Archive for the ‘पाहुनाको पालो’ Category

अग्लिरहेछ……….. प्रश्नहरुको पहाड़ -कविता

October 24, 2009 - 2:11 am 2 Comments
-लारा राइलण्डन

अग्लिरहेछ………..
प्रश्नहरुको पहाड़ र,
प्रत्येक मोड़हरुमा अनि
औसत मान्छेहरुका हुलबाट
अलग्गिएर
भूगोलको यो गोलार्द्धमा
अग्लिरहेछ…………..
प्रश्नहरुका पहाड़

कुन नियतिले डोर्र्यायो होला?
रहर/बाध्यता या, लहै लहै!
आफैंभित्र आफ्नो अस्तित्व खोज्दै
भौतारिएको एउटा शराणार्थी जस्तै
परायाभित्र आफ्नो खोज्दै
नासिन हिंडेका मान्छेहरु जस्तै
उभिरहेकीछु
यो माहौल
यो शहरभित्र

भन्न त,
उनीहरूले-
हामी “सिंगों नेपाल” उभिएकाछौं
फरक, फरक बनौट
फरक, फरक झुंड
बिभाजित मानसिकता बोकेर

र,
प्रत्येक मोड़हरुमा अनि
औसत मान्छेहरुका हुलबाट
उक्लिरहेछु
प्रश्नहरुका पहाड़…………. (more…)

आफ्नो या पराइ – कविता

July 4, 2009 - 4:26 pm 2 Comments

-लुना

तिमी दुख्छौ मलाई
था’छ यो तिमीलाई
फेरी पनि
तिमी दुख्छौ भने
नभन नदुख मलाई
यो चोट को खोट
छैन तिमीलाई
अब त
दुख्न देउ है मलाई ।
जिबन घाऊ नै त हो
था ‘ है छ तिमीलाई
नदुख्ने घाऊ
कस्तो हुन्छ था’ छैन मलाई
चर्याउने आशु दिए तिमीलाई
जे सोच्नु छ सोच
आफ्नो या पराइ !

शान्ती या अधिकार ? – कथा

June 23, 2009 - 8:18 pm 6 Comments

- लुना

” उमा !!!!!!!!!” उस्ले आकाश खसाउला झैँ गरी चिच्यायो ।
” के भो ! किन बोलायौ ? ” उ भान्साबाट आईपुगी ।
कौसिमा भर्भराउँदै गरेको कोइला-आगो नजिक पुरानो पत्रीका आधी च्यातिएको र बाँकी खरानी भईसकेको देखेर उ रुन मात्रै सकेन । ” यो के गर्या तिम्ले ? ” उस्ले बाँकी आधी च्यातिएको पत्रीका देखाउदै सोध्यो ।
” कोइला बाल्न लाई नि । तिमी बाथरुममा थ्यौ । न्बार आ’सि मकल तापौँला भनेर नि । तिम्लाई रुघा ला’छ । यै बेला न्बाउन गयौ ! त्यै भ’र हतार गर्दै कोइला बालेँ । बसेर हात सेक्दै गर ,म मरिचे च्या ल्याउँछु है ! ” भन्दै उ चिया बनाउन जान लाग्दै थिई , बिचैमा उ बोल्यो ” उमा ! तिम्ले यो के गर्यौ ? ! तिम्लाई था छ यो पत्रीका कैले को हो ? ! के हो ? ! ” उस्ले बाँकी आधी च्यातिएको पत्रीका समातेर छातीमा नै टाँसुला झै गर्दै मकल नजिक को मुढामा लखरतान परे झैँ थ्याच्च बस्यो ।

