Archive for the ‘चिन्तन-मनन’ Category

उपन्यासको केहि अंश

August 12, 2010 - 12:37 am 10 Comments

आज म यसै ब्लगमार्फत सम्पादनको चरणमा रहेको मेरो उपन्यासको (शिर्षक नजुरिसकेको- कभर डिजाइन यसै गरेको हुँ खै कहिलेको राति) केहि अंश राख्दैछु । पुनर्लेखन र सम्पादन लगायतका धेरै कामहरु बाँकि छन तर आशा छ कुनै दिन यो पुस्तक नेपाली बजारमा पक्कै आउनेछ।

……..गबिरको मृत्यु सामान्य बनेको थ्यो। जब मृत्युको बादलले घेरिरहन्छ, अन्य मृत्युहरु विषादपुर्ण हुँदाहदैपनि सामान्य बन्दै जान्छन्। धनी देशका मान्छेहरु कसैको मृत्युमा सयौं जम्मा होलान. तर इराकमा मलामीको कमी छ। मलामी बन्नेहरु हरेक दिन अल्पायुमै मारिइरहेका छन्।

फारुकमार्फत मायामीस्थित हेडअफिसमा थाहा भैसकेको थ्यो हाम्साको त्राशदी, गबिरको मृत्यु। जोनाथनभन्दा माथिकै हुनुपर्छ नोरीक मलिकीले सिरियामा फेडेक्समै काम गर्ने वातावरण मिलाउन पहल गर्ने इमेल लेख्यो। हाम्साले राहत महशुस गरी।

७५० किलोमिटर टाढा सिरियाको यात्रामा निस्कन तयार हुँदै थियो अर्को इराकी परिवार शरणार्थीको रुपमा।

************
सेतो टोयोटा धुलो उडाउँदै छिर्यो्। अल मेहन्दीको उही नाइके झर्यो मोटरबाट। ड्राइभिङ सिटमा कालो पोशाकमै मोटे थ्यो यसपाली। उ पनि बाहिर निस्कियो ह्याण्ड ब्रेक निर राखेको थ्रि नट थ्रि निकालेर।रहिम आँगनमा खेलिरहेको थ्यो , भित्र पस्यो। हाम्साको बाउ निस्कियो बाहिर। ‘सलाम वाले कुम’ नाइकेले भन्यो। त्यसका आँखाले केही खोजिरहेका थिय। हाम्सा!

हजुरआमासँग टाँसियर रहिम बाहिर निस्कीयो। अल मेहन्दी आर्मीका हुन् भन्ने जनाउन उनीहरु सबैले कालो पोशाक लगायका थिय। नाइकेका हातमा राइफल थियन। हाम्साको बाउले डरको थुक निल्यो घुटुक्क। छोराका हत्याराहरु अगाडी उभियका छन् , केही गर्न सक्दैन उ!

‘केटी खै?’ नाइकेले सोध्यो। आमाले बाउतिर हेरी। ‘अल मन्सुर गयकी छे हाम्सा’ बुढाले भन्यो याचनामिश्रीत स्वरमा। ‘शत्रुका निम्ति काम गर्नेहरु शत्रु हुन्, अल्लाहले ती गद्दारलाई माफ गर्नुहुनेछैन’ नाइकेले चर्को स्वरमा भन्यो। अल्लाहको नाम लिँदाबित्तिकै बाँकि केटाहरु सतर्क भय। ‘हामि अल्लाहका सैनिक हौं , अल्लाहका दुश्मनलाइ छाड्दैनौं , तिमीहरुकी छोरीले अमेरीकी शैतानका निम्ति काम गर्छे , शत्रुका निम्ति, जसले हाम्रा कैयौं बाबु-आमा, दिदि भाइहरुको दिनहुँ हत्या गरिरहेको छ, त्यो पापको धनबाट खाने तिमीहरु सबै हरामी हौ’

‘तर…….अल्लाहको कृपाले मेरो कुरा सुन्नुस’ बुढो केही भन्न खोज्दै थ्यो , नाइकेले रोक्यो। उसको अनुहार क्रुर हुँदै गइरहेको देखियो ‘अन्तिम अवसर दिँदा पनि तिम्री छोरी फेरी तिनै हरामखोरकोमा पुगी , अल्लाहले दिने सजाय पाउनै पर्छ तिमीहरुले, खै छोरीलाइ फोन लगा’ नाइकेको आदेशसँगै बुढाले गोजीबाट मोबाइल झिकेर रि–डायल गर्यो। (more…)

So, What Makes You not a Buddhist ?

