Archive for March, 2009

देशले तिम्रो भूमिका पर्खिराखेको छ

March 29, 2009 - 3:28 pm 3 Comments

-नरेन्द्रजङ्ग पिटर

नेपालीहरु ससांर भरि यत्र तत्र र सर्बत्र जताततै छरिएर जिबिको पार्जनमा लागेका छन । जो जहाँ छन त्यहाँ पौरखमै भर परेर आफनो गौरवता बँचाई रहेका छन भन्ने सुनिन्छ । हरेक नेपालीको आटिँलो जोसिलो इमान्दारिता र मिहिनेतिपननै उस्को नैतिक पुजिँ र परिचय बनेको छ र हो । कुनैपनि देशका नागरिकहरु जहाँ भएपनि त्यो देशको नियमकानुन मर्यादा र संस्कृतिको सम्मान त गर्नै पर्छ सांस्कृतिक पहिचान भने आफनै हुन्छ । तन त्यहाँ भएपनि धन कमाउन मान पाउन आफनै हैसियतकला र क्षमता देखाउन गएतापनि मन चाहीँ सदा स्वदेशमै रहन्छ । यदी कोही कुसन्ताननै भएछनै भने पनि पराइले त नेपालीनै भनिदिन्छ । यस दुनिँयामा आफनी आमाको याद नगर्ने को हुन्छ र ! त्यसैले जब मान्छे परदेशमा हुन्छ तब आफनो देश र आफन्तको यादले उस्लाई अझ सताउँछ । जब आफनै माटोकॊ सुगन्घ मान्छेले पाउँदैन तब जतिसुकै भौतिक सुख सुबिधा भएपनि ऊ छटपटिन्छ । आत्मिक सुखकोलागी तडपिन्छ । त्यो भाबना भनेकोनै आन्तरिक राष्ट्रियता हो । पहिचान हो । परदेशी र प्रवासीहरु बिचमा त अझ ज्यादा पाईन्छ ।

बिबिध कारणले आफना योग्यता क्षमता र दक्षतालाई जब स्वदेशले भरथेक गर्न भरपुर उपयोग र उपभोग गर्न र थेग्न सक्दैन यथोचित सम्मान दिन र त्यस्लाई प्रयोग गर्न पनि सक्दैन तबमात्र क्षमताको बजार खोज्न र आफनो औकात देखाउन वा हैसियत खोज्न र जाँच्न मान्छे परदेशतिर लाग्दछ । भौतिक सुख सुबिधालेमात्र पाँउदापनि जब त्यहाँ मानबिय गरिमा र सम्मान पाउन सक्दैन तब अक्रान्त भाबमा हुन्छ त्यसबेला मान्छे आफनो मात्रिभूमि सम्झन्छ । तब ऊ सोच्न थाल्छ……। खाना र मैथुननै जीवनको परिचय हुदोँरैनछ भनेर । तब घर र महलको बिचको भिन्नता पाँउदो रहेछ । गुन्द्रुक र ढिडाँको स्वाद र बर्गर-सेण्डबिच र ससेजको भिन्नता बोध गर्दो रहेछ । खोज्दो रहेछ सुखका परिभाषा एक्लैमा गमेर । जब मान्छेले जिउँदोको जन्ती र मर्दाको मलामि- आफन्त पाउँदो रहेनछ तब आफनै चिहानघारीमा आफनो लास गाढनॆ ठाँउको कल्पना गर्दो रहेछ । दुनिँया बैश्विक गाउँमा फेरिँदापनि मान्छेको जात आफुले खाई खेली गरेको ठाँउ नाङ्गै भूतुङ्गै खेल्ने माटो सम्झदो रहेछ । यही त रहेछ देशको माया र राष्ट्रियताको अर्थ ।

जुनसुकै कालखण्डमा परदेश गएका नेपालीजन जो जहाँ र जसरी गएका भएपनि त्यहाँ उनिहरु सम्बाभना र रोजगारीकाको खोजीमा गएका हुन तर कालान्तरमा उनिहरुको गवाईको परिचय त्यतिलेमात्र पुग्दैन पुग्दो रहेनछ । (more…)

