Archive for January, 2009

काठमाडौ बिमानस्थल र परिवर्तन

January 25, 2009 - 9:11 pm 3 Comments
तस्विर श्रोत: नेपालन्युज डटकम

तस्विर श्रोत: नेपालन्युज डटकम

नेपालन्युजमा प्रकाशित एउटा न्युज र तस्विरमा आँखा पर्यो । पर्यटन तथा उड्डयन मन्त्रि हिसिला यमि र राष्ट्रिय योजना आयोगका भाइस चेयरपर्सन डा. पिताम्बर शर्मा सोफामा बसेका छन । सन २०११ लाइ नेपाल पर्यटन बर्ष घोषणा गरियछ । कुरा राम्रो हो । सकारात्मकलाइ सकारात्मक भन्नुपर्छ । बिरोधकालागि बिरोध गर्नु उचित होइन । राम्रो उद्देश्यले परिकल्पना गरियको कामलाइ साथ र हौसला दिनु सबैको कर्तब्य हो । त्यसपछि फोटोमा काठमाडौँ बिमानस्थलमा नयाँ ट्रलि र ट्रलि कलेक्टरहरु राखिने कुरा देखाइयको थियो र केहि ट्रलि कलेक्टर दाजुभाइहरुले ट्रलिसहित फोटोको पोज दिइरहनुभयको थियो । (more…)

बरपिपलका पातहरु – कथा

January 24, 2009 - 10:00 am 2 Comments

लुना – बेल्जियम

१०८ वटा रुद्राक्ष मालाको जप सिद्वियपछी पण्डित बाजेले तुलसीकै मठ्को खोपी बाट सानो पुरानो ऐना झिकेर हेर्दै चन्दन टिका निधारमा लगाए । छेउमै उभिएकी पण्डितनी बज्यैलाई पनि लगाइ दिए । पण्डितनी बज्यै ले खुट्टा ढोगी दीइन, बाजेले ‘सौभाग्यवति भब’ आशीर्बाद दिय ।

कान्छा छोरा हरीशरण पिढींको खाटमाथि छाम-छाम, छुम-छुम गर्दै रेडियो मिलाउदै थिए , उनलाई पनि ललाटमा चन्दन टिका लगाइ दिए । बिहानी को पूजा कर्म सिद्दियो ।

तोरिको कून्युमाथि उल्टो पारेर राखेको मान्द्रो लाई आँगन मा फैलाय पण्डित बाजेले । “ओशीयछ शितले…, घामको तातो लागोस अनी फिजाम्ला कून्यु लाई …” पिढींमा रेडियो सुन्न बसेका छोरातिर हेर्दै पण्डित बाजेले भने । (more…)

‘पुच्छरसहितका मान्छेहरु’

January 23, 2009 - 10:14 pm 1 Comment

सडकमा छरियका टायरका अवशेषहरु
अघिल्लो दिनको बन्द बजार
फुटेका केहि सिसाहरुबिच
टायरको कालो धुलो र सिसाका टुक्राहरु पच्छ्याउँदै
उ बिद्यालयतिर जाँदैछ
उसका साना पैतालाहरुले धुलोमा टेक्दा
जुत्ताहरु कालाम्य भएका छन
सिसाहरुसँग आफैलाइ बचाँउदै हिँडिरहँदा
उ केहि ढिलो भएको छ
सानो पेन्सिल र कपि अनि केहि खाजा भयको
झोलामा हात पुर्यायर उ अडियो (more…)

स्नेह र प्रेमकि प्रतिमुर्ति -एउटि नेपालि आमाको जिवनयात्रा

January 22, 2009 - 10:01 pm 2 Comments

(यो लेख एन्टेना फाउन्डेसन नेपालको (www.afn.org.np) टेलिभिजन तथा रेडियो कार्यक्रम “मेरो जिन्दगी मेरो विश्वासबाट कान्तिपुरमा साभार गरिएको थियो र मैले २० जनवरिको कान्तिपुर दैनिकको अंकबाट साभार गरेको हुँ । राम्रो र सकारात्मक सामग्रि धेरै ठाँउबाट धेरै ठाँउमा साभार हुँदा रहेछन, सायद एन्टेना फाउन्डेशन नेपाललाइ यहाँ साभार गरिएको बारे जानकारि नहोला तर साभार गर्नुको तात्पर्य समाजमा रहेका कर्मयोगिहरुको जिवनबाट हामिहरुलेपनि प्रेरणा लिन सकियोस भन्ने उद्देश्य रहेको जानकारि गराँउछु -स्याटेलाइट)

(नेपालि जेलभित्र बाध्यताबश थुनिएका बालबालिकालाइ गास,बास,कपास, ममता र सबैभन्दा ठुलो कुरा शिक्ष्या आर्जन गर्न सघाइरहेकि एउटि ममतामयि नेपालि आमा (पुष्पा बस्नेत )को जिवन यात्रा)