February 21, 2010 - 8:20 am 5 Comments

2007 मा Pulitzer Prize जितेको Cormac McCarthy को ‘The Road’ पुस्तक किन्न केहि पुस्तक पसलहरु चहारेको थियँ हप्ता १० दिनअघि । ठमेल र कान्तिपथका पुस्तक पसलहरुमा ‘द रोड’ पाइयन ।

सकिइसकेको । केहि दिनमा आउने रे तर त्यो केहि दिन अदृश्य शक्तिलाइबाहेक अरुलाइ थाहा भयन ।

पुस्तक पढ्ने मुड बनाइसकेपछि पढनु त पर्यो । तर खोजेको पाइयन । एजुकेशनल हाउस-कान्तिपथमा थियँ । केहि सुनियको तर नपढियको पुस्तकमा आँखा पर्यो । त्यो पुस्तक थियो D.J. Khyentse को ‘What Makes You not A Buddhist’

सर्रर कभर हेरेँ । शिर्षक Interesting थियो । भित्र पेजका केहि लाइनहरु पढेँ । विपश्यनामा सिकेका कुराहरुका बारेमा अझ गहिरो लेखकिय सँगालो रहेछ । आधा हजार रुपैयाँजति तिरि पुस्तक समाति लाजिम्पाटतिर पैदल हिँडे । मोटरसाइकल घरमा थन्क्यायर पैदल हिँडेको थियँ केहि दिनदेखि । यसमा केलाइ कारण मान्न सकिन्छ भने- मोटरसाइकल चलायर पुस्तक पढन मिल्दैन तर पैदल हिँडेर पुस्तक पढन सकिन्छ । सडक किनारैकिनार एकोहोरो हिँडदै पुस्तकमा डुब्नुमा मैले बृहत आनन्दको अनुभव गरेको छु । कहिलेकाँहि मान्छे र पोलहरुसँग ठोक्किनुको असहजता बाहेक ।

म भर्खर किनेको पुस्तक पढदै लैनचौर आइपुगेको थियँ । अचानक कतै गोलिहरु चलेका थिय । गोलिको आवाजले पुस्तकको पानाबाट ध्यान बाहिरियो । लैनचौर लाजिम्पाट सडकमा मोटरहरुको जाम नै थियो । म भन्दा केहि पर, हामि प्राय: बस्ने ‘Jazz Upstair’ रेष्टुरेन्टनिर जमिम शाहलाइ गोलि हानियछ । केहिबेरपछि पुलिसले सडक शिल गर्यो । कसैले कसैलाइ गोलि हान्यो भन्ने त थाहा भयो त्यतिबेला तर जमिम शाहलाइ हो भन्नेचाहिँ कान्तिपुरमा काम गर्ने साथिले साँझ भनेपछि थाहा भयको थियो । (more…)

नयाँ बर्ष र नयाँ पुस्तकालय

December 29, 2009 - 10:21 pm 1 Comment

यी केही दिनहरुदेखी म लेख्न पाइरहेको छैन । ब्लगपनी अपडेट गर्न सकेको अवस्था छैन । एक हिसाबले ब्यस्त छु भन्दा हुन्छ । केही दिन पहिला सिन्धुपाल्चोकको थामी गाउँमा ‘प्रयोग भैसकेका लुगाहरु’ बितरण गर्ने सिलसिलामा पुगेका थियौँ । साथी कृष्ण र म त्यहाँ पुग्दा शनिबारको दिन हुनाले केटाकेटीहरु टन्नै थिय गाँउमा । हामीलाई घेरे । ती केटाकेटीहरु हाम्रा भविष्य हुन । तीनलाई जोगाउनु हाम्रो कर्तब्य हो ।