हिँड्दा हिँड्दै…

March 24, 2009 - 9:25 pm 4 Comments

केहि दिनभयो ब्लगमा लेख्न पायको थिइन । लेख्दै नलेखि बसेको त होइन । लेखनमै छु तर अलि फरक किसिमको । युद्व र युद्वका प्रभावहरुका बारेमा एउटा पुस्तक लेख्ने प्रयाशमा रात्रिका केहि अंशहरु त्यसमा खर्चन्छु । लेखन अगाडि बढिरहेको छ । आफैले अनुभव गरियको अनुभवलाइ लेखनमा उतार्न त्यति कल्पनाशिलता आवश्यक पर्दैन । खालि सम्झियका कुराहरुलाइ शब्द दिने हो । तर यसको अर्को पाटो म जस्ताका लागि अलि गार्हो छ । नेपालिमा टाइप गर्नु मलाइ सजिलो लाग्ने काममध्येमा पर्दैन । त्यसैमाथि ब्याकरणात्मक गल्ति । युनिकोडमा लेख्दाको पिडा । एकजना ब्लगर साथिले मदन पुस्तकालयको वेभसाइटबाट युनिकोड डाउनलोड गर्नुस र त्यसले सजिलो हुन्छ भनेका थिय । कोशिस पनि गरेँ । कम्प्युटरमा इन्स्टल पनि गरेको थियँ, सजिलो लागेन, अन-इन्सटल गरेँ । मन नपरेको कुरा राख्नुपर्छ भन्ने के छ र है ?

साँच्चै अन्य काममा ब्यस्त एउटा मान्छेलाइ लेखनमा लागिरहन कति समस्या हुन्छ । पढाइमा अलिकति भयपनि ध्यान दिनै पर्यो । बेलाबखतमा म ध्यान दिन्छु । प्रथम श्रेणिको बिद्यार्थि नभयपनि राम्रै बिद्यार्थि हुँ । कम्तिमा परिक्ष्याहरुमा राम्रै गर्छु । दश कक्षा सम्म त म कक्षामा टप पाँच भित्र नै पर्थेँ तर एघारमा पुगेपछि पढाइ सोँचे अनुसार अघि बढेन । तर ढिलै भयपनि पढाइलाइ छोडिन । घरमा आमाले मेरो पढाइको बिषयमा सधै चिन्ता लिइरहनुभयो । आमा सबैका मायालु हुन्छन । सन्तानलाइ निस्वार्थ प्रेम गर्छन । मेरि आमापनि त्यस्तै हुनुहुन्छ । आमाहरुको निस्वार्थतासँग के को तुलना हुन सक्ला र ? हेर्नुस न मलाइ नै आमाको काखमा सबै बिर्सेर सुतेको !

ब्लगमा पनि के लेख्नु ? नेपालको राजनिति सधै झनपछि झन जेलियको छ । Forbes ले गरेको world’s best countries for business सर्वेक्षणमा नेपाल गतबर्षभन्दापनि २५ स्थान तल झरेर १२१ औँ स्थानमा पुगेको छ । छेउका भारत र चिन दिनहुँ प्रगति र समृद्वितर्फ बढिरहेका बेला हामि जातिवादको चर्को भुमरिमा फस्दै गयका छौँ । थारु होस या मधेसि सबै एक हुनुपर्ने होइन र ? तर एक-अर्काप्रतिको बिश्वास घट्दो छ । देश हड्ताल र बन्दको देश भयको छ । जनताभन्दा दल धेरै भय । कार्यकर्ता भन्दा नेता धेरै । देशमा बिजुलि छैन, त्यसतर्फ बहस छैन । हामि खालि सार्है निम्नस्तरमा ओर्लियर एक-अर्कालाइ सानो देखाउन लागि परेका छौँ । यिनै कुरा कति लेख्नु ? (more…)

प्रतिबद्धता, निरन्तरता र सफलता

March 21, 2009 - 2:04 am 10 Comments

डा. भगवान कोइराला


म ०५८ सालमा गंगालाल हृदयरोग केन्द्रमा निर्देशकको रूपमा प्रवेश गरेँ । यो ठाउँमा पहिले छालाजुत्ता कारखाना थियो । म आउँदासम्म पनि यहाँ छाला कारखानाको अवशेष र गन्ध बिलाइसकेको थिएन । अस्पताललाई राम्रो बनाउन धेरै कुरा गर्नु आवश्यक थियो ।

