Archive for February, 2009

” रितु परिवर्तन ” – कथा

February 27, 2009 - 2:06 am 15 Comments

लुना

“टिरिङ !!! टिरिङ !!! टिरिङ!!!

उसले ढोकामा बेल् बजाइ रही ।
फेरी अल्ली पर क्बाटर (रितु को मम्मी ड्याडी को सरकारी घर) अगाडि पुगि र माथि रुमको झ्यालतिर हेरी । पर्दा खुल्लै थियो । ‘यो ही छे घर मा ‘ उस्ले मनमनै सोँची । अझै पर पुगेर माथि छतमा हेरी । छतको पर्खालमा रितु को खुल्ला कपाल मात्रै देखी । मङ्सिर अन्तिम तिर को महिना रितु छ त् मा घाम तापिरहेकी थी ।

‘ हे ई !!!’
‘ हाय !!!’ बसन्ती ! तिमी !!! ल ल आए ! ‘
रितु ले ढोका खोली ।
‘ सरि यार ! छतमा थेँ , बेल् नै सुनिन , थुप्रै बेर कुरिस कि के ? ! ‘
‘ बसे नि झन्डै १० मिनेट ‘ !
‘ अँ होला ! ‘ रितुले बसन्तीको गालामा मेहेन्दी ले लत्पत्याइ राखेको आफ्नो कपाल को चिसै मेहेन्दी लगाइ दिई ।
‘ छ्या ! छ्या ! चिसो ! हेर न यस्को ताल ! ‘
‘ ताल पे ताल मिला ‘ ! रितु सारेगम को पोजिसन मा उभीइ ।
‘ ह्या ! छाया मा चिसो भईसक्यो !हिँड छत् मा !’ भन्दै बसन्ती आँफै हिँडि ।
रितु बसन्ती छत् मा पुगे ।
छत्मा किताब कापी एकातिर असरल्ल थियो । कागती पानीको गिलास , गोल्भेँडा – गाजर – मुला का टुक्राहरु प्लेट मा थियो । नजिकै इन्ची टेप – ऐना पनि थियो ।
‘ ओई ! ल हेर ! अहिले साँढे सत्ताइस बाट साँढे छब्बिस मा आईपुगेँ म ! हेर ! एक हप्ता भित्र २५ भएरै छोड्छु ! ‘
‘ तैले खान्नेस कि के हो हँ ? ! ‘ बसन्तीले प्लेट तिर हेरी अनी रितु को अनुहार र जिउ मा हेर्दाइ भनी ।
‘ अँ ! बेलुका मात्रा लीरा’ छु त्यो पनि मम्मी ड्याडी सँग खान बस्दा । बिहान को खाना त मैले सप्पै कुखुराको खोर मा र लुसी लाई दिन्छु बुझिस ! नभन नि फेरी मम्मी लाई ! यि हेर ! बिहान र दिउँसो त मलाई यै भए पुग्छ !’ सलाद तिर देखाउदै भनी रितुले ।
‘ खुब बहादुरि गरिस !हेर! दुब्लाएकी ! ‘ बसन्तीले आँखा खुम्च्याउदै भनी ।
‘ हो !!! Really !! Do i look thin now ? !!! yahooooo !!! ‘
‘ ए ! ए ! के गर्या ! लड्छु म ! Stop it please !’ बसन्ती सतर्क हुन खोजी । रितुले बसन्ती लाई फनननै घुमाइ ।
‘ ब्युटी कन्टेस आउन त अझै ५-६ महिना नै बाँकी छ नि ! तलाई किन आजै देखी यो बिधी महाभारत गर्नु पर्या हँ ? ! ‘
बसन्ती छत् को गुन्द्रिमा खुट्टा लम्पसार पारेर बस्दै भनी । (more…)