मान्छेहरुको आर्थिक, शैक्षिक र नैतीक अवस्था अती कमजोर रहेको थामी गाउँमा केटाकेटीहरु जाडोले कठ्याङ्ग्रीरहेको जानकारी पायपछी क्याप्टेन बिजय लामाको सहयोगमा तिस बोराजती लुगाहरु जम्मा गर्न सफल भयका थियौ हामी । केही लुगाहरु बुटवल र भैरहवाबाट पनि पठाइदिनुभयको थियो घरबाट ।

कसैका घरमा प्रयोग नभयर थन्कियका केही लुगाहरुले उनिहरुजस्तै अन्य कोही मनुष्यको जाडो कम गर्छ भने किन प्रयाश नगर्ने ? बुझ्दै जाँदा मानवताभन्दा ठुलो धर्म मैले भेट्न सकिन । तपाईं हामीले प्रयाश गर्दैमा केही मान्छेहरुमा खुशी बाँड्न सकिन्छ भने किन हामी प्रयाश नगर्ने ? हामी गर्छौँ ।

यसपालीको नयाँ बर्ष हाम्रो राम्रो बित्नेछ । म्याग्दीको शिख गाउँस्थित पुस्तकालयका लागि पुस्तकहरु जम्मा गरेर भोली साँझको नाइट चढेर हामी म्याग्दितिर लाग्दैछौँ । थुप्रै पुस्तकहरु जम्मा भयका छन् । कर्ण शाक्य, जगदिश घिमिरे, रबिन्द्र मिश्र , डा चिन्तामणी योगी लगायतकाले पुस्तक सहयोग गरेरमात्र हामी यति पुस्तकहरु जम्मा गर्न सफल भयका हौ । त्यसमा अष्ट्रेलियामा बस्ने नेपालिहरुका तर्फबाट सुनिल र प्रमोद अर्यालको सहयोग झन महत्वपुर्ण छ । यो नयाँ बर्ष हामी एउटा नयाँ पुस्तकालयको स्थापना गरेर त्यहिँका शिक्षक, विद्यार्थी, बाघबिर र त्यहाँस्थित गाँउलेहरुसँग मनाउन चाहन्छौ । त्यसैले भोली त्यसतर्फ लाग्दैछौ । म्याग्दीको डाँडाहरुमा खच्चडमा पुस्तकहरु बोकेर पुग्नुको रमाइलो र आत्मसन्तुष्टी शब्दमा ब्यक्त गर्न गार्हो छ मलाई । कहिलेकाँही शब्दहरु अपुरा भैदिन्छन ठ्याक्कै भावना ब्यक्त गर्न । त्यस्तै परिबन्दमा म छु ।

नयाँ बर्षसँगै नयाँ उत्साह थपिओस ।

बर्ष २०१० ले तपाईंहरुको जिवनमा सकारात्मक परिवर्तन ल्याओस । यही मेरो कामना तपाँइहरुका लागि ।

थप अपडेट पछि ।

Documentary Festival र आशलाग्दा सम्भावनाहरु

December 11, 2009 - 10:29 pm 2 Comments

काठमाडौमा सातौं Kathmandu International Mountain Film Festival चलिरहेको छ हिजो डिसेम्बर १० देखि १४ सम्म । आज म पनि राष्ट्रिय सभा गृह स्थित फिल्म फेष्टिभलमा गयको थियँ । रमेश खड्काको ‘ The Mother of 25′ हेरेँ । काठमाडौबाट ३ घण्टाको दुरिमा बस्ने एक महिलाको कथा थियो यो । कथा होइन उनको जिवन उतारियको थियो । उनले १६ बर्षको उमेरदेखी ४३ बर्षसम्ममा २५ वटा सन्तानलाई जन्म दियकी रहिछिन । रमेश खड्काले उनको जिवनका केही दिन स्क्रिनमा उतारेका थिय । राम्रो लाग्यो डकुमेन्ट्री । नेपालीहरु अहीले डकुमेन्ट्री हेर्नुपर्छ भन्नेमा सचेत भयका रहेछन । मान्छेहरुको उपस्थिती राम्रै थियो ।