पुष्पा बस्नेत

महाराजगन्जस्थित बालगृहमा एउटी चार वर्षकी फुच्चीले एकदिन भनी, ‘म त ठूलो भएपछि ममी बन्ने ।’ डाक्टर न पाइलट, ठूलो मान्छे न सफल मान्छे, त्यो सानी केटीमा ‘ममी’ बन्ने सपना कसरी टुसायो ? म एकछिन सोचमा डुबेँ ।
मनका पत्र केलाउँदै जाँदा मभित्र व्याप्त एउटा समवेदना भेटेँ, जसले म र २ देखि १२ वर्षका ती १९ जना केटाकेटीलाई बाँधिरहेको थियो । त्यो समवेदना थियो, ममताको समवेदना । सायद उनीहरूले मैलेजस्तै बुझ्न थालेका थिए, ममताको अर्थ ! (more…)

IBM, Toshiba हुँदै HP का कम्प्युटरसम्म

January 22, 2009 - 10:43 am 4 Comments
एकमहिना अघिसम्मको कम्प्युटर

एकमहिना अघिसम्मको कम्प्युटर

मैले 2005 मा IBM को सानो ल्यापटप कम्प्युटर किनेको थियँ । त्यसको हार्डड्राइभको साइज 80GB मात्र थियो । एकबर्षजति त्यो चलायपछि एकजना ताइवानि मित्रले किनेँ त्यो ल्यापटप $450 मा । मैले किनेको आधा मुल्यमा दियको थियँ । त्यसपछि मैले Toshiba को Satellite सिरिजको ल्यापटप चलायँ 2008 को शुरुवातसम्म अनि मैले Toshiba को Qasmio सिरिजको ल्यापटप किनेँ । प्राय:ले Vista Operating System मन पराँउदैनन तर Security को सन्दर्भमा मलाइ Vista नै ठिक लाग्छ । (more…)

‘जयहोस’ इन्द्र लोहनि तिम्रो ।।

January 19, 2009 - 12:23 am 2 Comments
स्व. इन्द्र लोहनि सन २००७ मा अमेरिकामा बोल्दै (दायाँबाट दोस्रो-कालोकोटमा)

स्व. इन्द्र लोहनि सन २००७ मा अमेरिकामा बोल्दै (दायाँबाट दोस्रो-कालोकोटमा)

इन्द्र लोहनिको भौतिक शरिर अब तपाँइ हामिबिच रहेन ।
एउटा खरो बोल्ने मान्छे, जो हाम्रो मन-मुटुमा प्रिय बनिसकेको थियो । जो एउटा निर्भिक र स्पष्टबक्तामात्र थियन तपाँइहाम्रा मनमा उठेका प्रश्नहरुलाइ नबङ्ग्याइ राजनितिक दलका नेताहरुका अगाडि राखिदिन्थ्यो ।
नेताहरु हच्किन्थे, नेपालि टेलिभिजन इतिहासको सर्वाधिक चर्चित ‘Talk Show’ भनियको ‘बहस’को निम्ता पाँउदा । साधारणतया, मिडियामा मुख देखाउन भनेपछि सबै बिर्सने हाम्रा अक्ष्यम नेताहरु इन्द्र लोहनिको ‘बहस’बाट बार्ह कोष पर रहन चाहन्थे, कारण स्पष्ट थियो, इन्द्र लोहनिका खरा प्रश्नहरुको सामना गर्न नसक्नु । (more…)

“मेरो जिन्दगी मेरो विश्वास”

January 16, 2009 - 1:54 am 1 Comment

यो लेख एन्टेना फाउन्डेसन नेपालको (www.afn.org.np) टेलिभिजन तथा रेडियो कार्यक्रम “मेरो जिन्दगी मेरो विश्वासबाट कान्तिपुरमा साभार गरिएको थियो र मैले १४ जनवरिको कान्तिपुर दैनिकको अंकबाट साभार गरेको हुँ । राम्रो र सकारात्मक सामग्रि धेरै ठाँउबाट धेरै ठाँउमा साभार हुँदा रहेछन, सायद एन्टेना फाउन्डेशन नेपाललाइ यहाँ साभार गरिएको बारे जानकारि नहोला तर साभार गर्नुको तात्पर्य समाजमा रहेका कर्मयोगिहरुको जिवनबाट हामिहरुलेपनि प्रेरणा लिन सकियोस भन्ने उद्देश्य रहेको जानकारि गराँउछु -स्याटेलाइट)

(तथाकथित तल्लो जातकि एउटि संघर्षशिल नेपालि महिलाको प्रेरणादायी जिवनयात्रा)

