Archive for the ‘आफ्नै बारेमा’ Category

पुस्तकको दोस्रो अंश…..

September 3, 2010 - 12:05 am 1 Comment

due to virus infection in windows partition of my computer, i had to delete partition, along with others, unicode Nepali typing software got deleted from hard drive and now i am not able to type in Nepali. Below is second part of my book (someday it will be printed on form of book…. i guess), hope u will enjoy !!


‘भनेपछि मिष्टर तिमि सिभिल इञ्जिनियर पदको लागि एप्लाइ गर्दैछौ ?’ म अगाडी बसेकी चालिस हाराहारीकी मङगोलियन महिलाले अंग्रेजिमा सोधी। उ पुर्ण कर्पोरेट देखिन्थी। दुबइमा रहेको कोरीयन कम्पनी ‘जेन्हा इञ्जिनियरिङ’को निम्ति मागियका फरक फरक विधाका १२ इञ्जिनियर को निम्ति महाराजगञ्जस्थित आसमाक्स नेपालको अफिसमा चलिरहेको अन्तर्वातामा थियँ म। मेरा डकुमेन्टहरू पल्टाइ उसले तर खोजेको प्रमाणपत्र भेटाइन। फेरी पल्टाइ र टेवलमा बजारी।

‘यस म्याम सिभिल इञ्जिनियरकै लागि हो’ मैले उभियरै उत्तर दियँ। उसले मेरो मुखमा घोरियर हेरी।
‘मिष्टर तिमिले कुन युनिभर्षिटि या कलेजबाट इञ्जिनियरिङ डिग्रि लियका छौ ? मैले यि कागजपत्रको भिडमा इञ्जिनियरिङ सम्बन्धि खोजेको कुनै प्रमाणपत्र भेटाउन सकिन’ दुवै हातका कुइनाले चिउँडो अड्याउँदै सोधी उसले।

जेन्हाकि हुमन रिसोर्स म्यानेजर स्वयंले अन्तर्वार्ता लिने भनिएको थियो विज्ञापनमा। यही हुनुपर्छ त्यो भाइरस ।
‘म सँग सिभिल इञ्जिनियरिङ या कुनै प्रकारका इञ्जिनियरिङको डिग्रि छैन तर म सिभिल इञ्जिनियरिङको रुपमा काम गर्न सक्छु’
सामान्यरूपमै दिइएको उत्तरमा उ झस्की। अव उसले दुवै हात छातीमा वाँधी।
उसको मुहारमा केहि तनाव देखियो। ‘कृपा गरेर के तिमि बताउन सक्छौ ? कसरि?’ उसले सोधि। मैले बुझेसम्म त्यहाँसम्म उसले केसमा रुचि देखायकी थिइ, उसको उत्सुकता अझ बढेको थियो अब।
‘उत्तर दिनुअघि के म कुर्सिमा बस्न सक्छु म्याडम?’ म कुर्सिमा बस्न खोज्दै थियँ, उसले भनि ‘के तिम्रो ढाडमा समस्या छ सिभिल इञ्जिनियर महोदय? पाँच मिनट उभिन सक्दैनौ? यो म्यानेजरले आफ्नो कित्ता क्लियर गरिसकेकि थिइ। डाइलग गर्हुँगै दिइ। म बसिन। पुर्ववत पोजिशन लियँ । (more…)

यात्रा, पर्खाइ र सम्झनाहरु (कविता)

July 11, 2010 - 12:20 am 2 Comments


लामो यात्रापछि,
अन्नपुर्ण टाकुराको चिसो ढुङगामा बस्दा
ठिहिराउने जाडोबिचपनि पसिना झरिरहे
छाताको आडमा उकालो काटिरहँदा
परपरसम्म देखिने हरिया पहाडहरु
आकाशको निलो बादल र उडिरहेका चराहरु अनी
कानमा बजिरहेका गीतहरुबिचपनि
तिम्रो सम्झना घरिघरि आइरह्यो