मलाई हेर्न मन लागेको डकुमेन्ट्री ‘Being Me’ हेर्न पाइन हिँजो । त्यतिबेला मेरो क्लास परेको थियो त्यसैले जान सकिन । भोली शनिबार फुर्सद भयो भने 2 वटासम्म डकुमेन्ट्री हेर्ने सोच बनायको छु । डकुमेन्ट्री ओपेन स्कुलले आयोजना गर्ने Cinema as an Art Workshop मा भाग लिन मैले पहीलाई निस्चित गरियका केही कामहरु स्थगित गरेको छु । नत्र भोलीको शनिबार बिपश्यना ध्यान गरेर बिताउने योजना थियो । जिवन र चित्त शुद्व पार्न ध्यानभन्दा अरु राम्रो के होला र ? तर ध्यान त म अरको शनिबारपनी जान सक्छु, डकुमेन्ट्री फेष्टिभल त त्यतिबेला हुनेछैन । डकुमेन्ट्री मेकिङमा काम गर्न खोजेका म जस्ताका लागि यो राम्रो अवसर हो केही सिक्ने अरुका डकुमेन्ट्री हेरेर र वर्कशपमा भाग लियर ।

आज म डकुमेन्ट्रिकै बारेमा कुरा गर्छु । निर्देशक खड्काले डकुमेन्ट्रिका मुख्य पात्रहरुलाई पनि स्क्रिनिङमा ल्यायका रहेछन । पात्रहरुको काठमाडौं आगमन पहिलो रहेछ । आतियका देखिन्थे । बच्चा जन्माउने मेशिनसरह बनेकी महिलापात्र निकै कमजोर देखिन्थिन । (more…)

तमिल बिद्रोहका नायक प्रभाकरणपनि सकिय…

May 18, 2009 - 7:38 pm 4 Comments

एशियाकै सबैभन्दा लामो जातिय युद्वका नेता प्रभाकरणको मृत्यु भयको समाचार पढेँ आज । मृत्य़ु स्वभावैले प्रिय हुँदैन चाहे त्यो शत्रुको नै किन नहोस । मेरो बिचारमा त जिवनमा स्थायि शत्रु भन्ने नै हुँदैन । एउटा भ्रम हो । आखिर शत्रुपनि बाँचे त उसँगको शत्रुताले निरन्तरता पाउने हो । जब जिवनै नभयपछि के शत्रुता के मित्रता ?

आज ब्लगको बिषय बनेका छन श्रीलङकालि जातिय युद्वका नायक, तमिल नेता ‘भेलुपिल्लै प्रभाकरण’। श्रीलङ्कालि टेलिभिजनहरुले प्रभाकरण मारियको घोषणा गरिसकेका छन र अफिशियल्लि रुपमा नै अब सन १९७२ देखि चल्दै आयको तमिल जातिय युद्व समाप्त भयको छ ।

मैले भर्खरमात्र CNN मा समाचार हेर्दै थियँ । प्रभाकरण अहिले समाचारको तारो बनेका छन । उनि आज केहि घण्टा अगाडिमात्र मारिय श्रीलङ्कालि सेनाबाट । अमेरिका र युरोपियन युनियनले प्रभाकरण र उनको संगठन लिबरेशन टाइगर अफ तमिल इलम (LTTE)लाइ आतंककारि घोषणा गरेका थिय । भारत सरकारबाट समेत प्रभाकरण ‘मस्ट वाण्टेड’ थिय । भारतकै एउटा राज्य मद्रासस्थित एउटा अदालतले त उनिमाथि ‘मृत्युदण्ड’ को आदेश सुनाइसकेको थियो तर उनि पक्राउ परेनन । (more…)

