Satelite's Blog
पुस्तकको दोस्रो अंश…..
due to virus infection in windows partition of my computer, i had to delete partition, along with others,  unicode Nepali typing software got deleted from hard drive and now i am not able to type in Nepali. Below is second part of my book (someday it will be printed on form of book…. i guess), hope u will enjoy !!
‘भनेपछि मिष्टर तिमि सिभिल इञ्जिनियर पदको लागि एप्लाइ गर्दैछौ ?’ म अगाडी बसेकी चालिस हाराहारीकी मङगोलियन महिलाले अंग्रेजिमा सोधी। उ पुर्ण कर्पोरेट देखिन्थी। दुबइमा रहेको कोरीयन कम्पनी ‘जेन्हा इञ्जिनियरिङ’को निम्ति मागियका फरक फरक विधाका १२ इञ्जिनियर को निम्ति महाराजगञ्जस्थित आसमाक्स नेपालको अफिसमा चलिरहेको अन्तर्वातामा थियँ म। मेरा डकुमेन्टहरू पल्टाइ उसले तर खोजेको प्रमाणपत्र भेटाइन। फेरी पल्टाइ र टेवलमा बजारी।
‘यस म्याम सिभिल इञ्जिनियरकै लागि हो’ मैले उभियरै उत्तर दियँ। उसले मेरो मुखमा घोरियर हेरी।
‘मिष्टर तिमिले कुन युनिभर्षिटि या कलेजबाट इञ्जिनियरिङ डिग्रि लियका छौ ? मैले यि कागजपत्रको भिडमा इञ्जिनियरिङ सम्बन्धि खोजेको कुनै प्रमाणपत्र भेटाउन सकिन’ दुवै हातका कुइनाले चिउँडो अड्याउँदै सोधी उसले।
जेन्हाकि हुमन रिसोर्स म्यानेजर स्वयंले अन्तर्वार्ता लिने भनिएको थियो विज्ञापनमा। यही हुनुपर्छ त्यो भाइरस ।
‘म सँग सिभिल इञ्जिनियरिङ या कुनै प्रकारका इञ्जिनियरिङको डिग्रि छैन तर म सिभिल इञ्जिनियरिङको रुपमा काम गर्न सक्छु’
सामान्यरूपमै दिइएको उत्तरमा उ झस्की। अव उसले दुवै हात छातीमा वाँधी।
उसको मुहारमा केहि तनाव देखियो। ‘कृपा गरेर के तिमि बताउन सक्छौ ? कसरि?’ उसले सोधि। मैले बुझेसम्म त्यहाँसम्म उसले केसमा रुचि देखायकी थिइ, उसको उत्सुकता अझ बढेको थियो अब।
‘उत्तर दिनुअघि के म कुर्सिमा बस्न सक्छु म्याडम?’ म कुर्सिमा बस्न खोज्दै थियँ, उसले भनि ‘के तिम्रो ढाडमा समस्या छ सिभिल इञ्जिनियर महोदय? पाँच मिनट उभिन सक्दैनौ? यो म्यानेजरले आफ्नो कित्ता क्लियर गरिसकेकि थिइ। डाइलग गर्हुँगै दिइ। म बसिन। पुर्ववत पोजिशन लियँ ।
‘बस’ मेनेजरले भनि। राहत भयकै हो । ‘ओके जब कुनै कम्पनिले नयाँ कामदारहरु लिन्छ, छानिइसकेपछि उनिहरुलाइ कम्तिमा ६ महिने परिक्षणकालमा राखिन्छ, राइट?’ प्रश्नसहितको बर्णनमा उसले सकारात्मक टाउको हल्लाइ । ‘आइ एम स्योर तिम्रो कम्पनिमा पहिल्यै केहि सिभिल इञ्जिनियरहरु त पक्कै छन, तिमिले मलाइ लियौ भने परिक्षणकालभरि मलाइ कुनै एकसँग राख, छ महिनामा म सबै काम सिक्नेछु अनि तिमिले पाउनेछौ नयाँ फ्रेश सिभिल इञ्जिनियर तिम्रै कम्पनिको लागि’ पुर्ण आत्मविश्वासका साथ अंग्रेजिमा मेरो उत्तर पायपछि उसको गोरो मुख रातो बन्दै गयको थियो । लजायकी त हैन होलि मसँग ! यस्तो स्थितिमा पनि लभ पार्ने सामर्थ्य त नेपालि सिनेमाले मात्र गर्न सक्ने काम हो ।
‘सो, जेन्टलमेन तिमिलाइ लाग्छ हाम्रो कम्पनि इञ्जिनियर उत्पादन गर्ने युनिभर्षिटि हो?’ उ रिसायकी थिइ, शंकै थियन।
‘हिरा भेटिने बगरमै हो हजुर, कहिलेकाँहि यस्तो योग्यतामा पनि बिश्वास गर्नुपर्छ। नेपालि बगरमा फालियको म हिरालाइ तिमि टिप……’ म भन्दै थियँ, उसले टेबलको खै के थिँचि…मिस्टर गुरुङ भित्र पसिहाल्यो ।
५०–५५ को होचो मान्छे भित्र छिर्‍यो। ढाकाटोपी लगाएको थियो। एकदुइपल्ट यो अफिसका कर्मचारीहरूसँग कुरा गरेको देखेको थियँ। ती कुराकानीहरू नसुनेपनि उसको शैली निर्देशनात्मक थियो। आसमाक्स मेनपावरको टाउके होला।
रिसेप्सन परको हलमा राखिएको कुर्सीहरूमा अन्य इञ्जिनियरहरू पालो कुरेर बसेका थिय। सबैका हातमा डकुमेन्टका फोल्डर देखिय। म जस्तै पानि इञ्जिनियर त नहोलान यि ! हेर्दा त साँच्चैका देखिन्थे ।
‘यस मिस लिली’ ढाकाटोपीले सोध्यो। उ म र महिलाका विचमा टेवलको साइडमा उभिएको थियो। मतिर हेर्‍यो ‘तैले केही गडबढ त गरेनस् मुला, भनेझैँ’।
‘So this types of engineer you are offring me who doesn’t have any engineering education but wishing to be an engineer?’ महिला कठोरतापुर्वक प्रस्तुत भइ।
‘What are you saying Ms. Lily?’ ढाकाटोपी साँच्चै नै कन्फ्युज देखियो।
 ‘You underestimated us Mr. Gurung’ यो गुरुङले किन यो बुढिलाइ मिस मिस को उपाधि दिइराखेको छ मैले बुझ्न सकेको छैन । ‘मिस लिली म निकै क्षमाप्रार्थि छु, मलाइ केवल केहि मिनट दिनुहोस के भैरहेको छ बुझ्न’ मिसपनी गुरुङको कनफ्युज मुहार देखेर नरम हुँदै मेरो बारेमा बताइ। गुरुङले मेरा टिठलाग्दा कागजपत्रहरु हेर्यो जहाँ सिनेमा कलेजको बिद्यार्थि परिचय पत्रको समेत फोटोकपि राखियको थ्यो। बुढो यहाँको म्यानेजर हुनुपर्छ, MD नै भय नि के,अब छान्ने हैनन। नकुटे हुन्थ्यो ।
गुरुङ त लास्टै छक्क पर्यो। त्यो हाँस्न खोजेको थ्यो तर खटायो, बरु मलाइ हकार्यो । ‘भाइ तपाइले हामीसँग मजाक गर्ने? पढ्दै नपढी सिभिल इञ्जिनियरको पोष्टमा एप्लाइ गर्ने? म तपाइलाई यो केशमा मुद्दा हाल्न सक्छु बुझ्नुभो , लिलिका अगाडी बुढो,हिरो वनेको मलाइ मन परेन। ‘सर आइन्सटाइन पढेर वैज्ञानिक भएका हुन् र? मुद्दा सुद्दा जेल जे जे हाल्ने हो हाल्नुस। वगरको हिरा चिन्न नसक्ने तपाइको वुद्दिप्रति मेरो सहानुभूति छ। सिनेमा बनाउन सक्नेले जाबो पुल र भवन बनाउन सक्दैन? नेपाल पछाडि परेको यहि भयर हो!’ मेरो उल्टो दनकको अपेक्षा गुरुङलाइ थियन। गल्यो बुढो।
म उसका हातबाट मेरा डकुमेन्ट तानेर बाहिरयँ मेनपावर अफिसबाट। पर्खाइमा बसेका इञ्जिनियरहरुले मलाइ ससम्मान हेरे ‘बिदेशबाट इञ्जिनियरिङ गरेको होला त्यसैले चित्त बुझेन कि भन्ने सोँचेका हुन सक्छन। यसैपनि म आज साथिको कोट सापट मागेर अन्तरवार्तामा आयको थियँ। 
