Archive for the ‘साहित्य’ Category

पुस्तकको दोस्रो अंश…..

September 3, 2010 - 12:05 am 1 Comment

due to virus infection in windows partition of my computer, i had to delete partition, along with others, unicode Nepali typing software got deleted from hard drive and now i am not able to type in Nepali. Below is second part of my book (someday it will be printed on form of book…. i guess), hope u will enjoy !!


‘भनेपछि मिष्टर तिमि सिभिल इञ्जिनियर पदको लागि एप्लाइ गर्दैछौ ?’ म अगाडी बसेकी चालिस हाराहारीकी मङगोलियन महिलाले अंग्रेजिमा सोधी। उ पुर्ण कर्पोरेट देखिन्थी। दुबइमा रहेको कोरीयन कम्पनी ‘जेन्हा इञ्जिनियरिङ’को निम्ति मागियका फरक फरक विधाका १२ इञ्जिनियर को निम्ति महाराजगञ्जस्थित आसमाक्स नेपालको अफिसमा चलिरहेको अन्तर्वातामा थियँ म। मेरा डकुमेन्टहरू पल्टाइ उसले तर खोजेको प्रमाणपत्र भेटाइन। फेरी पल्टाइ र टेवलमा बजारी।

‘यस म्याम सिभिल इञ्जिनियरकै लागि हो’ मैले उभियरै उत्तर दियँ। उसले मेरो मुखमा घोरियर हेरी।
‘मिष्टर तिमिले कुन युनिभर्षिटि या कलेजबाट इञ्जिनियरिङ डिग्रि लियका छौ ? मैले यि कागजपत्रको भिडमा इञ्जिनियरिङ सम्बन्धि खोजेको कुनै प्रमाणपत्र भेटाउन सकिन’ दुवै हातका कुइनाले चिउँडो अड्याउँदै सोधी उसले।

जेन्हाकि हुमन रिसोर्स म्यानेजर स्वयंले अन्तर्वार्ता लिने भनिएको थियो विज्ञापनमा। यही हुनुपर्छ त्यो भाइरस ।
‘म सँग सिभिल इञ्जिनियरिङ या कुनै प्रकारका इञ्जिनियरिङको डिग्रि छैन तर म सिभिल इञ्जिनियरिङको रुपमा काम गर्न सक्छु’
सामान्यरूपमै दिइएको उत्तरमा उ झस्की। अव उसले दुवै हात छातीमा वाँधी।
उसको मुहारमा केहि तनाव देखियो। ‘कृपा गरेर के तिमि बताउन सक्छौ ? कसरि?’ उसले सोधि। मैले बुझेसम्म त्यहाँसम्म उसले केसमा रुचि देखायकी थिइ, उसको उत्सुकता अझ बढेको थियो अब।
‘उत्तर दिनुअघि के म कुर्सिमा बस्न सक्छु म्याडम?’ म कुर्सिमा बस्न खोज्दै थियँ, उसले भनि ‘के तिम्रो ढाडमा समस्या छ सिभिल इञ्जिनियर महोदय? पाँच मिनट उभिन सक्दैनौ? यो म्यानेजरले आफ्नो कित्ता क्लियर गरिसकेकि थिइ। डाइलग गर्हुँगै दिइ। म बसिन। पुर्ववत पोजिशन लियँ । (more…)