अस्पतालको बेडछेउ बिरामी आमा कुरिरहँदा
मध्यरातमा धोबिखोला उस्तै बगिरह्यो
अनिँदा आँखासहित यताउता गरिरहेका मान्छेहरु
कहिलेकाँहि झुल्किने डक्टर र नर्सहरु अनि

औषधि बोकिरहेका चिन्तितहरु हेरेँ
त्यहाँपनि तिमि सम्झनामा आइरह्यौ
नर्सहरु जब आउँथे, झस्किरहेँ म
तिम्रो सम्झनाबाट भाग्ने असफल प्रयास मेरो
बतासले बल्झाइरह्यो

समयको दुरिले म केहि भन्न नसक्ने भयको छु
तर एउटा बिहानी आउनेछ
जब तिमि सांसारिकता भोगेर
तथाकथित आदर्शहरुको खरानी बिसर्जनपछि
फर्कनेछौ मतिर
तिम्रो त्यहि पुरानो प्रेमी
तिम्रा हात समातेर हिँडनेछ खोजीमा
एउटा बासको
जहाँ बाँकि थोरै दिनहरु प्रेममा बिताउन पाइयोस
म त्यहि शित पर्ने बिहानी पर्खिरहेछु

(केहिदिनअगि म्याग्दिबाट फर्कँदा बाटोमा पर्ने घोडेपानी टाकुरामा कोरियको कविता)

The Alchemist पढेपछि !!

May 29, 2010 - 10:44 pm 5 Comments

केहि दिन अगाडि मुम्बइ गयको थियँ ट्रेनमा । फर्किँदा ट्रेनको टिकट पाइएन । बसमा फर्कियँ सातवटा बस बदल्नुपर्यो बुटवलसम्म आइपुग्दा ।

जहाजमा फर्किन पैसो पुगेन । जाँदा ट्रेनमा चेतन भगतको 3 Mistakes of My Life पढेर सिध्यायको थियँ । मुम्बइ पुगेपछि समुद्र खोजेको अटोले कताकता पुरायो भेटिन । बरु किताबै पढन ठिक ठानेर चेतनकै नयाँ उपन्यास 2 States किनेँ । नेपालमा पनि बिवाहको सन्दर्भमा चेतनको बिवाहको कथाभन्दा फरक छैन । केटिलाइ मात्र मन परायर हुन्न । केटिका बा-आमा, तोरिजस्ता नातेदार अनि केटातिरकाले पनि मन परायपछि बिहे हुन्छ झ्याउलाग्दो । मुम्बइबाट साँझ चढेको बसले अर्को बिहान गुजरातको अहमेदाबाद ल्याइपुरायो । यहाँबाट बस बदल्नुपर्ने । चेतनका हरेक पुस्तकमा हुने शहरमै रहेछु म । Five Points Someone देखि पछिल्लो उपन्याससम्म अहमेदाबादको चर्चा छ । आफुले पढने लेखकको शहरमा हुनु पनि खुसिकै कुरा हो जस्तो लाग्यो । मरिलानु के छ र दुखि हुनु यार ?

राजस्थान हुँदै दिल्लि आइपुग्दासम्ममा 2 States सिध्यायँ । दिल्लिको गनाउने बसपार्कमा सुनौलिसम्मको बस टिकट किन्न खोजेको पैसो सकिइसकेको रहेछ । वालेट हेरेको नेपालि पैसो रहेछ तिन हजारजति । बसपार्कमै नेपाल फर्कन थालेको नेपालि अधबैसेसँग 6% कमिसन जोडेर साटेँ भारतिय रुपैयाँ । खाउ मैसँग कमिसनपनि । आपत्ति जनाइन । लास्टै झुरेष्ट लोकल बसमा सुनौलिसम्मको टिकट काट्दै गर्दा बसवालाले पान पिचित्त थुक्यो । पान खानैलाइ जन्मेका रहेछौ ।
2 States सकियपछि बेरोजगार भयका थिय आँखा र चित्त । बसपार्कमा राम्रा ठिटिहरु देखिने कुरा भयन । केहि अण्टिहरु प्रोडक्टसहित यताउता गरिरहेका थिय । गर्मि नर्कमा भन्दा कम थियन । काम परेपनि दिल्लि त जानु नपरोस यार ! मुम्बइमा अलि कम थ्यो ।

