मेकिङ टिमवर्क हो, सबैलाइ थाहा भयकै कुरा हो तर सबैलाइ जिम्मेवारि बाँडेर उत्कृष्टहरुबाट उत्कृष्ट काम लिनसक्नुपर्दो रहेछ।
सिनेमा मेकिङमा एउटा स्पट ब्वाइको पनि भुमिका महत्वपुर्ण हुन्छ। सुभाष घइले कक्षामा आफ्नो अनुभव बताय, एकपल्ट उनि निर्देशक महेश भट्टलाइ भेट्न भट्टको शुटीङ स्पटमा पुगेका रहेछन साँझ, शुटिङ शुरु भैसकेको रहेनछ। भट्टले टिमलाइ आज शुटिङ गरिने सिन/शटहरुका बारेमा बताउँदै रहेछन र त्यहाँ ध्यान दियर सुनिरहनेमा स्पट ब्वाइदेखि लाइट असिस्टेन्टसम्मका रहेछन। अर्थ के रहेछ भने, टिमका सबैलाइ यदि निर्देशक आफुले चाहेको के हो भनेर बुझाउन सक्यो भने टिममेम्बरले त्यसै अनुसार काम गर्दा रहेछन। स्पट ब्वाइको काम चिया बोक्नुमात्र हो भन्ने ठान्ने भए भट्टले किन कथा सुनाइरहँदा हुन र? सिक्नुपर्ने तथ्य के देखियो भने, टिममा रहेका सबैको भुमिकालाइ बुझ्नुपर्छ र मात्र सफल सिनेमा या कार्यक्रम बन्छ। Read the rest of this entry »
अस्पतालको बेडछेउ बिरामी आमा कुरिरहँदा
मध्यरातमा धोबिखोला उस्तै बगिरह्यो
अनिँदा आँखासहित यताउता गरिरहेका मान्छेहरु
कहिलेकाँहि झुल्किने डक्टर र नर्सहरु अनि
औषधि बोकिरहेका चिन्तितहरु हेरेँ
त्यहाँपनि तिमि सम्झनामा आइरह्यौ
नर्सहरु जब आउँथे, झस्किरहेँ म
तिम्रो सम्झनाबाट भाग्ने असफल प्रयास मेरो
बतासले बल्झाइरह्यो
समयको दुरिले म केहि भन्न नसक्ने भयको छु
तर एउटा बिहानी आउनेछ
जब तिमि सांसारिकता भोगेर
तथाकथित आदर्शहरुको खरानी बिसर्जनपछि
फर्कनेछौ मतिर
तिम्रो त्यहि पुरानो प्रेमी
तिम्रा हात समातेर हिँडनेछ खोजीमा
एउटा बासको
जहाँ बाँकि थोरै दिनहरु प्रेममा बिताउन पाइयोस
म त्यहि शित पर्ने बिहानी पर्खिरहेछु
(केहिदिनअगि म्याग्दिबाट फर्कँदा बाटोमा पर्ने घोडेपानी टाकुरामा कोरियको कविता)
जुन महिनामा तिनटा सिनेमा जयनेपालमा हेरेँ । प्रकाश झा को ‘राजनीति’ दोस्रो मणी रत्नमको ‘रावण’ र तेस्रो विल स्मिथले निर्माण गरेको ‘ द कराटे किड’ । तिनटै सिनेमा कुनै पक्षमा राम्रा थिय र केहिमा कमजोर सावित भय। हलमा पुगेर सिनेमा हेर्नुको मजा बेग्लै हुन्छ। बितेका दइ-तिन बर्ष मैले खासै सिनेमा हलसम्म पुगेर हेर्न पायको थिइन। गत बर्ष अमेरिकामा ‘2012′ र ‘The Box’ हेरेको थियँ हलमा पुगेर साथि अनेस र टेरेसासँग।
अहिले हेरेका सिनेमाका बारेमा केहि लेख्न चाहन्छु। प्रकाश झा मलाइ मनपर्ने निर्देशक हुन बलिउडमा। उनले पछिल्लो फिल्म गंगाजल शसक्त बनायका थिय। हाम्रोजस्तो समाज जहाँका सिनेमा र साहित्यमा आदर्शवादि बन्ने नाममा कुटनैतिक भाषामात्र प्रयोग गरिन्छ, त्यसका लागि प्रकाश झाका सिनेमा र चेतन भगतका पुस्तक झटारो हुन। कुनै चोर कसैको घरमा चोर्न पस्यो भने उसले घरका मान्छेहरुसँग ‘म चोर हुँ, कृपया एकैछिन शान्त बसिदिनुहोला, मैले चोरि गरिरहँदा यहाँलाइ असुबिधा भयमा क्षमाप्रार्थि छु’ भन्दैन। ‘मुला पाजीहरु खाटमुनि चुप लागेर बस्ने भय बस नत्र सबै एक चिहान हुनेछौ…अझ तँ बढि हिरो भाको..भटटट’ पारिहाल्छन या बोनसका रुपमा बा,आमा दिदिको नाम-संबन्ध जोडेर हैजा फैलने गालि ओकल्लान। यो यथार्थ हो तर हाम्रा सिनेमामा प्राय त्यसो हुँदैन। उस्तै परे चोर्न आयकोसँग घरमुलीकी छोरिको लभ परेर गीत बज्न शुरु गरिहाल्छ। लोकेशनको चिन्ता नगर्नुस, सजिलो चोभार या पोखरा। उस्तै परे केहि बेरोजगार मैयाँहरु रुमाल हल्लाउँदै एयरपोर्ट अगाडि लै लै लै गर्छन।
ए मेरा प्यारा निर्माताहरु यो सिनेमा हैन यार! समयसँगै हाम्रा कथा किन बदलिन सकेनन?किन अहिलेपनि हाम्रा कथा धनी केटि, गरिब केटो, भिलेन दाइ या बाउ, बन्दुक र काठका रिभल्वरमात्रै? मैलेपनि प्रेम गरेको छु, बिछोडियको छु, कुटाइ खायको छु तर कहिल्यै मेरो संभावित ससुराले AK-47 ले ताकेनन मलाइ कौसिबाट न त उनि केहि भुसतिघ्रे मम खञ्चुवाहरु लियर मेरो घर आगो लगाउन नै आय। सिनेमा हो भन्दैमा यथार्थतालाइ बालै नदिने ?
