Archive for June, 2009

एउटा उत्साहपुर्ण नेपालि यात्रा

June 25, 2009 - 12:28 am 11 Comments

धेरै दिन भयो मैले लेख्न नपायको । अथवा नलेखेको । म इराक, टर्कि, मलेशिया, बंगलादेश हुँदै नेपालको यात्रामा थियँ एकजना साथिसँग । इराकि मुलको अमेरिकन साथि अनेशलाइ नेपाल ल्याउन धेरै गार्हो भयो नेपालको परिवर्तित अध्यागमन नियमले। बिश्वभरिमा एघार देशका नागरिकहरुलाइ बाहेक सबैलाइ नेपालमा भिषा On Arrival मा दिइन्छ काठमाडौ बिमानस्थलमा र केहि अन्य बोर्डर नाकाहरुमा तर ति एघार देशभित्र इराक पनि पर्दो रहेछ त्यसैले टेक्ससको अस्टिनमा बस्ने भयपनि इराकि पासपोर्ट बोकेको हुनाले मेरो साथिले नेपालको भिषा on arrival मा नपाउने भयो र रिस्क लियर आयमा एयरपोर्टबाटै फर्काइन सक्थ्यो । हुन त हामिसँग महाबिर पुनले पठाइदिनुभयको निमन्त्रणा पत्र थियो तर हाम्रा एयरपोर्टमा बसेका टोपिवालाहरुलाइ यि सबैको के अर्थ हुन्छ र ?

त्यसैले हामिले रिस्क लिन उचित ठानेनौँ र इराकबाट नेपालको भिषा लिन युरोपको टर्कि पुग्यौँ । त्यहाँ नेपालि दुतावास रहेनछ । कन्सुलरमात्र रहेछ । त्यहाँ भेट भयकि महिलाले त्यहाँबाट भिषा इस्यु नहुने बताइन । म टर्किबाट दिल्लि हुँदै नेपाल फर्कियँ भने अनेश लाग्यो मलेशियातर्फ ।

अनेश र म टर्किबाट छुट्टिनुको पनि कारण थियो । अनेशलाइ मलेशिया जान भिषा नचाहिने अथवा मलेशियन एयरपोर्टमै १४ दिने भिषा इस्यु गरिने रहेछ तर नेपालि नागरिक भयकोले मलाइ भिषा चाहिने कुरा सुनियो र म नेपाल फर्कियँ । मलेशियास्थित नेपालि दुतावासमा साथि अनेशले नेपालको भिषाको एप्लिकेशन हाल्यो । दुतावासले महाबिरको पत्र हेरिसकेपछि महाबिरलाइ इमेल लेख्यो । उनिहरु महाबिरको कामबाट प्रभावित भयका रहेछन ।

महाबिरले सकारात्मक जवाफ पठायपछि साथि अनेशको नाममा ९० दिने मल्टिपल भिषा इस्यु गरियो र आज दिउँसो अनेश केहि वायरलेश इन्टरनेट सेट-अप गर्न चाहिने उपकरणहरुसहित काठमाडौ उत्रियो । म मोटरसाइकल लियर उसलाइ पिक अप गर्न गयको थियँ । घाम चर्कै थियो र एयरपोर्टमा ट्याक्सि ड्राइभर र होटलवालाहरुको असभ्य भिडले बिदेशबाट आयका नेपालिहरु देखि पर्यटकहरुलाइ घेरेर जबर्जस्ति आफ्ना ट्याक्सि र होटलहरुमा हालिरहेका थिय । त्यसरि शिकार हुनेहरुको मुहार निलो देखिन्थ्यो ।