देशले तिम्रो भूमिका पर्खिराखेको छ

March 29, 2009 - 3:28 pm 3 Comments

-नरेन्द्रजङ्ग पिटर

नेपालीहरु ससांर भरि यत्र तत्र र सर्बत्र जताततै छरिएर जिबिको पार्जनमा लागेका छन । जो जहाँ छन त्यहाँ पौरखमै भर परेर आफनो गौरवता बँचाई रहेका छन भन्ने सुनिन्छ । हरेक नेपालीको आटिँलो जोसिलो इमान्दारिता र मिहिनेतिपननै उस्को नैतिक पुजिँ र परिचय बनेको छ र हो । कुनैपनि देशका नागरिकहरु जहाँ भएपनि त्यो देशको नियमकानुन मर्यादा र संस्कृतिको सम्मान त गर्नै पर्छ सांस्कृतिक पहिचान भने आफनै हुन्छ । तन त्यहाँ भएपनि धन कमाउन मान पाउन आफनै हैसियतकला र क्षमता देखाउन गएतापनि मन चाहीँ सदा स्वदेशमै रहन्छ । यदी कोही कुसन्ताननै भएछनै भने पनि पराइले त नेपालीनै भनिदिन्छ । यस दुनिँयामा आफनी आमाको याद नगर्ने को हुन्छ र ! त्यसैले जब मान्छे परदेशमा हुन्छ तब आफनो देश र आफन्तको यादले उस्लाई अझ सताउँछ । जब आफनै माटोकॊ सुगन्घ मान्छेले पाउँदैन तब जतिसुकै भौतिक सुख सुबिधा भएपनि ऊ छटपटिन्छ । आत्मिक सुखकोलागी तडपिन्छ । त्यो भाबना भनेकोनै आन्तरिक राष्ट्रियता हो । पहिचान हो । परदेशी र प्रवासीहरु बिचमा त अझ ज्यादा पाईन्छ ।

बिबिध कारणले आफना योग्यता क्षमता र दक्षतालाई जब स्वदेशले भरथेक गर्न भरपुर उपयोग र उपभोग गर्न र थेग्न सक्दैन यथोचित सम्मान दिन र त्यस्लाई प्रयोग गर्न पनि सक्दैन तबमात्र क्षमताको बजार खोज्न र आफनो औकात देखाउन वा हैसियत खोज्न र जाँच्न मान्छे परदेशतिर लाग्दछ । भौतिक सुख सुबिधालेमात्र पाँउदापनि जब त्यहाँ मानबिय गरिमा र सम्मान पाउन सक्दैन तब अक्रान्त भाबमा हुन्छ त्यसबेला मान्छे आफनो मात्रिभूमि सम्झन्छ । तब ऊ सोच्न थाल्छ……। खाना र मैथुननै जीवनको परिचय हुदोँरैनछ भनेर । तब घर र महलको बिचको भिन्नता पाँउदो रहेछ । गुन्द्रुक र ढिडाँको स्वाद र बर्गर-सेण्डबिच र ससेजको भिन्नता बोध गर्दो रहेछ । खोज्दो रहेछ सुखका परिभाषा एक्लैमा गमेर । जब मान्छेले जिउँदोको जन्ती र मर्दाको मलामि- आफन्त पाउँदो रहेनछ तब आफनै चिहानघारीमा आफनो लास गाढनॆ ठाँउको कल्पना गर्दो रहेछ । दुनिँया बैश्विक गाउँमा फेरिँदापनि मान्छेको जात आफुले खाई खेली गरेको ठाँउ नाङ्गै भूतुङ्गै खेल्ने माटो सम्झदो रहेछ । यही त रहेछ देशको माया र राष्ट्रियताको अर्थ ।

जुनसुकै कालखण्डमा परदेश गएका नेपालीजन जो जहाँ र जसरी गएका भएपनि त्यहाँ उनिहरु सम्बाभना र रोजगारीकाको खोजीमा गएका हुन तर कालान्तरमा उनिहरुको गवाईको परिचय त्यतिलेमात्र पुग्दैन पुग्दो रहेनछ । (more…)