Book Talk…

August 16, 2010 - 9:11 pm 2 Comments

नेपाल छाडने बेलामा कान्तिपथस्थित एजुकेशनल हाउसबाट केहि पुस्तकहरु किनेर ल्यायको थियँ, मुग्लानाँ (मुम्बइ) बसेर पढुँला भनेर । झमक घिमिरेको भर्खर प्रकाशित ‘जीवन काँडा की फुल’ देवेन्द्र भट्टराइको ‘रेगिस्तान डायरि’ पाउलोको ‘The winner stands alone’ , सम्राट उपाध्यायको ‘Buddha’s Orphan’, युग पाठकको ‘उर्गेनको घोडा’ र जर्ज अर्वेलको ‘1984’ थिय। त्यतिबेलासम्ममा पाउलोको ‘The Zahir’ पढेर सकियको थियन। मेरो पढने समयको कुनै निश्चितता नहुने हुनाले कहिले पुस्तकहरु एकरात-एकदिनमा(मयुर टाइम्स) सकिन्छन भने कहिले धेरै दिन लाग्छन। तर साँच्चै मैले अनुभवका आधारमा भन्छु, पुस्तकजस्तो उत्तम साथि जीवनमा अर्को हुन्न रहेछ। जहाँ-जतिबेलापनि पढे पनि हुने, पुस्तकहरु केहि माग गर्दैनन, खुरुक्क झोलाको कुनामा या गोजिमा समेत बस्छन । प्रयाश के हुन्छ भने, राम्रा पुस्तकहरु पढन पाइयोस। बुद्विजिवि भनेर मैले कनकमणि दिक्षित टाइपका पुस्तकहरु खोजेको हैन। बिषयबस्तुप्रति सापेक्ष रहेर लेखियका लेख/पुस्तकहरु पढनुको आनन्द पाठकले अर्कै भेट्छ, कसैको अन्ध समर्थन या बिरोधमा भन्दा।
मुम्बइ आयपछि त्यति पढने समय पाइयन। काँधले धान्नसक्ने भन्दा बढि होमवर्क र फिल्डवर्क अनि क्लास, शुटिङले प्राय समय लिय। त्यसैमा निद्रादेविको चर्को दबाब र मागहरु। निँदपनि किन यस्तो मिठो प्रभु जीवनमा? छक्क पर्छु यार, जहाँ पनि निदाउन तयार, टाउको अडाउने ठाउँ भय पुग्यो। सुरक्षाका लागि दारि पालेको नभयर नकाटेको छु, दारि नकाटेर हरितन्नम बन्नुलाइ यहाँको समाजमा समेत एकातिर सम्भावित या अनुभवि देवदासको रुपमा हेरिँदो रहेछ जो पिरेमको चर्को रिजल्ट हातमा समातेर बाँचिरहेको छ, अर्कोतिर अल-कायदा या लस्करे तोयबाको सम्भावित लडाकु पनि हुनसक्छ भन्ने रुपमा। दोस्रो समस्या त्यति परेको छैन तर कहिलेकाँहि पहिलोले प्रश्नहरु तेर्साइदिन्छ।

क्याण्टिनमा दक्षिण भारतिय खाजा इडली साम्भर खाइरहेको बेला चेन्नइकी जिया आनन्दले सोधि ‘what happened Hari?’ मैले दायाँबायाँ हेरेर सोधेँ ‘I don’t know what happen’ भावबिहिन मुद्रामा दिइयको उत्तरमा जियाले खोजेको भेटाइन होला ‘ it is about love suv, right?’ उसले मौसम जुस पिउँदै भनि। ‘what love suv…’ मेरो निधारमा झ्याउ लागेको भेउ पायर बिचैमा उ बोली ‘य सब दाडिवाडि क्या चक्कर हे यार, कमन हरि, होता हे सबको होता हे, मेरा आता नहिँ नहिँ तो मेँ भि तुम्हारा जैसा हि रखति थि, य लभ सभका चक्कर छोड, सामको मरिन ड्राइभ चलता हे क्या, हम लोग जा रहेँ आज’
‘मरिन ड्राइभ मे क्या हे?’ मैले सोधेँ । त्यसअगिका संवादको उत्तर दिनु सान्दर्भिक देखियन हितोपदेशकर्तालाइ।
‘Jazz by the bay, चल्ता हे रे क्या..उ ला ला’ आँखा घुमाउँदै ज्ञानी केटिले भनी। कुनै केटाले यसरि भोको पेटमा उपदेश दियको हुँदो हो त, एक झ्यापु खाइसकेको हुन्थ्यो । पाजी दारि पालेको पनि हैन, नकाटेको मात्रैमा पनी ‘तँ किन देवदास भैस बाबु भन्दै सुन्नुपर्ने यार। मेरो गम्भिर आपत्ति छ। नेपालाँ ह्रिदेश त्रिपाठिलाइ पनि यस्तै प्रश्न या हितोपदेश आउँदा हुन कि ? उनि त नेपालका लागि दारिका होलसेल डिलर नै हुन मैले जान्दादेखिन, जन्मँदै दारिसहित जन्मियका त हैनन कतै, अनुसन्धानको बिषय हो यो। (more…)