 भएको के थियो भने, अचेल बैदेशिक रोजगारका निम्ति छापिएका विज्ञापनहरू चाख दियर हेर्न थालेको थियँ।
विहान अखवार किनेपछि पछिल्लो पानाबाट शुरु गर्थे मिसन बैदेशिक रोजगार हन्टिङ। दैनिक अखवारका पछिल्ला पातातिर वढीजसो बिज्ञापन छापिन्थे विदेशि कामका प्राय विज्ञापनहरू मासिक डेढसय डलर हाराहारिको आम्दानी भएका मलेशियाका हुन्थे। म यी वर्गका विज्ञापनलाइ दर्हो घृणा गर्थेँ।
माओवादी जनयुद्ध उत्कर्षमा थियो। विजुली नहुनाले प्रायः घरवेटीको टेलिभिजनले विश्राम पाएको हुन्थ्यो तर दिनहुँ मुलुकका विभिन्न भागमा मरेका-मारिएका प्रहरी–विद्रोही सम्बन्धी समाचार माइक्रोबसका चर्का रेडियोहरू फुकिरहेका हुन्थे।
दैनिक तिन शो चल्ने सिनेमा हलहरू प्राय १ शोमा झरेका थिय। दुब्ला नेपाली सिनेमाहरूमा काम गरेपछि थप कामका निम्ति मैले प्रयाश गरिन। सिनेमा बन्न कम हुनु या थियटरमा शो घट्नु यसको कारण थियन। लेख्नेछु म आगामी पानाहरूमा, अहिले मेनपावरको ‘इञ्जिनियरीङ केस’ टुङग्याउँ।
मलेशियाका तोरिलाहुरे जागिरका निम्ति मैले प्रयाशै गरिन तर मध्यपुर्वका अरबी देशहरूमा पनि कामदारको माग गरियको हुन्थ्यो अखवारहरूमा। काठमाडौमा यतिबेला दुइटा बेपार उर्वर मौलायका थिय। पहिलो मम पसल र दोस्रो म्यानपावर।
काम गर्न नेपालबाहिर जाने कहिल्यै सोँचेको थिइन तर डेढमहिनाअघि हरिहर जर्मनी उडेपछि र लगत्तै भइयको वेरोजगारीले मसँग तिनवटा विकल्प छाडेका थिय।
पहिलो :  निर्माता संघमा बेलाबखत चिउरा मासु खाँदै स्पटब्वाइका कामहरू खोज्नु। जुन आर्थिक रूपमा त प्रतिउत्पादक थियो नै, शारीरिक रूपले पनि ढुङ्गो घोटेर चन्दन निकाल्नु सरह।
दोस्रो :  वुटवल स्थित घर फर्किनु र आउँदो सत्रबाट ब्याचलर पढ्न शुरु गर्नु
तेस्रोः निशुल्क विदेश जाने अवसर खोज्नु।
क्रमश……….
Editing Practice- O re Priya
Please bare with my errors. This video was made using still photographs and couple of short clips.
<object width="352" height="288" ><param name="allowfullscreen" value="true" /><param name="allowscriptaccess" value="always" /><param name="movie" value="http://www.facebook.com/v/1573900234363" /><embed src="http://www.facebook.com/v/1573900234363" type="application/x-shockwave-flash" allowscriptaccess="always" allowfullscreen="true" width="352" height="288"></embed></object>
Book Talk…
मुम्बइ आयपछि त्यति पढने समय पाइयन। काँधले धान्नसक्ने भन्दा बढि होमवर्क र फिल्डवर्क अनि क्लास, शुटिङले प्राय समय लिय। त्यसैमा निद्रादेविको चर्को दबाब र मागहरु। निँदपनि किन यस्तो मिठो प्रभु जीवनमा? छक्क पर्छु यार, जहाँ पनि निदाउन तयार, टाउको अडाउने ठाउँ भय पुग्यो। सुरक्षाका लागि दारि पालेको नभयर नकाटेको छु, दारि नकाटेर हरितन्नम बन्नुलाइ यहाँको समाजमा समेत एकातिर सम्भावित या अनुभवि देवदासको रुपमा हेरिँदो रहेछ जो पिरेमको चर्को रिजल्ट हातमा समातेर बाँचिरहेको छ, अर्कोतिर अल-कायदा या लस्करे तोयबाको सम्भावित लडाकु पनि हुनसक्छ भन्ने रुपमा। दोस्रो समस्या त्यति परेको छैन तर कहिलेकाँहि पहिलोले प्रश्नहरु तेर्साइदिन्छ।
क्याण्टिनमा दक्षिण भारतिय खाजा इडली साम्भर खाइरहेको बेला चेन्नइकी जिया आनन्दले सोधि ‘what happened Hari?’ मैले दायाँबायाँ हेरेर सोधेँ ‘I don’t know what happen’ भावबिहिन मुद्रामा दिइयको उत्तरमा जियाले खोजेको भेटाइन होला ‘ it is about love suv, right?’  उसले मौसम जुस पिउँदै भनि। ‘what love suv…’ मेरो निधारमा झ्याउ लागेको भेउ पायर बिचैमा उ बोली ‘य सब दाडिवाडि क्या चक्कर हे यार, कमन हरि, होता हे सबको होता हे, मेरा आता नहिँ नहिँ तो मेँ भि तुम्हारा जैसा हि रखति थि, य लभ सभका चक्कर छोड, सामको मरिन ड्राइभ चलता हे क्या, हम लोग जा रहेँ आज’
‘मरिन ड्राइभ मे क्या हे?’ मैले सोधेँ । त्यसअगिका संवादको उत्तर दिनु सान्दर्भिक देखियन हितोपदेशकर्तालाइ।
‘Jazz by the bay, चल्ता हे रे क्या..उ ला ला’ आँखा घुमाउँदै ज्ञानी केटिले भनी। कुनै केटाले यसरि भोको पेटमा उपदेश दियको हुँदो हो त, एक झ्यापु खाइसकेको हुन्थ्यो । पाजी दारि पालेको पनि हैन, नकाटेको मात्रैमा पनी ‘तँ किन देवदास भैस बाबु भन्दै सुन्नुपर्ने यार। मेरो गम्भिर आपत्ति छ। नेपालाँ ह्रिदेश त्रिपाठिलाइ पनि यस्तै प्रश्न या हितोपदेश आउँदा हुन कि ? उनि त नेपालका लागि दारिका होलसेल डिलर नै हुन मैले जान्दादेखिन, जन्मँदै दारिसहित जन्मियका त हैनन कतै, अनुसन्धानको बिषय हो यो।
तर यी कुरा यतै छाडौ, समस्या यहिँनिर हुन्छ, कुरा गर्न खोजियको हुन्छ एकातिर पुस्तकको तर दारिजस्ता प्रतिक्रियावादि, बिदेशी दलाल र आत्मसमर्पणबादि तत्वहरुको घुसपैठ हुन्छ बिषयमा र पात्र बिषयान्तर गर्न बाध्य हुन्छ। दारिको कुरा छाडेर बिषयमा प्रवेश गरौँ ।
यि माथिका पुस्तकहरुमध्ये, देवेन्द्र भट्टराइको ‘रेगिस्तान डायरि’ बाथरुममा पढेर सिध्यायँ। पुस्तक पठनिय छ भन्छु म। बिशेषत मलाइ पुस्तक पठनिय नै थियो किनकि मैले रेगिस्तान डायरिका जस्ता अनुभव नभोगेपनि लगभगमा पुगिसकेको थियँ कुनै दिन र त्यहाँ उल्लेख गरियका पात्र र घटनाहरुलाइ नजिकबाट देखेको थियँ। त्यसैले पनि होला म खाडिमा काम गर्ने श्रमिकको कथा लेख्न इच्छुक थियँ, पर्दामा ढाल्न इच्छुक थियँ । नभनियका कथा थुप्रै छन त्यहाँ तर मैले लेख्ने समय जुटाउन सकिन। केसेन छेताङको ‘In Search of Riyal’  डकुमेन्ट्रिपनी खाडिमा रहेका नेपालीहरुमाथि बनाइयको हो भनेर त्यो हेर्न खुबै प्रयाश गरेँ तर फेल। त्यहिपनि त्यो चाहनालाइ धेरै हदसम्म रेगिस्तान डायरिले पुरा गरिदियको छ। पुस्तकमा रहेका निबन्ध टाइपका खण्डहरुले पढुञ्जेल बोर लाग्दैन तर कतैकतै लेखक अलि बढि नै अल्मलियका हुन कि या उनै कुरा दोहोराइरहेका हुन कि भन्ने पर्छ। नेपालीहरुमात्र हैन दक्षिण एसियालि कामदारहरुले खाडिमा मुख्यत: कतार साउदि अरेबिया र कुवेतमा पिडादायक जीवन बाँचेका छन। कुवेत र साउदि अरेबिया घरेलु महिला कामदारका लागि नर्क नै हुन तर खै गैरहेका छन सधै, ह्रिदेश त्रिपाठिहरु सत्ताको महमा ब्यस्त भयको बेला ।