हिँड्दा हिँड्दै…

March 24, 2009 - 9:25 pm 4 Comments

केहि दिनभयो ब्लगमा लेख्न पायको थिइन । लेख्दै नलेखि बसेको त होइन । लेखनमै छु तर अलि फरक किसिमको । युद्व र युद्वका प्रभावहरुका बारेमा एउटा पुस्तक लेख्ने प्रयाशमा रात्रिका केहि अंशहरु त्यसमा खर्चन्छु । लेखन अगाडि बढिरहेको छ । आफैले अनुभव गरियको अनुभवलाइ लेखनमा उतार्न त्यति कल्पनाशिलता आवश्यक पर्दैन । खालि सम्झियका कुराहरुलाइ शब्द दिने हो । तर यसको अर्को पाटो म जस्ताका लागि अलि गार्हो छ । नेपालिमा टाइप गर्नु मलाइ सजिलो लाग्ने काममध्येमा पर्दैन । त्यसैमाथि ब्याकरणात्मक गल्ति । युनिकोडमा लेख्दाको पिडा । एकजना ब्लगर साथिले मदन पुस्तकालयको वेभसाइटबाट युनिकोड डाउनलोड गर्नुस र त्यसले सजिलो हुन्छ भनेका थिय । कोशिस पनि गरेँ । कम्प्युटरमा इन्स्टल पनि गरेको थियँ, सजिलो लागेन, अन-इन्सटल गरेँ । मन नपरेको कुरा राख्नुपर्छ भन्ने के छ र है ?

साँच्चै अन्य काममा ब्यस्त एउटा मान्छेलाइ लेखनमा लागिरहन कति समस्या हुन्छ । पढाइमा अलिकति भयपनि ध्यान दिनै पर्यो । बेलाबखतमा म ध्यान दिन्छु । प्रथम श्रेणिको बिद्यार्थि नभयपनि राम्रै बिद्यार्थि हुँ । कम्तिमा परिक्ष्याहरुमा राम्रै गर्छु । दश कक्षा सम्म त म कक्षामा टप पाँच भित्र नै पर्थेँ तर एघारमा पुगेपछि पढाइ सोँचे अनुसार अघि बढेन । तर ढिलै भयपनि पढाइलाइ छोडिन । घरमा आमाले मेरो पढाइको बिषयमा सधै चिन्ता लिइरहनुभयो । आमा सबैका मायालु हुन्छन । सन्तानलाइ निस्वार्थ प्रेम गर्छन । मेरि आमापनि त्यस्तै हुनुहुन्छ । आमाहरुको निस्वार्थतासँग के को तुलना हुन सक्ला र ? हेर्नुस न मलाइ नै आमाको काखमा सबै बिर्सेर सुतेको !

ब्लगमा पनि के लेख्नु ? नेपालको राजनिति सधै झनपछि झन जेलियको छ । Forbes ले गरेको world’s best countries for business सर्वेक्षणमा नेपाल गतबर्षभन्दापनि २५ स्थान तल झरेर १२१ औँ स्थानमा पुगेको छ । छेउका भारत र चिन दिनहुँ प्रगति र समृद्वितर्फ बढिरहेका बेला हामि जातिवादको चर्को भुमरिमा फस्दै गयका छौँ । थारु होस या मधेसि सबै एक हुनुपर्ने होइन र ? तर एक-अर्काप्रतिको बिश्वास घट्दो छ । देश हड्ताल र बन्दको देश भयको छ । जनताभन्दा दल धेरै भय । कार्यकर्ता भन्दा नेता धेरै । देशमा बिजुलि छैन, त्यसतर्फ बहस छैन । हामि खालि सार्है निम्नस्तरमा ओर्लियर एक-अर्कालाइ सानो देखाउन लागि परेका छौँ । यिनै कुरा कति लेख्नु ? (more…)