छेउमा रहेका डन्डावाला प्रहरिहरु मुकदर्शक भयर मोबाइलसँग खेलिरहेका थिय । एउटा तारासहितकि महिला प्रहरि (त्यहाँ भयमध्ये उच्च पदकि) सँग मैले ‘तपाँइहरुकै अगाडि हाम्रा नेपालिहरु अनि बिदेशि पर्यटकहरु यि दलालहरुबाट यसरि हाकाहाकि लुटियको देख्दापनि केहि गर्नुहुन्न तपाँइहरु ? कस्तो लाचारिपन हो यो ?’ मेरो अनपेक्षित प्रश्नको उत्तर उनिसँग थियन तरपनि तितोसत्य पोखिन ति महिला प्रहरिले ‘यि दलालहरुलाइ तह लगाउन नखोजेको होइन हेर्नुस तर यिनका पनि बिभिन्न संघ र संगठनहरु छन, एउटालाइ कार्वाहि गर्दाबित्तिकै एयरपोर्टको बाटै बन्द गरिदिन्छन । हामि त देख्दादेख्दैपनि निरिह भयका छौँ ।’

मैले उनलाइ ‘साँचो बोल्नुभयकोमा धन्यबाद’ भनेर अनेशलाइ लियर मोटरसाइकलतिर लागेँ । (more…)

शान्ती या अधिकार ? – कथा

June 23, 2009 - 8:18 pm 6 Comments

- लुना

” उमा !!!!!!!!!” उस्ले आकाश खसाउला झैँ गरी चिच्यायो ।
” के भो ! किन बोलायौ ? ” उ भान्साबाट आईपुगी ।
कौसिमा भर्भराउँदै गरेको कोइला-आगो नजिक पुरानो पत्रीका आधी च्यातिएको र बाँकी खरानी भईसकेको देखेर उ रुन मात्रै सकेन । ” यो के गर्या तिम्ले ? ” उस्ले बाँकी आधी च्यातिएको पत्रीका देखाउदै सोध्यो ।
” कोइला बाल्न लाई नि । तिमी बाथरुममा थ्यौ । न्बार आ’सि मकल तापौँला भनेर नि । तिम्लाई रुघा ला’छ । यै बेला न्बाउन गयौ ! त्यै भ’र हतार गर्दै कोइला बालेँ । बसेर हात सेक्दै गर ,म मरिचे च्या ल्याउँछु है ! ” भन्दै उ चिया बनाउन जान लाग्दै थिई , बिचैमा उ बोल्यो ” उमा ! तिम्ले यो के गर्यौ ? ! तिम्लाई था छ यो पत्रीका कैले को हो ? ! के हो ? ! ” उस्ले बाँकी आधी च्यातिएको पत्रीका समातेर छातीमा नै टाँसुला झै गर्दै मकल नजिक को मुढामा लखरतान परे झैँ थ्याच्च बस्यो ।

बिनोद को यो चित्त दु खाइ देखेर उमा ट्बाल्ल परि । उस्ले केही भेउ पाउन सकिन । दिन दिनै थुप्रै थुप्रै पत्रीकाहरु थुपार्दै हप्ता दिनमा थुङा बनाउन कागज किन्न आउने रामुलाई दिने गरेकै हो । तिनै पत्रीका मध्य दुई चारपाना जलाएर कोइला बाल्दैमा यिनलाई किन यस्तो पिर पर्‍यो आज ! उस्ले केही भेउ पाउन सकिन ।
” थुप्रै कागत त थुङगा बेच्नेलाई बेचिरा’ हो , त्यो गर्दा त तिम्ले क्यै भनेनौ त ! तिम्ले नै थुपार्ने थुप्रोबाट झिकेर पोल्या त हुँ नि मैले ! ”
” ओह ! हिजो राती माथि आल्मारी मा थन्काको पत्रीकाबाट यो झिकेर हेर्दै थेँ र निदाउनुअगि दैनिक पत्रीकाको थुप्रोमा राखिदिएछु !उफ्फ ! ” पिडा भरिएको भाबमा बोल्यो बिनोद ।
उमा बिनोद को घुँडैमा टाँसिएर बसी नै बिस्तारै उस्को हात बाट आधी च्यातिएको पत्रीका झिकेर हेर्न थालि ।

