Archive for the ‘फरक प्रसङ्ग’ Category

New year resolution: Updated website of Nepal Wireless Network

April 14, 2010 - 8:38 am 8 Comments

नयाँ बर्षको सुभकामना ! संसारका सजिव-निर्जिवहरु सबैको मंगल होस ।

नयाँ बर्षको अवसरमा एउटा खुसिको खबर छ ।

महाबिर पुन आवद्व नेपाल वायरलेश नेटवर्कको वेभसाइट साथि निर्मल र डा. धिरजले नयाँ रुपमा अपडेट गरेका छन । पहिला भन्दा आकर्षक र छरितो बेनको छ साइट । अब महाबिर पुन र उहाँका कामहरुलाइ बुझ्न मान्छेहरुलाइ अझ सजिलो होला भन्ने आशामा हामि छौँ । धन्यवाद निर्मल अनि धिरज । ब्यस्तताको वावजुद पनि भोलेण्टियरलि यो साइट यति राम्रो बनायकोमा ।

डा. धिरज हङकङ फर्किसकेका छन तर उनले त्यँहिबाट नै टेलिमेडिसिन सम्बन्धि कामहरु गर्नेछन ।

नेपाल वायरलेश नेटवर्क को अपडेटेड साइट हेर्न र सुझाव दिन यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

नयाँ बर्षमा भयको यो नयाँ कामले हामि टिम मेम्बरहरुमा नयाँ उत्साह थपेको छ ।

Upstairs Jazz…

March 27, 2010 - 10:37 pm 8 Comments


लाजिम्पाटस्थित फ्रेञ्च दुतावासको अपोजिटमा रहेको भित्ताभरि स्लोगन लेखियको Upstairs Jazz हाम्रो hangout गर्ने ठाँउ भन्दा हुन्छ । मलाइ पहिलोपल्ट त्यहाँ साथि कृष्णले गत बर्ष लगेका थिय । हाम्रो पहिलो भेट त्यहिँ नै भयको थियो म्याग्दिको शिखमा पुस्तकालय स्थापना गर्ने बिषयमा छलफल
गर्न ।

त्यसपछिका दिनमा महाबिरदेखि बाघबिर र चुङदेखि जयासम्म सबैलाइ भेट्ने थलो ज्याज भयको छ । सामान्य तर बिशेष ठाँउ हो ज्याज । ज्याजमा नै हाम्रा ‘क्रमभङ्गता’ देखि ‘छलाङ’ मार्नेसम्मका निर्णयहरु भयका छन । महत्वपुर्णदेखि बेकारका भेटघाटहरु भयका छन ।

कहिलेकाँहि केहि लेख्नुपर्यो भने म ठमेलस्थित जाभामा जान्थेँ कालो कफिसँगै लेख्न तर त्यो ठाँउ मेरा लागि ठिक नहुनुका केहि कारणहरु आइलागे, पहिलो त मैले पिउने कफिमा 13% vat र 10% Service Charge गरि कफिबाहेक 23% बढि तिर्नुपर्ने, अर्को कारणचाँहि प्रतिघण्टा ५० रुप्पे घण्टाको तिरेर के खान वायरलेश इन्टरनेट प्रयोग गर्ने ? म मुला बिल गेट्स त हैन नि यार !

बिपरित, ज्याजमा चाहिँ 23% Tax पनि तिर्नु नपर्ने र Free WiFi internet । मेरो रोजाइमा ज्याज नै पर्यो । काम त सधै गर्नै पर्छ तर कहिलेकाँहि हुने hangout place त कुल हुनै पर्यो नि । ज्याजका त वेटरहरुपनि कुल छन , के चाहियो भनेर सोध्नै आउन्नन । तरपनि Jazz is best…

शनिवार र बुधबार साँझ हुने Live Jazz Music मा त म बस्दिन । मलाइ त्यो म्युजिकसँग लगाव छैन तर कहिलेकाँहि साँझ माथिल्लो तलामा परालको मुढामा बसेर कफि पिउँदै लेख्न रमाइलै हुन्छ । ज्याजको अर्को रमाइलो के पनि छ भने, मैले काठमाडौका रेष्टुरेन्टहरुमा अहिलेसम्म खाएको अनुभवमा ज्याजमा जस्तो मिठो कोथे म:म र आलु रोटि कहिँ भेटेको छैन । G तान्नेहरुका लागिपनि ज्याज गजबै छ । नेपालिदेखि बिदेशि ठिटिहरुसम्मको दर्शन र कुराकानिका लागि पनि ज्याज राम्रै छ । महँगा रक्सि पिउने हरुका लागि पनि ज्याज ठिकै छ । (more…)