यात्रा, पर्खाइ र सम्झनाहरु (कविता)

July 11, 2010 - 12:20 am 2 Comments


लामो यात्रापछि,
अन्नपुर्ण टाकुराको चिसो ढुङगामा बस्दा
ठिहिराउने जाडोबिचपनि पसिना झरिरहे
छाताको आडमा उकालो काटिरहँदा
परपरसम्म देखिने हरिया पहाडहरु
आकाशको निलो बादल र उडिरहेका चराहरु अनी
कानमा बजिरहेका गीतहरुबिचपनि
तिम्रो सम्झना घरिघरि आइरह्यो

अस्पतालको बेडछेउ बिरामी आमा कुरिरहँदा
मध्यरातमा धोबिखोला उस्तै बगिरह्यो
अनिँदा आँखासहित यताउता गरिरहेका मान्छेहरु
कहिलेकाँहि झुल्किने डक्टर र नर्सहरु अनि

औषधि बोकिरहेका चिन्तितहरु हेरेँ
त्यहाँपनि तिमि सम्झनामा आइरह्यौ
नर्सहरु जब आउँथे, झस्किरहेँ म
तिम्रो सम्झनाबाट भाग्ने असफल प्रयास मेरो
बतासले बल्झाइरह्यो

समयको दुरिले म केहि भन्न नसक्ने भयको छु
तर एउटा बिहानी आउनेछ
जब तिमि सांसारिकता भोगेर
तथाकथित आदर्शहरुको खरानी बिसर्जनपछि
फर्कनेछौ मतिर
तिम्रो त्यहि पुरानो प्रेमी
तिम्रा हात समातेर हिँडनेछ खोजीमा
एउटा बासको
जहाँ बाँकि थोरै दिनहरु प्रेममा बिताउन पाइयोस
म त्यहि शित पर्ने बिहानी पर्खिरहेछु

(केहिदिनअगि म्याग्दिबाट फर्कँदा बाटोमा पर्ने घोडेपानी टाकुरामा कोरियको कविता)

मञ्जुश्रीको नयाँ पुस्तक र The Zahir

June 2, 2010 - 3:51 pm 2 Comments

अहिले म सँगसँगैजसो दुइटा पुस्तक पढदैछु ।

पाउलोको The Zahir र हाम्रै लेखिका मञ्जुश्री थापाको Seasons of Flight.

पाउलोको द अलकेमिष्ट पढेपछि जाहिर पढने मन बनायको थियँ । किन्न जाँदा थापाको नयाँ पुस्तक पनि देखेँ एजुकेशनल हाउस कान्तिपथमा । बिदेशि लेखकका पुस्तकहरु किनेर पढिन्छ भने हाम्रै लेखकका पुस्तक किन नपढने ? फेरि मञ्जुश्रीका पछिल्ला पुस्तकहरुमध्ये The Tutor of History बाहेकका पुस्तकहरु मलाइ मन परेका हुन ।

Forget Kathmandu त राम्रा पुस्तकमध्येको एक हो । सम्राट उपाध्याय र मञ्जुश्री थापा अंग्रेजिमा लेख्ने स्तरिय नेपालि लेखक हुन ।