पढ्दा दुखेको समाचार

February 24, 2009 - 8:39 pm 4 Comments

मलाइ कान्तिपुरको भित्रि पानामा तलको समाचार पढेपछि खिन्न मन भयो । हामिहरु नेपाललाइ बस्न योग्य, सभ्य र आधुनिक बनाउन चाहन्छौँ । हाम्रो युवा उर्जा यसैका लागि खर्चिन चाहन्छौँ । नेपाललाइ राम्रो नेपाल बनाउन चाहने मन भयकाहरु धेरै बिदेशमापनि छन । उनिहरुले नेपालमा बस्नेहरुले भन्दा बढि नेपाललाइ राम्रो बनाउनुपर्नेमा चिन्तन-मनन र सहयोगका हातहरु बढाइरहेका देखिन्छन । तर हाम्रो समाज किन यति निम्न मानसिकताको भयो जहाँ हाम्रा नेपालि बिद्यार्थिहरुलाइ सुचनाको पहुँचसम्म पुर्याउने उद्देश्यले सहयोग गरियका सत्तरिथान ल्यापटपहरुको उपयोग गर्ने मानसिकता छैन । ति ल्यापटपको प्रयोग गरेर नेपालि बिद्यार्थिहरुलाइ किबोर्ड र इन्टरनेटसँग परिचित गराइ अहिलेको प्रतिष्प्रर्धात्मक समयमा योग्य नागरिक उत्पादन गर्ने काममा हाम्रो मन-मस्तिष्क कति पछाडि ?

म त ति ल्यापटप सहयोग गर्ने क्यानाडामा बस्ने आदित्य झासँग क्षमा माग्न चाहन्छु हाम्रो यो लाचारिको निम्ति । उनको सहयोगि मन यो समाचार पढेपछि कति दुख्यो होला । नेपालिमा सामाजिक परिवर्तनका निम्ति सहयोग या दान गर्ने त बानि नै छैन भन्दा हुन्छ नत्र घर अगाडिको बाटो मर्मत गर्नभन्दा सय रुपैयाँ सहयोग नगर्नेहरुले पुण्य़ कमाउने नाममा नारायण पण्डितका प्रवचनमा कसरि लाखौँ खर्च गर्दाहुन, कसरि दान गर्दा हुन ?

यि ल्यापटपहरु सक्ष्यम हातहरुसम्म पुगेको भय कति परिवर्तन सम्भव हुन्थ्यो होला ? यि ल्यापटपहरु बेनिबाट 12 घण्टा हिँडेर पुगिने महाबिर पुनको गाँउ ‘नाङगिमा’ पुगेको भय उनले कसरि सदुपयोग गर्दा हुन ? कति बिद्यार्थिहरुले सिक्न पाँउदा हुन ? के जनकपुरमा बिद्यार्थिहरुलाइ कम्प्युटर शिक्षा दिनसक्ने मान्छेको अभाव भयको हो त ? कति सानो बिचार हाम्रो ।

मलाइ यो समाचारले दुखि बनायको छ । समाचार आफै पढ्नुहोस तल । कति फरक पार्नसक्थ्यो हाम्रा नेपालि केटाकेटिहरुको शिक्षामा यि सत्तरिवटा कम्प्युटरहरुले ? (more…)

” चिथोरिएको मन — ” – कथा

February 23, 2009 - 1:41 am 10 Comments

-लुना

आकाशमा बादल देखिएको छैन । भदौरे टन्टलापुर घाम । गाँउको बिद्यालय भर्खर २ महिने बर्षा छुट्टी सिद्दिएकोले बिद्यार्थीहरु स्कुलको चौर बरिपरि रुख मुनी झुम्मिएर खेलिरहेका छन हाफ छुट्टी (टिफिन टाइम) को बेलामा ।

चौर नजिकै अल्ली परको सिमलको रुख मुनी बर्ष १० को भुबन एक्लै धुम्धुम्ती झोम्क्राएर बसिरहेको छ ।
पबन उस्को भाई बर्ष -सात- को पर केटाकेटिसँग गुच्चा खेल्दै छ । भुबन पर पर हेर्दै टोलाई रहेको छ । केही दिन भो स्कुल को पढाई कसरी बित्यो उस्लाई कुनै हेक्का छैन । सर्-मिस पढाउन आउनु भो – जानु भो । उस्को आँखामा भने केही दिन अघिको सा झ् को छाया च् ल चित्र झै सल्बलाई रहेको थियो ।

उ र पबन एउटै खाटमा निदाएका थिए । आबाज हल्लाहरुले उनिहरु तर्सिएर ब्युझिए । उनिहरुको आमालाई गाउलेहरुले मिलेर घर मा आ ईरहानु हुने शेखर अंकल सग धकेल्दै ( जिम्मा लगाउदै ) थिए । तिनै काका हुन जस्ले केही हप्ता अघी पबनलाई निस्लोट ज्बरो आउँदा बोकेर अस्पताल पुर्याएका थिए । अस्ती भर्खर मात्रै पनि उन्ले भुबन र पबनको लागि बोराको झुम्रोलाई गोलो गरी बाधेर भकुन्डो बनाइ दिएका थिए । अनी आमाले ” अब बा आउँदै छन , बा आएसि साँच्चै को भकुन्डो किन्न भनिदिँउला ! ‘ भनेकी थि ई न् । अनी पबन ले ” धे लाई गुचा पनि ! ” गरेको थियो । (more…)