रेगिस्तान डायरिमा खाडिमा फुलेका पिरतिका कुरा देखि सम्पन्नता र बिपन्नता अनि उँटदेखि बाजसम्मका कुरा छन, कथा छन र ति पढनयोग्य छन। पुस्तक पढिरहँदा पाठकले आफुलाइ पात्रका रुपमा पाउँछ जुन लेखकको सफलता हो।
रेगिस्तान डायरि पढने निर्णय गरेमा पछुताउनुहुनेछैन , ढुक्कले पढनुहोस। मैले भनिहालेँ नि !
रेगिस्तान डायरिको कभर उपलब्ध गराउनुभयकोमा उत्तमबाबु श्रेष्ठलाइ धन्यवाद ।
अहिलेलाइ राम राम!
कम्बख्त बलिउड फिल्म रिलिज…
फेसबुकमा रिलिज गरेको केहि दिनपछि आज यो Kambakhth Bollywood यहाँ राख्दैछु । फेसबुक प्रयोग गर्न नचाहने साथिहरुले यहाँ हेर्न सक्नुहुनेछ । कृपया यो पहिलो प्रयाश हो, त्रुटिहरु धेरै छन । सहनुहोला ।
<object width="400" height="226" ><param name="allowfullscreen" value="true" /><param name="allowscriptaccess" value="always" /><param name="movie" value="http://www.facebook.com/v/1557264178472" /><embed src="http://www.facebook.com/v/1557264178472" type="application/x-shockwave-flash" allowscriptaccess="always" allowfullscreen="true" width="400" height="226"></embed></object>
सहनु भयकोमा धन्यबाद ।
उपन्यासको केहि अंश
आज म यसै ब्लगमार्फत सम्पादनको चरणमा रहेको मेरो उपन्यासको (शिर्षक नजुरिसकेको- कभर डिजाइन यसै गरेको हुँ खै कहिलेको राति) केहि अंश राख्दैछु । पुनर्लेखन र सम्पादन लगायतका धेरै कामहरु बाँकि छन तर आशा छ कुनै दिन यो पुस्तक नेपाली बजारमा पक्कै आउनेछ।
फारुकमार्फत मायामीस्थित हेडअफिसमा थाहा भैसकेको थ्यो हाम्साको त्राशदी, गबिरको मृत्यु। जोनाथनभन्दा माथिकै हुनुपर्छ नोरीक मलिकीले सिरियामा फेडेक्समै काम गर्ने वातावरण मिलाउन पहल गर्ने इमेल लेख्यो। हाम्साले राहत महशुस गरी।
७५० किलोमिटर टाढा सिरियाको यात्रामा निस्कन तयार हुँदै थियो अर्को इराकी परिवार शरणार्थीको रुपमा।
सेतो टोयोटा धुलो उडाउँदै छिर्यो्। अल मेहन्दीको उही नाइके झर्यो मोटरबाट। ड्राइभिङ सिटमा कालो पोशाकमै मोटे थ्यो यसपाली। उ पनि बाहिर निस्कियो ह्याण्ड ब्रेक निर राखेको  थ्रि नट थ्रि निकालेर।रहिम आँगनमा खेलिरहेको थ्यो , भित्र पस्यो। हाम्साको बाउ निस्कियो बाहिर। ‘सलाम वाले कुम’ नाइकेले भन्यो। त्यसका आँखाले केही खोजिरहेका थिय। हाम्सा!
हजुरआमासँग टाँसियर रहिम बाहिर निस्कीयो। अल मेहन्दी आर्मीका हुन् भन्ने जनाउन उनीहरु सबैले कालो पोशाक लगायका थिय। नाइकेका हातमा राइफल थियन। हाम्साको बाउले डरको थुक निल्यो घुटुक्क। छोराका हत्याराहरु अगाडी उभियका छन् , केही गर्न सक्दैन उ!
‘केटी खै?’ नाइकेले सोध्यो। आमाले बाउतिर हेरी। ‘अल मन्सुर गयकी छे हाम्सा’ बुढाले भन्यो याचनामिश्रीत स्वरमा। ‘शत्रुका निम्ति काम गर्नेहरु शत्रु हुन्, अल्लाहले ती गद्दारलाई माफ गर्नुहुनेछैन’ नाइकेले चर्को स्वरमा भन्यो। अल्लाहको नाम लिँदाबित्तिकै बाँकि केटाहरु सतर्क भय। ‘हामि अल्लाहका सैनिक हौं , अल्लाहका दुश्मनलाइ छाड्दैनौं , तिमीहरुकी छोरीले अमेरीकी शैतानका निम्ति काम गर्छे , शत्रुका निम्ति, जसले हाम्रा कैयौं बाबु-आमा, दिदि भाइहरुको दिनहुँ हत्या गरिरहेको छ, त्यो पापको धनबाट खाने तिमीहरु सबै हरामी हौ’
‘तर…….अल्लाहको कृपाले मेरो कुरा सुन्नुस’ बुढो केही भन्न खोज्दै थ्यो , नाइकेले रोक्यो। उसको अनुहार क्रुर हुँदै गइरहेको देखियो ‘अन्तिम अवसर दिँदा पनि तिम्री छोरी फेरी तिनै हरामखोरकोमा पुगी , अल्लाहले दिने सजाय पाउनै पर्छ तिमीहरुले, खै छोरीलाइ फोन लगा’ नाइकेको आदेशसँगै बुढाले गोजीबाट मोबाइल झिकेर रि–डायल गर्यो।
हाम्सा फारुकलाई पर्खिरहेकी थिइ। एयरपोर्टबाट फर्केपछि फारुकले सैनिक बेशको सिमानासम्म छोड्न औसलाई पठाउँछु भन्दैथ्यो। मोवाइल बज्यो। बाउ रहेछ। उठाइ।
‘हेलु हाम्सा’ मलिन स्वरमा बाबुको स्वर सुनि। निको लागेन। ‘हेलु बाबा सलाम…’ हाम्साले भनी।
मोवाइल नाइकेका हातमा पुगीसकेको थ्यो ‘अल्लाहको अपमान गर्ने केटी हेलु सलाम वालेकुम’ नाइकेले भन्यो।
‘यतिधेरै देशबासीहरुको हत्या गर्ने हत्याराहरुसँग काम नगर भन्ने अल्लाहको आदेशलाई तैले लात हानेर फेरी पुगिस त्यहीँ हैन हरामखोर?’ नाइके चिच्यायो।
‘मैले गल्ती गरें , भोली नै हामी यो ठाउँ छाड्दैछौ, अल्लाह दयालु हुनुहुन्छ, मलाई एउटा अवसर…’ अधुरै रह्यो। प्रतिक्रियामा ‘अब सजाय भोग, या अल्लाह हु अकबर’ फोन काटियो।
नोकियाको सस्तो सेटको ब्याट्री निकालेर हुर्यायो। सिम कच्याककुचुक पार्यो। सम्भावित दुर्घटना बुझेर हाम्साका बाउले नाइकेको खुट्टा समायो याचना मिश्रीत शब्दहरु सहित। लात हानेर हुत्याइदियो नाइकेले। ‘गद्दारहरुलाई माफ हुँदैन।’
पाँच सात धुले केटाकेटिहरुले पल्लो घरको पर्खाल नजिकबाट रमिता हेरिरहेका थिए। त्रासले ढाकिएका अधबैँसे इराकी पुरुष–महिलाका केही जोर आँखाहरु हाम्साका घरतिर केन्द्रित थिय। एउटाले पुलिसको कन्ट्रोल नंवरमा फोन हान्यो। फोन व्यस्त आइरह्यो। जब कन्ट्रोल नंबरपनि मोबाइल नै हुन्छ, के आशा गर्ने?
