my first project -Kambakht Bollywood

बितेको हप्ता ब्यस्ततामा बितेपनि रमाइलो भयो। ३ मिनटको छोटो फिल्म बनाउनुपर्ने थ्यो कलेजको प्रोजेक्ट अन्तर्गत। अभिनय र एनिमेशनमा बाहेकका डाइरेक्सन, सिनेम्याटोग्राफि, एडिटिङ, साउण्ड र प्रोडक्सनका बिद्यार्थिले अनिबार्य बनाउनैपर्ने प्रोजेक्ट थ्यो यो। पालना गर्नुपर्ने संबिधान सहितको एसाइन्टमेन्ट इमेलमा आयो। कलेज क्याण्टिनमा खाजा होस या लञ्च अथवा मसला चाय र आइस कफि पिउँदै गर्दापनि बिद्यार्थिहरु आफ्ना सम्भावित कथाबस्तु/बिषय खोज्नमा तल्लिन थिय । मैले पनि नजिकैको पहाडतिर हेर्दै खै के को बारेमा बनाउनेहोला भनेर सोँच्दै थियँ क्याण्टिनमा, ग्रप बी को मोटे साथि सिरि आयो र भन्यो ‘चल दम मारतेँ हेँ बाहर’। म उतिर फर्कियँ र भनेँ ‘not now man, we will go later, you know, we have to think about 3 minute project’
मोटेले पेट कन्याउँदै मलाइ भन्यो ‘अरे तेरेको क्या दो महिनेमेँ सत्यजित रे बन्नेका हे रे क्या….अन्नाने बोला ना, चल दम मारते हेँ, बडावाला गाँल्ड फ्लेक लियला हे अपुन ने’
‘बट प्रोजेक्टका…?’
‘अरे मेरा बाप…उसका भी काम भारि करेङगे यार’
मोटे मेरो पहिलो दिनमा बनेको साथि थ्यो कलेजमा। उ मुम्बइमै जन्मियो, हुर्कियो, बढयो, ग्राजुयशन सक्यो र अहिले सिनेमा कलेजमा सिनेम्याटोग्राफि सिक्दैछ। उमेरमा म भन्दा चार बर्ष कान्छो हो पाजी!
हामि कलेजबाहिरको रिलायन्स मिडिया हाउसको चौरमा उसको मोटरछेउ उभियर दम मार्ने काम भयो। चुरोट तान्नुलाइ दम मार्ने भनिँदो रहेछ। लञ्च गर्नुपर्यो भने ‘चल चामल या चपाति टप्का डाल्ते हेँ’ । मैले यो मुलाले मेरो अगाडि भाइगिरि देखायको होला भन्ठानेको भ्रमपनि हटेको थ्यो जब एकदिन चपाति टप्का डाल्दै गर्दा उसलाइ आमाको फोन आयो घरबाट। खै आमाले के भनिन थाहा भयन तर यसले ‘बस बोलदिया ना, ज्यादा मचमच मत कर माँ, अपुन बच्चा तो नहि हे ना, क्या घिसिपिटि करेली हे रे बाबा’ भन्यो। आमाको अन्तिम संवाद सुनियो ‘अपनेको कुछ लोचा नहिँ मङता सम्झा ना छोटे’!
अब के भन्नु, यसको त घरमै भाइगिरि चल्छ झैँ लाग्यो। आमाका संवादपनि सानोतिनो डन भन्दा कम्तिका थियनन। सिरिले एक शनिवार बोरिवलिस्थित उसको घरमा खाना खान जाउँला भनेको थ्यो, मैले एक महिना जिम गरेर मात्र जाने योजनाले अहिले स्थगित राखेको छु प्लान। जीम जान शुरु गरिसकेको छु कलेजमा। मुख्य बिषयतिर फर्कौँ।
मलाइ बनाउनु थ्यो सानो फिल्म, बिषय भेटाइरहेको थिइन के बनाउँ के बनाउँ? फिल्म मेकिङको राम्रो टेक्निकल ज्ञान नभै गम्भिर बिषय नउठाउने सोँचेको थियँ, नत्र जे पाइ त्यहि बनायर पनि दर्शकबाट रामधुलाइ खाने सम्भावना बलियै हुन्छ। कमेडि बनाउँ भन्दैमा खगेन्द्र संग्रौलालाइ हाँस भनेर भयन। दुइ दिनजति बिषय खोज्न स्लम एरियातिर टहलियँ कलेज जाँदा र फर्किँदा तर भन्दाबित्तिकै कहाँ के मिल्छ र बाबु! शुटिङ शुरु हुन तिन दिन बाँकि थ्यो । स्क्रिप्ट लेखेर बुझाउनुपर्ने बेला भैसकेको थ्यो, मैले सिरिलाइ क्याण्टिनमा सोधेँ ‘मेरो फिलिममा खेल्छस मोटे?’ उ झस्कियो।
‘सब्जेक्ट क्या सोँचेला हे? बोले तो टाइटल क्या हे?’
‘कम्बख्त बलिउड’ मैले भनेँ। उ हाँस्यो।
‘क्या बात हे….चल स्टोरि सुनिच्लेते हेँ’
मैले स्टोरि भनेँ। तिन मिनटको बनाउनलाइ त्यति धेरै शटहरु खिच्नु त नपर्ला तर स्टोरि नै देखियन भने पनि झ्याउ नै हुन्छ भन्ने थ्यो मनमा। मोटेले हुन्छको स्विकृति दियपछि मैले त्यहिसाँझ सामान्य स्क्रिप्ट लेखेँ र शट बिभाजन गरेँ। (more…)
मुम्बइ आयर कलेज शुरु भयको दुइ हप्ता पुग्दैछ। दुइ हप्तामा धेरै कुराहरु भय। दुइदिनको लागि गोवा गयँ, सामुद्रिक तटमा बसेर रुझेँ। कलेजमा थुप्रै देशका साथि बनायँ या थुप्रैसँग बनेँ। मुम्बइको पाउभाजी, चाट र इडली खायँ। साथिहरुसँग सिनेमा हेर्न गयँ। हिन्दि सिनेमा ‘पा’ को निर्देशक बाल की लाइ प्रश्न सोधेँ उनको सिनेमाको बारेमा। सुभाष घइ लगायत बलिउड प्रोफेशनलहरुका लेक्चर सुनेँ ।
काठमाडौमा पानी पर्ने सिजन आयको छ।
यि शब्दहरु मैले ओम हस्पिटलको दोस्रो तल्लाको वार्डमा टाइप गरिरहेको छु।







I am happy to welcome you all in my personal blog.