सिनेमाका कुरा…
केही दिन अगाडी म बोष्टन, न्युयोर्क , वाशिङटन डिसी, बाल्टिमोर र भर्जिनिया बीच
को यात्रा गरेपछी एटलान्टा हुँदै अलाबामा फर्कियको थियँ ।
केही कानुनी काम र अफिशियल कामहरु सकीसकेका थिय अलाबामा आयपछी नेपाल फर्कने टिकट अली पहीलैलाई सार्नुपर्यो भनेको एकहप्ता पछीलाई मात्रै मिल्यो । फुर्सदमा थियँ । पुस्तक पसलमा गयँ । केही पुस्तकहरु किने । पढेँ । केही नेपाल लैजानलाई राखेँ । तिनवटा साँझ थियटरमा पुगेर तिनवटा सिनेमा हेरेँ । ती तिनवटा सिनेमा थिय ।
- 2012
– The Box
– The Men Who Stare at Goats
म आज यिनै सिनेमाका बारेमा केही लेख्छु । 2012 सिनेमाको त मैले प्रतिक्ष्या नै गरेको थियँ । काठमाण्डु युनिभर्षिटीको बिबेकले र मैले त हामी म्याग्दीको मोहरेमा हुँदा नै यो सिनेमाको बारेमा कुरा गरेका थियौ । सिनेमा हामीले आशा गरे अनुसारकै राम्रो थियो । एनिमेशन टेक्नोलोजीको ब्यापक प्रयोग गरियको रहेछ । मौसम परिवर्तनको कुरा चलिरहेको बर्तमान समयमा सिनेमा 2012 ले हामीलाई यो जगतको अन्त्य देखायको छ । साँच्चै सिनेमा हेरिरहँदा अचम्म लाग्छ । सायद त्यस्तै अन्त्य होला त यो जगत यो विश्वको । त्यसै नै आउलान त समुद्रहरु सगरमाथामा ? त्यसरी नै फुट्लान त धर्तीहरु जहाँ सयौ कारहरु खस्नेछन । मान्छेहरुको भागाभाग हुनेछ । तर के यो जगतको अन्त्यमा पनि शक्तिशालीहरु सिनेमामा झै प्लेनमा चढेर या बिशेष प्रकारको पानिजहाजमा चढेर जोगिनेछन ? त्यो अली अनफेयर लाग्यो मलाई । सिनेमा अली लामो थियो तर पट्यारलाग्दो चाँही थियन । एकपल्ट हेर्नैपर्ने सिनेमा अन्तर्गत राख्छु म २०१२ लाई ।
अर्को साँझ म एकजना साथिनीसँग ‘The Box’ हेर्न गयँ । अचम्म त के भयो भने साँझ सात बजेको शो मा सिनेमा हर्ने दर्शक त्यो सिनेमाहलमा हामी दुइजनामात्रै । ब्यक्तिगत सिनेमा हल बनायर हेरेझै भयो । सिनेमा अली हरर टाइपको रहेछ । बिचबिचमा झ्याउ लगायो । (more…)
I am happy to welcome you all in my personal blog.