‘हाम्रो महान देश, अल्लाहको प्रिय भूमि इराकको शत्रु अमेरिकी शैतान र बिदेशी शैतानका निम्ति काम गर्ने गद्दारहरुले यही सजाय भोग्नुपर्नेछ। हेर राम्ररी हेर कायरहरु, अमेरिकी डलरमा अन्धो बनेका शैतानहरुले भोग्नुपर्ने सजाय……..अल्लाह हु अकवर बिस्मिल्लाह हु रहेमानो रहिम’
नाइकेको इशारासँगै चारवटै थ्रि नट थ्रि चले। अल मन्सुरको बतासमा फेरि गोलिको आवाज चलिरह्यो। आँगनको बालुवा रगतको आहालमा रातो बन्यो।  रमिता हेरिरहेका केटाहरु कहालिएर चिच्याउदै भित्र पसे। हेरिरहेका केही जोर आँखाहरुले फेरी अल्लाहलाई पुकारे।
रहिमको लाश हजुरआमा माथी घोप्टियको थ्यो। गोली मकै पडकियझैं बर्षियका थिए त्यसैले कति गोली लागे होला भन्नु सान्दर्भिक छैन। दर्जनौ मान्छे ठहरै पार्न एउटा राइफल पर्याप्त मानिन्थ्यो, यहाँ अढाइ वटा मानवजीउमा चारवटा हतियार वर्षिए। बुढो घोप्टीएको थ्यो भुँइपट्टि गाडीएर। सेतो दिसदासा हुनाले रगतले बढी लतपत उही देखियो।
‘खबरदार! त्यो शैतान नआउन्जेल कसैले यी लाश उठाउला? त्यसले यी हेर्नैपर्नेछ……अल्लाह हु अकबर…..’ नाइकेले  चर्को स्वरमा टोलतिर फर्किएर भन्यो र कालो कपडाले अनुहार ढाक्यो। कालो रङको दुब्लो कुकुर देखियो दृश्यमा। आलो रगतको गन्धले त्यो  कताबाट शुरु गरुँ भन्नेमा अन्योलग्रस्त देखियो। बुढी र नातिको बगेको रगत चाट्न थाल्यो। कुकुरको जिब्रो चल्दा वातावरणमा च्यापच्याप सुनियो। बतास चलिरहेकै थ्यो। उडेर आयको बालुवा रगतको सतहमा बसेर बाक्लो बनाइरहेको थ्यो। आलो रगतबाट बाफ उडिरहेको थ्यो।
मोटेले एम नगरी ट्रिगर दबायो। बुढी र नातीको रगतमा कुकुरको मिसीयो। लुते कुकुरको दुब्लो भुँडी छेडेर तिन गोली रगत सहित बाहिरिए। टाउकैमा लागेको चर्को गोली भित्रै अडकियको हुनुपर्छ। कुकुरको प्राणले जीउ छाड्दा ‘घड्याक्क’ आवाज आयो। कुकुरको र मान्छेको रगतमा फरक देखियन।
चार लाशहरु साँझ हाम्सा अल मुतन्ना नआउन्जेल आँगनमै रहे। गिद्धहरु नजिकै बसेपनि खाने आँट गरेनन्। अल मुतन्नामा मृत्युको मौन संगीत बजिरह्यो। केटाकेटी घरबाहिर देखिएनन्। बयस्कहरुले पनि आफुलाई घरभित्रै कैद राखे। न कन्ट्रोल नंबरमा फोन लाग्यो न प्रहरि नै आयो।
शुक्रबार विहान फारुकलाई चोर बजारबाट मोवाइलमा फोन आइरह्यो। दामस्कम पुराउने पिकअप ड्राइभरले हकार्यो फारुकलाई। इराकमा जसले जल्लाई हकारेपनि हुन्छ। हाम्साको मोवाइलमा घण्टी त गइरहेको थ्यो तर कसैले उठायन। ट्रिप रद्द भएपनि पैसा तिर्नुपर्ने धम्की दिइरहेको थ्यो  पिकअप वालाले। दुइ नबज्दै फारुक हाम्साको घरतिर हिड्यो। मोवाइलमा घण्टी जान छाडीसकेको थ्यो। प्रतिक्रियामा एशिया सेलकी इराकी महिला अपरेटरले मोवाइल स्वीच अफ गरिएको छ भनी।
मलाई त्यतिबेला असाध्यै दुख लाग्यो, जब मैले कुरै गर्न नपायको, सेतो स्कार्फले कपाल ढाक्ने राम्रि इराकी केटी हाम्साले आत्महत्या गरि। अग्लो गोदाम भित्रको एयरकण्डिशन बिनाको कम्प्युटर कक्षमा डाटा इन्ट्री गरिरहने हाम्साको परिवारमा कोही बाँकी रहेन। युद्ध शुरु गर्छन पाजी जर्ज बुश र सद्दाम हुसेन, मुल्य हाम्साहरुले चुकाउनु पर्ने? यो अन्याय हो। धेरै दिनसम्म गोदाम पहिले जस्तो रहेन। फारुक जागिर छाडेर बासरातिर गैसकेको थ्यो। गोदाममा सामान लोड–अनलोड गर्ने इराकी केटाहरु मेसहल जान छाडे। पुलिस र सेनाले कसरी आफ्नै नागरिकको बारेमा आपराधिक समुहहरुलाई सुचित गरेर बदला लिन्छ भन्ने इराकमा देखें। युद्धले मान्छेलाइ मान्छे बनेर बाँच्न नदिँदो रहेछ।
‘अल्लाह हु अकबर’ तर मलाई लाग्दैन अल्लाहले कहिल्यै हाम्साजस्ता आममान्छेलाइ दण्डित गर्दा हुन्। हाम्सा र परिवारको हत्याले कुनै खबरपत्रिकामा ठाउँ पायन। इराकभित्रै त यो समाचारै होइन।
हाम्साको कथा कुनै दिन लेखियला कहीँ? इराकमा कुनै दिन शान्ति आउला र हाम्सालाइ कसैले सम्झेला? किन मृत्यु यति सस्तो र अपमानित बनेको छ बगदादमा?
