एउटा उत्साहपुर्ण नेपालि यात्रा
धेरै दिन भयो मैले लेख्न नपायको । अथवा नलेखेको । म इराक, टर्कि, मलेशिया, बंगलादेश हुँदै नेपालको यात्रामा थियँ एकजना साथिसँग । इराकि मुलको अमेरिकन साथि अनेशलाइ नेपाल ल्याउन धेरै गार्हो भयो नेपालको परिवर्तित अध्यागमन नियमले। बिश्वभरिमा एघार देशका नागरिकहरुलाइ बाहेक सबैलाइ नेपालमा भिषा On Arrival मा दिइन्छ काठमाडौ बिमानस्थलमा र केहि अन्य बोर्डर नाकाहरुमा तर ति एघार देशभित्र इराक पनि पर्दो रहेछ त्यसैले टेक्ससको अस्टिनमा बस्ने भयपनि इराकि पासपोर्ट बोकेको हुनाले मेरो साथिले नेपालको भिषा on arrival मा नपाउने भयो र रिस्क लियर आयमा एयरपोर्टबाटै फर्काइन सक्थ्यो । हुन त हामिसँग महाबिर पुनले पठाइदिनुभयको निमन्त्रणा पत्र थियो तर हाम्रा एयरपोर्टमा बसेका टोपिवालाहरुलाइ यि सबैको के अर्थ हुन्छ र ?
त्यसैले हामिले रिस्क लिन उचित ठानेनौँ र इराकबाट नेपालको भिषा लिन युरोपको टर्कि पुग्यौँ । त्यहाँ नेपालि दुतावास रहेनछ । कन्सुलरमात्र रहेछ । त्यहाँ भेट भयकि महिलाले त्यहाँबाट भिषा इस्यु नहुने बताइन । म टर्किबाट दिल्लि हुँदै नेपाल फर्कियँ भने अनेश लाग्यो मलेशियातर्फ ।
अनेश र म टर्किबाट छुट्टिनुको पनि कारण थियो । अनेशलाइ मलेशिया जान भिषा नचाहिने अथवा मलेशियन एयरपोर्टमै १४ दिने भिषा इस्यु गरिने रहेछ तर नेपालि नागरिक भयकोले मलाइ भिषा चाहिने कुरा सुनियो र म नेपाल फर्कियँ । मलेशियास्थित नेपालि दुतावासमा साथि अनेशले नेपालको भिषाको एप्लिकेशन हाल्यो । दुतावासले महाबिरको पत्र हेरिसकेपछि महाबिरलाइ इमेल लेख्यो । उनिहरु महाबिरको कामबाट प्रभावित भयका रहेछन ।
महाबिरले सकारात्मक जवाफ पठायपछि साथि अनेशको नाममा ९० दिने मल्टिपल भिषा इस्यु गरियो र आज दिउँसो अनेश केहि वायरलेश इन्टरनेट सेट-अप गर्न चाहिने उपकरणहरुसहित काठमाडौ उत्रियो । म मोटरसाइकल लियर उसलाइ पिक अप गर्न गयको थियँ । घाम चर्कै थियो र एयरपोर्टमा ट्याक्सि ड्राइभर र होटलवालाहरुको असभ्य भिडले बिदेशबाट आयका नेपालिहरु देखि पर्यटकहरुलाइ घेरेर जबर्जस्ति आफ्ना ट्याक्सि र होटलहरुमा हालिरहेका थिय । त्यसरि शिकार हुनेहरुको मुहार निलो देखिन्थ्यो ।
छेउमा रहेका डन्डावाला प्रहरिहरु मुकदर्शक भयर मोबाइलसँग खेलिरहेका थिय । एउटा तारासहितकि महिला प्रहरि (त्यहाँ भयमध्ये उच्च पदकि) सँग मैले ‘तपाँइहरुकै अगाडि हाम्रा नेपालिहरु अनि बिदेशि पर्यटकहरु यि दलालहरुबाट यसरि हाकाहाकि लुटियको देख्दापनि केहि गर्नुहुन्न तपाँइहरु ? कस्तो लाचारिपन हो यो ?’ मेरो अनपेक्षित प्रश्नको उत्तर उनिसँग थियन तरपनि तितोसत्य पोखिन ति महिला प्रहरिले ‘यि दलालहरुलाइ तह लगाउन नखोजेको होइन हेर्नुस तर यिनका पनि बिभिन्न संघ र संगठनहरु छन, एउटालाइ कार्वाहि गर्दाबित्तिकै एयरपोर्टको बाटै बन्द गरिदिन्छन । हामि त देख्दादेख्दैपनि निरिह भयका छौँ ।’
मैले उनलाइ ‘साँचो बोल्नुभयकोमा धन्यबाद’ भनेर अनेशलाइ लियर मोटरसाइकलतिर लागेँ । (more…)
आज १५ जुन । “Global Day of Action Against Indian Aggression in Nepal”
आखिर जे हुनुपर्ने थियो त्यहि भयो । आज मलाइ गिरिजाप्रसादलाइ धन्यबाद दिन मन लागेको छ । हेल्लो गिरिजाबाबु…थ्याङ्क यु । तिमिले आज जे गर्यौ यति नगरेका भय तिमि जनताबाट पखालिन अझै समय लाग्थ्यो । छोटो बाटो रोजेर ठिकै गर्यौ । अठार- बिष बर्ष देशमा कुशासन गरेर देश र हाम्रो भविष्य त चौपट बनायौ बनायौ अब जिवनको उत्तरार्धमा आफ्नि असक्ष्यम र बदनाम छोरिप्रेम देखायर नेपालि जनतालाइ आफ्नो बास्तविक अनुहार देखाइछाड्यौ ।
I am happy to welcome you all in my personal blog.