देशले तिम्रो भूमिका पर्खिराखेको छ
-नरेन्द्रजङ्ग पिटर
नेपालीहरु ससांर भरि यत्र तत्र र सर्बत्र जताततै छरिएर जिबिको पार्जनमा लागेका छन । जो जहाँ छन त्यहाँ पौरखमै भर परेर आफनो गौरवता बँचाई रहेका छन भन्ने सुनिन्छ । हरेक नेपालीको आटिँलो जोसिलो इमान्दारिता र मिहिनेतिपननै उस्को नैतिक पुजिँ र परिचय बनेको छ र हो । कुनैपनि देशका नागरिकहरु जहाँ भएपनि त्यो देशको नियमकानुन मर्यादा र संस्कृतिको सम्मान त गर्नै पर्छ सांस्कृतिक पहिचान भने आफनै हुन्छ । तन त्यहाँ भएपनि धन कमाउन मान पाउन आफनै हैसियतकला र क्षमता देखाउन गएतापनि मन चाहीँ सदा स्वदेशमै रहन्छ । यदी कोही कुसन्ताननै भएछनै भने पनि पराइले त नेपालीनै भनिदिन्छ । यस दुनिँयामा आफनी आमाको याद नगर्ने को हुन्छ र ! त्यसैले जब मान्छे परदेशमा हुन्छ तब आफनो देश र आफन्तको यादले उस्लाई अझ सताउँछ । जब आफनै माटोकॊ सुगन्घ मान्छेले पाउँदैन तब जतिसुकै भौतिक सुख सुबिधा भएपनि ऊ छटपटिन्छ । आत्मिक सुखकोलागी तडपिन्छ । त्यो भाबना भनेकोनै आन्तरिक राष्ट्रियता हो । पहिचान हो । परदेशी र प्रवासीहरु बिचमा त अझ ज्यादा पाईन्छ ।
बिबिध कारणले आफना योग्यता क्षमता र दक्षतालाई जब स्वदेशले भरथेक गर्न भरपुर उपयोग र उपभोग गर्न र थेग्न सक्दैन यथोचित सम्मान दिन र त्यस्लाई प्रयोग गर्न पनि सक्दैन तबमात्र क्षमताको बजार खोज्न र आफनो औकात देखाउन वा हैसियत खोज्न र जाँच्न मान्छे परदेशतिर लाग्दछ । भौतिक सुख सुबिधालेमात्र पाँउदापनि जब त्यहाँ मानबिय गरिमा र सम्मान पाउन सक्दैन तब अक्रान्त भाबमा हुन्छ त्यसबेला मान्छे आफनो मात्रिभूमि सम्झन्छ । तब ऊ सोच्न थाल्छ……। खाना र मैथुननै जीवनको परिचय हुदोँरैनछ भनेर । तब घर र महलको बिचको भिन्नता पाँउदो रहेछ । गुन्द्रुक र ढिडाँको स्वाद र बर्गर-सेण्डबिच र ससेजको भिन्नता बोध गर्दो रहेछ । खोज्दो रहेछ सुखका परिभाषा एक्लैमा गमेर । जब मान्छेले जिउँदोको जन्ती र मर्दाको मलामि- आफन्त पाउँदो रहेनछ तब आफनै चिहानघारीमा आफनो लास गाढनॆ ठाँउको कल्पना गर्दो रहेछ । दुनिँया बैश्विक गाउँमा फेरिँदापनि मान्छेको जात आफुले खाई खेली गरेको ठाँउ नाङ्गै भूतुङ्गै खेल्ने माटो सम्झदो रहेछ । यही त रहेछ देशको माया र राष्ट्रियताको अर्थ ।
जुनसुकै कालखण्डमा परदेश गएका नेपालीजन जो जहाँ र जसरी गएका भएपनि त्यहाँ उनिहरु सम्बाभना र रोजगारीकाको खोजीमा गएका हुन तर कालान्तरमा उनिहरुको गवाईको परिचय त्यतिलेमात्र पुग्दैन पुग्दो रहेनछ । (more…)


एकादेशमा एउटा जङ्गल थियो । त्यो जङलमा थरी थरी का फलहरु को रुख – बुट्यान , फूलहरु का बिरुबा – बुट्यान थियो । त्यो जङल लाई अँगालोमा बेर्दै मनमती खोला मात्तिएर बग्थी । जङल नजिकै एउटा सानो टपरी गाउ थियो । त्यो टपरी गाउ मा एउटा सानो चिट्ठीक्क परेको घर थियो जहाँ माया नामकी केटी बस्थी । माया टुहुरी थिई तर गाँउलेहरु को मायाले उस्ले टुहुरी महशुस गरेकी थिईन आफूलाई । उ हाँसी खुशी बाँचेकी थिई । माया सधैं साँझ् बिहान जङगल मा टोकरी लिएर जान्थी फल्फूल टिप्न लाई । फर्कदा गाँउका छिमेकी लाई थोरै फलफुल दिएर गँहु को छबाली सँग साट्थी र घरमा गहुँको छबालिमा कलात्मक बुट्टा भर्दै हाते पङ्खा – टोकरी आदी बनाउथी । अनी त्यो गाउँ नजिक को शहरमा लगेर बिक्री गर्थी ।
ती सबैले मलाई व्यक्तिगत रूपमा सुखद अनुभूति दिने गरेका छन् । तर मैले मेरो शिक्षा र पेसाको धरातलमा उभिएर बेलायत बसाइका क्रममा देखेका र भोगेका क्षणहरूले मलाई जे सिकायो र मेरो पेसाभन्दा बाहिर मभित्र रहेको गहिरो विश्वासलाई अघि बढाउन जसरी प्रेरित गरायो, त्यो मेरालागि सबभन्दा सन्तोषको पक्ष रहेको छ । यी अनुभूतिहरूलाई दुईवटा कारणले मैले यहाँ बाँड्ने धृष्टता गरिरहेको छु ।
I am happy to welcome you all in my personal blog.