The Zahir को सय पेज हाराहारिमा पुग्दा मलाइ यसले तानेको छ । पाउलोले आफ्नै कथा लेखेका हुन कि झै पनि लाग्छ । एउटा सेलिब्रेटि लेखकको जीवन यति सुक्ष्म तरिकाले लेखियको कृति पढेको थिइन । लेखक बन्ने सपना पालेको सम्भावित लेखकमा पनि पुस्तक नै लेख्न त ठुलो साहस चाहिन्छ भन्ने देखाइयको छ । लेख्छु भन्दा भन्दै खै के खै के ले रोक्ने म जस्ता लेखक बन्न चाहनेहरुको मानसिकता उपन्यासका शुरुवाति पानाहरुमै देखिन्छ । मैले त्यहि नियति भोगेको छु । पढिरहेको पात्रले जब उपन्यासको पात्रमा आफ्नो छनक पाउन थाल्छ, मलाइ लाग्छ त्यो इमोशन समात्न सक्नु नै लेखकिय खुबि हो । पाउलोले त्यो समातेका छन ।

पुस्तकको १९ पेजमा रहेको यो प्याराग्राफ:

I continue my search for love, I continue writing songs. When people ask me what I do, I say I am a writer. When they say they only know my song lyrics, I say that’s just part of my work. When they apologize and say they have never read any of my books, I explain that I’m working on a project- which is a lie. The truth is that I have money, I have contacts, but what I don’t have is the courage to write a book.

मैले माथिका शब्दहरुबाट बिश्वका थुप्रै सम्भावित लेखकहरुको लेखकिय दुबिधा बुझ्छु । किनकि मैले महसुस गरेको छु । उपन्यासमा प्रमुख पात्र नै सेलिब्रेटि लेखक हुन्छ । उनका पहिलेका पुस्तक पढनेहरुले सजिलै बुझ्न सक्छन, यो पुस्तकको प्रमुख पात्रका रुपमा लेखकले आफुलाइ नै उभ्यायका छन । पहिलो पुस्तक Pilgrimage देखि The Alchemist सम्मका कुरा आउँछन । (more…)

The Alchemist पढेपछि !!

May 29, 2010 - 10:44 pm 5 Comments

केहि दिन अगाडि मुम्बइ गयको थियँ ट्रेनमा । फर्किँदा ट्रेनको टिकट पाइएन । बसमा फर्कियँ सातवटा बस बदल्नुपर्यो बुटवलसम्म आइपुग्दा ।

जहाजमा फर्किन पैसो पुगेन । जाँदा ट्रेनमा चेतन भगतको 3 Mistakes of My Life पढेर सिध्यायको थियँ । मुम्बइ पुगेपछि समुद्र खोजेको अटोले कताकता पुरायो भेटिन । बरु किताबै पढन ठिक ठानेर चेतनकै नयाँ उपन्यास 2 States किनेँ । नेपालमा पनि बिवाहको सन्दर्भमा चेतनको बिवाहको कथाभन्दा फरक छैन । केटिलाइ मात्र मन परायर हुन्न । केटिका बा-आमा, तोरिजस्ता नातेदार अनि केटातिरकाले पनि मन परायपछि बिहे हुन्छ झ्याउलाग्दो । मुम्बइबाट साँझ चढेको बसले अर्को बिहान गुजरातको अहमेदाबाद ल्याइपुरायो । यहाँबाट बस बदल्नुपर्ने । चेतनका हरेक पुस्तकमा हुने शहरमै रहेछु म । Five Points Someone देखि पछिल्लो उपन्याससम्म अहमेदाबादको चर्चा छ । आफुले पढने लेखकको शहरमा हुनु पनि खुसिकै कुरा हो जस्तो लाग्यो । मरिलानु के छ र दुखि हुनु यार ?

राजस्थान हुँदै दिल्लि आइपुग्दासम्ममा 2 States सिध्यायँ । दिल्लिको गनाउने बसपार्कमा सुनौलिसम्मको बस टिकट किन्न खोजेको पैसो सकिइसकेको रहेछ । वालेट हेरेको नेपालि पैसो रहेछ तिन हजारजति । बसपार्कमै नेपाल फर्कन थालेको नेपालि अधबैसेसँग 6% कमिसन जोडेर साटेँ भारतिय रुपैयाँ । खाउ मैसँग कमिसनपनि । आपत्ति जनाइन । लास्टै झुरेष्ट लोकल बसमा सुनौलिसम्मको टिकट काट्दै गर्दा बसवालाले पान पिचित्त थुक्यो । पान खानैलाइ जन्मेका रहेछौ ।
2 States सकियपछि बेरोजगार भयका थिय आँखा र चित्त । बसपार्कमा राम्रा ठिटिहरु देखिने कुरा भयन । केहि अण्टिहरु प्रोडक्टसहित यताउता गरिरहेका थिय । गर्मि नर्कमा भन्दा कम थियन । काम परेपनि दिल्लि त जानु नपरोस यार ! मुम्बइमा अलि कम थ्यो ।

