जोन उडको सपना र बिस्नुको भविष्य…
-स्याटेलाइट
मान्छेका चाहनाहरु अनेक हुन्छन । इच्छ्या, आकांक्षा या लक्ष्य जे जति नाम दिउँ ।
सारतत्व तृष्णा हो । कसैलाइ राम्रोको तृष्णा कसैलाइ नराम्रोको तर त्यहि नराम्रोको तृष्णा गर्नेहरुले पनि तृष्णा गरिरँहदा त कहाँ त्यसलाइ नराम्रो ठान्छन र ? कहिलेकाहिँ मान्छे आफ्नैहरुबाट पनि दुखि बन्दो रहेछ । बुझाउन नसक्नु या बुझ्न नसक्नु यस्तै को भुमरिमा म परेको अनुभव भयको छ मलाइ । यो कथा लाइ सिधा भाषामा यसरि:
दाजुको एउटा राम्रो रेष्टुरेन्ट थियो । पैसा कमाउनुभयो । म पनि कहिलेकाहिँ जल नभयपनि पान मात्रै भयनि गर्न जाने ठाँउ त्यो । जल गर्नुपर्दा अरु रेष्टुरेन्ट छानिन्थ्यो । यसलाइ आदर्श या सम्मानको रुपमा हेर्दा ठिक हुन्छ । दाजुको रेष्टुरेन्टमा काम गर्ने एउटा सानो केटो थियो । १२- १३ बर्षको हुँदो हो । मायालाग्दो थियो । दुइ-तिनदिन मैले उसको दिनचर्या हेरेँ..ख्याल नगरेझैँ गरेर । बिहान पाँच- छ बजे उठेको केटो राति एघार बजेसम्म ब्यस्त छ काममा । केहि सय रुपैँयाहरुमा उसले आफ्ना महिनाहरु बेचेको छ । म मोटरसाइकल अड्याउँछु रेष्टुरेन्टको आँगनमा । उसले चाउमिन भुटिरहेको हुन्छ । ‘दाइ चिया कि चिसो ?’ उ चाउमिन बनाउँदा बनाँउदै भित्रैबाट सोध्छ । म उसका चलिरहेका साना हातहरु हेर्छु । उ सोया सस, टोमेटो केचप अनि चप गरियका भेजिटेबलहरु चाउमिनमा हालेर बेसरि चलाउँछ । ‘बिस्ने’ कतैबाट आवाज आयो । कुनै बियर या व्हिस्कि पिइरहेको ग्राहकको हुनुपर्छ यो आवाज । आवाजमा आदेश छ ! दम्भ छ ।
बिस्ने ग्यास सानो पारेर काउन्टरतिर दौडिन्छ र खुकुरि रम को क्वार्टर बोतल लियर टेबलतिर कुद्छ । ‘बिस्ने तँ मुला कति ढिलो ?’ ग्राहकले सुर्याको खिल्लि सल्काउँदै खुकुरि रमतिर हेर्दै भन्छ । जा एउटा ‘चिकन चिल्लि छिटो..’ बिस्ने फेरि किचनमा आयो । फ्रिज खोल्यो । म्यारिनेट गरेको चिकनलाइ चिकन चिल्लिमा बदल्न काम शुरु गर्यो । चाउमिन तयार भयो अर्को ग्राहकको । उ त्यो पुर्याउन जान्छ । अनि थप ग्राहकहरु..थप ग्राहकहरु । कहिलेकाहिँ बिस्नुले काउन्टरमा पैसा लिने कामपनि गर्छ । कसै कसैले उसलाइ टिप्सपनि दिन्छन । प्रायले दिन्नन । नेपालि ग्राहकहरु प्राय कञ्जुस नै हुन्छन ।
बिस्नुले रक्सि र मासुले लत्पतियका भाँडाहरु पखाल्छ । उसका हातहरु फुटेका छन । मेरो दाजुको छोरा बजारमै रहेको राम्रो बोर्डिङमा पढ्न जान्छ । उसलाइ घरमा लिन स्कुल बस आँउछ । (more…)


I am happy to welcome you all in my personal blog.