त्यही बेला मैले अठोट गरेँ “यो अस्पताल अरूभन्दा भिन्न बनाउँछु । त्यसनिम्ति म आफ्नो काममा रमाउँछु र सधैं कटिबद्ध भएर लागिरहन्छु ।” आफ्नो पेसासँग रमाउनसके पेसाप्रतिको रुचि, लगाव, मिहेनत बढ्छ । पेसाप्रति उत्कट चाहना पलाउँछ । उत्कट चाहनासहित गरेको कामको परिणाम अतुलनीय पनि हुन्छ । म यो पेसामा साँच्चै रमाएको छु ।

ममा यस्तो विचार र विश्वास धेरैपछि पलाएको हो । अमेरिकाको एउटा प्रशिक्षणबाट र्फकने क्षणमा त्यहाँका शिक्षकहरूले “नेपालमा गएर के गर्छस्” भनेर सोधे । मैले भनेँ, “थाहा छैन, तर म जान्छु ।” हुन पनि नेपाल फर्किएर के गर्ने भन्नेबारे मेरो दिमागले केही सोचेकै थिएन । तैपनि आफ्नै देशमा केही गर्छु भनेर आएँ । त्यो बेला मसँग “जहाँ जे छ, त्यहाँ त्यसैलाई आधार बनाएर काम गनुपर्छ” भन्ने विचारमात्र थियो ।

म गंगालालमा प्रवेश गरेकै साल ‘ओपन हर्ट सर्जरी’को सुरुवात भयो । अवस्था कठिन थियो । आज सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । पर्याप्त उपकरण थिएनन् । किन्नका लागि आवश्यक रकम थिएन । तर मैले हार मानिन । सहकर्मीहरूलाई समेटेर दिन-दिनको कार्यक्रम बनाएँ । आवश्यक नियम बनाएर आफूले पालन गरेँ र गराएँ । अस्पतालको उन्नतिलाई सम्पूर्ण कर्मचारीको गन्तव्यको रूपमा स्थापित गराएँ । एकपछि अर्को गर्दै आउने समस्याले अवरोध पुर्‍याउने हुन् कि भन्ने डर पनि यदाकदा लाग्थ्यो । तर काम गर्दै जाँदा थाहा भयो, समस्या त कामप्रति इमानदार नहुनेलाई पो ठूलो बाधा बन्दोरहेछ ! आफूले तनमन दिएर काम गरे, साथ दिनेहरू कैयौं निस्कँदा रहेछन् ! एकजना उद्योगपतिले अस्पतालको विकासका लागि १ करोडभन्दा माथिसम्म चन्दा दिए । (more…)

डा.देवेन्द्र राज पाण्डेय लाइ खुला पत्र

March 20, 2009 - 1:53 am 4 Comments

सुशिल – अमेरीका

डा. देवेन्द्रराज पाण्डेय जी नमस्कार,

सर्वप्रथम त बिगत देखि वर्तमान सम्मको देश र नागरिक प्रतिको तपाईको भावना लाइ सलाम ………….. अनि केहि दिन अगाडि नयाँ पत्रिकामा प्रकाशित तपाइका बिचार र बिगत आन्दोलनसँग जोडिएका केही कुराहरु पढन पाउँदा निक्कै ख़ुशी लाग्यो तर सायद निकै सामान्य नागरिक भएकोले पो हो कि मैले केही शब्दको अर्थ बुझ्न नसकेको र केहिमा अलि बढ़ी जान्न इच्छुक रहेकोले यो गुनासो राख्दै छु ! आशा छ अन्यथा लिनुहुने छैन !

१-डाक्टर साहेव तपाइले भन्नु भयो ” आन्दोलनरत सात राजनीतिक दल र माओवादीबीच दिल्लीमा १२ बुँदे समझदारी भयो” । तर यो शब्द संगै त्यो १२ बुँदे समझदारीमा कसको बिशेष के भूमिका रह्यो त ? के त्यो समझदारी पत्र नेपालका दलहरु र तिनका नेता बाट तैयार पारिएको थियो ? के त्यो समझदारी नेताहरु साँच्ची कै हामी जनता र देश प्रति वफादार भएरै गरेका थिए त ? के त्यहाँ कुनै वाध्यता लुकेको थिएन (बिदेशी भूमिका वा दवावको )किनकी आज हरेक दल,नेता लगायत भारत ले पनी त्यो समझदारी आफुले गराएको दावी गर्दै हामी जनतालाई गुनको ब्याज तिर्न वाध्य पार्दै छन नि ? यहांले पनि कतै गाँइ-गुँइ त सुन्नु भएकै होला त्यो सानो देशमा ?