मिती दोस्रो जन आन्दोलनताकाको रहेछ ।
” जनताले आँखा खोल्दै छन — जनताले देश पढ्दै छन —- ” शिर्सक थियो त्यो । (more…)

बिडम्बना – कविता

June 16, 2009 - 11:51 pm 6 Comments

-शंकर शर्मा – यु ए इ

सजाय भो मलाई यो संसार
हरेक पलमा हरेक क्षणमा,
बुझिन यसलाई
अनी सकेन कसैले बुझाउन
बुझ्न पनि चाहान्न,
बाटोहरु बन्द छन भेटने कसरी तँलाई
कान मेरो ठप्प छन, सुन्ने कसरी तँलाई
काँडा भइस त पन्छाउ कसरी तँलाई
सबै बाटो छेकिस हटाउ कसरी तँलाई
फेरी,
पेट खाली छ तर मन टम्म छ,
आखिर पापी पेट न हो
मागिरहन्छ
खोजी रहन्छ,
एउटै शब्दको पछाडि भागीरहन्छ,
तर आज धेरै दिन पछी
मेरो मनले यो मेरो पापी पेटको ईच्छालाई तिरस्कार गर्न भनिरहेकोछ,
तर म बिचल्लीमा छु
के गरुँ,
अनी पेट खाली छ तर अझै मन टन्न छ, (more…)

“Global Day of Action Against Indian Aggression in Nepal”

June 15, 2009 - 3:53 pm 2 Comments

आज १५ जुन । “Global Day of Action Against Indian Aggression in Nepal

यो ब्लग आजको यो मिसनमा ऐक्यबद्वता जनाउँछ र भारतिय हस्तक्षेपका बिरुद्वमा आगामि दिनमा पनि सशक्त कलम चलाउनेनै छ । भारतले नेपालप्रति गरिरहेको अन्यायपुर्ण सिमामिचाइदेखि राजनितिक हस्तक्षेपको नाङ्गो रुपको चर्को बिरोध गरौँ । तपाँइहरुले आ-आफ्नो फेसबुक स्टेटसमा माथिको लाइन राखेर बिदेशि मित्रहरुलाइपनि यो दिनका बारेमा जानकारि गराउन सक्नुहुन्छ । हामि धेरै चुप बस्यौँ । अब जाग्नुपर्ने बेला आयको छ । प्रजातन्त्रको मिठो फल नेपालमा लाग्न पायन बरु प्रजातन्त्रको नाममा केहि भारतिय दलालहरुले बिशौँ बर्षसम्म कु-शासन गरे । अहिले गणतन्त्र नामको यो तन्त्रमापनि उनिहरु नै सत्तामा छन । यिनिहरुकै आडमा भारतले आफ्नो बलमिच्याइ जारि राखेको छ । साथिहरु आ-आफ्नो ठाउबाट यो हस्तक्षेपको बिरोध गरौँ । सकिन्छ भने तपाँइहरु बस्नुभयको ठाँउको भारतिय दुतावासमा ज्ञापनपत्र बुझाउँ ।

समयक्रममा हामिले हाम्रो भुमि फिर्ता पाउन अन्तराष्ट्रिय अदालतलाइ गुहार्नुपर्ने सम्मको स्थिति आउनसक्छ । संघर्ष शुरु भैसकेको छ । यो संघर्षलाइ साथदिनु सबै नेपालिहरुको कर्तब्य हो ।