अब जान्छ भन्दै पानवालाले तिन घण्टा झुलायो बसपार्कमै । प्रत्येक सिट नभरिउञ्जेल बस डगेन । नेपालि या भारतिय होइन भनेर पनि होला बसपार्कले अनावश्यक इज्जत (more…)

उत्साही नयाँ पुस्ता

March 14, 2010 - 10:12 pm 5 Comments

यो देशमा बत्ति नहोला, पानि नहोला र स्वच्छ हावापनि नहोला तर यहाँ केहि राम्रा मान्छेहरु छन । बाँच्नका निम्ति अत्यावश्यक पुर्वाधारहरु नहोलान तर उहि अंग्रेजिमा भनेझैँ ‘सर्भाइभ’ हुन सकियो भने यहाँ राम्रा मान्छेहरु भेट्नचाहिँ सकिन्छ । अहिलेको जेनेरेशनमा आयको ब्यापक सकारात्मक परिवर्तनले मलाइ यो देशको भविष्यप्रति आशावादि बनाउन सकेका छन ।

बत्ति थियन, किचनमा मैनबत्ति बालेर नागरिक दैनिकको शनिवार अंक पढिरहेको थियँ । अजित बरालले लेखेको ‘बुद्विसागरलाइ पत्र’ लेख पढेँ । ब्यक्तिगत रुपमा मैले अजित र बुद्विसागरलाइ नचिनेपनि उनिहरुले काम गर्ने नागरिक दैनिकमा मेरा साथिहरु कृष्ण र उमेशपनि छन । बुद्विसागरले लेखेका लेखहरु म पढिरहन्छु । अजित बरालका पनि केहि लेख र कथाहरु मैले पढेको छु । अजित र सुष्मा जोशीले लेखेको (नाम बिर्सेँ अहिले) अंग्रेजि कथासंग्रह २ बर्षजति भयहोला पढेको थियँ । ति कथाहरु गजबका राम्रा थिय । इराकको निम्ति उडेको बेला दिल्लिमा १२ घण्टा ट्रान्जिट थियो, त्यहिँ पढेर सिध्यायको थियँ । कति मन परेको थियो भने, इराक पुगेको चौथो दिनमा मैले सान फ्रान्सिस्कोमा बस्ने तत्कालीन गर्लफ्रेण्डलाइ फेडेक्सबाट पठाइदियको थियँ । उनले पढेर पछि मलाइ ‘wow what a book’ भन्ने कष्ट गरेकी थिइन ।

अँ, म अहिले अजितले गत शनिबारको अंकको बुद्विसागरलाइ लेखेको पत्रका बारेमा भन्दै थियँ, अजित र बुद्विसागर साथि हुन । लेख पढेपछि थाहा हुन्छ । एउटा लेखक साथिले अर्को लेखक साथिको लेखन माथि पुर्याउन दियको सुझाव नै हो यो लेख । अजितले बुद्विसागरलाइ लेखनको स्तर माथि पुराउन दियका सुझावहरु सान्दर्भिक छन । जस्तो: कुनै घटना बिशेषको ब्याख्या गर्दा तपशीलका कुराहरुमा अल्झिनुभन्दा ‘प्वाइन्ट’ मा पुराउ पाठकलाइ । कथा या लेखनलाइ रोचक बनाउने क्रममा बिम्बहरुको प्रयोग गर्दा ति बिम्बहरुको सान्दर्भिकतालाइ ध्यान देउ आदि । हुनसक्छ, बुद्विसागरले आफ्नो कुनै लेख-कथामा ‘सद्दाम’ सम्बन्धि बिम्बको प्रयोग गरेका थिय, जुन त्यहाँ प्रयोग गरिनु उपर्युक्त थियन । (more…)

