Archive for April, 2009

हाम्रो पनि मनै त हो..संगिता

April 23, 2009 - 2:43 pm 2 Comments

यहाँको सिस्टम नै सुस्त । बल्लतल्ल Exit Visa त मिलाइयो तर अब फ्लाइटको टुङ्गो छैन । यो यात्रापनि महाभारत र रामायणभन्दा कम्तिको भयन यार…हरे बुद्व ! हिथ भर्खर क्यालिफोर्नियाँमा छुट्टि मनायर आयको र तिक्रित जाने तर्खरमा । बगदादमा भेट भयो । उसको पनि Black Hawk Helicopter को यात्रा कतिबेला हुने निश्चित थियन । दुइदिन सँगै बसियो होटलमा । हिँजो साँझ एकछिन होटलभित्रकै बारमा छिरियो । रमाइलो भयो भन्नुपर्छ जे होस यत्तिकोलाइ । बारभित्रका केहि फोटाहरु…

(more…)

बगदाद वरपरका केहि फोटाहरु..

April 22, 2009 - 6:49 pm 4 Comments

अहिलेसम्म इराकबाहिर जाने Exit Visa मिलाउने तर्खरमा म बगदादमै छु । अमेरिकि सैनिकले इराकि सरकारलाइ इराकि शहरहरुको जिम्मा दियपछि इराकि प्रशासनिक संयन्त्रहरुमा कडा गरियको छ र बिदेशिहरुको आगमनमा कडा चेकजाँच अपनाउन थालियको रहेछ । नत्र हिँजोका दिनहरुमा इराकमा मान्छेहरु बिना भिषा आँउदारहेछन । एउटा स्वतन्त्र राष्ट्रकालागि यो भन्दा बढि दुखको कुरा के हुन सक्ला । आफु आफु लडेपछि बाहिरिले कसरि फाइदा लिँदा रहेछन भन्ने कुरा इराकमा देख्न सकिन्छ । बगदादजस्तो कुनैबेलाको सुन्दर शहरलाइ युद्वले कुरुप तुल्यायको छ । जताततै सिमेन्टका पर्खालहरु र सुरक्ष्याजाँच गर्नेहरुमात्र देखिन्छन ।

मैले आज BIAP वरपर घुम्नेक्रममा लियका केहि तस्विरहरु तल:

हिँजो सुतेको BIAP Int’l Hotel को कोठा (more…)

बगदाद एयरपोर्ट नजिकबाट…

April 21, 2009 - 3:15 pm 4 Comments

हिँजो साँझ अचानक CH-47 Helo मा सिट पाइयो । क्याम्प ताजि मा केहिबेर रोकियर हेलिकोप्टर क्याम्प लिबर्टिमा ल्यान्ड गर्यो । लिबर्टिचाहिँ BIAP भित्रैका धेरै अमेरिकन क्याम्पहरु मध्ये एउटा रहेछ । हेलिकोप्टरहरु किन रातिमा उडान गर्दा रहेछन भन्नेकुराको अनुभव हिँजो भयो । धेरै उचाइमा न-उड्ने रहेछन अनि त्यहाँ त चिसो हावाले उडाउलाजस्तो हुने । दुइवटा Gunner पाइलटभन्द पछाडि नाइटभिजन ग्लास लगायर टार्गेट खोज्दै सतर्क पोजिशनमा हुँदा रहेछन । पछाडिपट्टिपनि दुइजना गनरहरु ।

उड्नुभन्दा अगाडि सैनिक पाइलटले ‘ब्रिफिङ’ गरे । अकस्मात तलबाट फायरिङ भयो भने के गर्ने र आपतकालिन अवतरणमा कसरि जोगिने भन्ने बारेमा । हेलिकोप्टरमा आगो लाग्यो भने सामान त्यहिँ छाडेर सुरक्षित स्थान देख्नेबित्तिकै हाम फाल्न सिकाय । कमर्शियल प्लेनजस्तो सबै सुबिधा CH-47 मा थियन । अगाडिका झ्यालहरु र पछाडि पुरै खुल्ला थियो । बतासले हानिरह्यो लिबर्टिमा नझर्दासम्म । रातिको अन्धकारमा तल जमिनमा आवाजबाहेक अरुले माथि हेलिकोप्टर उडेको थाहा नपाँइदो रहेछ । बत्तिहरु कतैकापनि नबाल्ने सुरक्ष्याको कारणले । तर प्रविधिचाँहि गजबकै रहेछ । कसैले तलबाट हेलिकोप्टरमा बुलेट, ग्रिनेट या रकेट प्रहार गर्यो भने हेलिकोप्टरमा भयको लेजर प्रविधिले तल जहाँबाट त्यो हानियको हो त्यहाँ सिधै प्रत्याक्रमण गर्दोरहेछ । (more…)