अब जान्छ भन्दै पानवालाले तिन घण्टा झुलायो बसपार्कमै । प्रत्येक सिट नभरिउञ्जेल बस डगेन । नेपालि या भारतिय होइन भनेर पनि होला बसपार्कले अनावश्यक इज्जत (more…)

मयुर टाइम्स: आक्रामक मार्केटिङको भ्रम

April 13, 2010 - 1:25 pm 7 Comments

अम्बे सिमेन्ट र पञ्चकन्या छडको बिज्ञापनलाइ माथ दिने गरि गरियको पत्रकार तथा लेखक नारायण वाग्लेको भर्खर बजारमा आयको उपन्यास ‘मयुर टाइम्स’ पढेपछि पाठकका रुपमा भन्छु म- वाग्ले र मयुर टाइम्स दुबै यसपालि चिप्लियका छन । पाठकहरुले पल्पसा क्याफेका लेखकबाट गरेको आस मयुर टाइम्स पढेपछि अचम्मैपर्नेगरि निराशामा परिणत हुन्छ । नारायण वाग्लेको पहिलो उपन्यास पल्पसा क्याफे पनि बजारमा आयको हप्तादिनमै पढेको थियँ र अहिलेको मयुर टाइम्स लाइनमै बसेर किनियको हो । पुस्तक पढेपछि मैले बुझेको सत्य- कहिलेकाँहि अयोग्य लेखकिय उत्पादनहरुलाइ पनि आक्रामक शैलिले प्रचार गरियो भने पढनै पर्ने हो कि भन्ने भ्रम सृजना गरिँदिदो रहेछ मिडियाले ।

वाग्लेले राम्रो बिषय छानेका छन तर कथामाथि न्याय पटक्कै गरेका छैनन । मोफसलमा जोखिम मोलेर काम गर्ने पत्रकारहरुको कथा भयपनि ‘मयुर टाइम्स’ पढेपछि मलाइ हलिउडमा बन्नुपर्ने कथामा बनेको सस्तो नेपालि सिनेमा हेरेको अनुभव भयो । मुख्यत: दुइटा नारि पात्र पराग र लिसरामाथि घुमेको कथामा परागलाइ बलिउडि शैलिमा ‘हिरोइक’ देखाइयको छ । कथाको शुरुवातसँगै लाग्छ -केहि बर्षअघि जनकपुरमा हत्या गरियकि पत्रकार उमा सिँह र नेपालि पत्रकारितामा रहेका कैयौँ उमा सिँहहरुको कथा हो यो तर अहिलेपनि नेपालि पत्रकारितामा घटिरहेको दुखद यथार्थलाइ लेखकको कल्पनाशीलताले डुबायको छ । कथामा पर्याप्त द्वन्द छैन पात्रहरुबिच । कुनै शिकारु लेखकले लेखेको उपन्यास हुँदो हो त मैले यहाँ समिक्षा गरिरहने कष्ट गर्दिनथेँ होला तर नेपालि मिडियाका केन्द्रबिन्दुमा रहेका मदन पुरष्कार बिजेता नारायण वाग्लेको लेखन हुनाले, उपन्यास पढिसकेपछि एउटा पाठकले के ठान्यो कृतिबारे त्यो प्रस्तुत गर्न खोजेको हुँ ।