नेपालै नरहे कसरि हामि नेपालि रहियला र …

February 21, 2009 - 1:45 am 8 Comments

शरद – बुटवल

आज भोली प्रतिपक्षमा बसेको नेपाली कांग्रेस र स्वयं सरकारमा सहभागी रहेको एमालेका केहि नेताको क्रियाकलाप हेर्दा लाग्छ एमालेको नामबाट नेपाली कांग्रेसको राजनीती गर्न रुचाउने केहि नेता एमाले मै पनि छन कि जस्तो भान हुन्छ । यो मेरो भान हो ठोकुवा चाँही होइन है ।

मैले जब हाम्रा नेता जी हरुको बिगत अनि वर्तमान लाइ नियाल्छु एकाएक बितृष्णाको आयतन यसरी बढेर आउँछ त्यो नाप्ने हिम्मत आफैमा हुन्न । हाम्रो जस्तो सानो अनि विपन्न मुलुक पनि २ कुराको लागी अति नै संपन्न छ एउटा प्राकृतिक रूपमै पानीको लागि अर्को दल,नेता अनि संघ-संगठनको लागि तर यी दुवै कुराले हाम्रो दैनिकीमा सधै नराम्रो दुर्भाग्यको बर्णन गरे र भारतीय भुमिलाई सधै हराभरा राख्न ठुलो भूमिका खेले ।

०४६ सालको आन्दोलनले ठुलो सपना बोकेर नेपालको यात्रा तय गर्यो त्यस ताका म त सानै थिएँ अलि अलि सम्झना चाहिं छ त्यो आन्दोलनका पल हरुको ! अहो कस्तो उल्लास थियो चारैतीर बहुदल आयो ……. बहुदल आयो …….जिंदाबाद……मुर्दाबाद…..यो जित कसको …जनताको ….आदि आदि …..। मेरो त्यो बेलाको मानसिकताले बहुदलको परिभाषा निकै सस्तो हुने सबै चीज, जता जाँदापनि सबै राम्रो देखिने अनि समग्रमा गजब हुने भो गजब भित्र सबै पर्ने भो ……यस्तै यस्तै थियो ।

आज सोँच्छु वास्तवमा त्यो बालापनले पनी सही परिभाषा लायकै हो किनकी गजब त भयो आख़िर जो राणा अनि पञ्चलेपनि गर्न भ्यायका थियनन त्यो सबै आजका दलहरुले गरेर देखाय । पहिले नेपाल प्रहरी र शाही नेपाली सेना भन्ने थियो अहिले पार्टीपिच्छेका सेना कति सेना कति सेना……। जे होस यो पनी बिकासको नमुनै मानेर चित्त नबुझाइ सुख छैन । (more…)

के ऋषि धमलाले सजाय पाउलान त ?

February 20, 2009 - 2:17 am 7 Comments

पछि हुने कुरा भविष्यकै गर्भमा छ तर आज सर्बोच्च अदालतले फ्रिडम फोरमले दायर गरेको ‘बन्दीप्रत्यक्षीकरण रिट’ खारेज गरेको छ ।
नेपालको कानुन ब्यवस्था अत्यन्त बिवादित छ । नेपालका न्यायाधिसहरुबाट अन्यायमात्र हुन्छ भन्नेमा आमजनता बिश्वस्त छन । नेपालमात्रै एउटा यस्तो देश होला जहाँका गन्यमान्य वकिलहरु अपराधिका पक्षमा उभिन्छन उसलाइ छुटाउन । पेशागत मर्यादा आफ्नो ठँउमा होला तर टिभिका पर्दाहरुमा न्याय,समानता र नयाँ नेपालको बारेमा बोलेर नथाक्ने हाम्रा धुरन्धर वकिलहरु माधव बाँस्कोटा, हरिहर दाहाल, भीमार्जुन आचार्य, टिकाराम भट्टराई र ऋषिराम घिमिरेजस्ताहरु ऋषि धमलाका पक्षमा बहस गरे ।