२-डाक्टर साहेव तपाइले भन्नु भयो “नेताहरूको आह्वानलाई सत्ताको खोजी मात्र ठान्ने जनमानसिकता थियो ” । तर के यो शब्दले हाम्रा नेताहरु माथी हामी जनताले अन्याय गरेको ठहर्दैन र ? यदि यो शब्दको अर्थ मैले बुझेकै सही हो भने हरेक दिन हरेक पल ब्यक्तिगत र दलीय स्वार्थ भन्दा माथी उठन नसकि २०-२१ बर्ष सम्म पनि नाटकीय ढंगले अरुलाई सधै दोष दिएर देश र जनता प्रति यो हद सम्मको गद्दारी गर्ने नेता अरु छन भनेर अर्को कुन देशको उदाहरण दिनु हुन्छ ? उदाहरण छ होला तर एक मिनेट रोक्किनोस है त किनकी यति लामो समय सम्म आफ्नो पद अनि नेतृत्वको दुरुपयोग गरी ब्यक्तिगत र दलीय स्वार्थ पूरा गर्न देशमा राजनितिक अस्थिरतालाइ मरी मेटेर मलजल गर्ने नहोलान अन्यत्र ……. भेटिए पनि ति सधै यसरी कानून भन्दा माथी र देशको अस्मिता छिमेकी राष्ट्रलाई बलात्कार गराएर आफुले उत्सव मनाउने हाम्रा नेताको पंक्तिमा नपर्लान कि ? अथवा के आधार छ त्यस्तो जो यी नेताहरूलाई हामीले बिस्वास गरौं ? तपाइले त यसपाली पनि थाहा पाउनु भएकै होला सत्ता फोवियाले ग्रस्त भएर सबै नेता हरु भारतीय राजनितिक डाक्टर संग उपचार गराउन र हाम्रो अस्मिताको दलाली गर्न दिल्ली पुग्नु भएकै छ ! यहांले पनि कतै गाँइं – गुंइं त सुन्नु भएकै होला त्यो सानो देशमा ? (more…)

” माया र मैना ” – कथा

March 17, 2009 - 2:25 am 12 Comments

-लुना

एकादेशमा एउटा जङ्गल थियो । त्यो जङलमा थरी थरी का फलहरु को रुख – बुट्यान , फूलहरु का बिरुबा – बुट्यान थियो । त्यो जङल लाई अँगालोमा बेर्दै मनमती खोला मात्तिएर बग्थी । जङल नजिकै एउटा सानो टपरी गाउ थियो । त्यो टपरी गाउ मा एउटा सानो चिट्ठीक्क परेको घर थियो जहाँ माया नामकी केटी बस्थी । माया टुहुरी थिई तर गाँउलेहरु को मायाले उस्ले टुहुरी महशुस गरेकी थिईन आफूलाई । उ हाँसी खुशी बाँचेकी थिई । माया सधैं साँझ् बिहान जङगल मा टोकरी लिएर जान्थी फल्फूल टिप्न लाई । फर्कदा गाँउका छिमेकी लाई थोरै फलफुल दिएर गँहु को छबाली सँग साट्थी र घरमा गहुँको छबालिमा कलात्मक बुट्टा भर्दै हाते पङ्खा – टोकरी आदी बनाउथी । अनी त्यो गाउँ नजिक को शहरमा लगेर बिक्री गर्थी ।
~~~~
सधैंझै एक दिन माया टोकरी बोकेर गुनगुनाउदै फलफूल टिपेर फर्कदै थिई जङ्गलबाट , अचानक बाटोको बडेमाको काइयोको रुख मुनी ” चि ! – चि! ” आबाज सुनी उस्ले । उ आबाज नजिकै बिस्तारै गई । ओहो ! गूँड् सहितको चराको बचेँराले आss गर्दै चि ! चि ! गर्दै थियो । मायाले बरिपरि हेरी । अल्ली पर एउटा चरा मरेको थियो । उस्ले पक्कै यो बचेँराको माउ हुनु पर्छ भनेर अड्कल काटी । उस्को मन कट्ट्क्क भएर आयो । उस्ले जतनले गूँड् सहितको बचेँरा मैना चरी लाई घरमा ल्याइ । त्यो रातभर उस्ले मैना चरी सँग गीत गुन गुनाउदै बिताइ ।
~~~~
मायाको स्याहर सुसार ले मैना चरी हुर्कँदै गई । माया एक्लै थिई पहिले अब चाँही मैना चरी लाई साथी पाएकी थि ई । उ हरबखत जे काम गर्दा पनि मैना चरी सँग बोलिरहन्थी ।गहुँको छ्बाली मा बुट्टा भर्दै मैना चरी सँग बोलिरहनु उस्लाई आनन्द लाग्थियो । हुँदा-हुँदा जङ्गल जाँदा पनि उ मैना चरी लाई साथ लिएर जान थालेकी थिई । अब त मैना चरी ले पनि मान्छेको भाषा बुझ्न् सक्ने भईसकेकी थिई । उ मायाले झै प्रस्ट सुरिलो सँग बोल्थी ।