टर्मिनलमा… नयाँ बर्ष

April 18, 2009 - 3:36 am 9 Comments
अमेरिकि सेनाको CH-47 Chinook helicopters यहि हेलिकप्टरको पर्खाइमा छु अबक फिर्तियात्राको लागि

अमेरिकि सेनाको CH-47 Chinook Helicopter यसैको पर्खाइमा छु अबको फिर्तियात्राको लागि

यात्रा अपडेट २: फ्लाइट अझै भयको छैन । हिँजोको साँझमात्र मौसम सफा भयको थियो र केहि फ्लाइटहरु भय तर हेलिकप्टरमा सिट पाइयन । खराब मौसमले गर्दा उडान नहुँदा धेरै आर्मि र सिभिलियनहरु उडानको प्रतिक्ष्यामा थिय । केहिले सिट पाय । केहिले म झैँ पायनन । भोलि मंगलबारको लागि AMR भरेको छु । BIAP को उडान भयमा सिट पक्कै पाइयला । आज साँझपनि एयरपोर्ट गयर कोशिश त गर्नेछु । यि निशुल्कका फ्लाइट पर्खेर जुनि बिताउनुभन्दा त यार बरु पैसा तिरेर, टिकट काटेरै भयपनि उड्न पाय हुन्थ्यो भन्या । यहाँ फेरि त्यस्ता रङ्गिचङ्गि जहाजहरु कहाँ हुनु र ?

एयरपोर्ट जसलाइ Pax Terminal पनि भनिन्छ । हिँजो साँझ त चिसो बतासले एकछिन कमायो नै एउटा टि-शर्टमा मात्रै त्यहाँ । टर्मिनल नजिकैको Green Beans Coffee बाहिर बसेर पियको तातो कफिले केहि राहत दियको थियो । साँच्चै उडानको क्रममा मैले यति लामो पर्खाइमा कहिँ समय बितायको थिइन । बुक गरेका होटल र मोटरहरुको क्यान्सिलेशन दुइ पल्ट भैसक्यो यो अनिश्चित फ्लाइटले ।

आज साँझपनि कोशिश गर्नेछु । हेरौ के हुन्छ ।
******
यात्रा अपडेट १: ‘यस्तोपनि हुँदोरैछ…कहिलेकाँहि जिन्दगिमा ..’ यहि गित गाउनुपर्ने अवस्था आयको छ अहिले मलाइ । तिक्रितबाट बगदादतिर उड्न खोजेको ६ दिन भयो अझै उड्न सकेको छैन । हेलिकोप्टरहरु प्राय यहाँ अँध्यारो भयपछिमात्र उडाउँछन सेनाले किनकि हेलिकोप्टर धेरै उचाइमा उड्दैन । तलबाट हानियका २-४ गोलि नै हेलिकोप्टर खसाल्न पर्याप्त हुनसक्छन । बिगतमा धेरै सैनिक र सिभिलियनहरुले यिनै हेलिकोटर दुर्घटनाबाट ज्यान गुमायका रहेछन । अहिले हेलिकोप्टरहरु साँझ परेपछिमात्र उड्दारहेछन । तर यहाँ गतहप्तादेखि शनिले बास गरेजस्तो मौसम भयको छ । दिउँसोको चार बजेपछि त मौसम सार्है खराब भयरै हैरान । Sand Strom ले बाहिर कम भिजिबिलिटि हुन्छ अनि हेलिकोप्टर उडदैनन । एकहप्ता हुन थाल्यो यार…यो एयरपोर्ट र टेन्ट गर्न थालेको । साँझबाट मध्यरातसम्म उडान होला भनेर पर्खियो तर अहँ हुन्न पटक्कै । आजलाइ त मैले ७२ घण्टा अगाडि AMR (Air Mission Request) फर्मसमेत भरेको थियँ । आज झन BIAP (Baghdad International Airport) जाने उडान नै रहेनछ । झ्याउ नै लागिसक्यो भन्या ।

