(नेपालको सिमा भारतले दिनहुँ मिचिरहेको छ । नेपालिहरु निरिह र मौन छन । जातिय स्वार्थ आज राष्ट्रिय स्वार्थभन्दा माथि भैरहेको बेलामा भारतले फाइदा उठाइरहेको छ । नेपालिहरुलाइ हाम्रो राष्ट्रको, भुमिको रक्ष्या गर्नु जरुरि छ भन्ने बुझाउनैपर्ने समय आयको छ । भारतसम्बन्धि निकै कम समाचार छाप्ने कान्तिपुर दैनिकको ११ जुनको अंकमा नेपाल-भारत सिमा सम्बन्धि केहि लेखहरु छापियका थिय । सिमाबिद बुद्विनारायण श्रेष्ठको सुझाव उचित र मननयोग्य लागेर यहाँ साभार गरेको छु । – स्याटेलाइट)
-बुद्धिनारायण श्रेष्ठ
धेरै पहिलेदेखि सीमा मिचिने क्रम सुरु भएको हो । त्यतिबेला भादानाला, बिरानालाको पुरानो धार कुन हो, नयाँ धार कुन हो भन्नेमा विवाद भयो । पञ्चायती व्यवस्थामा झन्-झन् सीमा समस्या चर्कियो । कालापानी लिम्पियाधुरामा भारतीय सशस्त्र सेना बसेको छ । कालापानीको भूभाग मिचिएको छ । ०४६ पछि पनि यसमा परिवर्तन भएन । कोशी ब्यारेजदेखि सुनसरीको भन्टाबारीसम्मको पूर्व-पश्चिम राजमार्गको डेढ किलोमिटर भाग भारतले दाबा गर्यो । लोकतन्त्र र गणतन्त्र आएपछि पनि सीमा सुरक्षा भएको छैन ।
दाङ सीमा मिचिएका ताजा उदाहरण हो, जहाँ भारतीय सीमा सुरक्षाबल घुसपैठ भएको छ । भैसाही नाकादेखि कोइलाबास क्षेत्रको विभिन्न ठाउँमा नेपाली भूभाग मिच्ने, नेपालीलाई दुःख दिने, छाप्रा जलाउने काम भए । राजनीतिक दलका प्रतिनिध र सभासद निरीक्षण गर्न गएका छन् । उनीहरूले त्यहाँ सीमा खम्बा भत्केको मात्र देख्नेछन् । भारतीय सेनाको उपस्थिति देखिँदैन । भत्केका र आगो लगाइएका घरमात्र देख्न सकिन्छ ।
बाराको सीमा खम्बा नं २५ र २६ बीचको लगभग ३० विघा जमिन भारतीयले मिचेको छ । दसजगा क्षेत्र नै मिचिएको छ । अन्तर्राष्ट्रिय नियमअनुसार सीमा खम्बा गाडेपछि त्यसको दुवैतर्फ दस-दस गज भूभाग छोडिनुपर्छ । यो कसैको पनि अधीनमा हुँदैन । त्यस्तो जमिन पनि मिच्ने काम भएको छ ।
यसभन्दा अघि इलामको श्रीअन्तु गुफापातल २० रोपनी जमिन मिचिएको थियो । स्थानीय वासिन्दा, सभासद र पत्रकार गएर हल्लीखल्ली मच्चाएपछि भारतले ९ रोपनी छोडयो । ११ रोपनी अझै मिचिएको छ । यसबाट के प्रमाणित हुन्छ भने नेपालले प्रतिवाद गर्यो भने भारतीयहरू पछि हट्दा पनि रहेछन् । कैलालीको लालबोझी र भजनीमा मोना नदीको किनारमा रहेको जमिन उनीहरूले मिचेका छन् । मोना नदीले जंगे पिलर बगायो, भारतीयहरूलाई सत्र पर्यो । बर्दिया- ९ को चौगुजी क्षेत्रमा १० हेक्टर जमिन मिचिएको छ । यो क्रम रोकिएको छ । (more…)