सिनेमातिर कुनै दिन फर्कियँ भने हाम्साको कथा मैले भन्नै पर्छ। इराकमा घटिरहेका क्रुर घटनाक्रमहरुले म मा सिनेमा तिर फर्कने तिब्र सोँच ल्याइरहेका थिय। मारिनलाइ दैनिक बगदाद वरपर सयौं इराकीहरु मारियको आँउथ्यो र वेशभित्रैपनि मरिरहेका हुन्थे तर हामसाको मृत्युले धेरैदिनसम्म मलाई पिडित बनाइरह्यो।
गोदाममा काम गर्न मन लागेन। जोनथनलाई इमेल लेखें। लिवर्टी सार्यो।
क्रमश……
my first project -Kambakht Bollywood
बितेको हप्ता ब्यस्ततामा बितेपनि रमाइलो भयो। ३ मिनटको छोटो फिल्म बनाउनुपर्ने थ्यो कलेजको प्रोजेक्ट अन्तर्गत। अभिनय र एनिमेशनमा बाहेकका डाइरेक्सन, सिनेम्याटोग्राफि, एडिटिङ, साउण्ड र प्रोडक्सनका बिद्यार्थिले अनिबार्य बनाउनैपर्ने प्रोजेक्ट थ्यो यो। पालना गर्नुपर्ने संबिधान सहितको एसाइन्टमेन्ट इमेलमा आयो। कलेज क्याण्टिनमा खाजा होस या लञ्च अथवा मसला चाय र आइस कफि पिउँदै गर्दापनि बिद्यार्थिहरु आफ्ना सम्भावित कथाबस्तु/बिषय खोज्नमा तल्लिन थिय । मैले पनि नजिकैको पहाडतिर हेर्दै खै के को बारेमा बनाउनेहोला भनेर सोँच्दै थियँ क्याण्टिनमा, ग्रप बी को मोटे साथि सिरि आयो र भन्यो ‘चल दम मारतेँ हेँ बाहर’। म उतिर फर्कियँ र भनेँ ‘not now man, we will go later, you know, we have to think about 3 minute project’
मोटेले पेट कन्याउँदै मलाइ भन्यो ‘अरे तेरेको क्या दो महिनेमेँ सत्यजित रे बन्नेका हे रे क्या….अन्नाने बोला ना, चल दम मारते हेँ, बडावाला गाँल्ड फ्लेक लियला हे अपुन ने’
‘बट प्रोजेक्टका…?’
‘अरे मेरा बाप…उसका भी काम भारि करेङगे यार’
मोटे मेरो पहिलो दिनमा बनेको साथि थ्यो कलेजमा। उ मुम्बइमै जन्मियो, हुर्कियो, बढयो, ग्राजुयशन सक्यो र अहिले सिनेमा कलेजमा सिनेम्याटोग्राफि सिक्दैछ। उमेरमा म भन्दा चार बर्ष कान्छो हो पाजी!
हामि कलेजबाहिरको रिलायन्स मिडिया हाउसको चौरमा उसको मोटरछेउ उभियर दम मार्ने काम भयो। चुरोट तान्नुलाइ दम मार्ने भनिँदो रहेछ। लञ्च गर्नुपर्यो भने ‘चल चामल या चपाति टप्का डाल्ते हेँ’ । मैले यो मुलाले मेरो अगाडि भाइगिरि देखायको होला भन्ठानेको भ्रमपनि हटेको थ्यो जब एकदिन चपाति टप्का डाल्दै गर्दा उसलाइ आमाको फोन आयो घरबाट। खै आमाले के भनिन थाहा भयन तर यसले ‘बस बोलदिया ना, ज्यादा मचमच मत कर माँ, अपुन बच्चा तो नहि हे ना, क्या घिसिपिटि करेली हे रे बाबा’ भन्यो। आमाको अन्तिम संवाद सुनियो ‘अपनेको कुछ लोचा नहिँ मङता सम्झा ना छोटे’!
अब के भन्नु, यसको त घरमै भाइगिरि चल्छ झैँ लाग्यो। आमाका संवादपनि सानोतिनो डन भन्दा कम्तिका थियनन। सिरिले एक शनिवार बोरिवलिस्थित उसको घरमा खाना खान जाउँला भनेको थ्यो, मैले एक महिना जिम गरेर मात्र जाने योजनाले अहिले स्थगित राखेको छु प्लान। जीम जान शुरु गरिसकेको छु कलेजमा। मुख्य बिषयतिर फर्कौँ।
मलाइ बनाउनु थ्यो सानो फिल्म, बिषय भेटाइरहेको थिइन के बनाउँ के बनाउँ? फिल्म मेकिङको राम्रो टेक्निकल ज्ञान नभै गम्भिर बिषय नउठाउने सोँचेको थियँ, नत्र जे पाइ त्यहि बनायर पनि दर्शकबाट रामधुलाइ खाने सम्भावना बलियै हुन्छ। कमेडि बनाउँ भन्दैमा खगेन्द्र संग्रौलालाइ हाँस भनेर भयन। दुइ दिनजति बिषय खोज्न स्लम एरियातिर टहलियँ कलेज जाँदा र फर्किँदा तर भन्दाबित्तिकै कहाँ के मिल्छ र बाबु! शुटिङ शुरु हुन तिन दिन बाँकि थ्यो । स्क्रिप्ट लेखेर बुझाउनुपर्ने बेला भैसकेको थ्यो, मैले सिरिलाइ क्याण्टिनमा सोधेँ ‘मेरो फिलिममा खेल्छस मोटे?’ उ झस्कियो।
‘सब्जेक्ट क्या सोँचेला हे? बोले तो टाइटल क्या हे?’
‘कम्बख्त बलिउड’ मैले भनेँ। उ हाँस्यो।
‘क्या बात हे….चल स्टोरि सुनिच्लेते हेँ’
मैले स्टोरि भनेँ। तिन मिनटको बनाउनलाइ त्यति धेरै शटहरु खिच्नु त नपर्ला तर स्टोरि नै देखियन भने पनि झ्याउ नै हुन्छ भन्ने थ्यो मनमा। मोटेले हुन्छको स्विकृति दियपछि मैले त्यहिसाँझ सामान्य स्क्रिप्ट लेखेँ र शट बिभाजन गरेँ। दुइटा शटमा जेस्सिलाइ खेल्न भने, उ राजी भइ(एडिटिङ गर्दा जेस्सि खेलेका पार्टहरु उडाउनै पर्ने भो समय नपुगेर, फिल्म हेरेपछि केहिबेर जेस्सि ठुस्स परि तर बाल नदियपछि ठाउँमा आइ) सिरिलाइ मुख्य पात्र लियर मैले पहिलो छोटो फिल्मको शुट गरेँ कलेज हाताभित्र । सिरिको बोलिचालि र हाउभाउले मलाइ त्यो कथा फुरेको थ्यो, एउटा शटमा मैले उसलाइ कट्टु मात्र लगायर एक्सरसाइज गरेको देखाउन खोजेको थेँ, पेट सबैले देख्छन र मोटि केटिहरु पनि आफुबाट भडकेलान भनेर उसले मानेन, गञ्जिमा शट खिचियो। अर्को दिन कलेजकै एडिटिङ ल्याबमा एडिट गरेर हेरेपछि फिलिम त फिलम पो बनेछ। नेपालाँ भय मैले नि ‘मेरो सिनेमा नारि संवेदनामा आधारित, गणतन्त्रवादि धारको, सबै मसला हालियको र नेपाली दर्शकलाइ ध्यानमा राखेर’ बनाइयको फरक खालको सिनेमा हो भन्दो हुँ यहाँ त्यो कष्ट उठाइरहनु परेन। सिनेमा त तोरि नै बनेछ तर सिरिको एक्टिङ गजबको थ्यो।
कथा अनुसार, मुम्बइको एक सामान्य भारतिय युवा बलिउडका सिनेमा हेर्दै हुर्कन्छ र सिनेमामा देखाइने सञ्जय दत्त टाइपको भाइगिरिले उसमा प्रभाव पार्छ। उ खुबै सिनेमा हेर्छ तर पछिपछि उसलाइ भाइगिरि नभयका सिनेमाहरु मन पर्न छाडछन। अन्त्यमा उ आफैले सिनेमा बनाउने निर्णय गर्छ र अर्को एक बास्तबिक भाइ (दुबइतिर बस्ने दाउद टाइपको)लाइ फाइनान्सका लागि फोन हान्छ र ‘काला माफिया’ भन्ने सिनेमाको निर्देशन गर्छ र सिनेमा सकिन्छ । तिन मिनटको छोटो फिल्ममा धेरै देखाउन सम्भव भयन। खिचेका शटहरु बिग्रेपनि र Final Cut Pro चलाउन नजानेरै एडिटिङ गरेपनि एउटा प्रयाश गरियो । अनुभव रमाइलो रह्यो।
केहि दिनमा मैले ‘कम्बख्त बलिउड’ फेसबुकमा या यहिँ रिलिज गर्नेछु। यसपालि फ्रेशमेन समुहका बिद्यार्थिका छोटा फिल्म सुभाष घइले 1 to 1 बेसिसमा हेर्ने भयका छन, मेरो हेरेर ‘तु तो पुरा भाइगिरि करेला हे रे बाबा’ भनेमा के भन्ने हो खै। मैले बनायकोमा साथि खेलेजस्तै म पनि तिनवटा अरु छोटा फिल्ममा खेलेको छु कलेजका। ति बिस्तारै रिलिज हुनेछन फेसबुकमा।
मरवायगा क्या ये कम्बख्त बलिउड !