-रामरतीदेवी राम

म ४३ वर्ष पहिले पूर्वी तराईको चमार समुदायमा मजदुरी गरेर खाने परिवारमा जन्मेकी हुँ । चमार समुदायमा जन्मने-हुर्कनेहरूले गाउँमा हलिया बस्ने, सिनो उठाएर फाल्ने, जमिनदारका सुत्केरी स्याहार्ने जस्ता काम गरेर आफ्नो जीविका चलाउनुपर्थ्यो । अरूका लागि मरीमरी काम गर्दा पनि हाम्रो समुदायका मानिसहरू भोक, जाडो, गर्मी, गरिबी र अशिक्षाबाट सधैं ग्रस्त रहँदैआएका छन् । मेरो परिवारमात्रै होइन, चमार परिवारमा जन्मे-हुर्केका सबैको कथा-व्यथा उस्तै हो । (more…)

लोडसेडिङ र ग्राफिक डिजाइनिङ

January 14, 2009 - 2:40 am 2 Comments

भाइलाइ ग्राफिक्स डिजाइनिङ सिक्न लगायको थियँ बुटवलमै । कोर्स कहाँसम्म पुग्यो बाबु भनेर फोन गरेको, लोडसेडिङले प्राक्टिकल हुन पायको छैन, थ्योरिमात्रै भयको छ अहिलेको १६ घण्टे लोडसेडिङले भनेर दुख पोख्यो । मैले अरुपनि सोधेँ । अरु के छ त भनेर, उसले बिजुलि हुनु त निकै ठुलो कुरा रहेछ दाजु, अहिले बिजुलि नहुँदा यसले पारेका ब्यापक असरहरुले पो थाहा भयो, पहिलेको छिटफुट लोडसेडिङले यतिसारो बुझ्न सकेको थिइन, भन्यो । केटाकेटिहरुको बिद्यालयमा असर परेको छ । गल्लिमा खेलिरहेका देखिन्छन । अभिभावकहरुमा ब्यापक निराशा छ । तिनाउँ खोलाकिनारका उद्योगहरु आजबाट औपचारिकरुपमै बन्द भय रे । उद्योग त देशमै लगभग बन्दप्राय: भैसकेका छन । बिजुलि कतै छैन । तारेहोटलमा जेनेरेटरलेपनि बिजुलि बालिन्छ तर त्यहाँ बिदेशिहरुमात्र बस्छन । काम गरेर खान खोज्ने साधारण नेपालिलाइ काम गर्ने बातावरण पनि नहुनु कति बिडम्बना ? पैसा तिरेर बिजुलि बाल्न खोज्दा नपाइनु कस्तो दुखलाग्दो बिषय ! (more…)

सुख

January 11, 2009 - 10:18 pm 1 Comment

- कृष्ण पोखरेल ‘आकृति’

त्यो दिन म र मेरो जिबन सङ्गिनि सुमि ईटहरि जादैथियौँ ।

घर देखि अलिपर बस रोक्ने ठाउमा उकालो भएको ले सुमि अलि पर परिन र उनले उकालोमा ‘कालु’ भनी मलाई बोलाइन्, म पछाडि फर्कियँ । अनी म रोकियँ,

त्यति नै बेला एउटा रिक्सा लाई उकालो मा धकेल्दै रिक्सा चालक आयो अनी छेउ म एउटा सानो केटा पनि थियो, रिक्सामा ५ देखी ६ कुइन्टल सम्म सामान थियो होला, रिक्सा चालक् पसिनामा लुथ्रुक्क भिजेको थियो, र उसको अनुहार रातो भएको थियो । उको मुहारमा तिब्र थकान र गर्मि प्रष्ट देख्न सकिन्थ्यो ।

(more…)

‘सोँच’, ‘खोज’ र के. मिल्लरको ‘Blood Money’

January 9, 2009 - 3:32 pm No Comments

मैले हिँजो कर्ण शाक्यको नयाँ पुस्तक ‘खोज’ पढेर सिध्यायँ । २००५ मा उनको ‘सोँच’ पढेको थियँ । प्रभावित पारेको पुस्तक थियो । त्यहि प्रभावले हुनुपर्छ म युद्वग्रस्त बगदादका गल्लिहरुमा हिँडिरहँदापनि माइसंसार डट कमका उमेश श्रेष्ठलाइ आग्रह गरेर ‘खोज’लाइ इराकसम्म मगायँ ।

‘खोज’ नेपालबाट अमेरिका पुग्यो र युनाइटेड स्टेट पोष्टल सर्भिष ( USPS) हुँदै बगदादमा उत्रियो । धेरैदिन लगायर सिध्याँय । पढिसकेपछि केहिबर्ष अघि पढेको ‘सोँच’ र अहिलेको ‘खोज’को तुलना गरेँ, मिल्दै नमिल्ने अन्तर देखियो । ‘सोँच’ एउटा पठनिय पुस्तक हो भने ‘खोज’ भेटेमा पढ्दा हुने पुस्तकको श्रेणिमा राख्छु मैले । सकारात्मक कुराहरुको सँगालोमा घुमेको छ पुस्तक,पढुञ्जेल रमाइलै लाग्छ तर आशा अनुरुपको पुस्तकचाँहि यो हैन । (more…)

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.