Archive for December, 2009

नयाँ बर्ष र नयाँ पुस्तकालय

December 29, 2009 - 10:21 pm 1 Comment

यी केही दिनहरुदेखी म लेख्न पाइरहेको छैन । ब्लगपनी अपडेट गर्न सकेको अवस्था छैन । एक हिसाबले ब्यस्त छु भन्दा हुन्छ । केही दिन पहिला सिन्धुपाल्चोकको थामी गाउँमा ‘प्रयोग भैसकेका लुगाहरु’ बितरण गर्ने सिलसिलामा पुगेका थियौँ । साथी कृष्ण र म त्यहाँ पुग्दा शनिबारको दिन हुनाले केटाकेटीहरु टन्नै थिय गाँउमा । हामीलाई घेरे । ती केटाकेटीहरु हाम्रा भविष्य हुन । तीनलाई जोगाउनु हाम्रो कर्तब्य हो ।

मान्छेहरुको आर्थिक, शैक्षिक र नैतीक अवस्था अती कमजोर रहेको थामी गाउँमा केटाकेटीहरु जाडोले कठ्याङ्ग्रीरहेको जानकारी पायपछी क्याप्टेन बिजय लामाको सहयोगमा तिस बोराजती लुगाहरु जम्मा गर्न सफल भयका थियौ हामी । केही लुगाहरु बुटवल र भैरहवाबाट पनि पठाइदिनुभयको थियो घरबाट ।

कसैका घरमा प्रयोग नभयर थन्कियका केही लुगाहरुले उनिहरुजस्तै अन्य कोही मनुष्यको जाडो कम गर्छ भने किन प्रयाश नगर्ने ? बुझ्दै जाँदा मानवताभन्दा ठुलो धर्म मैले भेट्न सकिन । तपाईं हामीले प्रयाश गर्दैमा केही मान्छेहरुमा खुशी बाँड्न सकिन्छ भने किन हामी प्रयाश नगर्ने ? हामी गर्छौँ ।

यसपालीको नयाँ बर्ष हाम्रो राम्रो बित्नेछ । म्याग्दीको शिख गाउँस्थित पुस्तकालयका लागि पुस्तकहरु जम्मा गरेर भोली साँझको नाइट चढेर हामी म्याग्दितिर लाग्दैछौँ । थुप्रै पुस्तकहरु जम्मा भयका छन् । कर्ण शाक्य, जगदिश घिमिरे, रबिन्द्र मिश्र , डा चिन्तामणी योगी लगायतकाले पुस्तक सहयोग गरेरमात्र हामी यति पुस्तकहरु जम्मा गर्न सफल भयका हौ । त्यसमा अष्ट्रेलियामा बस्ने नेपालिहरुका तर्फबाट सुनिल र प्रमोद अर्यालको सहयोग झन महत्वपुर्ण छ । यो नयाँ बर्ष हामी एउटा नयाँ पुस्तकालयको स्थापना गरेर त्यहिँका शिक्षक, विद्यार्थी, बाघबिर र त्यहाँस्थित गाँउलेहरुसँग मनाउन चाहन्छौ । त्यसैले भोली त्यसतर्फ लाग्दैछौ । म्याग्दीको डाँडाहरुमा खच्चडमा पुस्तकहरु बोकेर पुग्नुको रमाइलो र आत्मसन्तुष्टी शब्दमा ब्यक्त गर्न गार्हो छ मलाई । कहिलेकाँही शब्दहरु अपुरा भैदिन्छन ठ्याक्कै भावना ब्यक्त गर्न । त्यस्तै परिबन्दमा म छु ।

नयाँ बर्षसँगै नयाँ उत्साह थपिओस ।

बर्ष २०१० ले तपाईंहरुको जिवनमा सकारात्मक परिवर्तन ल्याओस । यही मेरो कामना तपाँइहरुका लागि ।

थप अपडेट पछि ।

Documentary Festival र आशलाग्दा सम्भावनाहरु

December 11, 2009 - 10:29 pm 2 Comments

काठमाडौमा सातौं Kathmandu International Mountain Film Festival चलिरहेको छ हिजो डिसेम्बर १० देखि १४ सम्म । आज म पनि राष्ट्रिय सभा गृह स्थित फिल्म फेष्टिभलमा गयको थियँ । रमेश खड्काको ‘ The Mother of 25′ हेरेँ । काठमाडौबाट ३ घण्टाको दुरिमा बस्ने एक महिलाको कथा थियो यो । कथा होइन उनको जिवन उतारियको थियो । उनले १६ बर्षको उमेरदेखी ४३ बर्षसम्ममा २५ वटा सन्तानलाई जन्म दियकी रहिछिन । रमेश खड्काले उनको जिवनका केही दिन स्क्रिनमा उतारेका थिय । राम्रो लाग्यो डकुमेन्ट्री । नेपालीहरु अहीले डकुमेन्ट्री हेर्नुपर्छ भन्नेमा सचेत भयका रहेछन । मान्छेहरुको उपस्थिती राम्रै थियो ।

