पुस्तकको दोस्रो अंश…..
due to virus infection in windows partition of my computer, i had to delete partition, along with others, unicode Nepali typing software got deleted from hard drive and now i am not able to type in Nepali. Below is second part of my book (someday it will be printed on form of book…. i guess), hope u will enjoy !!

‘भनेपछि मिष्टर तिमि सिभिल इञ्जिनियर पदको लागि एप्लाइ गर्दैछौ ?’ म अगाडी बसेकी चालिस हाराहारीकी मङगोलियन महिलाले अंग्रेजिमा सोधी। उ पुर्ण कर्पोरेट देखिन्थी। दुबइमा रहेको कोरीयन कम्पनी ‘जेन्हा इञ्जिनियरिङ’को निम्ति मागियका फरक फरक विधाका १२ इञ्जिनियर को निम्ति महाराजगञ्जस्थित आसमाक्स नेपालको अफिसमा चलिरहेको अन्तर्वातामा थियँ म। मेरा डकुमेन्टहरू पल्टाइ उसले तर खोजेको प्रमाणपत्र भेटाइन। फेरी पल्टाइ र टेवलमा बजारी।
‘यस म्याम सिभिल इञ्जिनियरकै लागि हो’ मैले उभियरै उत्तर दियँ। उसले मेरो मुखमा घोरियर हेरी।
‘मिष्टर तिमिले कुन युनिभर्षिटि या कलेजबाट इञ्जिनियरिङ डिग्रि लियका छौ ? मैले यि कागजपत्रको भिडमा इञ्जिनियरिङ सम्बन्धि खोजेको कुनै प्रमाणपत्र भेटाउन सकिन’ दुवै हातका कुइनाले चिउँडो अड्याउँदै सोधी उसले।
जेन्हाकि हुमन रिसोर्स म्यानेजर स्वयंले अन्तर्वार्ता लिने भनिएको थियो विज्ञापनमा। यही हुनुपर्छ त्यो भाइरस ।
‘म सँग सिभिल इञ्जिनियरिङ या कुनै प्रकारका इञ्जिनियरिङको डिग्रि छैन तर म सिभिल इञ्जिनियरिङको रुपमा काम गर्न सक्छु’
सामान्यरूपमै दिइएको उत्तरमा उ झस्की। अव उसले दुवै हात छातीमा वाँधी।
उसको मुहारमा केहि तनाव देखियो। ‘कृपा गरेर के तिमि बताउन सक्छौ ? कसरि?’ उसले सोधि। मैले बुझेसम्म त्यहाँसम्म उसले केसमा रुचि देखायकी थिइ, उसको उत्सुकता अझ बढेको थियो अब।
‘उत्तर दिनुअघि के म कुर्सिमा बस्न सक्छु म्याडम?’ म कुर्सिमा बस्न खोज्दै थियँ, उसले भनि ‘के तिम्रो ढाडमा समस्या छ सिभिल इञ्जिनियर महोदय? पाँच मिनट उभिन सक्दैनौ? यो म्यानेजरले आफ्नो कित्ता क्लियर गरिसकेकि थिइ। डाइलग गर्हुँगै दिइ। म बसिन। पुर्ववत पोजिशन लियँ । (more…)
नेपाल छाडने बेलामा कान्तिपथस्थित एजुकेशनल हाउसबाट केहि पुस्तकहरु किनेर ल्यायको थियँ, मुग्लानाँ (मुम्बइ) बसेर पढुँला भनेर । झमक घिमिरेको भर्खर प्रकाशित ‘जीवन काँडा की फुल’ देवेन्द्र भट्टराइको ‘रेगिस्तान डायरि’ पाउलोको ‘The winner stands alone’ , सम्राट उपाध्यायको ‘Buddha’s Orphan’, युग पाठकको ‘उर्गेनको घोडा’ र जर्ज अर्वेलको ‘1984’ थिय। त्यतिबेलासम्ममा पाउलोको ‘The Zahir’ पढेर सकियको थियन। मेरो पढने समयको कुनै निश्चितता नहुने हुनाले कहिले पुस्तकहरु एकरात-एकदिनमा(मयुर टाइम्स) सकिन्छन भने