दुर्घटना र नेपाल यातायातहरु…

January 23, 2010 - 8:16 pm 3 Comments

दुर्घटनाहरु कहिल्यै हल्ला गर्दै आँउदैनन् ।

यो तथ्य त सत्य नै हो तर जब आँउछन पिडा लियर आँउछन । प्रायले जिवनको कुनै मोडमा दुर्घटनासँग साक्ष्यात्कार गरेकै हुन्छन् । मैले आज कुरा गरेको खासमा मोटर दुर्घटनाको हो । मोटर दुर्घटनाका बारेमा लेखिरहँदा म अनलाइन न्युजसाइटहरुमा हिँजोमात्रै जिप दुर्घटनामा परेर तमलोपाका नेतासहित केही मरेको समाचार पढ्दैछु । हो, दुर्घटना पिडादायक हुन्छ । नेताहरुपनी तमलोपा या एमाले भन्दा पहिला त मान्छे नै हुन । मान्छेको मरण अर्को मान्छेको लागि पनि दुखदायी अवश्य हुन्छ । सामान्य दुर्घटनाहरुमा परिरहेपनी ज्यान नै सेकेण्डको फरक परे जान सक्ने खालको दुर्घटनामा तिनपल्ट परेको छु । दुइपल्ट इराकमा हुँदा हो भने एकपल्ट मोटर दुर्घटनामा भैरहवामा ।

२००१ मा हो । त्यो दुर्घटनाले धेरैदिनसम्म दु:ख दियर गयको थियो । बुटवल भैरहवा चल्ने थोत्रो बसको मुन्तिर चार पाङ्ग्राको बिचमा परेर पनि बाँच्नु अत्यासलाग्दो संयोग थियो । बसमुन्तिर परेर बाँच्नुलाई मान्छेहरुले आश्चर्य पर्ने घटनाका रुपमा लिय त्यतिबेला । (more…)

सिनेमाका कुरा…

November 22, 2009 - 3:55 am 7 Comments

केही दिन अगाडी म बोष्टन, न्युयोर्क , वाशिङटन डिसी, बाल्टिमोर र भर्जिनिया बीच को यात्रा गरेपछी एटलान्टा हुँदै अलाबामा फर्कियको थियँ । केही कानुनी काम र अफिशियल कामहरु सकीसकेका थिय अलाबामा आयपछी नेपाल फर्कने टिकट अली पहीलैलाई सार्नुपर्यो भनेको एकहप्ता पछीलाई मात्रै मिल्यो । फुर्सदमा थियँ । पुस्तक पसलमा गयँ । केही पुस्तकहरु किने । पढेँ । केही नेपाल लैजानलाई राखेँ । तिनवटा साँझ थियटरमा पुगेर तिनवटा सिनेमा हेरेँ । ती तिनवटा सिनेमा थिय ।
- 2012
– The Box
– The Men Who Stare at Goats

म आज यिनै सिनेमाका बारेमा केही लेख्छु । 2012 सिनेमाको त मैले प्रतिक्ष्या नै गरेको थियँ । काठमाण्डु युनिभर्षिटीको बिबेकले र मैले त हामी म्याग्दीको मोहरेमा हुँदा नै यो सिनेमाको बारेमा कुरा गरेका थियौ । सिनेमा हामीले आशा गरे अनुसारकै राम्रो थियो । एनिमेशन टेक्नोलोजीको ब्यापक प्रयोग गरियको रहेछ । मौसम परिवर्तनको कुरा चलिरहेको बर्तमान समयमा सिनेमा 2012 ले हामीलाई यो जगतको अन्त्य देखायको छ । साँच्चै सिनेमा हेरिरहँदा अचम्म लाग्छ । सायद त्यस्तै अन्त्य होला त यो जगत यो विश्वको । त्यसै नै आउलान त समुद्रहरु सगरमाथामा ? त्यसरी नै फुट्लान त धर्तीहरु जहाँ सयौ कारहरु खस्नेछन । मान्छेहरुको भागाभाग हुनेछ । तर के यो जगतको अन्त्यमा पनि शक्तिशालीहरु सिनेमामा झै प्लेनमा चढेर या बिशेष प्रकारको पानिजहाजमा चढेर जोगिनेछन ? त्यो अली अनफेयर लाग्यो मलाई । सिनेमा अली लामो थियो तर पट्यारलाग्दो चाँही थियन । एकपल्ट हेर्नैपर्ने सिनेमा अन्तर्गत राख्छु म २०१२ लाई ।

अर्को साँझ म एकजना साथिनीसँग ‘The Box’ हेर्न गयँ । अचम्म त के भयो भने साँझ सात बजेको शो मा सिनेमा हर्ने दर्शक त्यो सिनेमाहलमा हामी दुइजनामात्रै । ब्यक्तिगत सिनेमा हल बनायर हेरेझै भयो । सिनेमा अली हरर टाइपको रहेछ । बिचबिचमा झ्याउ लगायो । (more…)