Photo: Google
Mumbai Life and School
म धेरैबर्षपछि यसरि रेगुलर कक्षामा जाँदैछु । सिनेमा कलेज स्वभावैले ‘ट्रेडिशनल कलेज’ हरुभन्दा फरक हुन्छ। प्राय मान्छेहरु बिन्दासै हुन्छन। रचनात्मक आइडियाहरुका बारेमा घोत्लिन्छन र सप्ताहन्तमा रमाइलो गर्छन। कलेजको जीवन अत्यन्त ब्यस्ततामा बितिरहेको छ। समयमा बुझाउनुपर्ने एसाइनमेन्ट र लोकेशन स्टडीका बारेमा म कोठामा काम गरिरहेको हुन्छु। यो हप्ता हाम्रो पहिलो प्रोजेक्ट शुरु हुनेछ जहाँ हरेक बिद्यार्थिले तिन मिनटको छोटो फिल्म बनाउनुपर्नेछ। म घोत्लिँदैछु मध्यरातमा। सिनेमा मेकिङको एउटा प्रोसेस हुँदो रहेछ। तिन मिनटको फिल्म बनाउँदा पनि बजेटिङदेखि, लोकेशन र आवश्यक लजिस्टिकका बारेमा प्रोसेस पुरायर काम गर्नुपर्ने नियमहरु छन। अंग्रेजी र हिन्दि सिनेमा हेरेर सकियपछि आउने क्रेडिट टाइटल देख्दा लाग्थ्यो, यति धेरै मान्छेले एउटा सिनेमा बनाउन काम गरेका होलान र? तर सिनेमा मेकिङ टिमवर्क हो, सबैलाइ थाहा भयकै कुरा हो तर सबैलाइ जिम्मेवारि बाँडेर उत्कृष्टहरुबाट उत्कृष्ट काम लिनसक्नुपर्दो रहेछ।
सिनेमा मेकिङमा एउटा स्पट ब्वाइको पनि भुमिका महत्वपुर्ण हुन्छ। सुभाष घइले कक्षामा आफ्नो अनुभव बताय, एकपल्ट उनि निर्देशक महेश भट्टलाइ भेट्न भट्टको शुटीङ स्पटमा पुगेका रहेछन साँझ, शुटिङ शुरु भैसकेको रहेनछ। भट्टले टिमलाइ आज शुटिङ गरिने सिन/शटहरुका बारेमा बताउँदै रहेछन र त्यहाँ ध्यान दियर सुनिरहनेमा स्पट ब्वाइदेखि लाइट असिस्टेन्टसम्मका रहेछन। अर्थ के रहेछ भने, टिमका सबैलाइ यदि निर्देशक आफुले चाहेको के हो भनेर बुझाउन सक्यो भने टिममेम्बरले त्यसै अनुसार काम गर्दा रहेछन। स्पट ब्वाइको काम चिया बोक्नुमात्र हो भन्ने ठान्ने भए भट्टले किन कथा सुनाइरहँदा हुन र? सिक्नुपर्ने तथ्य के देखियो भने, टिममा रहेका सबैको भुमिकालाइ बुझ्नुपर्छ र मात्र सफल सिनेमा या कार्यक्रम बन्छ।
घइ आफैले ‘यादेँ’ को शुटिङ गर्न लण्डनमा शुटिङ लोकेशन खोज्न जाँदा भयका अनुभवहरु सुनाय।
घटनाहरु सधै भैरहेका हुन्छन। अहिले म फ्लाटमा नेदरल्याण्डकि जेस्सि र जर्मनिकि लिण्डासँग बसेको छु। उनिहरु कुल छन। कहिलेकाँहि सँगै अटोमा गइन्छ नत्र प्राय मलाइ गोवाको साथि नायकले पिकअप गर्छ। खाना बनायर कहिले खाइयन, यहाँपनि खाइयको छैन। कलेजको क्याण्टिनमा खान्छु, बाहिरपनि। सिनेमा मेकिङका हरेक बिधाको बारेमा ब्यवहारिक जानकारि दिने कक्षाहरु चलिरहेका छन। यहाँ आउने मेरो निर्णय सहि थ्यो या थियन, भविष्यलाइ छाडिदिउँ तर कम्तिमा सिकेपछि काम गर्नुको मजा बेग्लै हुन्छ। आफ्ना जायज सपनाहरुपनि पछ्याउन सकिन्न भने के बाध्यताको जिन्दगि बाँच्नु? प्रयाश त गर्नुपर्छ यार! संसारमा सबैलाइ खुसि पार्न सकिन्न तर बिना आलोचना बाँच्छु भन्नु वाहियात हो। बुद्व आज भैदियका भयपनि उनलाइ अरुका छोरि बिगारेको आरोप लाग्दो हो। खैर, मैले आफुलाइ बुद्वसँग तुलना गर्न खोजेको हैन। गरेमा पनि आपत्ति कल्लाइ होला र?
काठमाडौमा छँदा लाग्थ्यो, कत्ति पानि परेको भाइ? तर मुम्बइ आयदेखि दैनिक पानि परिरहेको छ। यहाँ सधै रुझेर हिँडन डर लाग्छ। यहाँ बिरामि भैयो भने झ्याउ हुन्छ। उद्देश्य बोकेर यात्रामा हिँडेपछि स्वास्थ्यको पनि ख्याल गर्नुपर्दोरहेछ। फेरि एकपल्ट म बिद्यार्थि जीवन बाँचिरहेको छु तर यसपालि आफुले रोजेको यात्रामा। नयाँ ठाउँ, नयाँ अनुभव। मलाइ एकपल्ट रुवाण्डा र कंगो जान मन लागेको छ। मोरक्कोका सामुद्रिक तटमा बसेर सुर्यास्त हेर्न मन छ अनि पेरिस पुगेर फ्रेञ्च वाइन पिउन मन छ। आशा राख्नुपर्छ, सपना देख्नुपर्छ। पुरा हुने भयरै सपना देखियका हुन्छन। छाडेर गयकी प्रेमिका त फर्केर आउनेछिन भन्ने सपना देखेको छु मैले भने, बाँकि त सामान्य हुन। दुनियाँ केवल ‘इल्युजन’ हो भन्नेहरु झन ठुलो भ्रममा बाँचेका हुन्छन, मेरो अनुभव हो यो। दुनियाँ भ्रम हो भनेर जबर्जस्ति साधु बन्नु भन्दा भ्रममै बाँच भाइ! समय र काल नआइ मान्छे मर्दैन। बुद्वि र बिबेक पनि आउने समयमै आउँछ। जबर्जस्ति ‘इन्टेलेक्चुअल’ बनेको भ्रम पाल्नुपनि इल्युजन नै हैन र? कसैका इमेलको प्रतिउत्तर नदियर या यस्तै यस्तैले इन्टेलेक्चुअल बनाउँछ भने, बाँच भाइ इन्टेलेक्चुअल लाइफ !