बाँच्नुका दैनिकीहरु…

December 1, 2009 - 6:02 am 4 Comments

गत हप्ता नेपाल फर्केपछी म बिरामी भयँ । लामो यात्राले थकित भयको थियँ । आउँदाको दिन सुतेँ । अर्कोदिन काठमाडौका गल्लिहरुमा पैदल हिँडेको थियँ । प्राय मान्छेहरुले मास्क लगायका देखिन्थे सडकमा । म नलगाइ हिँडे । साँझबाट हाछिउँ शुरु भयो । अर्को बिहान म बस चढेर बुटवल उत्रिँदासम्म ज्वरोले च्याँपिसकेको थियो । घरमा पनि पुग्नु । सुत्नु परिहाल्यो । मलाई थाहा थियो यो ज्वरो र रुघा काठमाडौंको धुवाँ र धुलोको कारणले थियो । अर्को बिहानसम्म सञ्चो नभयपछी कतै स्वाइन फ्लु त लागेन भन्ने लाग्न थाल्यो ।

आमाले डक्टरकोमा जान कर गरिरहनुभयको थियो । मैले ठिक भैहाल्लानी भन्दै टारिरहेको थियँ । मैले सरकारी अस्पतालमा जँचाउन टिकट लियर आउ भन्दा भाईले ह्याँ आँखा देखाउँदै भन्यो ‘काँ सरकारी अस्पतालमा गएर हुन्छ दाई, मर्नु छ र ? फेरी लाइन पनि याँ हो र …..भैरहवासम्म पुगेको हुन्छ । खुरुक्क क्लिनिकमा हिँड्नोस’ सरकारी अस्पतालमा भिड हुन्छ भन्ने त थाहा थियो तर त्यहाँ जँचाउने मेरो इछ्या थियो । हाम्रा अस्पतालहरुलाइ उच्च बर्गकाले त गन्दै गन्दैनन, अचेल त मेरो जस्तो मध्यमबर्गियकाले समेत आँखा लगाउन छाडिसकेछन ।

सरकारी अस्पतालमा त कामै नलाग्ने उपचार हुन्छ भन्ने भ्रम पालियको छ । त्यस्तो पटक्कै होइन । सरकारी अस्पतालहरुमा राम्रा राम्रा डक्टर र नर्सहरुले अहोरात्र सेवा गरिरहेका छन् । हामीहरुले कहिल्यै उनीहरुको सेवालाई स्याबासी दिन सकेनौ । मलाई सरकारी अस्पतालमा चेक-अप गरायर त्यहाँका डाक्टरलाई सेवाको लागि ‘धन्यबाद’ भन्ने मन थियो । (more…)

यात्रा र पुस्तक

November 17, 2009 - 1:30 pm 3 Comments

धेरै दिन भयो लेख्न नपायको या नलेखेको भनौ । गयको महिनादेखिका केही दिनहरुमा म यात्रामा छु । अमेरिका आयको दुई महिना पुग्न लाग्यो । आँउदो हप्तातिर नेपाल फर्कदैछु । डेल्टा एयरलाइन्सको एटलान्टादेखीको दुबइसम्मको १५ घन्टे पट्यारलाग्दो यात्रा त छँदैछ त्यसबाहेक दुबइ र दोहामा रातभरीको ट्रान्जिटपनी मलाई पर्खिरहेको होला । प्लेनमा यात्रा गर्नु साँच्चै कति दिक्कलाग्दो हुन्छ है । मोटरमा यात्रा गर्दा त यता उता हेर्यो, झ्यालको सिटमा बसेर हावा खाँदै यात्रा गर्नुको मजा प्लेनमा के हुनु र ?

