December 12, 2008 - 1:28 am
-SateLite
नेपालको राजनिति क्रमश: अतिवादतर्फ अगाडि बढ्दै गएको छ । नेपालि राजनितिका प्रमुख तिन खेलाडिहरुमध्ये काँग्रेश र मावोवादिहरु अतिवादका प्रवर्तक बनेका छन भने एमालेको ढुलमुले निति कायमै छ ।
एमाले कहिलेकाहिँ कांग्रेस र मावोवादिबिचको द्वन्दलाइ चर्काएर फाइदा लिने मनस्थितिमा देखिन्छ तर एमालेसँग केहि गर्नलाइ आँट छैन । उसको ढुलमुलेपन
आजको होइन । नेपालि राजनितिलाइ नियालेर हेर्ने हो भने एमालेको स्थान शहरमा चिनिएकि बेश्यासरह छ । मन लाग्दा ब्याभिचारि पुरुषहरु जान्छन र शरिरसँग खेल्छन केहि आशा र पैसाको जालो फालेर तर ति बेश्याको महत्व ति ब्यभाचारिहरुलाइ पटक्कै हुँदैन किनभने एउटि नभेटिए अर्कि । हो, अहिलेको एमाले, कांग्रेशको लागि त्यो बेश्या जो बिगतमा जतिबेला सत्ताको तर आफुसँग थियो त्यतिबेला एमाले आफुसँग थिइ तर अहिलेकि एमाले प्रचण्डकि बेश्या भएकि छिन । कतिबेर प्रचण्डले प्रयोग गरेर छाडिदिनेहुन अनि एमाले जाने भनेको उहि पुर्वग्राहक काँग्रेशसम्म नै हो नत्र पर्दामा मधेसि जनताको अधिकारको नाममा निकै कुटिल मनशाय बोकेका ह्रिदेश त्रिपाठि देखि महन्त ठाकुरसम्मपनि छन जो केवल धम्किको भाषा बोलेर आफ्नो पद आजिवन जोगाइराख्न चाहन्छन । अर्का उपेन्द्र यादवको गुट छ जसमा कार्यकर्ताभन्दा नेता धेरै छन र कहाँबाट सञ्चालित छन भन्नेकुरा स्वयं यादवलाइपनि थाहा नहोला किनकि प्रत्येक नेताका फरक फरक धारणा आँउछन एउटै बिषयमा पनि ।
मावोवादिको १३ बर्षे क्रान्तिकारि इतिहासको साख अहिले सत्तामा पुगेपछि बिस्तारै ओरालो लाग्दै छ । छाडा कार्यकर्ता र वाइसिएलको समुह नेतृत्वकालागि घाँडो बनिरहेका छन । अशिक्षितहरुको यो जमातले खेलाडि,ब्यापारि र बिध्यार्थिलाइ अपहरण गर्ने अनि कायरतापुर्ण हत्या गर्नेकाम जारि नै राखेका छन । मावोवादिको सरकारले केहि सकारात्मक कामहरु गर्ला भन्ने आशा राखेका जनताहरुलाइ बिना गृहकार्य गरिएका फिल्मि शैलिका सडकपसल बन्द,क्यासिनो र बारमा समयसिमा आदिजस्ता राम्रा प्रयाश तर निकै हलुकापाराले कार्यान्वयनमा ल्याइएका नियमहरुको उपहारमा चित्त बुझाउनुपरिरहेको अवस्था छ । (more…)