फ्लासब्याकमा धेरै बगेको मयुर टाइम्सको सकारात्मक पक्ष सरल भाषा प्रस्तुति हो । जटिल शब्द नहालि साहित्य सृजना हुँदैन भन्नेहरुलाइ त वाग्लेले भाटे कार्वाहि नै गरेका छन । उनको भाषा सरल र स्पष्ट छ । कथाभित्रका घटनाहरु एकअर्कामा गाँसियका छन तर उत्कृष्ट बन्नका लागि त्यो मात्र पर्याप्त हैन । मुख्य मेरुदण्ड त कथा आफैमा हो । प्रस्तुति त्यसपछि अाँउछ । जब ससक्त कथालाइ निकै खुकुलो बनाइयको छ भने प्रस्तुतिको के अर्थ भयो र ? मयुर टाइम्सको प्रस्तुत गरियकै कथाबस्तुमा मैले दैनिक अखबारहरुमा नै मन रुवाउने समाचार, लेख र कथाहरु पढिसकेको छु । तर जब उपन्यास लेखिन्छ भने, पक्कै पनि पाठकले पढुञ्जेल बाँध्नसकोस भन्ने अपेक्षा गर्छ तर यो आस मयुर टाइम्सबाट पुरा भयन । उपन्यास पढदा खटकने पाटाहरु- पराग जो बैकिङ क्यारियरमा जमेकि छे काठमाडौमा र राजनितिक रुपमा सचेत छे । लिसरासँगको लामो समयको अन्तरालपछिको भेटमै उसले मयुर टाइम्सको सम्पादकको जिम्मेवारि लिन्छे । उपन्यासको अर्को कमजोर पक्ष ‘न्यारेसन’ बढि र संवाद कम्ति भयो । लेखकले पात्रहरुबिच संवादको माध्यमबाट बर्णन गर्नुपर्ने घटनाहरुमा न्यारेसन ठोकेका छन जताततै । एक मित्रको समिक्षाले पनि मयुर टाइम्स किन्न मलाइ प्रेरित गरेको थियो, त्यसैमा वाग्ले आफैमा पनि नाम चलेका लेखक हुन । पुस्तक किन्न प्रेरित गर्ने अर्को पाटो नेपालयले प्रकाशन गरेको हुनाले पनि हो । नेपालयले प्रकाशन गर्ने पुस्तकहरुको नियमित पाठक हुनुका कारण पनि मलाइ मयुर टाइम्स बाट आशा थियो । तर कथाबस्तु आफैमा सशक्त नभइ अन्य पाटो जति राम्रो भयपनि कृति बिशिष्ट नहुँदोरहेछ भन्ने मयुर टाइम्सले प्रमाणित गरेको छ । (more…)

आयो मयुर टाइम्स आयो

April 10, 2010 - 3:53 pm 3 Comments

आज अप्रिल १०, सबैलाइ धेरै कुराहरुको प्रतिक्षा होला । मलाइ नारायण वाग्लेको नयाँ उपन्याँस ‘मयुर टाइम्स’ को थियो । बिहान उठेर केहिबेर ध्यान गरेँ । शनिवारको बिहान कस्तो हुन्छ ? झ्यालबाहिर हेर्दा सुर्य उदाइनसकेको समय थियो । मन पर्छ । सुर्योदय हुनुअघी र सुर्योस्तपछिको समय गजबको लाग्छ मलाइ । सुर्यास्तपछि सामुद्रिक तट किनारमा बसेर क्षितिजतिर हेर्दै हराउनुको मजा नेपाल फर्केपछि लिन पायको छैन तर जे छ, पर्याप्त छ । कहिलेकाँहि साँझमा पशुपति पारिपट्टिको किनारमा बसेर जलाइयका लाशहरु धुवाँमा हराउँदै गयको हेर्छु । मृत्युलाइ हरेक क्षण सम्झन सकियन भने जिवनमा इमान्दार हुन सकिन्न कि जस्तो लाग्छ । लाशहरुले त्यो सत्यलाइ ‘रिफ्रेश’ पारिदिन्छन । लाशहरु झुटो बोल्दैनन ।