पुस्तक पढ्नु मेरो सोख हो । पुस्तक पढ्ने बानीले बिशेषत यात्रामा सहयोग हुने अनुभव मेरो छ । बोष्टनस्थित हार्वर्ड बिश्वबिद्यालय घुम्नेक्रममा मैले केही पुस्तक किनेर ल्यायको छु । पहिलेदेखी खोजेको तर पढ्न नपायको भि एस नइपालको ‘अटोबायोग्राफि’ पुस्तक फेला पारे त्यहाँ । नइपालले २००१ मा साहित्यतिरको नोबेल पुरस्कार पायका हुन । त्यसैले पनि उनको जिवनी पढ्ने धोको थियो । बितेका केही दिनहरुमा मैले दुइवटा राम्रा पुस्तकहरु पढ्ने मौका पायँ । कान्तिपथस्थित एजुकेशन हाउसमा किनेको ‘द काइट रनर’ र बोष्टनमा किनेको ‘अ थाउजेन्ड स्प्लेन्डिड सन्स’ । दुइटै उपन्यास अफगानिस्तानमा सोभियत हमला, तालिवानको बर्बरता र २००१ मा शुरु भयको अमेरिकी युद्व र त्यसले श्रीजना गरेका सामाजिक समस्याहरु, अफगानी नागरिकहरुको कल्पनै गर्न नसकिने कष्टकर जिवनको वरिपरि एउटै लेखक खलेद होसेनिद्वारा लेखियका हुन । खलेद आँफै पनि अफगानी मुलका अमेरिकी नागरिक हुन । खलेदले लेखेको पहिलो पुस्तक ‘द काइट रनर’ ले मलाई धेरै दिनसम्म प्रभाव पारिरह्यो । उनको पुस्तक यति बलियो थियो की २००७ मा त्यहि पुस्तकमा आधारित उही नामको अंग्रेजी सिनेमा बनिसकेको रहेछ । मैले सिनेमा पनि हेरेँ पछि ।
पुस्तकहरु आफैमा निकै बलिया लाग्छन मलाई । ब्यक्तीको सोँच्ने शैलिमा परिवर्तन ल्याउने सामर्थ्य राख्छन पुस्तकहरुले ।

अमेरिकामा जिवन ब्यस्त छ । मानिसहरु यान्त्रिक बनेका छन् । सायद यो चरम बिकास त्यसैको फल होला । दु:ख नगरी त केही प्राप्त कसरी हुन्छ र ? अमेरिकाबाट हामीले सिक्न सकिने धेरै कुराहरु छन् । न्युयोर्कको वालस्ट्रिटमा एकछिन बस्दा मलाई ‘गजब छ यो संसार’ भन्न मन लागेको थियो यो चरम बिकास र हाम्रो चरम पछौटेपन सम्झेर । तर परिवर्तन असम्भव त छैन नी । आशा मै जिवन अडियको छ ।

म मेरो अर्को पुस्तक पढ्ने तरखरमा छु । एकान्तमा मधुरो प्रकाश मुन्तिर पुस्तकका पानाहरुमा डुब्दै जानुको मजा आफैमा बेग्लै हुन्छ ।

त्यतिञ्जेलसम्मलाई राम राम ।

सबैको मंगल होस ।

Site is Up Now

August 31, 2009 - 5:03 pm No Comments

Dear Readers,

After couple of months downtime, my blogsite is up now. My fren Dipen Ale from Bestnepal.com is the one who did all the technical hard works to make it happen. Hey Dipen, I truly appreciate your help.

I will be posting blogs as much as possible.

I am going to 12 days Vipashyana Meditation Class from tomorrow (Sep 1 to 12).

I will write later about my meditation experience. If you want to know more about Vipashyana Meditation, Please follow this link:

www.np.dhamma.org

V/r
स्याटेलाइट

जुका आक्रमणका केहि फोटाहरु

July 17, 2009 - 11:02 am 5 Comments