लोक छक्क परेको छ यि बुद्विजिविहरुको अपराधिप्रेम देखेर ।

ऋषि धमला नेपालाकालागि घातक प्राणि हुन । शंका रहेन । उनका अपराधकर्महरुको मात्रा घटि छैन । नेपाल प्रहरि उनका अपराधहरुको हिसाबकिताब गरेर उनलाइ कानुन बमोजिम सजाय दिन दृढ छ तर कम्जोर राजनितिको फाइदा उठाँउदै धमलाहरु उम्किरहन्छन यहाँ । धमलाहरु स्वतन्त्र पत्रकारिताको बारेमा बोल्छन र सिमापारि नेपालि चेलिहरु बेच्छन ।

धमलाहरु नेपालि अखण्डताको पक्षमा बोल्छन अनि रणबिर सेनासँग मिलेर देशको एउटै अन्तराष्ट्रिय एयरपोर्टको गेटमा बम पड्काउँछन । कलेज हिँडेकि नेपालि चेलिको बसस्टपमा बम फालेर (त्रिपुरेश्वरमा) हत्या गर्छन । ब्यापारिहरुबाट लाखौँ चन्दा उठाउँछन । अपहरण गर्छन । लैनचौरस्थित भारतिय दुतलाइ बरोबर रिपोर्टिङ गरिरहन्छन । (more…)

” फाँडिएका तोरिका बुट्यान हरु –” – कथा

February 18, 2009 - 6:47 pm 13 Comments

लुना -बेल्जियम

” तिमी उठ्न खोजेकी ? ! ऐले नै ? ! ”
सागरले ओछ्यानबाटै पर्दा उघार्दै बाहिर हेर्यो चकमन्नै अध्यारो थियो बाहिर ।
” राती पनि तिमी राम्ररी निदै छैनौ , जत्ती खेर म ब्युँझिदा नि तिमी ओल्टे कोल्टे गरी रा’छ्यौ बर्षा ! ”
एकाबिहानै ओछ्यानबाट उठ्न खोजेकी बर्षालाई उस्ले पाखुरामा तान्दै आफ्नो छातीमा अँगालेर भन्यो ।
” आज त शनिबार केटाकेटी पनि माबलाँ गा’छन किन हतार गर्नु पर्‍यो र ! ”
आफ्नो छातीमा टाउको राखेकी बर्षाको कपाल लाई उस्ले औलाले मुसार्दै बोल्यो ।