******
सर्वप्रथम त नयाँ बर्षको केहि ढिलो नै भयपनि यहाँहरुलाइ शुभकामना । फलोस..फुलोस अनि सोँचेका सकारात्मक कामहरु-चाहनाहरु पुरा होउन । प्रेमिहरुलाइ प्रेमिका जुरुन । बिछोडियकाहरुको मिलन होस । देशमा शान्ति छाओस । नेपालिहरुलेपनि चाइनिजहरुले झैँ टन्न काम गर्न गार्हो नमानुन । अरुका कुरा काटन छोडुन । अधिकार-अधिकार भनेर अरुका मौलिक अधिकारहरुपनि कुल्चिनुभन्दा कर्तब्यका बारेमा पनि अलि सचेत होउन । हाम्रा जे पनि ‘हुन्छबहादुर’ प्रधानमन्त्रि प्रचण्डमा पनि बोल्नुपुर्व सोँच्ने मति आवोस । दलहरु जनता र देशप्रति जिम्मेवार बनुन । शुसिल कोइराला र रामचन्द्र पौडेलजस्ता काम न काजका पण्डितहरुबाट नेपालि काँग्रेसपनि मुक्त हुन सकोस । बन्द र हडताल गर्नेहरु यो बर्ष अलि हतोत्साहि होउन । (more…)

एउटा नेपालि चिकित्सकको प्रेरणादायि संघर्ष

April 16, 2009 - 3:20 pm 2 Comments

-डा शंकरमान राई


मेरो स्वास्थ्यकर्मीको पेसा ३० वर्ष पुरानो भयो । सोलुखुम्बुको सोताङबाट ‘हेल्थ असिस्टेन्ट’को रूपमा यो यात्रा थाल्दा गाउँको अधिकांश मानिस गरिब र अशिक्षित थिए । उनीहरूलाई ठूलो अस्पताल जानु धेरै गाह्रो कुरा थियो । उनीहरू मलाई त्यहाँको डाक्टर नै ठान्थे । सामान्य बिरामीमात्र होइन, हातखुट्टा भाँचिएका, जटिल प्रकृतिका सुत्केरी केश पनि आउने गर्थे । स्वास्थ्यचौकी ल्याउन नसकिनेका लागि बोलाउन आउँथे । म उपचारको निम्ति घरमै पनि जान्थेँ । स्वास्थ्यचौकीमा मैले उपचार गर्न नसक्ने बिरामी नआउन् भनेर प्रार्थना गर्थें । किनकि गाउँलेले डाक्टर भने पनि वास्तवमा म एउटा हेल्थ असिस्टेन्टमात्रै थिएँ । सानोतिनो घाउचोटमा मलमपट्टी लगाउने र भएको औषधी दिनुबाहेक अरू काम गर्ने मेरो सामर्थ्य थिएन ।

नचाहँदा-नचाहँदै र भन्दाभन्दै पनि मैले उपचार गर्न नसक्ने बिरामी धेरै आइरहन्थे । तीमध्ये अधिकांशलाई टाढाको अस्पताल जान जेथाले साथ दिँदैनथ्यो । त्यस्ता बिरामी देख्दा सुत्केरी अवस्थामै बितेकी मेरी आमालाई सम्भिन्थेँ । तर पनि त्यस्ता असहाय बिरामीहरूलाई अरू नै अस्पताल जानु भन्नुबाहेक मसँग अरू उपाय हुन्नथ्यो । यसो भनिरहँदा मनमा तीतो अनुभूति बढ्दै गयो । त्यही तीतोपन हटाउन आफैं डाक्टर बन्ने कुरा सोच्न थालेँ । मैले जे सोचेँ, त्यो अरूलाई पनि भनेँ । कतिपयले चाहिँ ‘हेल्थ असिस्टेन्ट’ पनि डाक्टर हुन्छ भनेर खिल्ली उडाए ।

म आज पनि मनमा लागेको कुरा भनिहाल्छु । त्यसो गर्दा त्यो कुरा पूरा हुने-नहुने चाँडै थाहा हुन्छ । सायद सोलुमा हुँदा मैले मेरा चाहना मनभित्रै लुकाइराखेको भए म जीवनभर ‘हेल्थ असिस्टेन्ट’मै सीमित रहन पनि सक्थेँ । शिक्षण अस्पताल, बेलायत, बंगलादेश र अमेरिकामा अध्ययन गर्दै आज इन्टर प्लास्ट सर्जन हुन्न थिएँ ।

