Archive for the ‘Valentine Special’ Category

भ्यालेन्टाइनमा सबैको जय होस….

February 7, 2010 - 1:46 am 4 Comments

फुर्सदमा कहिलेकाँहि नेपाली र अङ्ग्रेजी साहित्य पढ्छु । फिक्सनदेखि ननफिक्सन, जीवनि, प्रेम, राजनिति बिषय जे पनि हुनसक्छन । बिषयबस्तुप्रति खासै च्वाइस छैन । बत्ति आउनेबेला प्राय ब्यस्त नै भैन्थ्यो पहिले । बत्ति भन्नाले बिजुलीलाइ बुझियोस यहाँ । बत्ति नहुनाले साँझहरु प्राय मैनबत्तिसँगै बित्छन । बानि भैसक्यो एकप्रकारको अचेल त । मैनबत्तिप्रतिको लगाव भन्न मिल्ला । मैनबत्तिछेउ बसेर ल्यापटपमा केहि टाइप गरिरहनु, मरिच मिसायको कालो चिया पिउनु र दिक्कै लागे एउटा सुर्या सल्काउनुलाइ आपत्तिजनक मान्न नसकियला । माने नै पो के छ र यार मान्नुस । आपत्ति मानेर खुसि मिल्छ भने त्यसमा मेरो आपत्ति छैन ।

दिऊँसो ब्यस्त नै भइन्छ । बागबजार र अनामनगरतिरबाट पैदलै बालुवाटार हुँदै लाजिम्पाटसम्म पुग्नुको आनन्द आफनै ठाँउमा छ । केहिदिन अगि सानो दुर्घटनामा परेपछि अचेल प्राय पैदल नै हिँडनु प्राथमिकतामा परेको छ । जिवन चलाउनलाइ नै जन्मिइयको हो भने चलाइयकै मान्नुपर्छ । (more…)

भ्यालेन्टाइन डे र मेरो पहिलो प्रेम

February 14, 2009 - 2:42 am 14 Comments

-Newraj “Alag” – काठमाडौ

कुरा २०५३ साल को हो ।

जुन बेला म SLC परिक्षाको तयारिमा टेस्ट दिईसकेर पनि एक्श्ट्रा क्लास को लागि स्कुल जाने गर्थे । त्यो समयमा लव को फेसन चलेको थियो । केटाले केटिलाइ र केटिले केटालाइ आफ्नो मनको कुरा भन्ने माध्यम ‘चिठ्ठि’ एउटा सर्बोतम उपाय थियो ।

यतिकैमा मेरो साथिमार्फत सधै देखेको तर कहिलै ख्याल नगरेको केटिमा मेरा आँखा पुगेर अड्किय । उनलाइ हेर्ने मेरा नजरहरु के मात्र बदलियका थिए म त एकोहोरो टोलाउने भएछु । त्यसपछि म उनलाइ हेरेर उनकै बारेमा मात्र सोच्न थालेछु र एउटा रमाइलो संसारमा उनलाइ लियर उनि सङ्गको जिवन आफ्नो मन भित्र कल्पना गर्न थालेछु । उनि मलाइ जुन नजरले हेर्यो उस्तै लाग्थिन ।

उनि कहिले एन्जेलिना जोलि त कहिले करिष्मा मानन्धरजस्ति । अनि मैले उनलाइ नेपालकि मेलिना मानन्धर भन्दाचाहि सधै माथिको कोटिमामा राखेँ किनकि प्रेयसि को पालामा मेलिना राम्रि थिइनन ।

उनको तारिफ गर्नुपर्दा हल्का रातो बर्ण, ओठमा कालो सानो तिल कोठि,गोलो मिलेको अनुहार, तलदेखि माथि सम्म एउटै साइजको मिलेको शरिर अनि पुर्णिमाको जुनजस्तै उज्यालो मुस्कान । भर्खर बैशको उन्मादमा उन्मादित म जस्तो केटालाइ के चाहियो र ? उनिप्रति प्रेमको सागर मेरो मनभरि उर्लनेक्रम जारिरह्यो । उनको हरेक कुरामा मेरो हदैसम्मको ध्यान जान थाल्यो । (more…)

ह्याप्पि भ्यालेन्टाइन डे !!

February 13, 2009 - 2:59 am 6 Comments

नेपालमा पहिले अहिलेकोजस्तो हुँदैनथ्यो ‘भ्यालेन्टाइन डे’ मा । १४ फेब्रुअरिको ‘भ्यालेन्टाइनको महत्व आफ्नै ठाँउमा छ । मलाइ मनपर्ने दिन हो ‘भ्यालेन्टाइन डे’

प्रेम सबैमा हुन्छ । बाबु-छोराबिच, आमा छोराबिच अनि दाजुभाइ र दिदि-भाइ तर भ्यालेन्टाइन डे स्पेशल्लि प्रेमि-प्रेमिकाकालागि हो । मन परायकालाइ भन्न नसकियको हुन्छ । भन्ने दिन यहि हो । भन्न नसक्नेहरुका लागि ।

जिवन बिचित्रको छ । कम्तिमा मलाइ यस्तो लाग्छ । दरबारमार्गका सडकहरुमा सुर्यास्ततिर हिँड्दा होस या ठमेलका गल्लिहरुमा मध्यराततिर, अहिलेको युवापुस्ताको पाटो बन्न पायकोमा मलाइ गर्व लाग्छ । सुन्दरता त हेर्ने आँखामा भरपर्छ भन्छन तर मेरो ब्यक्तिगत धारणामा केटिहरुमा राम्रा नेपालि त्यसपछि अमेरिकन केटि । धेरैठाँउ घुमियो, देखियो र भोगियोपनि तर नेपालिहरुजति सुन्दर र आत्मिय मलाइ अरु लागेनन ।

भ्यालेन्टाइनको कुरा गर्दा, मैले अहिले प्रष्ट सम्झिन्न मिति तर फेब्रुअरि-मार्च महिनाकै समय थियो २००१ वा २००२ तिर । म धुम्बाराहिबाट पैदल ठमेल जाँदै थियँ । कहिलेकाहिँ एक्लै पैदल हिँड्न मलाइ मनपर्छ । म एकपल्ट किर्तिपुरबाट हिँडेर सामाखुसि गयको छु दुइ घण्टाको हाराहारिमा । म ढल्कुको चोकमा आइपुग्दासम्म एउटि ‘Blonde’ म भन्दा केहि अगाडि हिँडिरहेकि थिइन । तिस-पैँतिसकि होलिन । ढल्कु चोकबाट भाटभटेनि सुपरमार्केटसम्मपनि म त्यतिबेलाको नबिन के भट्टराइको गितमा हल्लिँद आफ्नै सुरमा थियँ । भाटभटेनि चोकमा पुगेपछि उनि अल्मलिन कता जाने होला भनेर । ‘excuse me gentleman, which way should i take to go to Thamel?’ उनको प्रश्न थियो यो । ठमेललाइ उनले भन्दा ‘टामेल’ सुनियको थियो । मैले यहाँबाट बायाँ लाग्नुस अनि परको चोकबाट दायाँ लागेर गैरिधारा हुँदै ‘टामेल’ निस्कनुस । समस्या भयमा बाटोमा कसैलाइ सोध्दा हुन्छ, नेपालिहरु सहयोगि हुन्छन भन्न भ्यायँ ।
(more…)

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.