मलाई हेर्न मन लागेको डकुमेन्ट्री ‘Being Me’ हेर्न पाइन हिँजो । त्यतिबेला मेरो क्लास परेको थियो त्यसैले जान सकिन । भोली शनिबार फुर्सद भयो भने 2 वटासम्म डकुमेन्ट्री हेर्ने सोच बनायको छु । डकुमेन्ट्री ओपेन स्कुलले आयोजना गर्ने Cinema as an Art Workshop मा भाग लिन मैले पहीलाई निस्चित गरियका केही कामहरु स्थगित गरेको छु । नत्र भोलीको शनिबार बिपश्यना ध्यान गरेर बिताउने योजना थियो । जिवन र चित्त शुद्व पार्न ध्यानभन्दा अरु राम्रो के होला र ? तर ध्यान त म अरको शनिबारपनी जान सक्छु, डकुमेन्ट्री फेष्टिभल त त्यतिबेला हुनेछैन । डकुमेन्ट्री मेकिङमा काम गर्न खोजेका म जस्ताका लागि यो राम्रो अवसर हो केही सिक्ने अरुका डकुमेन्ट्री हेरेर र वर्कशपमा भाग लियर ।

आज म डकुमेन्ट्रिकै बारेमा कुरा गर्छु । निर्देशक खड्काले डकुमेन्ट्रिका मुख्य पात्रहरुलाई पनि स्क्रिनिङमा ल्यायका रहेछन । पात्रहरुको काठमाडौं आगमन पहिलो रहेछ । आतियका देखिन्थे । बच्चा जन्माउने मेशिनसरह बनेकी महिलापात्र निकै कमजोर देखिन्थिन । (more…)

बाँच्नुका दैनिकीहरु…

December 1, 2009 - 6:02 am 4 Comments

गत हप्ता नेपाल फर्केपछी म बिरामी भयँ । लामो यात्राले थकित भयको थियँ । आउँदाको दिन सुतेँ । अर्कोदिन काठमाडौका गल्लिहरुमा पैदल हिँडेको थियँ । प्राय मान्छेहरुले मास्क लगायका देखिन्थे सडकमा । म नलगाइ हिँडे । साँझबाट हाछिउँ शुरु भयो । अर्को बिहान म बस चढेर बुटवल उत्रिँदासम्म ज्वरोले च्याँपिसकेको थियो । घरमा पनि पुग्नु । सुत्नु परिहाल्यो । मलाई थाहा थियो यो ज्वरो र रुघा काठमाडौंको धुवाँ र धुलोको कारणले थियो । अर्को बिहानसम्म सञ्चो नभयपछी कतै स्वाइन फ्लु त लागेन भन्ने लाग्न थाल्यो ।

आमाले डक्टरकोमा जान कर गरिरहनुभयको थियो । मैले ठिक भैहाल्लानी भन्दै टारिरहेको थियँ । मैले सरकारी अस्पतालमा जँचाउन टिकट लियर आउ भन्दा भाईले ह्याँ आँखा देखाउँदै भन्यो ‘काँ सरकारी अस्पतालमा गएर हुन्छ दाई, मर्नु छ र ? फेरी लाइन पनि याँ हो र …..भैरहवासम्म पुगेको हुन्छ । खुरुक्क क्लिनिकमा हिँड्नोस’ सरकारी अस्पतालमा भिड हुन्छ भन्ने त थाहा थियो तर त्यहाँ जँचाउने मेरो इछ्या थियो । हाम्रा अस्पतालहरुलाइ उच्च बर्गकाले त गन्दै गन्दैनन, अचेल त मेरो जस्तो मध्यमबर्गियकाले समेत आँखा लगाउन छाडिसकेछन ।

सरकारी अस्पतालमा त कामै नलाग्ने उपचार हुन्छ भन्ने भ्रम पालियको छ । त्यस्तो पटक्कै होइन । सरकारी अस्पतालहरुमा राम्रा राम्रा डक्टर र नर्सहरुले अहोरात्र सेवा गरिरहेका छन् । हामीहरुले कहिल्यै उनीहरुको सेवालाई स्याबासी दिन सकेनौ । मलाई सरकारी अस्पतालमा चेक-अप गरायर त्यहाँका डाक्टरलाई सेवाको लागि ‘धन्यबाद’ भन्ने मन थियो । (more…)

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.