भित्री इच्छा प्रकट गर्नेसँग आफ्नो लक्ष्य प्राप्तिका लागि लागिपर्ने शक्ति हुँदोरहेछ । त्रिविको मेडिसिन क्याम्पसमा एमबीबीएस पढिरहँदा (more…)

एउटा अर्को नयाँ बर्ष – ‘कविता’

April 8, 2009 - 2:23 am 6 Comments

एउटा अर्को बर्ष बितिसकेछ यहाँ
खुसि अनि केहि दुखका स्मृतिहरु छाडेर
छुट्टियका प्रेम र लुटियका हाँसोहरु छाडेर
एउटा अर्को बर्ष..अरु बर्षहरुजस्तै
म मेरै निम्ति बाँचे…आफ्नै लक्ष्यहरुको लागि
मेरो देश हिँजोपनि रोइरहेको थियो..आजपनि उस्तै
बिग्रियको राजनिति अनि फोहोर गल्लिहरु बोकेर
मेरो देश आजपनि केहि नेपालि खोजिरहेछ
जसले काँधमा बोक्नसकुन मेरो देशलाइ
जसले पुछ्नसकुन नेपालिहरुका आँशुहरु..अनि
फैलाउन उज्यालो निर्जन बस्तिहरुमा पनि

abroad मा बसेर देशका निम्ति दुइशब्द कोर्नु
मैले आफ्नो कर्त्यब्य सम्झेको छु
बाहिरियकाहरुलाइ मात्र नेपालि ठान्ने
कस्तो पिडा ब्यहोरिरहेको छु !!
दुर्लभ फुर्सदहरुमा पनि पुरानो प्रेमका नाममा
केहि उदास..
अनि देश बिर्सने केहि थोपा रक्सिहरुमा
मैले मेरो राष्ट्रियता बिर्सिरहेको छु
एउटा अर्को बर्षपनि म ब्यर्थैमा बितायछु (more…)

” दार्ही ” – कथा

April 3, 2009 - 10:54 pm 14 Comments

-लुना

” टिरिङ्ग ! टिरिङ्ग ! टिरिङ्ग ! !!!!!”
” भाउजु ! ”
” भाउजु ! ”
” पक्कै दाइकै फोन होला ! आज सन्डे ! ” उ एक्लै बोल्दै माथि पुग्यो बैठक मा ।
फोन उसै गरी बजिरहेको थियो ” टिरिङ्ग ! टिरिङ्ग ! ”
” हेल्लो ! ”
” दाई ! ”
गौरब खुशी हुँदै सन्चो – बिसन्चो सबै कुरा सोध्यो । उता बाट पनि गौरब को पढाई , आमा-बुवा , सबैको हाल खबर सोधी सके पछी जगदिशले ” मिरालाई फोन देउ कान्छा ! ” भन्यो ।
उस्ले मायाले भाईलाई ” कान्छा ” भन्थ्यो । उसो त घर परिवार का सबैले गौरब लाई कान्छा नै भन्थे, मात्र मिराले ” बाबु ” भन्थिन ।
” खोइ दाई भाउजु लाई देखिन मैले ! बाहिर कतै जानु भो कि ! एक छिन् मा गर्नुस् न फोन ! ”
पुन : १२ बजे तिर फोन गर्छु भन्दै जगदिशले फोन राख्यो ।

~~~~

मिरा नुहाएर छतमा आई कपाल सुकाउँदै थिई , गौरब पनि आई पुग्यो ।
” भाउजु ! दाइको फोन आ’थ्यो ! दाई त होलिडे जाँदै छ रे एक हप्ता ! अर्को हप्ता यै बेला कुर्नुस् रे फोन ! ” गौरब ले नहाँसी भन्यो भाउजु को मुखमा हेर्दै ।
मिरा न्याउरी बनी । उसको न्यास्रिएको अनुहार धेरै बेर हेर्न सकेन गौरब ले र तुरुन्तै बोल्यो , ” भाउजु ! ल ! ल ! नआत्तिनुस् ! जोक गर्या मैले ! अब एकै छिनमा दाइले फोन गर्छ ! हजुर फोन मै टाँसिएर बस्नुस् रे ! ” उस्ले हाँस्दै भन्यो र भर्याङबाट ओर्लियो ।
” पख्नुस् बाबु ! तपाईंलाई ! नैनाको फोन त आउन दिनुस् ! मैले जान्या छु ! ” (more…)

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.