Archive for August, 2009

Mahabir & Noble Prize

August 31, 2009 - 5:18 pm 5 Comments

महावीर पुनसँग काम गर्ने इच्छा यसै वर्षको जुलाईमा पूरा भयो। एसियाको नोबल पुरस्कार मानिने ‘रोमन म्यागासेसे एवार्ड’बाट सम्मानित महावीर दाइ गर्व गर्न सकिने व्यक्तित्व हुनुहुन्छ। उहाँ मान्छेले समाजमा सकारात्मक परिवर्तनका निम्ति कति गर्न सक्छ र त्यस्तो व्यक्ति कतिसम्म साधारण भएर बाँच्न पनि सक्छ भन्ने जीवन्त उदाहरण पनि हो। युनिभर्सिटी अफ नेव्रास्काका स्नातक पुन अध्ययन सकेपछि अमेरिका बस्नुभएन।

गत वर्षदेखि महावीर दाइसँग इमेल र फोन सम्पर्क भइरहेको थियो। हामीले बाहिरबाट प्रयोग भैसकेका र नयाँ वायरलेस उपकरण महावीर पुनको नेपाल वायरलेस नेटवर्कका लागि पठाइरहेका थियौँ। यस्ता उपकरण यहाँको असहयोगी भन्सारबाट छुटाउने समय र खर्च निकालेर उहाँले मकवानपुर, कास्की, म्याग्दीका गाउँमा प्रयोग गरिरहनु भएको थियो। नेपालका दुर्गम गाउँ र त्यहाँका विद्यालयहरूमा इन्टरनेट-इमेल पुर्‍याउने काममा महावीर दाइ १९९७ देखि लागिरहनु भएको छ। अमेरिकाको अध्ययनपछि सिधै जन्मथलो म्याग्दीको नाङगी पर्केका महावीरले ‘सञ्चार’ को कमीले गाउँलेले भोगेको दुःख आफँैले अनुभव गर्नुभएको थियो। त्यतिवेला मोबाइलको त कुरा छाडौँ ल्यान्डलाइन फोनपनि सहज थिएन। उहाँले पोखराका आफन्तको ल्यान्डलाइन फोन प्रयोग गरेर पहिलोपल्ट म्याग्दीको दुर्गम गाउँ नाङगीमा इन्टरनेट चलाउनु भयो। नाङगीमा विद्यालय थिएन। उहाँले नै हिमाञ्चल प्राथमिक विद्यालये सुरु गर्नुभयो। अहिले यो दश जोड दुईसम्म पुगिसकेको छ। विद्यालयमा दर्जनौ कम्प्युटरसहितको कम्प्युटर ल्याब छ। त्यहाँ नाङगी र वरपरका विद्यार्थी कम्प्युटर सिकिरहेका छन्। जुलाईको दोस्रो साता नाङगीमा पुग्दा महावीरको काम देखेर गर्वले छाती फुल्यो। (more…)

Site is Up Now

August 31, 2009 - 5:03 pm No Comments

Dear Readers,

After couple of months downtime, my blogsite is up now. My fren Dipen Ale from Bestnepal.com is the one who did all the technical hard works to make it happen. Hey Dipen, I truly appreciate your help.

I will be posting blogs as much as possible.

I am going to 12 days Vipashyana Meditation Class from tomorrow (Sep 1 to 12).

I will write later about my meditation experience. If you want to know more about Vipashyana Meditation, Please follow this link:

www.np.dhamma.org

V/r
स्याटेलाइट

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.