बिनोद को यो चित्त दु खाइ देखेर उमा ट्बाल्ल परि । उस्ले केही भेउ पाउन सकिन । दिन दिनै थुप्रै थुप्रै पत्रीकाहरु थुपार्दै हप्ता दिनमा थुङा बनाउन कागज किन्न आउने रामुलाई दिने गरेकै हो । तिनै पत्रीका मध्य दुई चारपाना जलाएर कोइला बाल्दैमा यिनलाई किन यस्तो पिर पर्‍यो आज ! उस्ले केही भेउ पाउन सकिन ।
” थुप्रै कागत त थुङगा बेच्नेलाई बेचिरा’ हो , त्यो गर्दा त तिम्ले क्यै भनेनौ त ! तिम्ले नै थुपार्ने थुप्रोबाट झिकेर पोल्या त हुँ नि मैले ! ”
” ओह ! हिजो राती माथि आल्मारी मा थन्काको पत्रीकाबाट यो झिकेर हेर्दै थेँ र निदाउनुअगि दैनिक पत्रीकाको थुप्रोमा राखिदिएछु !उफ्फ ! ” पिडा भरिएको भाबमा बोल्यो बिनोद ।
उमा बिनोद को घुँडैमा टाँसिएर बसी नै बिस्तारै उस्को हात बाट आधी च्यातिएको पत्रीका झिकेर हेर्न थालि ।

मिती दोस्रो जन आन्दोलनताकाको रहेछ ।
” जनताले आँखा खोल्दै छन — जनताले देश पढ्दै छन —- ” शिर्सक थियो त्यो । (more…)

बिडम्बना – कविता

June 16, 2009 - 11:51 pm 6 Comments

-शंकर शर्मा – यु ए इ

सजाय भो मलाई यो संसार
हरेक पलमा हरेक क्षणमा,
बुझिन यसलाई
अनी सकेन कसैले बुझाउन
बुझ्न पनि चाहान्न,
बाटोहरु बन्द छन भेटने कसरी तँलाई
कान मेरो ठप्प छन, सुन्ने कसरी तँलाई
काँडा भइस त पन्छाउ कसरी तँलाई
सबै बाटो छेकिस हटाउ कसरी तँलाई
फेरी,
पेट खाली छ तर मन टम्म छ,
आखिर पापी पेट न हो
मागिरहन्छ
खोजी रहन्छ,
एउटै शब्दको पछाडि भागीरहन्छ,
तर आज धेरै दिन पछी
मेरो मनले यो मेरो पापी पेटको ईच्छालाई तिरस्कार गर्न भनिरहेकोछ,
तर म बिचल्लीमा छु
के गरुँ,
अनी पेट खाली छ तर अझै मन टन्न छ, (more…)

जातीय राज्यका कुरा

June 14, 2009 - 6:33 pm 6 Comments

- पुष्प

देशलाई नै विखण्डनको संघारमा पुर्याउनसक्ने मधेश (?) आन्दोलन जातीय राज्यको मागसँगै आएको हो भन्दा फरक नपर्ला । यस हिसाबले हचुवाका भरमा जातीय राज्यको कुरा उठाएर माओवादीले ठूलो गल्ती गरेको हो । हुन त देशको आधाजसो भूभाग ओगटेको मधेशलाई एक प्रदेश बनाउने माग र नेवा, लिम्बुवान, खम्बुवान, थरुहट आदिजस्ता जातीय राज्यको मागलाई एउटै तराजुमा राखेर तौलिन मिल्दैन । वास्तवमा यो विखण्डनकारी माग हो, यसमा दुविधा हुनुहुन्न । भारतीयहरूको अतिक्रमण र हस्तक्षेपको स्थितमा एक मधेशभित्र पनि थुप्रै प्रदेश रहने कुराले पनि यसको विखण्डनवादलाई पुष्टि गर्छ; हैनभने त्यसैपनि सानो देशमा राज्यभित्र पनि उपराज्यजस्ता कुरा जायज हुनै सक्दैन ।