मिडियामाथि बहसका पक्षमा

March 15, 2009 - 5:58 pm 5 Comments

-नरेन्द्रजङ्ग पिटर

मिसनबाट सुरु भएको नेपाली पत्रकारिता मिडिया उद्योगमा फेरिएको छ र यसको विविधता एवं पहुँचमा पनि व्यापकता छ । तर, यसको विश्वसनीयतामाथिका प्रश्न भने घटेका छैनन्, अझ बढेका छन् । कतै नयाँ मिसन र व्यावसायिकताको घालमेल देखिन्छ, कतै मिसन र प्रोफेसनको पयुजन हुँदै कन्फ्युजन पनि जन्मिएको छ । सीमित पहुँचको राजकीय रेडियो र टे्डिलमा मात्र छापिने अखबारको जमानामा बनेका, यदाकदा सामान्य सुधार मात्र गरिएका नीति र विधिले अनलाइन र ब्लग पत्रकारितासम्म विस्तार भइसकेको अहिलेको मिडियालाई न त सम्बोधन गर्न सक्छन्, न यसका चुनौतीको सामना । मिडिया नियमन गर्ने संस्थाहरू पुरानै विधिमा जकडिएका छन्, नयाँ मिडियाको सोच र संस्कृति निर्माण हुन सकेको छैन । नयाँ सोचको जोखिम उठाउने राजनीतिक नेतृत्वसमेत सकेसम्म मिडियालाई छुन चाहँदैन । मिडिया-माफियाका दबाबमा गलत नीति बनेका र नियमन नभएका उदाहरण पनि छन् । नेपाली समाज अहिले गम्भीर आत्मसमीक्षाको प्रक्रियामा छ र नेपाली मिडिया पनि आत्ममूल्यांकन, आत्मानुशासन र आत्मनियन्त्रणबाट अलग हुन सक्दैन । तर, एकथरी सञ्चारगृह र सञ्चारकर्मी पत्रकारिता र पत्रकारबारे कुनै पनि बहसका लागि तयार देखिन्नन् ।

हालसालै सतहमा आएका केही घटनामा मिडियाको प्रस्तुति अस्वाभाविक र गैरजिम्मेवार मात्र होइन, नियतकै दृष्टिले समेत सन्देहास्पद देखियो । केही महिनाअघि थानकोटमा दुई किशोरको हत्याको घटनालाई एउटा टेलिभिजन च्यानलले अतिरन्जनाको अन्तिम हद पनि नाघेर अमूक राजनीतिक दलसँग जोड्न खोज्यो । यसले जनतामा आवेग जगायो, अन्ततः धनजनको पनि क्षति भयो । प्रहरी अनुसन्धानपछि मिडियाको रिपोर्ट पूर्णतः आधारहीन प्रमाणित भयो, तर हतार-हतार आफैँ अभियोग लगाउने र आफैँ फैसला गर्ने मिडियामा त्यसको खण्डन-मण्डन र समीक्षा हुन परेन, चाहेन र सकेन । (more…)

पढ्दा दुखेको समाचार

February 24, 2009 - 8:39 pm 4 Comments

मलाइ कान्तिपुरको भित्रि पानामा तलको समाचार पढेपछि खिन्न मन भयो । हामिहरु नेपाललाइ बस्न योग्य, सभ्य र आधुनिक बनाउन चाहन्छौँ । हाम्रो युवा उर्जा यसैका लागि खर्चिन चाहन्छौँ । नेपाललाइ राम्रो नेपाल बनाउन चाहने मन भयकाहरु धेरै बिदेशमापनि छन । उनिहरुले नेपालमा बस्नेहरुले भन्दा बढि नेपाललाइ राम्रो बनाउनुपर्नेमा चिन्तन-मनन र सहयोगका हातहरु बढाइरहेका देखिन्छन । तर हाम्रो समाज किन यति निम्न मानसिकताको भयो जहाँ हाम्रा नेपालि बिद्यार्थिहरुलाइ सुचनाको पहुँचसम्म पुर्याउने उद्देश्यले सहयोग गरियका सत्तरिथान ल्यापटपहरुको उपयोग गर्ने मानसिकता छैन । ति ल्यापटपको प्रयोग गरेर नेपालि बिद्यार्थिहरुलाइ किबोर्ड र इन्टरनेटसँग परिचित गराइ अहिलेको प्रतिष्प्रर्धात्मक समयमा योग्य नागरिक उत्पादन गर्ने काममा हाम्रो मन-मस्तिष्क कति पछाडि ?