कहिले धेरै दिन लाग्छन। तर साँच्चै मैले अनुभवका आधारमा भन्छु, पुस्तकजस्तो उत्तम साथि जीवनमा अर्को हुन्न रहेछ। जहाँ-जतिबेलापनि पढे पनि हुने, पुस्तकहरु केहि माग गर्दैनन, खुरुक्क झोलाको कुनामा या गोजिमा समेत बस्छन । प्रयाश के हुन्छ भने, राम्रा पुस्तकहरु पढन पाइयोस। बुद्विजिवि भनेर मैले कनकमणि दिक्षित टाइपका पुस्तकहरु खोजेको हैन। बिषयबस्तुप्रति सापेक्ष रहेर लेखियका लेख/पुस्तकहरु पढनुको आनन्द पाठकले अर्कै भेट्छ, कसैको अन्ध समर्थन या बिरोधमा भन्दा।

अहिले म सँगसँगैजसो दुइटा पुस्तक पढदैछु ।
केहि दिन अगाडि मुम्बइ गयको थियँ ट्रेनमा । फर्किँदा ट्रेनको टिकट पाइएन । बसमा फर्कियँ सातवटा बस बदल्नुपर्यो बुटवलसम्म आइपुग्दा ।
अम्बे सिमेन्ट र पञ्चकन्या छडको बिज्ञापनलाइ माथ दिने गरि गरियको पत्रकार तथा लेखक नारायण वाग्लेको भर्खर बजारमा आयको उपन्यास ‘मयुर टाइम्स’ पढेपछि पाठकका रुपमा भन्छु म- वाग्ले र मयुर टाइम्स दुबै यसपालि चिप्लियका छन । पाठकहरुले पल्पसा क्याफेका लेखकबाट गरेको आस मयुर टाइम्स पढेपछि अचम्मैपर्नेगरि निराशामा परिणत हुन्छ । नारायण वाग्लेको पहिलो उपन्यास पल्पसा क्याफे पनि बजारमा आयको हप्तादिनमै पढेको थियँ र अहिलेको मयुर टाइम्स लाइनमै बसेर किनियको हो । पुस्तक पढेपछि मैले बुझेको सत्य- कहिलेकाँहि अयोग्य लेखकिय उत्पादनहरुलाइ पनि आक्रामक शैलिले प्रचार गरियो भने पढनै पर्ने हो कि भन्ने भ्रम सृजना गरिँदिदो रहेछ मिडियाले ।
आज अप्रिल १०, सबैलाइ धेरै कुराहरुको प्रतिक्षा होला । मलाइ नारायण वाग्लेको नयाँ उपन्याँस ‘मयुर टाइम्स’ को थियो । बिहान उठेर केहिबेर ध्यान गरेँ । शनिवारको बिहान कस्तो हुन्छ ? झ्यालबाहिर हेर्दा सुर्य उदाइनसकेको समय थियो । मन पर्छ । सुर्योदय हुनुअघी र सुर्योस्तपछिको समय गजबको लाग्छ मलाइ । सुर्यास्तपछि सामुद्रिक तट किनारमा बसेर क्षितिजतिर हेर्दै हराउनुको मजा नेपाल फर्केपछि लिन पायको छैन तर जे छ, पर्याप्त छ । कहिलेकाँहि साँझमा पशुपति पारिपट्टिको किनारमा बसेर जलाइयका लाशहरु धुवाँमा हराउँदै गयको हेर्छु । मृत्युलाइ हरेक क्षण सम्झन सकियन भने जिवनमा इमान्दार हुन सकिन्न कि जस्तो लाग्छ । लाशहरुले त्यो सत्यलाइ ‘रिफ्रेश’ पारिदिन्छन । लाशहरु झुटो बोल्दैनन ।
भारतिय लेखक चेतन भगतको Five Points Someone पढेर सिध्याँय आज । यो पुस्तक पनि बाटोमै सकियो । केहि टेम्पोहरुलाइ घाटा लागेको मान्न सकिन्छ, कारण पुस्तक नभयको भय धुलो र धुवाँ खाँदै कुन मुर्ख हिँड्छ काठमाडौका सडकहरुमा । भाडा तिरेर टेम्पो नै चढिन्छ नि ! तर केहि पुस्तकहरु हुन्छन, जल्ले धुलो र धुवाँ खाँदै भयपनि हिँड्नुलाइ Justify गरिदिन्छन ।
I am happy to welcome you all in my personal blog.