नेपालको जस्तो सामाजिक, भाषिक र सांस्कृतिक सहिष्णुता भएको देशमा जातीय राज्यले देश र जनताको हीत गर्छ भने सर्वप्रथम त्यसको मार्गचित्र र दृष्टिकोण जनतासामु छर्लंग पारिनुपर्छ । तर जातीय राज्यको माग गर्नेहरूबाटै आफ्नो राज्यमा बसोबास गर्ने अन्य जातीहरू दोस्रो दर्जाको नागरिक हुने अभिव्यक्तिहरू आइरेका छन्; जसले जातीय राज्यका कुरा उठाउनेहरूको नियतमाथि झन् शंका उत्पन्न गराइरहेको छ । जातीय राज्यले अमूक जातीहरूको कुन-कुन क्षेत्रमा उत्थान गर्छ ? जस्तै अमूक जातीको आर्थिक क्षेत्रमा उत्थान गर्छ भने त्यसै क्षेत्रमा बस्ने अर्को जातीलाई नकारात्मक असर गर्छ कि गर्दैन ? जातीय राज्यले आरक्षणजस्तो कुरालाई बढावा पो दिने हो कि ?

जातीय राज्यका विरोधीहरूले आर्थिक क्रान्तिको कुरालाई जोड दिएको पाइन्छ । हो, हाम्रो देशमा आर्थिक क्रान्तिको खाँचो छ; तर यसो भन्दैमा सामाजिक उत्तरदायित्वबाट सरकार र जनता कोही पनि अलग रहनुहुन्न । कंक्रिटको जंगल बनाउनुमात्र आर्थिक क्रान्ति होइन, नकि चिल्ला गाडी चढ्नु नै । हरेक देशको अर्थतन्त्रको जरो अलग-अलग प्रकृतिको हुन्छ । हाम्रो देशको सबल पक्ष भनेकै यहाँको प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहर नै हुन् । वास्तवमा हाम्रो सानो चिटिक्क परेको देशको आर्थिक सबलता पनि यिनै कुराहरूमा अडिएको हामीले बिर्सिँदै गएका छौं । (more…)

सीमा नियमनका तीन उपाय

June 12, 2009 - 2:18 am 2 Comments

(नेपालको सिमा भारतले दिनहुँ मिचिरहेको छ । नेपालिहरु निरिह र मौन छन । जातिय स्वार्थ आज राष्ट्रिय स्वार्थभन्दा माथि भैरहेको बेलामा भारतले फाइदा उठाइरहेको छ । नेपालिहरुलाइ हाम्रो राष्ट्रको, भुमिको रक्ष्या गर्नु जरुरि छ भन्ने बुझाउनैपर्ने समय आयको छ । भारतसम्बन्धि निकै कम समाचार छाप्ने कान्तिपुर दैनिकको ११ जुनको अंकमा नेपाल-भारत सिमा सम्बन्धि केहि लेखहरु छापियका थिय । सिमाबिद बुद्विनारायण श्रेष्ठको सुझाव उचित र मननयोग्य लागेर यहाँ साभार गरेको छु । – स्याटेलाइट)

-बुद्धिनारायण श्रेष्ठ

धेरै पहिलेदेखि सीमा मिचिने क्रम सुरु भएको हो । त्यतिबेला भादानाला, बिरानालाको पुरानो धार कुन हो, नयाँ धार कुन हो भन्नेमा विवाद भयो । पञ्चायती व्यवस्थामा झन्-झन् सीमा समस्या चर्कियो । कालापानी लिम्पियाधुरामा भारतीय सशस्त्र सेना बसेको छ । कालापानीको भूभाग मिचिएको छ । ०४६ पछि पनि यसमा परिवर्तन भएन । कोशी ब्यारेजदेखि सुनसरीको भन्टाबारीसम्मको पूर्व-पश्चिम राजमार्गको डेढ किलोमिटर भाग भारतले दाबा गर्‍यो । लोकतन्त्र र गणतन्त्र आएपछि पनि सीमा सुरक्षा भएको छैन ।
दाङ सीमा मिचिएका ताजा उदाहरण हो, जहाँ भारतीय सीमा सुरक्षाबल घुसपैठ भएको छ । भैसाही नाकादेखि कोइलाबास क्षेत्रको विभिन्न ठाउँमा नेपाली भूभाग मिच्ने, नेपालीलाई दुःख दिने, छाप्रा जलाउने काम भए । राजनीतिक दलका प्रतिनिध र सभासद निरीक्षण गर्न गएका छन् । उनीहरूले त्यहाँ सीमा खम्बा भत्केको मात्र देख्नेछन् । भारतीय सेनाको उपस्थिति देखिँदैन । भत्केका र आगो लगाइएका घरमात्र देख्न सकिन्छ ।