म त ति ल्यापटप सहयोग गर्ने क्यानाडामा बस्ने आदित्य झासँग क्षमा माग्न चाहन्छु हाम्रो यो लाचारिको निम्ति । उनको सहयोगि मन यो समाचार पढेपछि कति दुख्यो होला । नेपालिमा सामाजिक परिवर्तनका निम्ति सहयोग या दान गर्ने त बानि नै छैन भन्दा हुन्छ नत्र घर अगाडिको बाटो मर्मत गर्नभन्दा सय रुपैयाँ सहयोग नगर्नेहरुले पुण्य़ कमाउने नाममा नारायण पण्डितका प्रवचनमा कसरि लाखौँ खर्च गर्दाहुन, कसरि दान गर्दा हुन ?

यि ल्यापटपहरु सक्ष्यम हातहरुसम्म पुगेको भय कति परिवर्तन सम्भव हुन्थ्यो होला ? यि ल्यापटपहरु बेनिबाट 12 घण्टा हिँडेर पुगिने महाबिर पुनको गाँउ ‘नाङगिमा’ पुगेको भय उनले कसरि सदुपयोग गर्दा हुन ? कति बिद्यार्थिहरुले सिक्न पाँउदा हुन ? के जनकपुरमा बिद्यार्थिहरुलाइ कम्प्युटर शिक्षा दिनसक्ने मान्छेको अभाव भयको हो त ? कति सानो बिचार हाम्रो ।

मलाइ यो समाचारले दुखि बनायको छ । समाचार आफै पढ्नुहोस तल । कति फरक पार्नसक्थ्यो हाम्रा नेपालि केटाकेटिहरुको शिक्षामा यि सत्तरिवटा कम्प्युटरहरुले ? (more…)

‘निरन्तरताको क्रमभङ्ग’ बुटवलबाट होस

February 17, 2009 - 2:33 am 7 Comments

तेस्रो ठुलो दल एमालेको बुटवलमा आठौँ महाधिबेशन शुरु भयो आजबाट । बुटवल बजार दुलहिझैँ सिँगारियको छ । मलाइ एमालेले कुनै गतिलो निति बनाउला र देशले समस्याहरुबाट निकास पाउला भन्नेमा बिश्वास भयको भय यि महाधिबेशनहरुलाइ उत्सुक भयर हेर्दो हुँ हो तर यि कांग्रेश, मावोवादि, एमालेहरु बैठक गर्छन, केन्द्रिय कमिटिका भन्छन, कहिले उच्च कमिटिका त कहिले समन्वय कमिटिका कहिले के कमिटिका तर यिनिहरुले दलको स्वार्थभन्दा माथि उठेर कहिले हेरेनन । राष्ट्रिय स्वार्थका कुराहरु तपाँइले कहिँ देख्नसक्नुहुन्छ यिनिहरुका एजेण्डामा ? अँह छैन !

उनै हुन, सबै उनै हुन ! माधवकुमार, झलनाथ, केपि ओलि र बामदेव गौतमसम्मका पुराना नेतृत्वहरु ।

अहिलेको महाधिबेशनलेपनि यिनिहरुबिच पदको बाँडचुँड गर्नेसिवाय केहि गर्ने छैन । झलनाथ अलि शक्तिशालि भयको केपि ओलिलाइ पाच्य भयको थियन । माकुनेले चुनाव हारेको स्वयं माकुनेलाइ नै चित्त बुझेको थियन । (more…)

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.