बोल्ने साथी मात्रै होइन काम गर्ने साथी पनि पाएकी थिई मायाले । गाँउको खेततिर गएर चुच्चो ले गहुको छबाली बोकेर ल्याइ दिन्थी मैनाले मायालाई ।
मायाले शुरु शुरुमा ” अब यो हुर्कन्छे र एक दिन मलाई छोडेर उडेर जान्छे होला ! ” भन्ने सोँचेकि थिई तर अहँ ! मैना चरी माया सँगइ रमाएर बस्न थालि । (more…)

मिडियामाथि बहसका पक्षमा

March 15, 2009 - 5:58 pm 5 Comments

-नरेन्द्रजङ्ग पिटर

मिसनबाट सुरु भएको नेपाली पत्रकारिता मिडिया उद्योगमा फेरिएको छ र यसको विविधता एवं पहुँचमा पनि व्यापकता छ । तर, यसको विश्वसनीयतामाथिका प्रश्न भने घटेका छैनन्, अझ बढेका छन् । कतै नयाँ मिसन र व्यावसायिकताको घालमेल देखिन्छ, कतै मिसन र प्रोफेसनको पयुजन हुँदै कन्फ्युजन पनि जन्मिएको छ । सीमित पहुँचको राजकीय रेडियो र टे्डिलमा मात्र छापिने अखबारको जमानामा बनेका, यदाकदा सामान्य सुधार मात्र गरिएका नीति र विधिले अनलाइन र ब्लग पत्रकारितासम्म विस्तार भइसकेको अहिलेको मिडियालाई न त सम्बोधन गर्न सक्छन्, न यसका चुनौतीको सामना । मिडिया नियमन गर्ने संस्थाहरू पुरानै विधिमा जकडिएका छन्, नयाँ मिडियाको सोच र संस्कृति निर्माण हुन सकेको छैन । नयाँ सोचको जोखिम उठाउने राजनीतिक नेतृत्वसमेत सकेसम्म मिडियालाई छुन चाहँदैन । मिडिया-माफियाका दबाबमा गलत नीति बनेका र नियमन नभएका उदाहरण पनि छन् । नेपाली समाज अहिले गम्भीर आत्मसमीक्षाको प्रक्रियामा छ र नेपाली मिडिया पनि आत्ममूल्यांकन, आत्मानुशासन र आत्मनियन्त्रणबाट अलग हुन सक्दैन । तर, एकथरी सञ्चारगृह र सञ्चारकर्मी पत्रकारिता र पत्रकारबारे कुनै पनि बहसका लागि तयार देखिन्नन् ।

हालसालै सतहमा आएका केही घटनामा मिडियाको प्रस्तुति अस्वाभाविक र गैरजिम्मेवार मात्र होइन, नियतकै दृष्टिले समेत सन्देहास्पद देखियो । केही महिनाअघि थानकोटमा दुई किशोरको हत्याको घटनालाई एउटा टेलिभिजन च्यानलले अतिरन्जनाको अन्तिम हद पनि नाघेर अमूक राजनीतिक दलसँग जोड्न खोज्यो । यसले जनतामा आवेग जगायो, अन्ततः धनजनको पनि क्षति भयो । प्रहरी अनुसन्धानपछि मिडियाको रिपोर्ट पूर्णतः आधारहीन प्रमाणित भयो, तर हतार-हतार आफैँ अभियोग लगाउने र आफैँ फैसला गर्ने मिडियामा त्यसको खण्डन-मण्डन र समीक्षा हुन परेन, चाहेन र सकेन । (more…)

