” रितु परिवर्तन ” – कथा
लुना
“टिरिङ !!! टिरिङ !!! टिरिङ!!!
उसले ढोकामा बेल् बजाइ रही ।
फेरी अल्ली पर क्बाटर (रितु को मम्मी ड्याडी को सरकारी घर) अगाडि पुगि र माथि रुमको झ्यालतिर हेरी । पर्दा खुल्लै थियो । ‘यो ही छे घर मा ‘ उस्ले मनमनै सोँची । अझै पर पुगेर माथि छतमा हेरी । छतको पर्खालमा रितु को खुल्ला कपाल मात्रै देखी । मङ्सिर अन्तिम तिर को महिना रितु छ त् मा घाम तापिरहेकी थी ।
‘ हे ई !!!’
‘ हाय !!!’ बसन्ती ! तिमी !!! ल ल आए ! ‘
रितु ले ढोका खोली ।
‘ सरि यार ! छतमा थेँ , बेल् नै सुनिन , थुप्रै बेर कुरिस कि के ? ! ‘
‘ बसे नि झन्डै १० मिनेट ‘ !
‘ अँ होला ! ‘ रितुले बसन्तीको गालामा मेहेन्दी ले लत्पत्याइ राखेको आफ्नो कपाल को चिसै मेहेन्दी लगाइ दिई ।
‘ छ्या ! छ्या ! चिसो ! हेर न यस्को ताल ! ‘
‘ ताल पे ताल मिला ‘ ! रितु सारेगम को पोजिसन मा उभीइ ।
‘ ह्या ! छाया मा चिसो भईसक्यो !हिँड छत् मा !’ भन्दै बसन्ती आँफै हिँडि ।
रितु बसन्ती छत् मा पुगे ।
छत्मा किताब कापी एकातिर असरल्ल थियो । कागती पानीको गिलास , गोल्भेँडा – गाजर – मुला का टुक्राहरु प्लेट मा थियो । नजिकै इन्ची टेप – ऐना पनि थियो ।
‘ ओई ! ल हेर ! अहिले साँढे सत्ताइस बाट साँढे छब्बिस मा आईपुगेँ म ! हेर ! एक हप्ता भित्र २५ भएरै छोड्छु ! ‘
‘ तैले खान्नेस कि के हो हँ ? ! ‘ बसन्तीले प्लेट तिर हेरी अनी रितु को अनुहार र जिउ मा हेर्दाइ भनी ।
‘ अँ ! बेलुका मात्रा लीरा’ छु त्यो पनि मम्मी ड्याडी सँग खान बस्दा । बिहान को खाना त मैले सप्पै कुखुराको खोर मा र लुसी लाई दिन्छु बुझिस ! नभन नि फेरी मम्मी लाई ! यि हेर ! बिहान र दिउँसो त मलाई यै भए पुग्छ !’ सलाद तिर देखाउदै भनी रितुले ।
‘ खुब बहादुरि गरिस !हेर! दुब्लाएकी ! ‘ बसन्तीले आँखा खुम्च्याउदै भनी ।
‘ हो !!! Really !! Do i look thin now ? !!! yahooooo !!! ‘
‘ ए ! ए ! के गर्या ! लड्छु म ! Stop it please !’ बसन्ती सतर्क हुन खोजी । रितुले बसन्ती लाई फनननै घुमाइ ।
‘ ब्युटी कन्टेस आउन त अझै ५-६ महिना नै बाँकी छ नि ! तलाई किन आजै देखी यो बिधी महाभारत गर्नु पर्या हँ ? ! ‘
बसन्ती छत् को गुन्द्रिमा खुट्टा लम्पसार पारेर बस्दै भनी । (more…)
नेपालमात्रै एउटा यस्तो देश होला जहाँका गन्यमान्य वकिलहरु अपराधिका पक्षमा उभिन्छन उसलाइ छुटाउन । पेशागत मर्यादा आफ्नो ठँउमा होला तर टिभिका पर्दाहरुमा न्याय,समानता र नयाँ नेपालको बारेमा बोलेर नथाक्ने हाम्रा धुरन्धर वकिलहरु माधव बाँस्कोटा, हरिहर दाहाल, भीमार्जुन आचार्य, टिकाराम भट्टराई र ऋषिराम घिमिरेजस्ताहरु ऋषि धमलाका पक्षमा बहस गरे ।
नेपालले सन २०१५ सम्ममा शतप्रतिशत साक्ष्यरता हासिल गर्ने लक्ष्य राखेको छ । सबैका लागि शिक्ष्या कार्यक्रमको पहिलो चरण पुरा भैसकेको छ । पहिलो चरणमा के कस्ता प्रगतिहरु भय भन्नेकुराहरुको समिक्ष्या आँउदा दिनहरुमा हुँदै जाला । नेपालमा कार्यक्रमहरु राम्रा नहुने होइनन, समस्या भनेको कार्यान्वयन तहमा छ । कार्यान्वयन गर्नै गार्हो । कार्यान्वयन गर्ने सोँचको अभाव । त्यो आत्मबिश्वास, जसले कार्यान्वयन गराउन सकोस हरेक नितिहरु, त्यसैको अभाव छ । राजनितिक अस्थिरता मुख्य कारण हो, मेरो अनुमानमा ।
I am happy to welcome you all in my personal blog.