पुस्तकको दोस्रो अंश…..
due to virus infection in windows partition of my computer, i had to delete partition, along with others, unicode Nepali typing software got deleted from hard drive and now i am not able to type in Nepali. Below is second part of my book (someday it will be printed on form of book…. i guess), hope u will enjoy !!

‘भनेपछि मिष्टर तिमि सिभिल इञ्जिनियर पदको लागि एप्लाइ गर्दैछौ ?’ म अगाडी बसेकी चालिस हाराहारीकी मङगोलियन महिलाले अंग्रेजिमा सोधी। उ पुर्ण कर्पोरेट देखिन्थी। दुबइमा रहेको कोरीयन कम्पनी ‘जेन्हा इञ्जिनियरिङ’को निम्ति मागियका फरक फरक विधाका १२ इञ्जिनियर को निम्ति महाराजगञ्जस्थित आसमाक्स नेपालको अफिसमा चलिरहेको अन्तर्वातामा थियँ म। मेरा डकुमेन्टहरू पल्टाइ उसले तर खोजेको प्रमाणपत्र भेटाइन। फेरी पल्टाइ र टेवलमा बजारी।
‘यस म्याम सिभिल इञ्जिनियरकै लागि हो’ मैले उभियरै उत्तर दियँ। उसले मेरो मुखमा घोरियर हेरी।
‘मिष्टर तिमिले कुन युनिभर्षिटि या कलेजबाट इञ्जिनियरिङ डिग्रि लियका छौ ? मैले यि कागजपत्रको भिडमा इञ्जिनियरिङ सम्बन्धि खोजेको कुनै प्रमाणपत्र भेटाउन सकिन’ दुवै हातका कुइनाले चिउँडो अड्याउँदै सोधी उसले।
जेन्हाकि हुमन रिसोर्स म्यानेजर स्वयंले अन्तर्वार्ता लिने भनिएको थियो विज्ञापनमा। यही हुनुपर्छ त्यो भाइरस ।
‘म सँग सिभिल इञ्जिनियरिङ या कुनै प्रकारका इञ्जिनियरिङको डिग्रि छैन तर म सिभिल इञ्जिनियरिङको रुपमा काम गर्न सक्छु’
सामान्यरूपमै दिइएको उत्तरमा उ झस्की। अव उसले दुवै हात छातीमा वाँधी।
उसको मुहारमा केहि तनाव देखियो। ‘कृपा गरेर के तिमि बताउन सक्छौ ? कसरि?’ उसले सोधि। मैले बुझेसम्म त्यहाँसम्म उसले केसमा रुचि देखायकी थिइ, उसको उत्सुकता अझ बढेको थियो अब।
‘उत्तर दिनुअघि के म कुर्सिमा बस्न सक्छु म्याडम?’ म कुर्सिमा बस्न खोज्दै थियँ, उसले भनि ‘के तिम्रो ढाडमा समस्या छ सिभिल इञ्जिनियर महोदय? पाँच मिनट उभिन सक्दैनौ? यो म्यानेजरले आफ्नो कित्ता क्लियर गरिसकेकि थिइ। डाइलग गर्हुँगै दिइ। म बसिन। पुर्ववत पोजिशन लियँ । (more…)


केहि दिन अगाडि मुम्बइ गयको थियँ ट्रेनमा । फर्किँदा ट्रेनको टिकट पाइएन । बसमा फर्कियँ सातवटा बस बदल्नुपर्यो बुटवलसम्म आइपुग्दा ।
यो देशमा बत्ति नहोला, पानि नहोला र स्वच्छ हावापनि नहोला तर यहाँ केहि राम्रा मान्छेहरु छन । बाँच्नका निम्ति अत्यावश्यक पुर्वाधारहरु नहोलान तर उहि अंग्रेजिमा भनेझैँ ‘सर्भाइभ’ हुन सकियो भने यहाँ राम्रा मान्छेहरु भेट्नचाहिँ सकिन्छ । अहिलेको जेनेरेशनमा आयको ब्यापक सकारात्मक परिवर्तनले मलाइ यो देशको भविष्यप्रति आशावादि बनाउन सकेका छन ।
गत हप्ता नेपाल फर्केपछी म बिरामी भयँ । लामो यात्राले थकित भयको थियँ । आउँदाको दिन सुतेँ । अर्कोदिन काठमाडौका गल्लिहरुमा पैदल हिँडेको थियँ । प्राय मान्छेहरुले मास्क लगायका देखिन्थे सडकमा । म नलगाइ हिँडे । साँझबाट हाछिउँ शुरु भयो । अर्को बिहान म बस चढेर बुटवल उत्रिँदासम्म ज्वरोले च्याँपिसकेको थियो । घरमा पनि पुग्नु । सुत्नु परिहाल्यो । मलाई थाहा थियो यो ज्वरो र रुघा काठमाडौंको धुवाँ र धुलोको कारणले थियो । अर्को बिहानसम्म सञ्चो नभयपछी कतै स्वाइन फ्लु त लागेन भन्ने लाग्न थाल्यो ।