भारतिय हस्तक्षेपको बिरोध गरौँ । नेपाललाइ जोगाउँ ।

कार्टुन साभार: www.rajeshkc.com

जातीय राज्यका कुरा

June 14, 2009 - 6:33 pm 6 Comments

- पुष्प

देशलाई नै विखण्डनको संघारमा पुर्याउनसक्ने मधेश (?) आन्दोलन जातीय राज्यको मागसँगै आएको हो भन्दा फरक नपर्ला । यस हिसाबले हचुवाका भरमा जातीय राज्यको कुरा उठाएर माओवादीले ठूलो गल्ती गरेको हो । हुन त देशको आधाजसो भूभाग ओगटेको मधेशलाई एक प्रदेश बनाउने माग र नेवा, लिम्बुवान, खम्बुवान, थरुहट आदिजस्ता जातीय राज्यको मागलाई एउटै तराजुमा राखेर तौलिन मिल्दैन । वास्तवमा यो विखण्डनकारी माग हो, यसमा दुविधा हुनुहुन्न । भारतीयहरूको अतिक्रमण र हस्तक्षेपको स्थितमा एक मधेशभित्र पनि थुप्रै प्रदेश रहने कुराले पनि यसको विखण्डनवादलाई पुष्टि गर्छ; हैनभने त्यसैपनि सानो देशमा राज्यभित्र पनि उपराज्यजस्ता कुरा जायज हुनै सक्दैन ।

नेपालको जस्तो सामाजिक, भाषिक र सांस्कृतिक सहिष्णुता भएको देशमा जातीय राज्यले देश र जनताको हीत गर्छ भने सर्वप्रथम त्यसको मार्गचित्र र दृष्टिकोण जनतासामु छर्लंग पारिनुपर्छ । तर जातीय राज्यको माग गर्नेहरूबाटै आफ्नो राज्यमा बसोबास गर्ने अन्य जातीहरू दोस्रो दर्जाको नागरिक हुने अभिव्यक्तिहरू आइरेका छन्; जसले जातीय राज्यका कुरा उठाउनेहरूको नियतमाथि झन् शंका उत्पन्न गराइरहेको छ । जातीय राज्यले अमूक जातीहरूको कुन-कुन क्षेत्रमा उत्थान गर्छ ? जस्तै अमूक जातीको आर्थिक क्षेत्रमा उत्थान गर्छ भने त्यसै क्षेत्रमा बस्ने अर्को जातीलाई नकारात्मक असर गर्छ कि गर्दैन ? जातीय राज्यले आरक्षणजस्तो कुरालाई बढावा पो दिने हो कि ?

जातीय राज्यका विरोधीहरूले आर्थिक क्रान्तिको कुरालाई जोड दिएको पाइन्छ । हो, हाम्रो देशमा आर्थिक क्रान्तिको खाँचो छ; तर यसो भन्दैमा सामाजिक उत्तरदायित्वबाट सरकार र जनता कोही पनि अलग रहनुहुन्न । कंक्रिटको जंगल बनाउनुमात्र आर्थिक क्रान्ति होइन, नकि चिल्ला गाडी चढ्नु नै । हरेक देशको अर्थतन्त्रको जरो अलग-अलग प्रकृतिको हुन्छ । हाम्रो देशको सबल पक्ष भनेकै यहाँको प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहर नै हुन् । वास्तवमा हाम्रो सानो चिटिक्क परेको देशको आर्थिक सबलता पनि यिनै कुराहरूमा अडिएको हामीले बिर्सिँदै गएका छौं । (more…)

सीमा नियमनका तीन उपाय

June 12, 2009 - 2:18 am 2 Comments

(नेपालको सिमा भारतले दिनहुँ मिचिरहेको छ । नेपालिहरु निरिह र मौन छन । जातिय स्वार्थ आज राष्ट्रिय स्वार्थभन्दा माथि भैरहेको बेलामा भारतले फाइदा उठाइरहेको छ । नेपालिहरुलाइ हाम्रो राष्ट्रको, भुमिको रक्ष्या गर्नु जरुरि छ भन्ने बुझाउनैपर्ने समय आयको छ । भारतसम्बन्धि निकै कम समाचार छाप्ने कान्तिपुर दैनिकको ११ जुनको अंकमा नेपाल-भारत सिमा सम्बन्धि केहि लेखहरु छापियका थिय । सिमाबिद बुद्विनारायण श्रेष्ठको सुझाव उचित र मननयोग्य लागेर यहाँ साभार गरेको छु । – स्याटेलाइट)