बाराको सीमा खम्बा नं २५ र २६ बीचको लगभग ३० विघा जमिन भारतीयले मिचेको छ । दसजगा क्षेत्र नै मिचिएको छ । अन्तर्राष्ट्रिय नियमअनुसार सीमा खम्बा गाडेपछि त्यसको दुवैतर्फ दस-दस गज भूभाग छोडिनुपर्छ । यो कसैको पनि अधीनमा हुँदैन । त्यस्तो जमिन पनि मिच्ने काम भएको छ ।

यसभन्दा अघि इलामको श्रीअन्तु गुफापातल २० रोपनी जमिन मिचिएको थियो । स्थानीय वासिन्दा, सभासद र पत्रकार गएर हल्लीखल्ली मच्चाएपछि भारतले ९ रोपनी छोडयो । ११ रोपनी अझै मिचिएको छ । यसबाट के प्रमाणित हुन्छ भने नेपालले प्रतिवाद गर्‍यो भने भारतीयहरू पछि हट्दा पनि रहेछन् । कैलालीको लालबोझी र भजनीमा मोना नदीको किनारमा रहेको जमिन उनीहरूले मिचेका छन् । मोना नदीले जंगे पिलर बगायो, भारतीयहरूलाई सत्र पर्‍यो । बर्दिया- ९ को चौगुजी क्षेत्रमा १० हेक्टर जमिन मिचिएको छ । यो क्रम रोकिएको छ । (more…)

” टाउकोमा हात —” – कथा

June 11, 2009 - 2:27 pm 7 Comments

-लुना

‘सिन्धु!!!!!!!!!!!!!’हत्तेरी ! यै बेला !’

दार्ही सेभ गर्दा गर्दै बत्ती गयो । उ सिन्धुलाई बोलाउन थाल्यो ।
‘ चिया उमाल्दै थियँ , किन बोलाउनु भो ? ए!!!!!!हे!हे!हे!हे!’
सिन्धु अर्जुन को बाँया मात्रै सेभ गरेको आधी दार्ही देखेर हाँस्न थालि ।
‘ हाँस ! हाँस ! तिमी !!! आफूलाई हिंड्न् हतार भईसक्यो ! बिजोकै पार्यो लोड्सेडिङ्ले बेला न कुबेला बत्ती गई दिन्छ हत्तेरी ! तिम्ले मेरो सेभिङ्ग ब्लेड काँ’थन्कायौ सिन्धु ? ‘
आँखी भौँ खुम्च्याँउदै भनी सिन्धुले , ‘ त्यस्तो खिया लागेको ब्लेड के काम भनेर मैले त फाल्देँ ! ज्या !!!!! अब के गर्नु हुन्छ ? कती बेला आउने हो बत्ती ! ‘
सिन्धुको कुराले दिक्क भएको अर्जुनले आँखा तिख्याउँदै भन्यो , ‘ कती बेला आउने बत्ती !!! क्या तालको मान्छे तिमी भन्या !!! जाउ छिट्टै गएर सेभिङ्ग ब्लेड किनेर ल्याउ ! कि मै जाउँ यसरी नै ? ‘ आधी दार्ही मा टावेलमा बेरिएको अर्जुन ले सिन्धुलाई हपारेर अर्हायो ।

‘कसरी तुरुन्तै बाहिर निस्कनु हजुर ले भन्ने बित्तिकै ! अब पख्नुस एकछिन् , छिट्टै लुगा फेरेर निस्कन्छु ‘ ।
सिन्धु कोठामा गई , बिहानिको उज्यालोमा पनि कोठा अँध्यारै जस्तो थियो झ्याल बन्द भएकोले । उस्ले झ्याल खोली । ‘
‘बत्ती नहुँदा झ्याल नखोलुँ अध्यारै हुन्छ दिउँसै साँझ् परे जस्तो , खोलुँभने धुलो धुबाँ ह्बार ह्बार्ती छिर्छ ! ‘ उ एक्लै बोल्दै लुगा लगाइ र हतार हतार हिडि । (more…)