प्रकाश झाको ‘राजनीति’ कथाबस्तुमा कमजोर भयपनि सम्पादन र संवादमा ठिकै छ। पाँच मध्ये दुइ स्टार दिन्छु म।
मणी रत्नमको मन परेको सिनेमा ‘दिल से’ पनि थ्यो कुनै बेला, कारण यो थोरै भयपनि अफबिटको थ्यो। म मात्र हैन धेरै सिनेमाप्रेमिहरु मणीरत्नमका सिनेमाको प्रतिक्षा गर्छन। ‘रावण’ को सबैभन्दा झुरेष्ट पक्ष अभिषेक बच्चनको अभिनय हो। Read the rest of this entry »
काठमाडौमा पानी पर्ने सिजन आयको छ।
हिँजो ओम हस्पिटलको झ्यालबाट हेरेँ दिउँसो मिठो पानि परेको । यो पानिमा कानमा गित सुन्दै रुझ्नुको रमाइलोका बारेमा सोँच्दै थियँ । आमालाइ अस्पतालमा छाडेर पानिको रमाइलो उठाउन सकियन ।
एउटा गाउँ हुन्थ्यो। डोरा कट्टुमात्रै लगायर साइकलको पाङ्रा गुडाउँदै पानिमा रुझ्दै हिँडने पात्र मै थियँ । खेतहरु चिप्लिन्थे तराइका, अनि हामि चिप्लिने खेल्थ्यौँ । कहिलेकाँहि ठेस लाग्थ्यो। पानी दर्किरहन्थ्यो । गँड्यौला खोजेर बल्छिसहित माछा मार्न हिँडिन्थ्यो, माछा नपर्नु बेग्लै अनुसन्धानको बिषय हुनसक्छ। तराइको गर्मि अनि डोरा कट्टुसहितको जीउ, कालो हुन्थ्यो । आमा हकार्नुहुन्थ्यो ‘पानीमा नरुझ बाबु’ भन्दै। साँझ ज्वरो आउँथ्यो। आमा औषधि ख्वाउनुहुन्थ्यो प्रेमले ।
बुवाको मोजा अपहरण गरेर कागज हाली भकुण्डो खेल्दा बिश्वकप खेलेझै लाग्थ्यो। दशैसँगै लङगुर बुर्जा आउँथे। २-४ रुप्पे जितेपछि एकसाँझ म र साथि अर्को टोलमा लङगुरबुर्जा खेलाउन गयौँ । सबैले बुर्जामा थापे, डबल पर्यो, तिर्ने पैसा भयन, बिस रुप्पे लगानिमा उद्योग खोल्नु मुर्खता होइन र? राम धुलाइ खायर फर्कियो । दुइतिनदिनसम्म आमाले मालिस र तेल गर्नुपर्यो । त्यो रामधुलाइले फेरि लङगुर-बुर्जा उद्योग खोल्ने साहस पलायन। खेलेरै चित्त बुझाइयो।
काठमाडौमा पर्ने पानिले धेरै स्मृति बल्झाउँछ । यो हावा किन यति मिठो छ, यो मेरो ठाउँ किन सधै हिँडिरहुँजस्तो लाग्छ । मौसम परवर्तनले हिउँ पग्लन थालेपनि फुल फुल्न छाडेका छैनन। यो ठाउँ केहि समयका लागि छाडदैछु भन्ने सोँचले मलाइ झन यसैको प्रेममा पारेको छ । तर जीवनमा सधै पुराना बाटा हिँडिदैन, नयाँ बाटा खोजिन्छ। Fear of Failure हराइसक्यो । कहिलेकाँहि साना निर्णयहरुले जीवनको बाटो बदलिदिन्छन । पाउलोले कतै लेखेका छन- Small decisions may hold significant consequences सत्य यहि हो ।
I am happy to welcome you all in my personal blog.
To be able to share through blog with everyone in today’s fast pace and computerize world is surely a good thing. We get in touch with so many things in life. Some writings disappear with time and some will inspire, till I get the time and support of my heart, I will try to write some through blog. Read more»