-बुद्धिनारायण श्रेष्ठ

धेरै पहिलेदेखि सीमा मिचिने क्रम सुरु भएको हो । त्यतिबेला भादानाला, बिरानालाको पुरानो धार कुन हो, नयाँ धार कुन हो भन्नेमा विवाद भयो । पञ्चायती व्यवस्थामा झन्-झन् सीमा समस्या चर्कियो । कालापानी लिम्पियाधुरामा भारतीय सशस्त्र सेना बसेको छ । कालापानीको भूभाग मिचिएको छ । ०४६ पछि पनि यसमा परिवर्तन भएन । कोशी ब्यारेजदेखि सुनसरीको भन्टाबारीसम्मको पूर्व-पश्चिम राजमार्गको डेढ किलोमिटर भाग भारतले दाबा गर्‍यो । लोकतन्त्र र गणतन्त्र आएपछि पनि सीमा सुरक्षा भएको छैन ।
दाङ सीमा मिचिएका ताजा उदाहरण हो, जहाँ भारतीय सीमा सुरक्षाबल घुसपैठ भएको छ । भैसाही नाकादेखि कोइलाबास क्षेत्रको विभिन्न ठाउँमा नेपाली भूभाग मिच्ने, नेपालीलाई दुःख दिने, छाप्रा जलाउने काम भए । राजनीतिक दलका प्रतिनिध र सभासद निरीक्षण गर्न गएका छन् । उनीहरूले त्यहाँ सीमा खम्बा भत्केको मात्र देख्नेछन् । भारतीय सेनाको उपस्थिति देखिँदैन । भत्केका र आगो लगाइएका घरमात्र देख्न सकिन्छ ।

बाराको सीमा खम्बा नं २५ र २६ बीचको लगभग ३० विघा जमिन भारतीयले मिचेको छ । दसजगा क्षेत्र नै मिचिएको छ । अन्तर्राष्ट्रिय नियमअनुसार सीमा खम्बा गाडेपछि त्यसको दुवैतर्फ दस-दस गज भूभाग छोडिनुपर्छ । यो कसैको पनि अधीनमा हुँदैन । त्यस्तो जमिन पनि मिच्ने काम भएको छ ।

यसभन्दा अघि इलामको श्रीअन्तु गुफापातल २० रोपनी जमिन मिचिएको थियो । स्थानीय वासिन्दा, सभासद र पत्रकार गएर हल्लीखल्ली मच्चाएपछि भारतले ९ रोपनी छोडयो । ११ रोपनी अझै मिचिएको छ । यसबाट के प्रमाणित हुन्छ भने नेपालले प्रतिवाद गर्‍यो भने भारतीयहरू पछि हट्दा पनि रहेछन् । कैलालीको लालबोझी र भजनीमा मोना नदीको किनारमा रहेको जमिन उनीहरूले मिचेका छन् । मोना नदीले जंगे पिलर बगायो, भारतीयहरूलाई सत्र पर्‍यो । बर्दिया- ९ को चौगुजी क्षेत्रमा १० हेक्टर जमिन मिचिएको छ । यो क्रम रोकिएको छ । (more…)

” टाउकोमा हात —” – कथा

June 11, 2009 - 2:27 pm 7 Comments

-लुना

‘सिन्धु!!!!!!!!!!!!!’हत्तेरी ! यै बेला !’