एक साँझ जेस्सिले भनि ‘दिउँसो आयको इण्डियन प्लम्बरले मेरा बुब्स(Boobs) छुने प्रयाश गर्यो’ अब मैले यसमा के भन्न सक्छु ? बुब्स जोगायर राख, धेरै नजिक नजाउ, यहाँ त यस्तै हो नानु भने। समस्या भय कतै कम्प्लेन गर तर तिम्रा बुब्सको समस्याबाट मलाइ पर राख। प्लम्बरकै स्थानमा त म के पुगुँला र तर मान्छे हो फलाम त हैन नी? जेस्सिकै बुब्सका बारेमा प्लम्बरलाइ भिलेन राखेर छोटो फिल्म बनाम कि भन्ने नसोँचेको त हैन तर कलेजले लात हान्ला भन्ने पनि सोँच्नुपर्यो, त्यसपुर्व प्रस्ताब राख्दाबित्तिकै जेस्सिले नै झ्यालबाहिर फाल्ने सम्भावना नकार्न सकिन्न ।
anyway, यसलाइ यतै छाडौँ । फेरि नेपाल हो, यसैका आधारमा म माथि प्रतिबन्ध लाग्न बेर छैन। ओहो तँलाइ कस्तो ठानेको/ठानेकी थियँ तँ त यस्तो पाजी रहेछस भन्नेहरुलाइ उत्तर फर्काउनु, फाइदा नहुने सानोतिनो उद्योग चलाउनुभन्दा कम हैन । कष्ट नउठाउँ !
आउँदा दिनमा मैले सिनेमामा रुचि भयका साथिहरुका निम्ति सिनेमामेकिङका केहि ब्यवहारिक पक्षका बारेमा लेख्नेछु ।
अहिलेलाइ राम राम !
Photo: Google
यात्रा, पर्खाइ र सम्झनाहरु (कविता)
लामो यात्रापछि,
अन्नपुर्ण टाकुराको चिसो ढुङगामा बस्दा
ठिहिराउने जाडोबिचपनि पसिना झरिरहे
छाताको आडमा उकालो काटिरहँदा
परपरसम्म देखिने हरिया पहाडहरु
आकाशको निलो बादल र उडिरहेका चराहरु अनी
कानमा बजिरहेका गीतहरुबिचपनि
तिम्रो सम्झना घरिघरि आइरह्यो
अस्पतालको बेडछेउ बिरामी आमा कुरिरहँदा
मध्यरातमा धोबिखोला उस्तै बगिरह्यो
अनिँदा आँखासहित यताउता गरिरहेका मान्छेहरु
कहिलेकाँहि झुल्किने डक्टर र नर्सहरु अनि
औषधि बोकिरहेका चिन्तितहरु हेरेँ
त्यहाँपनि तिमि सम्झनामा आइरह्यौ
नर्सहरु जब आउँथे, झस्किरहेँ म
तिम्रो सम्झनाबाट भाग्ने असफल प्रयास मेरो
बतासले बल्झाइरह्यो
समयको दुरिले म केहि भन्न नसक्ने भयको छु
तर एउटा बिहानी आउनेछ
जब तिमि सांसारिकता भोगेर
तथाकथित आदर्शहरुको खरानी बिसर्जनपछि
फर्कनेछौ मतिर
तिम्रो त्यहि पुरानो प्रेमी
तिम्रा हात समातेर हिँडनेछ खोजीमा
एउटा बासको
जहाँ बाँकि थोरै दिनहरु प्रेममा बिताउन पाइयोस
म त्यहि शित पर्ने बिहानी पर्खिरहेछु
(केहिदिनअगि म्याग्दिबाट फर्कँदा बाटोमा पर्ने घोडेपानी टाकुरामा कोरियको कविता)
The Karate Kid & Raajneeti
ए मेरा प्यारा निर्माताहरु यो सिनेमा हैन यार! समयसँगै हाम्रा कथा किन बदलिन सकेनन?किन अहिलेपनि हाम्रा कथा धनी केटि, गरिब केटो, भिलेन दाइ या बाउ, बन्दुक र काठका रिभल्वरमात्रै? मैलेपनि प्रेम गरेको छु, बिछोडियको छु, कुटाइ खायको छु तर कहिल्यै मेरो संभावित ससुराले AK-47 ले ताकेनन मलाइ कौसिबाट न त उनि केहि भुसतिघ्रे मम खञ्चुवाहरु लियर मेरो घर आगो लगाउन नै आय। सिनेमा हो भन्दैमा यथार्थतालाइ बालै नदिने ?
प्रकाश झाको ‘राजनीति’ कथाबस्तुमा कमजोर भयपनि सम्पादन र संवादमा ठिकै छ। पाँच मध्ये दुइ स्टार दिन्छु म।
मणी रत्नमको मन परेको सिनेमा ‘दिल से’ पनि थ्यो कुनै बेला, कारण यो थोरै भयपनि अफबिटको थ्यो। म मात्र हैन धेरै सिनेमाप्रेमिहरु मणीरत्नमका सिनेमाको प्रतिक्षा गर्छन। ‘रावण’ को सबैभन्दा झुरेष्ट पक्ष अभिषेक बच्चनको अभिनय हो। उनी राम्रा कलाकार होलान तर रावणमा’ बिरा’ को भुमिकाका लागि उपयुक्त थियनन। जबर्जस्ति कलाकार बन्दैनन। रावणको सबैभन्दा सबल पक्ष भनेकै सन्तोष सिभमले गरेको छायाङकन हो। सन्तोषले पहिले अशोकामा पनि निकै राम्रो छायाङकन कला देखायका थिय, रावणमार्फत उनि राम्रा छायाँकार हुन भन्ने प्रमाणित गरेका छन। मणी रत्नमको निर्देशन राम्रो छ, स-सानो कुरामा ध्यान पुरायको देखिन्छ। सम्पादन पनि ‘रावण’को अर्को ससक्त पक्ष हो। मेरो अनुमानमा रावणले ब्यापार औसत गरेपनि छायाङकनमा एवार्ड पाउने सम्भावनाचाहिँ छ।
विल स्मिथले निर्माण गरेको ‘द कराटे किड’ को राम्रो पक्ष भनेकै स्मिथका छोरा ज्याडेन स्मिथले गरेको गजब अभिनय हो। ज्याकि च्याङ जमेका छन । रेगुलर सिनेमा हेरिरहँदा मलाइ चाइनिज, थाइ, कोरियन र तमिल फिल्महरुले आकर्षित गर्छन । चाइनिज र थाइ प्राय कुच्चाउने कथा भयका सिनेमा हुन्छन तर तिनमा प्रयोग गरियको स्टन्ट र प्रविधी सधै मेरो चाखको बिषय रहँदै आयको छ। ति स्टन्ट खिच्न कतिवटा क्यामेरा, क्रेन या हेलिकोप्टर प्रयोग गरियको होला भन्ने जिज्ञाशा सधै छाउँछ सिनेमा हेरिरहँदा। सधै रुञ्चे कथा भयका सिनेमा हेर्दा आफै रोगि हुने डर हुन्छ, त्यसैले बेलाबखत ‘द कराटे किड’ जस्ता फरक सिनेमा हेर्दा हुन्छ। जुनियर स्मिथले यो सिनेमामार्फत उत्कृष्ट बालकलाकारको एवार्ड पाउने सम्भावना नकार्न सकिन्न। क्यामेरा र सम्पादन ठिकैठिकै छ। निर्देशन राम्रो छ। कमजोर पक्ष सम्वाद लाग्यो।
अरुले बनायका सिनेमामा कमेन्ट, रिभ्यु गर्न सजिलो छ। भोलि आफुले बनाउने सिनेमा रणसंग्राम पार्ट टु या ‘तिम्रो माया पान सय, मेरो माया सात सय, जोडौ दुबै हुन्छ बार सय’ भन्नेजस्ता हुनसक्लान तर सपना देख्न पैसा लाग्दैन, देखेपछि राम्रै देख्दा के बिग्रियो र?