युद्वको सम्झनामा

October 27, 2009 - 10:40 am 3 Comments

२००८ मा केहि महिनाको लागि इराक जाँदा कुवेतस्थित अमेरिकन सैनिक बेश ‘Ali Al Salem Airbase’ हुँदै इराकको राजधानि बगदाद पुगेको थियँ । त्यतिबेला लियका केहि फोटाहरु युद्व सम्झाउन अनि त्यतिबेलाको समय सम्झाउने खालका छन । ति मध्ये केहि तस्विरहरु आज प्रस्तुत गरेको छु -स्याटेलाइट

(more…)

बिबेकहरुको पलायन

October 2, 2009 - 5:48 pm 1 Comment

-स्याटेलाइट

विवेक शाक्य चौबीस वर्षका नेपाली युवक हुन्। उनी पाटनमै जन्मे र त्यहीँ हुर्किए। सानैदेखिका अब्बल विवेकले एसएलसीमा ८४.५% अंक ल्याए। त्यसपछि उनले विज्ञानमा प्लसटु गरेपछि उनले इलेक्ट्रोनिक्स इन्जिनियरिङ पढे। गतबर्ष कक्षामा ३.६६ जीपीए ल्याएर आफूलाई पुनः उत्कृष्ट प्रमाणित गरे। उनी ललितपुरको सामान्य परिवारका छोरा हुन्। इन्जिनियरिङ सकेपछि विवेकले जागिरका लागि निवेदन हाले। इन्टरभ्यु दिए। पहिलो, दोस्रो परीक्षासम्म विवेक उत्रन्छन् तर त्यसपछि आउँदैनन्। जागिर नपाएपछि उनले महावीर पुनको नेपाल वायरलेस प्रोजेक्टमा स्वयंसेवकका रूपमा काम गरिरहे। महावीरको समूहसाग विवेक दोलखा, मकवानपुर र मुस्ताङ पुगे काम गर्छन्। महावीर आफैँ पनि स्वयंसेवक हुन्। त्यसैले नेपाल वायरलेस प्रोजेक्टबाट विवेकलाई मैले पनि केही गरेँ भन्ने सन्तोषबाहेक अरू केही मिल्दैन। अर्थ आर्जन नगरी जीवन चल्दैन।

विवेक पढाइमा सधैँ उत्कृष्ट भए। काममा उत्तिकै लगनशील छन्। तैपनि विवेकहरू यस देशमा काम पाउँदैनन्। उनले बल्लतल्ल भर्खर खुलेको प्राइभेट कम्पनीमा मासिक ५ हजार पाउने जागिर पाए। पहिलो त यो तलब नै न्यायपूर्ण थिएन। दोस्रो, कम्पनीले उनलाई तीन वर्षको करारमा सही गर्न भन्यो। एकजना योग्य इन्जिनियरका लागि त्यो स्विकार्न नसकिने प्रस्ताव थियो। सार्वजनिक क्षेत्रका नेपाल टेलिकमजस्ता कम्पनीमा ‘कम्युनिकेसन इन्जिनियर’ को माग भइरहन्छ। विवेकले दिर्खास्त पनि हाल्छन् र अन्तर्वार्तासम्म पुग्छन् तर उनी छानिदैनन्। केही दिनपछि थाहा हुन्छ विवेक योग्य भएपनि नेपालमा चल्ने ‘ज्याक’ नभएकाले उनले जागिर पाउँदैनन्। (more…)

जोन उडको सपना र बिस्नुको भविष्य…

May 30, 2009 - 5:46 pm 6 Comments

-स्याटेलाइट

मान्छेका चाहनाहरु अनेक हुन्छन । इच्छ्या, आकांक्षा या लक्ष्य जे जति नाम दिउँ । सारतत्व तृष्णा हो । कसैलाइ राम्रोको तृष्णा कसैलाइ नराम्रोको तर त्यहि नराम्रोको तृष्णा गर्नेहरुले पनि तृष्णा गरिरँहदा त कहाँ त्यसलाइ नराम्रो ठान्छन र ? कहिलेकाहिँ मान्छे आफ्नैहरुबाट पनि दुखि बन्दो रहेछ । बुझाउन नसक्नु या बुझ्न नसक्नु यस्तै को भुमरिमा म परेको अनुभव भयको छ मलाइ । यो कथा लाइ सिधा भाषामा यसरि:

दाजुको एउटा राम्रो रेष्टुरेन्ट थियो । पैसा कमाउनुभयो । म पनि कहिलेकाहिँ जल नभयपनि पान मात्रै भयनि गर्न जाने ठाँउ त्यो । जल गर्नुपर्दा अरु रेष्टुरेन्ट छानिन्थ्यो । यसलाइ आदर्श या सम्मानको रुपमा हेर्दा ठिक हुन्छ । दाजुको रेष्टुरेन्टमा काम गर्ने एउटा सानो केटो थियो । १२- १३ बर्षको हुँदो हो । मायालाग्दो थियो । दुइ-तिनदिन मैले उसको दिनचर्या हेरेँ..ख्याल नगरेझैँ गरेर । बिहान पाँच- छ बजे उठेको केटो राति एघार बजेसम्म ब्यस्त छ काममा । केहि सय रुपैँयाहरुमा उसले आफ्ना महिनाहरु बेचेको छ । म मोटरसाइकल अड्याउँछु रेष्टुरेन्टको आँगनमा । उसले चाउमिन भुटिरहेको हुन्छ । ‘दाइ चिया कि चिसो ?’ उ चाउमिन बनाउँदा बनाँउदै भित्रैबाट सोध्छ । म उसका चलिरहेका साना हातहरु हेर्छु । उ सोया सस, टोमेटो केचप अनि चप गरियका भेजिटेबलहरु चाउमिनमा हालेर बेसरि चलाउँछ । ‘बिस्ने’ कतैबाट आवाज आयो । कुनै बियर या व्हिस्कि पिइरहेको ग्राहकको हुनुपर्छ यो आवाज । आवाजमा आदेश छ ! दम्भ छ ।

बिस्ने ग्यास सानो पारेर काउन्टरतिर दौडिन्छ र खुकुरि रम को क्वार्टर बोतल लियर टेबलतिर कुद्छ । ‘बिस्ने तँ मुला कति ढिलो ?’ ग्राहकले सुर्याको खिल्लि सल्काउँदै खुकुरि रमतिर हेर्दै भन्छ । जा एउटा ‘चिकन चिल्लि छिटो..’ बिस्ने फेरि किचनमा आयो । फ्रिज खोल्यो । म्यारिनेट गरेको चिकनलाइ चिकन चिल्लिमा बदल्न काम शुरु गर्यो । चाउमिन तयार भयो अर्को ग्राहकको । उ त्यो पुर्याउन जान्छ । अनि थप ग्राहकहरु..थप ग्राहकहरु । कहिलेकाहिँ बिस्नुले काउन्टरमा पैसा लिने कामपनि गर्छ । कसै कसैले उसलाइ टिप्सपनि दिन्छन । प्रायले दिन्नन । नेपालि ग्राहकहरु प्राय कञ्जुस नै हुन्छन ।

बिस्नुले रक्सि र मासुले लत्पतियका भाँडाहरु पखाल्छ । उसका हातहरु फुटेका छन । मेरो दाजुको छोरा बजारमै रहेको राम्रो बोर्डिङमा पढ्न जान्छ । उसलाइ घरमा लिन स्कुल बस आँउछ । (more…)

दारि अ/सहितका आफ्नै केहि प्रतिबिम्बहरु !!

March 7, 2009 - 11:12 pm 11 Comments

निकै सामान्य बिषयहरुमा समेत लेखिने यो ब्लगमा तपाँइहरुलाइ मेरा यि तस्विरहरुले दिक्क बनाउनपनि सक्छन तर ब्लगको बिशेषता भनेकै यहि कि यहाँ आफुलाइ लागेका निकै स-साना बिषयहरुमा समेत लेख्न पाइने । कृपया दिक्क नमान्नुहोला । हे हे हे हे !!! SateLite

मैले प्राय कहिलेपनि दार्हि भन्ने बस्तु राखिन जिवनमा अल्छि लाग्दा सिवाय ।

त्यो अल्छिपनि कसरि भने राति निकै बेरसम्म कम्प्युटरमा बसेपछि अर्को दिन मसँग यि सबै गर्ने समय हुँदैन । सबै काम हतारहतार गरेर म टि ए पि हुन्छु । एउटा सानो कारणले मलाइ दारि बढाउनुपर्ने आवश्यकता आइलागेको थियो । महिना दिनमा बल्लतल्ल अलिअलि आय दारि भन्ने बस्तु । काम सकियो अनि फालिहालेँ । नेपालि साहित्यकारहरुले जुँगासम्मका सहित्य त सृजना गरेका छन तर दारिसम्म पुगेजस्तो लागेको छैन मलाइ ।

अब यसलाइ दारि साहित्य त नभनौँ तर दारि ब्लग सम्म भन्न सकियला ।

दारिकै सेरोफेरोमा लिइयका तलका केहि प्रतिबिम्बहरु । जिवन एउटा प्रतिबिम्ब त रहेछ नि । राम्रो गरे राम्रै प्रतिबिम्ब नराम्रोमा नराम्रै ।

‘फुलको आँखामा फुलै संसार…काँडाको आँखामा काँडै संसार’

थप केहि फोटाहरु भित्र (more…)

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.