शनिबारको दिन म प्राय: पुस्तक पढनलाइ छुट्टाउने दिन हो । अन्य दिन हजारौँ कुराहरु अघिपछि हुन्छन । समाज गजबको हो कि म गजबको बुझ्दिन म । मान्छेहरुलाइ सधै ‘इन्टरटेन्ट’ नगर्दा कहिलेकाँहि घमण्डि यावतका उपमा पाइन्छ । ति कुराको बालै भयन ।

केहि दिनदेखि वाग्लेको उपन्यासको नागरिक र रिपब्लिका दैनिकहरुमा ब्यापक बिज्ञापनहरु आइरहेका थिय । नारायण वाग्ले आफै मिडियामा चल्ताफिर्ता हस्ति भयर हो या अर्को सामान्य लेखकको राम्रो कृतिले यस्तो ब्यापारिक साथ पाउला त्यो अनुमान गरिहाल्न म सक्दिन । पल्पसा क्याफेले पायको राम्रो चर्चा र बजारले पनि हुनसक्छ वाग्लेबाट म जस्ता आमपाठकहरुले राम्रो पठनिय पुस्तकको अपेक्षा राखेका छन । मयुर टाइम्सले त्यो आशा कत्तिको पुरा गर्छ त्यो नपढि भन्न सक्दिन म । लाइनमा बसेर लेखकको हस्ताक्षरसहितको पुस्तक किन्न त किनिसकेको छु । पहिलो २० पेज पढेँ, खासै उत्साह जागेको छैन हल्लाजति । तर पनि त्यसमा प्रयोग गरियको सरल भाषाले मलाइ थप पढन लोभ्यायको छ । जटिल शब्द नहालि साहित्य लेख्न सकिन्न भन्ने मान्यतालाइ वाग्लेले राम्ररि झापड हानेका छन । माओवादिको भाषामा भन्ने हो भने उनले त्यो मान्यतामाथि ‘भाटे कार्वाहि’ गरेका छन । उनको भाषा उनिजस्तै सरल बगेको छ । कथामा सन्तुष्ट हुनुनहुनु पछिका कुरा हुन । प्रस्तुति राम्रो छ ।

म दैनिक जीवनमा जे भोग्छु, म त्यसैको बारेमा पढन चाहन्छु र त्यो पनि दैनिक बोल्ने सामान्य भाषामा । मलाइ आदर्शका कुरामा बिश्वास छैन । कहिलेकाँहि कुरा मिल्दैन साथिहरुसँग, सबैसँग होइन केहिसँग ! यदि मलाइ सडक किनारमा बनायको च्या मिठो लाग्छ भने, अनमोल या बेकरि क्याफेमा बसेर च्या पिउनु आवश्यक छैन । भर्खर बिदेशबाट आयका एक मित्र छन, चिनेकाहरुले बाटोमा उभियर च्या पियको अवश्थामा हामिलाइ देख्लान र इज्जतमा धक्का पुग्ला भन्ठान्छन । हाफ पेन्टमा हिँ्डदा ज्वाँइले देख्लान र के भन्लान भन्छन ! कुरा मिल्दैन । म बाँच्ने मेरो शैलिले हो । यदि सडक किनारमा हाफ पेन्ट र चप्पलमा च्या पिउँदै गरेको या माइक्रोमा कोचियर हिडेको देखेको आधारमा मेरा सम्बन्धहरुले मप्रतिको धारणा बनाउँछन भने, ति सम्बन्ध मलाइ पटक्कै चाहियनन । खोक्रो शानले बाँच्नु आफैलाइ धोका दिनुसिवाय केहि होइन । यसमा मान्छे कसरि हुर्क्यो, बढ्यो र उ बस्ने सराउण्डिङले भुमिका खेल्छ होला तर यि देखावटिहरुप्रति मेरो बितृष्णा छ । (more…)

