Archive for January, 2010

दुर्घटना र नेपाल यातायातहरु…

January 23, 2010 - 8:16 pm 3 Comments

दुर्घटनाहरु कहिल्यै हल्ला गर्दै आँउदैनन् ।

यो तथ्य त सत्य नै हो तर जब आँउछन पिडा लियर आँउछन । प्रायले जिवनको कुनै मोडमा दुर्घटनासँग साक्ष्यात्कार गरेकै हुन्छन् । मैले आज कुरा गरेको खासमा मोटर दुर्घटनाको हो । मोटर दुर्घटनाका बारेमा लेखिरहँदा म अनलाइन न्युजसाइटहरुमा हिँजोमात्रै जिप दुर्घटनामा परेर तमलोपाका नेतासहित केही मरेको समाचार पढ्दैछु । हो, दुर्घटना पिडादायक हुन्छ । नेताहरुपनी तमलोपा या एमाले भन्दा पहिला त मान्छे नै हुन । मान्छेको मरण अर्को मान्छेको लागि पनि दुखदायी अवश्य हुन्छ । सामान्य दुर्घटनाहरुमा परिरहेपनी ज्यान नै सेकेण्डको फरक परे जान सक्ने खालको दुर्घटनामा तिनपल्ट परेको छु । दुइपल्ट इराकमा हुँदा हो भने एकपल्ट मोटर दुर्घटनामा भैरहवामा ।

२००१ मा हो । त्यो दुर्घटनाले धेरैदिनसम्म दु:ख दियर गयको थियो । बुटवल भैरहवा चल्ने थोत्रो बसको मुन्तिर चार पाङ्ग्राको बिचमा परेर पनि बाँच्नु अत्यासलाग्दो संयोग थियो । बसमुन्तिर परेर बाँच्नुलाई मान्छेहरुले आश्चर्य पर्ने घटनाका रुपमा लिय त्यतिबेला । (more…)

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.