” हाइ ! म: म : ! बाइ ! म: म: ” -कथा

May 25, 2009 - 5:32 pm 10 Comments

-लुना

दुर्गाम बाट उ नेपाल को राजधानी काठमाडौ शहर मा कलेज पढ्न आईपुगेको ३ महिना भयो । पानी को हाहाकार – महङि – ग्यासको अभाब – लोड्सेडिङ्ग आदी समस्याले गर्दा उ आज भोली केही दिन देखी काठमान्डौ को फास्टफुड म:म: मार्फत आफ्नो भोक मेट्ने गरेको छ । उसो त उस्को गाँउमा उस्को घर परिवार मा राँगा भैंसी चल्दैन तर उ पढेलेखेको र जात भात मा बिस्वास नगर्ने भयको हुनाले काठमान्डौको बातावरण मा उ निर्धक्क र निस्फिक्रि भएको छ ।

शुरु शुरु मा उस्लाई यो म:म :के हो थाहा थिएन , नाम पनि सुनेको थिएन । कलेजकै साथीहरुले खुबाउँदा उ अहिले आएर म : म : को स्बादमा चुर्लुम्म डुबेको छ ।

लोकल रेस्टुरेन्ट तिर २०-३० रुपैयाँ मा एक प्लेट म:म : आउँछ अचार र झोल सुप सहित । उ दिनको भोक म म खाएर नै मेट्ने गर्छ प्राय : । बेलुका मन नलागी नलागी पकाएर खान्छ भने कहिले लोडसेडिङ्ग हुँदा बेलुकाको खाना पनि म म नै खाएर निदाउँछ । अनी कहिले काही चाँही चिनेको गाँउलेहरुको डेरामा पाहुना बनी दिन्छ ।

एक दिन उ सधैं झै साहुजी को रेस्टुरेन्ट मा म म कुरिरहेको थियो । उस्को आँखा अगाडि चार -पाँच् तले बडेमाको म म पाक्ने भाडोमा म म पाक्दै थियो । साहुजी घरिघरि त्यो भाडाको बिर्को उतार्दै म म पाक्यो कि पाकेन हेर्दै गर्थे । त्यसरी बिर्को उतार्दा म म को मिठो बास्ना हाबामा हररर हुँदै उस्को नाक मा ठोक्किन आई पुग्दा भोकले उस्को पेट निमोठ्थियो । कहिले साहुजीले प्लेटमा राखेर म म ल्याइदिनु होला र कुपुकुपु अचार र सुपसँग खाउला भन्दै उ कुरिरहेको थियो । कुर्दा कुर्दै आफूलाई असाध्यै मिठो लागेको यो म म को बारेमा उस्ले रिसर्च गर्ने सोँच्यो । (more…)

दुबइ को यात्रा – कविता

May 14, 2009 - 8:37 pm 4 Comments

बिरेन्द्र के.सि – पोखरा, हाल: दुबइ

लाखौ सपनाहरु देख्दै आँफैमा रोमान्चित हुँदै
अनिश्चताको धागोमा झुन्डेर आशाको त्यान्द्रोको माला बुन्दै विदेशीएको थिए।
बुढीकन्याहरुको स्वागतसँगै शुरुभएको मेरो यात्रा ,हिमाल, पहाड, मैदान हुँदै
सात समुन्द्र पार गर्दे, दुबइ पुगेको थियँ
म विमानबाट उत्रने बित्तिकै पाएको तातो हावाको चडकनले बेहोशीको स्वाद चखाएथ्यो।
स्वदेशी पानीको छम छमसँगै तङरिएको शरिर
बडेमानको अजङ्ग हात्तिझैँ मानिस सामु ठडिने बित्तिकै चङ्गा भएथ्यो ।
नयाँ परिवेश अनि संस्कृतिको सिको गर्दे,प्रथमतः सलामालेकुम भन्न सिकेथेँ ।
त्यस्तै कम्पनिमा भएको आगमनसँगै
आफूलाई नै प्रमाणित गर्न ब्यस्त भयथेँ (more…)