हाम्रा धुर्त नेताहरुले सधै तिन ‘स’ (सहमति, संवाद र सहकार्य) को उच्चाटलाग्दो भाषण ठोक्छन। मेरा लागि तिन ‘स’ सिनेमा, संगीत र साहित्य हुन। जसका लागि मैले कसैलाइ झुक्याइरहनु पर्दैन र राम्रो सपना देख्ने छुट हरकोहिलाइ छ। अरुका सपना बेचेर घर अगाडिको बाटो पिच पो गर्नु भयन !
सबैको मंगलम!
तस्विर: Google
Its Raining…. in Kathmandu
हिँजो ओम हस्पिटलको झ्यालबाट हेरेँ दिउँसो मिठो पानि परेको । यो पानिमा कानमा गित सुन्दै रुझ्नुको रमाइलोका बारेमा सोँच्दै थियँ । आमालाइ अस्पतालमा छाडेर पानिको रमाइलो उठाउन सकियन ।
एउटा गाउँ हुन्थ्यो। डोरा कट्टुमात्रै लगायर साइकलको पाङ्रा गुडाउँदै पानिमा रुझ्दै हिँडने पात्र मै थियँ । खेतहरु चिप्लिन्थे तराइका, अनि हामि चिप्लिने खेल्थ्यौँ । कहिलेकाँहि ठेस लाग्थ्यो। पानी दर्किरहन्थ्यो । गँड्यौला खोजेर बल्छिसहित माछा मार्न हिँडिन्थ्यो, माछा नपर्नु बेग्लै अनुसन्धानको बिषय हुनसक्छ। तराइको गर्मि अनि डोरा कट्टुसहितको जीउ, कालो हुन्थ्यो । आमा हकार्नुहुन्थ्यो ‘पानीमा नरुझ बाबु’ भन्दै। साँझ ज्वरो आउँथ्यो। आमा औषधि ख्वाउनुहुन्थ्यो प्रेमले ।
बुवाको मोजा अपहरण गरेर कागज हाली भकुण्डो खेल्दा बिश्वकप खेलेझै लाग्थ्यो। दशैसँगै लङगुर बुर्जा आउँथे। २-४ रुप्पे जितेपछि एकसाँझ म र साथि अर्को टोलमा लङगुरबुर्जा खेलाउन गयौँ । सबैले बुर्जामा थापे, डबल पर्यो, तिर्ने पैसा भयन, बिस रुप्पे लगानिमा उद्योग खोल्नु मुर्खता होइन र? राम धुलाइ खायर फर्कियो । दुइतिनदिनसम्म आमाले मालिस र तेल गर्नुपर्यो । त्यो रामधुलाइले फेरि लङगुर-बुर्जा उद्योग खोल्ने साहस पलायन। खेलेरै चित्त बुझाइयो।
काठमाडौमा पर्ने पानिले धेरै स्मृति बल्झाउँछ । यो हावा किन यति मिठो छ, यो मेरो ठाउँ किन सधै हिँडिरहुँजस्तो लाग्छ । मौसम परवर्तनले हिउँ पग्लन थालेपनि फुल फुल्न छाडेका छैनन। यो ठाउँ केहि समयका लागि छाडदैछु भन्ने सोँचले मलाइ झन यसैको प्रेममा पारेको छ ।  तर जीवनमा सधै पुराना बाटा हिँडिदैन, नयाँ बाटा खोजिन्छ। Fear of Failure हराइसक्यो । कहिलेकाँहि साना निर्णयहरुले जीवनको बाटो बदलिदिन्छन । पाउलोले कतै लेखेका छन- Small decisions may hold significant consequences सत्य यहि हो ।
आमालाइ हस्पिटलबाट डिस्चार्ज गरेपछि फेरि दिनचर्या शुरु भयका छन । रमाइलो जताततै रहेछ । अस्पतालका राम्रा नर्स हेर्नुको रमाइलोले मलाइ अस्पताललाइपनि नेपाल सरकारले, पर्यटक गन्तब्यको सुचिमा राख्नुपर्छ र युवा पर्यटक तानेर स्वदेशि मुद्रा भित्राउनुपर्छ भन्ने लागेको छ। भोला रिजालले आउँदा दिनमा आफना गीतमा यसबारेमापनि केहि लेख्लान, नभय अर्को गौँथलि गीतिकथा सिनेमा बनाउँलान ।
म गीत सुन्छु, नबुझिने युगाण्डन संगित सुनेँ राति, युगाण्डाको साथि थ्यो पहिले, हार्ड ड्राइभमा उसैले दियका गित भेटायँ, बजायँ । लाइब्रेरिका लागि जम्मा भयका पुस्तकहरुको चाङ हेरेँ, केटाकेटिले पढने हनुमान कथाको पुस्तक देखियो, बाथरुम पसेर तिनटा कथा पढेँ । ती पुतलिका कथाले पनि रमाइलै गराय ।
सपनामा क्यालिफोर्नियाँ पुगेको देखेँ । गोल्डेन गेट ब्रिजनिर चिनेकि केटि देखिइन रातो टिशर्टमा,… कुनै समयमा उनलाइ मैले प्रेमिकाका रुपमा चिन्थेँ everything is impermanence को सिद्वान्त अनुसार उनले मलाइ impermanence बनाइन । सपनामा भयपनि देखिइन, धन्यवाद त दिइन तर खुसि नै लाग्यो ।  उनले permanence बनायकी भय म मुम्बइ कसरि जाँदो हुँ, गोडा दुइको पिताश्री बनिसकेकि हुँदो हुँ, सम्भावनाका कुरा हुन, माइन्ड नगरियोस । तातो रिसले राम्रो गर्दैन।
देशको सिमाना काटेर जान त थुप्रै देश पुगेँ । युद्व र समृद्वताका शहरहरु घुमेँ । कहिँ राजकिय सम्मानका साथ बसेँ , कहिँबाट लात खायर निकालियँ । इराकबाट बिना भिसा टर्कि जाँदा आधा घण्टाभित्र मेरा सामु दुइटा बिकल्प तेर्साइय टर्किस अधिकारिहरुद्वारा । पहिलो पैसो छ भने टिकट काटेर आफ्नो देश या अम्रिका जाने (अम्रिकाको भिसा पासपोर्टमा हुनाले) कि टर्किको जेलमा बस्ने, गोजी हेरेँ के के किनौला भनेर राखेको आठसय डलर रहेछ । दोस्रो बिकल्प थ्यो, टर्किको जेलको आनन्द लिने । पहिलै रोजेँ । आनन्द लिन मन नलागेको त होइन तर समय उपर्युक्त थियन ।
छ घण्टा सुतेर उठ्दा टर्किश जहाजले दिल्लिमा झारिसकेको थ्यो।
मेरो अनुभवले भन्छ अस्पतालजस्तै जेलपनि आनन्ददायक ठाउँ हो । अस्थायि समयका लागि आनन्द लिन। जेलको एकान्तता कहाँ बाहिर पाइनु । नेपालका जेलमा परेको अनुभव नभयकोले माफ गरियोस। नेपालका जेलमा जाँदा हाटबजार गयको अनुभव हुन्छ भन्ने कुरा बरिष्ठ जेल बिषेसज्ञ चक्रे-मिलनले बिभिन्न अन्तर्वार्ताहरुमा बताइसक्नुभयको छ ।
पानी परेको यो मौसममा तपाँइलाइ भिज्न मन लाग्दैन र ? ब्यवहारिक र परिपक्व बन्ने भ्रममा तपाँइ अराजक बन्दै हुनुहुन्छ ।
मेरो आग्रह यत्ति हो, रचनात्मक अराजक बन्नुहोस । यस्तो बन्न पानी परेको बेला निर्वाध भिज्नु जरुरि छ ।
सबैको मंगल होस ।
Photo: Google