सागरको न्यानो स्पर्शमा उ पग्ली मैन बत्ती पग्लिए झैँ । सागर चुर्लुम्म डुब्यो — थाक्यो — पुन : निदायो —
बर्षालाई सागरको न्यानो मायाले औडाहा भएर पोलेको छ – -
उ निदाउन सक्तिन कत्ती पनि । बिस्तारै सागरको अँगालोबाट अलग्गी ऊ । जाडोको समय , उस्ले सागरलाई न्यानो गरी ओढ्ने ले ढाकी दि । सिरानीको बरिपरि आफ्नै मलमल सुती पछ्यौरा लाई गुजुल्टो बनाँउदै सागरको टाउको छेकी दि चिसो नलागोस भनेर । एकछिन् गहिरो निन्द्रामा घुरिरहेको सागरलाई आँखा भरी हेरी र सुस्तरी कोठा बाहिर निस्की । निस्कदा ढोकाको कब्जाले “चुइय-चुइय ” आबाज निकाल्यो । उ झसङग भएर फेरी सागर लाई हेरी । उ उसै गरी निन्द्रादेविको काखमा थियो जसरी अघी भर्खर बर्षाको अँगालोमा निदाइरहेको थियो गहिरो निन्द्रामा । उस्ले लामो सास फेरी ।

~~~~

उ आँगनमा गई । माघको अन्तिम जाडो , कुहिरोले बाहिर ढपक्कै छोपेको थियो । उस्ले मनमनै भनी ” यि कुहिरोले ढपक्क छोपे झै मेरो मन पनि म आँफैले ढपक्क सधैं भरी छोप्न सके त हुन्थियो नि !”
आँगनको बुट्यानहरुबाट शित तप ! तप ! तप्किरहेको थियो । उस्को औडाहा मन हुँदै आँखाबाट पनि आँशु तप ! तप ! खस्यो । उस्ले पछ्यौरी ले आँशु पुछी । (more…)

‘निरन्तरताको क्रमभङ्ग’ बुटवलबाट होस

February 17, 2009 - 2:33 am 7 Comments

तेस्रो ठुलो दल एमालेको बुटवलमा आठौँ महाधिबेशन शुरु भयो आजबाट । बुटवल बजार दुलहिझैँ सिँगारियको छ । मलाइ एमालेले कुनै गतिलो निति बनाउला र देशले समस्याहरुबाट निकास पाउला भन्नेमा बिश्वास भयको भय यि महाधिबेशनहरुलाइ उत्सुक भयर हेर्दो हुँ हो तर यि कांग्रेश, मावोवादि, एमालेहरु बैठक गर्छन, केन्द्रिय कमिटिका भन्छन, कहिले उच्च कमिटिका त कहिले समन्वय कमिटिका कहिले के कमिटिका तर यिनिहरुले दलको स्वार्थभन्दा माथि उठेर कहिले हेरेनन । राष्ट्रिय स्वार्थका कुराहरु तपाँइले कहिँ देख्नसक्नुहुन्छ यिनिहरुका एजेण्डामा ? अँह छैन !

उनै हुन, सबै उनै हुन ! माधवकुमार, झलनाथ, केपि ओलि र बामदेव गौतमसम्मका पुराना नेतृत्वहरु ।

अहिलेको महाधिबेशनलेपनि यिनिहरुबिच पदको बाँडचुँड गर्नेसिवाय केहि गर्ने छैन । झलनाथ अलि शक्तिशालि भयको केपि ओलिलाइ पाच्य भयको थियन । माकुनेले चुनाव हारेको स्वयं माकुनेलाइ नै चित्त बुझेको थियन । (more…)

नेपालि नेताहरुलाइ सत्ता:बुढो गोरुलाई गाईसरह…

February 15, 2009 - 8:25 pm 7 Comments

-Earthmover

अहिले देश को अवस्था कसैले कसैलाई भनिरहनुपर्ने छैन हामी सबै लाइ थाहा छ भन्दा पनि त्यो अवस्थाका हामी सबै निरीह पीड़ित भईरहेका छौं । तर हाम्रा सपना,देशको अस्मिता अनि भावी पिंढीको भविष्यको जिम्मा लिएर एउटा सुंदर अति मन मिल्ने घोषणापत्र तैयार पारी देशको बागडोर सम्हालेर सत्तामा बसेका नेताद्वय हिजोको आफ्नै इतिहास भुलेर,गरेका वाचा भुलेर,जनताको गास काटेर शक्ति संचय गरी जनयुद्द लड़ी हजारौं नेपालीको रगतको खोलो बगाएर उद्देश्य प्राप्ति गरे लगत्तै बिलासी जीवनका पारखी बनेर आफ्नो दायित्व लुकाउन हर संभव प्रयासरत देखिन्छन।

अनि बर्षों देखि सत्तालाइ पेवा सम्झेर दुरुपयोग गर्ने देखि आफुलाई राज्यको ठुलो अनि जिम्मेदार पार्टी सम्झनेहरु प्रतिपक्षमा बसेर राजनीती पुर्वाग्रह्को भोक मेटाउन लागी परेको अवस्था छ । यहाँ हरेक दलले आफ्नो स्वार्थपूर्तिकोलागी हामी जनतासंग गरेका कुठाराघातहरु यति निर्मम छन की सम्झेर हरेक नेपालीको रगतमा ज्वालामुखी संचार हुन्छ आज । कस्तो बिडम्बना हामी जनताको बिचारको कुनै वास्ता नै नगरी आफ्नो पदीय तथा नेतृत्वको दायित्व लाइ महशुस गर्न नसकि जथाभावी बोल्ने र बिरोध भैहाले निर्लज्ज सच्याउने त्यो पनि १-२ पटक होइन संस्कार नै भैसक्यो यो त । देशका जिम्मेदार नेताहरुले हिजो चुनाव जित्नको लागी अधिकांश स्थानहरुमा गुण्डाहरुको प्रयोग गरेर बुथ कब्जा गरे त्यसैमा पनी कसैले हारे कसैले जीते तर त्यो बेला नेता र गुण्डा बिचमा गाँसियको नाता यसरी झाँगियो कि आज यो फेवाको जलकुम्भी भन्दा बिकराल अवस्थामा छ । (more…)