बरु बलिदान हुन तयार… तर नझुक्ने

May 12, 2009 - 9:07 pm 4 Comments

-नरेन्द्रजङ्ग पिटर

अहिले नेपाली राजनीति अत्यन्तै पेचिलो मोडमा पुगेको छ । जुन तरिकाले प्रधानमन्त्री कार्यालय र राष्ट्रपपति निवासबाट निर्णयहरु लिईए र परिणामहरु देखिदैछन त्यो एक-दोस्रो पक्षलाई अनपेक्षित थियो । शालिन र भद्र मानिने राष्ट्रपति यति भद्धा र कुरुप होलान भन्ने कुरा नेपालीजनले कहिल्यै कल्पना समेत गरेका थिएनन । स्वयं उनलेपनि आफनो भूमिका बिबादपरेर यस्तो अप्रजातान्त्रिक छबिमा फेरिएला भन्ने नसोचेको हुन सक्छ । उनि जुन तरिकाले बिबादको केन्द्र बने र बनाईयो यो उन्को सोच बिचारको उपज भन्दापनि उन्का सल्लहाकार किङ्ग मेकर र प्रभूहरुको गुरु योजना अनुसारनै थियो । यस्का अनेकौ पाटा पक्षबारे भबिस्यमा अनेकौ बहस हुनेछन नजीर बन्ने छ र देशले त्यस्को मुल्य चुकाउनुपर्नेछ ।

घटना एक सन्देश अनेकौ थिए भए । यि सबैको मोल तिर्नै पर्नेहुन्छ । अहिले अनौठो कित्ताबन्दी पनि भएको छ । सबैले आफनो परिचय र भूमिका किटान गरिसकेका छन । पर्दाका भित्रका रहस्य छर्लङ्गिएका छन । दार्शनिकहरुले भनेझै बर्ग संर्घष अत्यन्तै निर्मम र तितो हुन्छ । त्यहाँ नीति बिधी र आर्दशको कुनै महत्व हुँदैन ति त सामान्य कालमा सत्ता सन्चालनका औजारमात्रै हुने गर्छन । जब सम्म त्यो अनुकुलतामा हुन्छ तब सम्म आर्दसमय तरिकाले शासकबर्गले प्रयोग गर्छ जब त्यो भुत्ते हुन्छ तबमात्र असली अनुहारमा उनिहरु या त उभिन्छन या त कसैलाई अगाडि सार्छन । कटुवाल प्रकरण त सतहमा देखा परेको एउटा दृष्यमात्रै थियो । सो कुरा शासन केन्द्रमा देखिएका परिदृष्यले सही साबित गरेको छ र त्यस्का निमित्त नायक बनेका छन राष्ट्र्पति डा.यादब ।

बारम्बार भन्ने गरिएको माओवादी अझै फेरिएनन त्यसको दण्ड सजाय पाउनेनै छ भनेर लामोदिन देखी शक्ति केन्द्र र उनिहरुका लाउके माईण्ड मेनेजर र सहजकर्ताहरुले भन्दै आएका थिए । फेरिनुको अर्थ सनातनी ससंदिय ढर्रामा अभ्यस्त हुनु र यथास्थीतिलाई निरन्तरता दिनु र जनयूद्ध र जन आन्दोलनको भाब मर्म र उपलब्धीलाई प्रभु वर्गको पाउमा सुम्पिनु हुन्थ्यो । माओवादीलाई राजकिय सुबिधामा फसेपछी प्रतिबद्धता भुल्छन र आफै सरह बन्छन भन्ने आकलन थियो । कम्युनिष्ट फोबियाबाट ग्रसित र शित यूद्धको हयागं ओभर पालेको अमेरिका होस् या सार्कमा प्रभु दाबी (more…)

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.