दार्ही सेभ गर्दा गर्दै बत्ती गयो । उ सिन्धुलाई बोलाउन थाल्यो ।
‘ चिया उमाल्दै थियँ , किन बोलाउनु भो ? ए!!!!!!हे!हे!हे!हे!’
सिन्धु अर्जुन को बाँया मात्रै सेभ गरेको आधी दार्ही देखेर हाँस्न थालि ।
‘ हाँस ! हाँस ! तिमी !!! आफूलाई हिंड्न् हतार भईसक्यो ! बिजोकै पार्यो लोड्सेडिङ्ले बेला न कुबेला बत्ती गई दिन्छ हत्तेरी ! तिम्ले मेरो सेभिङ्ग ब्लेड काँ’थन्कायौ सिन्धु ? ‘
आँखी भौँ खुम्च्याँउदै भनी सिन्धुले , ‘ त्यस्तो खिया लागेको ब्लेड के काम भनेर मैले त फाल्देँ ! ज्या !!!!! अब के गर्नु हुन्छ ? कती बेला आउने हो बत्ती ! ‘
सिन्धुको कुराले दिक्क भएको अर्जुनले आँखा तिख्याउँदै भन्यो , ‘ कती बेला आउने बत्ती !!! क्या तालको मान्छे तिमी भन्या !!! जाउ छिट्टै गएर सेभिङ्ग ब्लेड किनेर ल्याउ ! कि मै जाउँ यसरी नै ? ‘ आधी दार्ही मा टावेलमा बेरिएको अर्जुन ले सिन्धुलाई हपारेर अर्हायो ।

‘कसरी तुरुन्तै बाहिर निस्कनु हजुर ले भन्ने बित्तिकै ! अब पख्नुस एकछिन् , छिट्टै लुगा फेरेर निस्कन्छु ‘ ।
सिन्धु कोठामा गई , बिहानिको उज्यालोमा पनि कोठा अँध्यारै जस्तो थियो झ्याल बन्द भएकोले । उस्ले झ्याल खोली । ‘
‘बत्ती नहुँदा झ्याल नखोलुँ अध्यारै हुन्छ दिउँसै साँझ् परे जस्तो , खोलुँभने धुलो धुबाँ ह्बार ह्बार्ती छिर्छ ! ‘ उ एक्लै बोल्दै लुगा लगाइ र हतार हतार हिडि । (more…)

गिरिजाप्रसादको पुत्रिप्रेम…..महँगो पर्नेछ अब काँग्रेसलाइ !!

June 2, 2009 - 10:41 pm 5 Comments

आखिर जे हुनुपर्ने थियो त्यहि भयो । आज मलाइ गिरिजाप्रसादलाइ धन्यबाद दिन मन लागेको छ । हेल्लो गिरिजाबाबु…थ्याङ्क यु । तिमिले आज जे गर्यौ यति नगरेका भय तिमि जनताबाट पखालिन अझै समय लाग्थ्यो । छोटो बाटो रोजेर ठिकै गर्यौ । अठार- बिष बर्ष देशमा कुशासन गरेर देश र हाम्रो भविष्य त चौपट बनायौ बनायौ अब जिवनको उत्तरार्धमा आफ्नि असक्ष्यम र बदनाम छोरिप्रेम देखायर नेपालि जनतालाइ आफ्नो बास्तविक अनुहार देखाइछाड्यौ ।

गिरिजाप्रसाद कोइरालाले आज प्रधानमन्त्रि माधव कुमार नेपाललाइ भेटि छोरि सुजातालाइ परराष्ट्रमन्त्रि बनाउन आदेश दिय ( अनुरोध गरे नभनौँ किनकि माकुनेको पदपनि गिप्रको को श-शुल्क उपहार नै हो)। यो निर्णयले जनतामा पहिल्यै धुमिल नेपालि कांग्रेशको छवि अब झनै निमिट्यान्न हुनेदेखिन्छ भने यसको प्रतक्ष्य फाइदा मावोवादिलाइ हुनेछ । जसले जे सुकै भनेपनि मावोवादिले अपेक्ष्याबिपरित सरकार छाड्ने नैतिकता प्रर्दशन गरेको थियो जुन गिरिजाप्रसादबाट अपेक्ष्या गर्न सकिन्नथ्यो । यसैपनि गिरिजा नेपालि राजनितिका खलनायक हुन । मैले गिरिजाका बारेमा यस्तो लेख्दा केहि साथिहरुले कटटर मावोवादिको संज्ञा दिनुहोला तर म जत्तिको सक्ष्यम युवालाइ कुनै दलबिशेषका पछाडि (more…)

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.