‘बितेका पल’ – पुरानो कविता

March 14, 2009 - 4:10 pm 5 Comments

भिक्टर लामाको गीतमा झैँ
बितेका पल जस्ता यि दिनहरु
निर्जिव निर्जिव लाग्ने पुस्तकका पानाहरु
हरेक पल तिम्रो आवाज खोजिरहेको यो समय
प्रत्येक बिहानि अनि साँझहरुमा
खुसि रहने मेरा हर प्रयाशहरु
मौनताले गिज्याइरहेको छ आफैलाइ
घडिको टक टक आवाज अनि
बाहिर बगिरहेको बतास
भित्तामा टाँसियको तिम्रो तस्विरले
घरि घरि आहत बनाँउछ अझैपनि

एउटा असल मान्छे बन्ने प्रयासमा
छोडियका चुरोटका बाँकि अंशहरु
म माथि अझै हाँसिरहेका छन
मौन छु म …केवल मौनतामा
केहि नयाँ pop हरुमा आफैलाइ बिर्सियर (more…)

उत्थान -पतन (कथा)

March 14, 2009 - 12:42 am 6 Comments

-लुना

‘क’ पाटिकै कार्यकर्ता नारद र हजुरि मैया रहेछन । उनिहरुले परैबाट ” दर्शन गरे है काका !काकी ! ” भन्दै माथि उक्लिए ।
” दर्शन काका ! दर्शन काकी ! ”
” दर्शन ! दर्शन ! लौ बस ! बस ! ” भन्दै कौशल्याले चाङ् लगाएको बाँसको कुर्ची झिक्दै बस्न लाई राखिदीइन ।
” मिना ! ए मिना ! ”
” हजुर काकी ! ”
इमानप्रसाद र कौशल्यालाई घरका कामदार देखी कार्यकर्ता सबैले ” काका – काकी ” नाताले सम्बोधन गर्थे ।
” काकी ! हजुर ले बोलाउनु भो ? ” मिनाले चिसै हात लिएर दगुर्दै आएकी थि ई ।
” चिया -नास्ता लिएर आउ बा ! ”
” हबस ! ” भन्दै नारद र हजुरी मैयालाई पनि दर्शन गरेर गई ।
अहिले च्याउ झैँ उम्रिएका बडे बडे नेता हरु र च्याउ झै उम्रिएका नब धनाढ्य हरुको बिचमा बोलिने भाषा हो यो ” दर्शन ! , भुजा , स्योस ! ( आईस्योस ! गरिस्यो ! ) आदी सामन्ती संस्कार लाई जिउँदो राख्ने शब्द हरु जस्को नक्कल नब धनाढ्यदेखी लिएर अन्य बर्ग मध्यम – निम्न मध्यम बर्गकाले पनि प्रयोग गर्दै आईरहेको देखिन्छ । अचम्मको कुरा त शिक्षित बर्ग बाट नै आफूलाई अरु भन्दा केही भिन्न देखाउन यि यस्ता शब्द को आबरण ले ढाक्न खोजेको देख्दा तिनी भित्रका यर्थात गोप्यता छर्लाङ्ग देखिदा पो बुझ्ने लाई चाँही लाज ले कुरी कुरी बनाइ रहेको हुन्छ ।
~~~~
एकै छिन् मा मिनाले चिया नास्ता ल्याएर टेबल मा राखी दि ई ।
~~~~
चियाको सुरुप्प सँगै नारद बोल्यो , ” फलानोले त हजुरलाई यस्तो भन्यो नि ! उस्तो भन्यो नि ! सप्पै रिसले भुतु क्क भा’छन हजुरलाई दख्खिन का ले ( भारत बाट ) निमन्त्रणा गरे देखी ! ”
” भन्न् देउ न नारद ! तिनिहरु त्यै हाँगाँ टाँसिएर बसिराखुन ! भित्र भित्रै खोक्रो भाईसक्यो बुझ्यौ ! ति सब ढल्छन एक दिन र मेरो (more…)