“Five Points Someone” – A Novel by Chetan Bhagat

March 9, 2010 - 9:41 pm 3 Comments

भारतिय लेखक चेतन भगतको Five Points Someone पढेर सिध्याँय आज । यो पुस्तक पनि बाटोमै सकियो । केहि टेम्पोहरुलाइ घाटा लागेको मान्न सकिन्छ, कारण पुस्तक नभयको भय धुलो र धुवाँ खाँदै कुन मुर्ख हिँड्छ काठमाडौका सडकहरुमा । भाडा तिरेर टेम्पो नै चढिन्छ नि ! तर केहि पुस्तकहरु हुन्छन, जल्ले धुलो र धुवाँ खाँदै भयपनि हिँड्नुलाइ Justify गरिदिन्छन ।

कतिबेला पढने यार पुस्तकहरु पनि । कुनै निस्चित गन्तब्यमा पुगेपछि त्यहाँ जे कामका लागि पुगियको हो त्यहिपट्टि लाग्नुपर्यो । टेम्पोमा गयो भने एकैछिनमा पुराइदिन्छन । मोटरसाइकलमा गयो भने, पहिलो त टाउकोभरि ढुङ्गा राखेझैँ लाग्छ, हेल्मेटपनि । मास्क लगायर मनपरेको पुस्तक पढदै हिँड्यो । हो, केहि अघि हिँडनुपर्ला तर पुगिन्छ नि गन्तब्यमा त ।

चेतन भगतलाइ पढदै हिँडदाको रमाइलो घटना, केशर पुस्तकालय लैनचौरनिर पुस्तकमा आँखा गाडेर हिँडदै थियँ, अचानक कुनै पहाडसँग ठोकियझैँ भयो, घड्याम्मै यार के भन्ने ! हेरेको एउटि बुढि बजै त भनिहाल्न नमिल्ने तर हुने तयारिमा तिब्रताका साथ लागेकि महिलासँग ठोक्कियछु । धन्न उहाँका खुट्टाबाट छिरेर ननिस्केको । उदार मनकि हुनुहँदोरहेछ, झटारो दिइहाल्नुभो –

‘आँखा नभयको कस्तो गुण्डा हो यो ?”
उहाँले आँखा कोबाङका स्याउजत्रा पार्दै गालि गरेपछि म मुलाले ‘ गुण्डा त अलि होइन दिज्यु, सरि नदेखेर ठोक्कियछु ‘ (more…)

अग्लिरहेछ……….. प्रश्नहरुको पहाड़ -कविता

October 24, 2009 - 2:11 am 2 Comments
-लारा राइलण्डन

अग्लिरहेछ………..
प्रश्नहरुको पहाड़ र,
प्रत्येक मोड़हरुमा अनि
औसत मान्छेहरुका हुलबाट
अलग्गिएर
भूगोलको यो गोलार्द्धमा
अग्लिरहेछ…………..
प्रश्नहरुका पहाड़

कुन नियतिले डोर्र्यायो होला?
रहर/बाध्यता या, लहै लहै!
आफैंभित्र आफ्नो अस्तित्व खोज्दै
भौतारिएको एउटा शराणार्थी जस्तै
परायाभित्र आफ्नो खोज्दै
नासिन हिंडेका मान्छेहरु जस्तै
उभिरहेकीछु
यो माहौल
यो शहरभित्र

भन्न त,
उनीहरूले-
हामी “सिंगों नेपाल” उभिएकाछौं
फरक, फरक बनौट
फरक, फरक झुंड
बिभाजित मानसिकता बोकेर

र,
प्रत्येक मोड़हरुमा अनि
औसत मान्छेहरुका हुलबाट
उक्लिरहेछु
प्रश्नहरुका पहाड़…………. (more…)

आफ्नो या पराइ – कविता

July 4, 2009 - 4:26 pm 2 Comments

-लुना

तिमी दुख्छौ मलाई
था’छ यो तिमीलाई
फेरी पनि
तिमी दुख्छौ भने
नभन नदुख मलाई
यो चोट को खोट
छैन तिमीलाई
अब त
दुख्न देउ है मलाई ।
जिबन घाऊ नै त हो
था ‘ है छ तिमीलाई
नदुख्ने घाऊ
कस्तो हुन्छ था’ छैन मलाई
चर्याउने आशु दिए तिमीलाई
जे सोच्नु छ सोच
आफ्नो या पराइ !

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.