नेपाल अब पुर्ण शिक्षित देश बन्ला त ?

February 15, 2009 - 1:59 am 5 Comments

राजनितिले गञ्जागोल भयको यो बेलामा एउटा खुसिको कुरा पढ्न पाइयो समाचारमा । शिक्ष्या मन्त्रालयले ‘सबैका लागि शिक्षा’ कार्यक्रमकालागि चार खर्ब को प्रस्ताव गरेको छ । नेपालले सन २०१५ सम्ममा शतप्रतिशत साक्ष्यरता हासिल गर्ने लक्ष्य राखेको छ । सबैका लागि शिक्ष्या कार्यक्रमको पहिलो चरण पुरा भैसकेको छ । पहिलो चरणमा के कस्ता प्रगतिहरु भय भन्नेकुराहरुको समिक्ष्या आँउदा दिनहरुमा हुँदै जाला । नेपालमा कार्यक्रमहरु राम्रा नहुने होइनन, समस्या भनेको कार्यान्वयन तहमा छ । कार्यान्वयन गर्नै गार्हो । कार्यान्वयन गर्ने सोँचको अभाव । त्यो आत्मबिश्वास, जसले कार्यान्वयन गराउन सकोस हरेक नितिहरु, त्यसैको अभाव छ । राजनितिक अस्थिरता मुख्य कारण हो, मेरो अनुमानमा ।

गत पाँच बर्षमा नेपाल सरकारले शिक्ष्याको क्षेत्रमा प्रगति नै नगरेको हैन तर अपेक्ष्या र खर्च गरियबमोजिमको काम भयको छैन । बितेका पाँच बर्षे कार्यक्रममा सरकारले शिक्ष्या क्षेत्रमा ६३ अर्ब ८० करोड खर्च गरिसकेको छ । अबको दोस्रोचरणको कार्यक्रमका लागि पनि सरकारले विश्व बैंक, एडीबी, डानिडा, नर्वे, अमेरिकी सहयोग नियोगजस्ता दाताहरुबाट सहयोगको आशा राखेको छ । यि संस्थाहरुले हाम्रो शिक्ष्या क्षेत्रको बिकासका लागि बिगतमापनि सहयोग गरिरहेका हुन र आँउदा दिनमा पनि गर्लान तर दाताहरुबाट आयको रकम कत्तिको सदुपयोग हुन्छ र कति केटाकेटिहरुलाइ बिद्यालयसम्म पुर्याउन सकिन्छ भन्ने कुराको पहिल्यै एउटा लक्ष्य नबनाउनु हाम्रो योजनाको कमजोरि हो । (more…)

भ्यालेन्टाइन डे र मेरो पहिलो प्रेम

February 14, 2009 - 2:42 am 14 Comments

-Newraj “Alag” – काठमाडौ

कुरा २०५३ साल को हो ।

जुन बेला म SLC परिक्षाको तयारिमा टेस्ट दिईसकेर पनि एक्श्ट्रा क्लास को लागि स्कुल जाने गर्थे । त्यो समयमा लव को फेसन चलेको थियो । केटाले केटिलाइ र केटिले केटालाइ आफ्नो मनको कुरा भन्ने माध्यम ‘चिठ्ठि’ एउटा सर्बोतम उपाय थियो ।

यतिकैमा मेरो साथिमार्फत सधै देखेको तर कहिलै ख्याल नगरेको केटिमा मेरा आँखा पुगेर अड्किय । उनलाइ हेर्ने मेरा नजरहरु के मात्र बदलियका थिए म त एकोहोरो टोलाउने भएछु । त्यसपछि म उनलाइ हेरेर उनकै बारेमा मात्र सोच्न थालेछु र एउटा रमाइलो संसारमा उनलाइ लियर उनि सङ्गको जिवन आफ्नो मन भित्र कल्पना गर्न थालेछु । उनि मलाइ जुन नजरले हेर्यो उस्तै लाग्थिन ।

उनि कहिले एन्जेलिना जोलि त कहिले करिष्मा मानन्धरजस्ति । अनि मैले उनलाइ नेपालकि मेलिना मानन्धर भन्दाचाहि सधै माथिको कोटिमामा राखेँ किनकि प्रेयसि को पालामा मेलिना राम्रि थिइनन ।

उनको तारिफ गर्नुपर्दा हल्का रातो बर्ण, ओठमा कालो सानो तिल कोठि,गोलो मिलेको अनुहार, तलदेखि माथि सम्म एउटै साइजको मिलेको शरिर अनि पुर्णिमाको जुनजस्तै उज्यालो मुस्कान । भर्खर बैशको उन्मादमा उन्मादित म जस्तो केटालाइ के चाहियो र ? उनिप्रति प्रेमको सागर मेरो मनभरि उर्लनेक्रम जारिरह्यो । उनको हरेक कुरामा मेरो हदैसम्मको ध्यान जान थाल्यो । (more…)

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.