नेपाल फर्किने बेलामा

March 11, 2009 - 9:40 pm 6 Comments

(बिबिसि नेपालि सेवाका प्रमुख रबिन्द्र मिश्र आफ्नो लामो बेलायत बसाइ छोडेर नेपाल फर्कँदैछन । सक्ष्यम नेपालिहरु धमाधम नेपालबाट पलायन भैरहेको अवस्थामा मिश्रजस्ता नेपालिहरु देश सम्झियर फर्किनु निकै खुसिको कुरा हो । रबिन्द्र मिश्र संग्लग्न परोपकारि संस्था हेल्पनेपाल तपाँइ यहाँ क्लिक गरेर हेर्नसक्नुहुन्छ र उनको प्रोजेक्टमा सहायक बनेर नेपालको शिक्षा-स्वास्थ्यको क्षेत्रमा परिवर्तनको लागि योगदान दिनसक्नुहुन्छ । कान्तिपुरमा केहि दिन अघि प्रकाशित उनको यो प्रेरणादायि लेखलाइ यहाँ जस्ताको तस्तै राखियको छ ताकि धेरै नेपालिहरुसम्म यो लेख पुगोस र देश फर्कन हिच्किचाइरहेका सक्ष्यम नेपालिहरुलाइ देश फर्कन प्रेरणा दियोस – स्याटेलाइट)

-रवीन्द्र मिश्र

अन्ततः पेसागत र व्यक्तिगत दुवै रूपमा नेपाल फर्किने मेरो लामो धोको पूरा हुनलागेको छ । पाकिस्तानमा झन्डै तीन र बेलायतमा १४ वर्ष बिताएपछि म स्थायी रूपमा अर्को महिना नेपाल फर्किंदैछु । बेलायतमा बिताएका १४ वर्ष मेरालागि जीवनको एउटा अत्यन्त सुखद, उपलब्धिपूर्ण र सन्तोषजनक समयका रूपमा सदा रहिरहनेछन् । पाकिस्तानको तीनवर्षे बसाइले मेरो शैक्षिक जीवनमा एउटा इँटा थपेको थियो र मेरो पेसागत जीवनको जग निर्माण गरेको थियो । बेलायतको बसाइले मेरो शैक्षिक जीवनमा आर्को इँटा थप्यो र मेरो पेसागत जीवनलाई एउटा रूप र परिचय दियो । ती सबैले मलाई व्यक्तिगत रूपमा सुखद अनुभूति दिने गरेका छन् । तर मैले मेरो शिक्षा र पेसाको धरातलमा उभिएर बेलायत बसाइका क्रममा देखेका र भोगेका क्षणहरूले मलाई जे सिकायो र मेरो पेसाभन्दा बाहिर मभित्र रहेको गहिरो विश्वासलाई अघि बढाउन जसरी प्रेरित गरायो, त्यो मेरालागि सबभन्दा सन्तोषको पक्ष रहेको छ । यी अनुभूतिहरूलाई दुईवटा कारणले मैले यहाँ बाँड्ने धृष्टता गरिरहेको छु ।

पहिलो कारण हो, जेले मलाई मेरो आजसम्मको यात्रामा सबभन्दा ठूलो सन्तोष प्रदान गरेको छ, त्यसका लागि म आफूलाई नभएर अनगिन्ती विदेशमा बस्ने र खासगरी बेलायतवासी नेपालीहरूलाई धन्यवाद दिन चाहन्छु । तिनको सद्भाव, विश्वास अनि नैतिक र आर्थिक सहयोग नभएको भए मैले तय गरेको त्यो सानै किन नहोस्, तर सबभन्दा बढी सन्तोषजनक पाइला चाल्न सक्ने सम्भावनै रहने थिएन । मेरो १४ वर्षे प्रवासमा नेपाल र नेपाली भनेपछि मरिमेट्ने कैयौं नेपालीहरूलाई मैले भेट्ने, उनीहरूका बारेमा सुन्ने-पढ्ने र कतिपयसूग विचार आदान-प्रदान गर्ने मौका पायँ । उनीहरूबाट मैले धेरै सिकेको छु । यो लेखमा ती सबैको नाम लिन सम्भव छैन । तर नेपाल र नेपाली समुदायलाई कुनै न कुनै रूपमा सहयोग गर्न ती सबै नेपालीहरूप्रति म पूर्ण नतमस्तक छु । ती सबै मेरो बाँकी जीवनमा प्रेरणाका स्रोत रहिरहनेछन् । तीनको नैतिक या आर्थिक सहयोग नभएको भए म र समान विचारधारका मेरा साथीहरूद्वारा स्थापित र सञ्चालित हेल्प नेपाल नेटवर्क नौ वर्षको अवधिमा नेपालका गाउँहरूमा, मूलरूपमा नेपालीहरूबाटै उठाइएको रकमबाट, कैयौं स्कुल बनाउने, स्वास्थ्यचौकी चलाउने, पुस्तकालयहरू निर्माण गर्न, कैयौं स्कुल र स्वास्थ्यचौकीहरूलाई शैक्षिक र स्वास्थ्य उपकरणहरू प्रदान गर्न र आपतकालीन राहतहरू उपलब्ध गराउने काम गर्नसक्ने थिएन । ‘नेपालका लागि नेपालीले गरौं’ भन्ने नाराका साथ नौ वर्षअघि सुरु गरिएको ‘नेपालको लागि महिनाको एक पाउन्ड कोष’ अभियान अहिले बेलायतबाहेक अरू कैयौं देशहरूमा फैलिएको छ । (more…)

