So, What Makes You not a Buddhist ?
2007 मा Pulitzer Prize जितेको Cormac McCarthy को ‘The Road’ पुस्तक किन्न केहि पुस्तक पसलहरु चहारेको थियँ हप्ता १० दिनअघि । ठमेल र कान्तिपथका पुस्तक पसलहरुमा ‘द रोड’ पाइयन ।
सकिइसकेको । केहि दिनमा आउने रे तर त्यो केहि दिन अदृश्य शक्तिलाइबाहेक अरुलाइ थाहा भयन ।
पुस्तक पढ्ने मुड बनाइसकेपछि पढनु त पर्यो । तर खोजेको पाइयन । एजुकेशनल हाउस-कान्तिपथमा थियँ । केहि सुनियको तर नपढियको पुस्तकमा आँखा पर्यो । त्यो पुस्तक थियो D.J. Khyentse को ‘What Makes You not A Buddhist’
सर्रर कभर हेरेँ । शिर्षक Interesting थियो । भित्र पेजका केहि लाइनहरु पढेँ । विपश्यनामा सिकेका कुराहरुका बारेमा अझ गहिरो लेखकिय सँगालो रहेछ । आधा हजार रुपैयाँजति तिरि पुस्तक समाति लाजिम्पाटतिर पैदल हिँडे । मोटरसाइकल घरमा थन्क्यायर पैदल हिँडेको थियँ केहि दिनदेखि । यसमा केलाइ कारण मान्न सकिन्छ भने- मोटरसाइकल चलायर पुस्तक पढन मिल्दैन तर पैदल हिँडेर पुस्तक पढन सकिन्छ । सडक किनारैकिनार एकोहोरो हिँडदै पुस्तकमा डुब्नुमा मैले बृहत आनन्दको अनुभव गरेको छु । कहिलेकाँहि मान्छे र पोलहरुसँग ठोक्किनुको असहजता बाहेक ।
म भर्खर किनेको पुस्तक पढदै लैनचौर आइपुगेको थियँ । अचानक कतै गोलिहरु चलेका थिय । गोलिको आवाजले पुस्तकको पानाबाट ध्यान बाहिरियो । लैनचौर लाजिम्पाट सडकमा मोटरहरुको जाम नै थियो । म भन्दा केहि पर, हामि प्राय: बस्ने ‘Jazz Upstair’ रेष्टुरेन्टनिर जमिम शाहलाइ गोलि हानियछ । केहिबेरपछि पुलिसले सडक शिल गर्यो । कसैले कसैलाइ गोलि हान्यो भन्ने त थाहा भयो त्यतिबेला तर जमिम शाहलाइ हो भन्नेचाहिँ कान्तिपुरमा काम गर्ने साथिले साँझ भनेपछि थाहा भयको थियो । (more…)
बत्ति भन्नाले बिजुलीलाइ बुझियोस यहाँ । बत्ति नहुनाले साँझहरु प्राय मैनबत्तिसँगै बित्छन । बानि भैसक्यो एकप्रकारको अचेल त । मैनबत्तिप्रतिको लगाव भन्न मिल्ला । मैनबत्तिछेउ बसेर ल्यापटपमा केहि टाइप गरिरहनु, मरिच मिसायको कालो चिया पिउनु र दिक्कै लागे एउटा सुर्या सल्काउनुलाइ आपत्तिजनक मान्न नसकियला । माने नै पो के छ र यार मान्नुस । आपत्ति मानेर खुसि मिल्छ भने त्यसमा मेरो आपत्ति छैन ।
I am happy to welcome you all in my personal blog.