March 27, 2010 - 10:37 pm

लाजिम्पाटस्थित फ्रेञ्च दुतावासको अपोजिटमा रहेको भित्ताभरि स्लोगन लेखियको Upstairs Jazz हाम्रो hangout गर्ने ठाँउ भन्दा हुन्छ । मलाइ पहिलोपल्ट त्यहाँ साथि कृष्णले गत बर्ष लगेका थिय । हाम्रो पहिलो भेट त्यहिँ नै भयको थियो म्याग्दिको शिखमा पुस्तकालय स्थापना गर्ने बिषयमा छलफल
गर्न ।
त्यसपछिका दिनमा महाबिरदेखि बाघबिर र चुङदेखि जयासम्म सबैलाइ भेट्ने थलो ज्याज भयको छ । सामान्य तर बिशेष ठाँउ हो ज्याज । ज्याजमा नै हाम्रा ‘क्रमभङ्गता’ देखि ‘छलाङ’ मार्नेसम्मका निर्णयहरु भयका छन । महत्वपुर्णदेखि बेकारका भेटघाटहरु भयका छन ।
कहिलेकाँहि केहि लेख्नुपर्यो भने म ठमेलस्थित जाभामा जान्थेँ कालो कफिसँगै लेख्न तर त्यो ठाँउ मेरा लागि ठिक नहुनुका केहि कारणहरु आइलागे, पहिलो त मैले पिउने कफिमा 13% vat र 10% Service Charge गरि कफिबाहेक 23% बढि तिर्नुपर्ने, अर्को कारणचाँहि प्रतिघण्टा ५० रुप्पे घण्टाको तिरेर के खान वायरलेश इन्टरनेट प्रयोग गर्ने ? म मुला बिल गेट्स त हैन नि यार !
बिपरित, ज्याजमा चाहिँ 23% Tax पनि तिर्नु नपर्ने र Free WiFi internet । मेरो रोजाइमा ज्याज नै पर्यो । काम त सधै गर्नै पर्छ तर कहिलेकाँहि हुने hangout place त कुल हुनै पर्यो नि । ज्याजका त वेटरहरुपनि कुल छन , के चाहियो भनेर सोध्नै आउन्नन । तरपनि Jazz is best…
शनिवार र बुधबार साँझ हुने Live Jazz Music मा त म बस्दिन । मलाइ त्यो म्युजिकसँग लगाव छैन तर कहिलेकाँहि साँझ माथिल्लो तलामा परालको मुढामा बसेर कफि पिउँदै लेख्न रमाइलै हुन्छ । ज्याजको अर्को रमाइलो के पनि छ भने, मैले काठमाडौका रेष्टुरेन्टहरुमा अहिलेसम्म खाएको अनुभवमा ज्याजमा जस्तो मिठो कोथे म:म र आलु रोटि कहिँ भेटेको छैन । G तान्नेहरुका लागिपनि ज्याज गजबै छ । नेपालिदेखि बिदेशि ठिटिहरुसम्मको दर्शन र कुराकानिका लागि पनि ज्याज राम्रै छ । महँगा रक्सि पिउने हरुका लागि पनि ज्याज ठिकै छ । (more…)