प्रशव पीडा लिएर अस्पताल जाँदा…

March 10, 2009 - 2:22 am 8 Comments

शरद – बुटवल

भर्खर फेरी एउटा मानव सेवा गर्ने थलो आफै तोड़फोड़को शिकार भएको छ एउटी बालिकाको असामायिक निधनलाइ लिएर ।

पोखरामा भएको यो घटना बिगतका दिनमा नभएको कुनै नौलो घटना भने पक्कै होइन । बिगतमा राजधानी कै कतिपय अस्पतालहरुमा पनि यी घटना भएका थिए थुप्रै धन-जनको क्षति पनि भएकै थियो । संवंधित चिकित्सक संघ का बिज्ञप्ति पनि आए कोई मर्कामा परे ज्यान जानेको त ज्यान नै गयो बांकी ले पनि ठुलो सास्ति खेपे तर खोई त निष्कर्ष निस्केको ? आखिर कसको कारण यी घटनाहरु दोहोरी रहन्छन ? के यि घटनाले त्यो पेशाका ब्यक्ति,हाम्रा नेता अनि संविधानविद देखि कानूनविद सम्म कसैलाई कुनै समाधानको लागि जिम्मेदार भूमिका निभाउन किन कर गरेन ? कहाँ छन नागरिक समाजका अगुवा हरु ? कहाँ छन संविधानविद भीमार्जुन, अनि कानूनविद शम्भू थापाका लस्करहरु जो धमला जस्ता ब्यक्ति प्रति बडो उदार चित्त लिएर भाषण र चेतावनी दिँदै हिंडछन अनि के पशुपतिका पुजारिका लागि शहीद हुने आँट गर्ने रामचंद्र र गिरिजाप्रसादहरू लाइ यो घटनाको पत्तो छ त ? अनि बिगतका दिनमा भएका यस प्रकारका घटना बाट के समाधानको बाटो निकाल्यो त चिकित्सक संघले ? के संघ भनेको घटना पश्चात चक्का जाम,बंद हड़ताल गर्ने जत्थाको नेतृत्व गर्ने हो वा समस्याको शांति पूर्ण अनि दीर्घकालीन समाधान को बाटो पहिल्याउने हो ? बिगतमा यस प्रकारका घटना हरु हुंदा ठुलो स्वरमा सुरक्षाको जिम्मेवारी हुनु पर्छ भन्दै वकालत गर्ने संघका अध्यक्ष श्री चोपलाल भुसाल जी को भूमिका के रह्यो त यो पेशावाला हरु प्रति ? कुन निचोड़मा पुर्याउनु भयो त त्यो मुद्दालाइ तपाइले ?

कि यसको दोष पनि राज्य लाइ मात्र दिनुहुन्छ ? यदि दोष राज्य लाइ मात्र दिनुहुन्छ भने पनि ठीकै छ तर सोच्नोस त राज्यका जिम्मेवार ब्यक्ति को हुन ? के राम्रो काम गर्न नेताकै बाहुली र मुखारविंद चाहिने हो र ? बिषयगत हिसाबले हेर्ने हो भने त तपाईहरुको हैसियत मानवतामा निकै उचाइमा छ नि । मलाई त लाग्छ यो समस्याको दोषी तपाईहरु जस्तो उच्च पदमा रहन रुचाउने तर जिम्मेवारी देखि सधै निर्लज्ज भएर भागिरहने ,कहिले पनि निर्णायक मोड़मा पुग्ने चेष्टा नै नगर्ने ब्यक्तिहरु हुन । (more…)

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.