महाबिरलाइ तपाँइपनि सहयोग गर्ने कि ?
थोपाथोपा मिलेर समुद्र बनेझैँ तपाँइ-हाम्रो सानो सहयोगले नेपालि गाँउहरुलाइ ‘Wireless Internet’ सञ्जालसँग जोड्ने महाबिर पुनको सपना पुरा गर्न सघाउनेछ ।

‘महाबिर पुन’ चिनाइरहनुपर्ने नाम होइन । उनि बिगत पन्ध्र बर्षभन्दा बढि समयदेखि म्याग्दिका दुर्गम गाँउहरुलाइ ‘वायरलेश इन्टरनेट’ को माध्यमद्वारा बिश्वसँग जोड्ने अनि त्यहाँका नेपालिहरुको जिवनस्तर उकास्ने प्रयाशमा लागेका छन । सन १९९२ मा University of Nebraska बाट Master’s Degree in Education गरेपछि नेपालका दुर्गम गाँउहरुलाइ परिवर्तन गर्न फर्कियका पुनले सन २००७ को एशियाको नोबेल पुरस्कार मानिने Ramon Magsaysay Awardee for Community Leadership पुरस्कारबाट सम्मानित भैसकेका छन ।
मैलेपनि महाबिरको बारेमा धेरै पढेँ, सुनेँ । केहिपहिला हुनुपर्छ माइसंसारमा महाबिरको अन्तरवार्ता सुनेको थियँ । मान्छेहरु स्वार्थि र हिँस्रक भैरहेको यो समयमा महाबिरजस्ता मान्छेहरु अरुको जिवन सहज बनाउन लागिपरेका छन । I.Sc पास गरेपछि अमेरिकाबाहेक अरु नसोँच्ने अहिलेको जेनेरेशनमा ‘महाबिर पुन’ हाम्रा वास्तविक IDOL होइनन र ? थोरै जानेकाहरु धेरै बोल्छन र आफ्नो बिज्ञापन गर्नुलाइ नै सबै ठान्छन तर मुलधारको चर्चाबाट बाहिर रहेरपनि महाबिर आफ्नो काममा दत्तचित्त लागेका छन । महाबिरको प्रोजेक्टसम्बन्धि वेभसाइट नेपाल वायरलेश डटनेट मा उनले देश-बिदेशमा बस्ने नेपालिहरुसँग $1 a month for 5 years योजना अगाडि सारेका छन ।
महाबिरको योजना हामि नेपालिहरुका लागि हो । उनको योजनाले हाम्रा नेपालि बाल-बालिकाहरुको पहुँच कम्प्युटर र इन्टरनेटसम्म पुग्नेछ । उनको प्रोजेक्टमा सघाउन लस-एन्ज़ेल्सदेखि डेनमार्कसम्मका युवा बिद्यार्थिहरु आएका छन । तर हामि नेपालि युवाहरुको उल्लेख्य सहभागिता यसमा छैन । हामिलेपनि सहयोगि हात बढाउनुपर्ने होइन र ?
मैले महाबिर पुनको प्रोजेक्टलाइ कसरि सहयोग गर्न सकियला भन्ने सोँचिरहेको थियँ । $1 a month को हिसाबले पाँचबर्षकै $60 सहयोग गर्नुपनि सहयोग नै हो तर म त्यसभन्दा बढि अर्थ राख्ने र फरक ल्याउनसक्नेसम्मको सहयोग गर्न चाहन्थेँ । महाबिरको प्रोजेक्टमा आफुपनि सहभागि हुन चाहन्थेँ । त्यो ठाँउसम्म पुगेर, उनले गरेका परिवर्तनहरुलाइ हेरेर अनि ति गाँउहरु र अझ बढि मान्छेहरुको पहुँच इन्टरनेटसम्म पुर्याउन के गर्नसकिन्छ भनेर त्यसमा लाग्ने सोँच थियो । कर्ण शाक्यले भनेझैँ ‘सोँच’ नै सबै क्रियाहरुको शुरुवात रहेछ । त्यसैले राम्रो सोँचे राम्रो गर्न सकिन्छ जिवनमा, नराम्रोलाइ नराम्रै परिणाम हात लाग्छ । अमृत रोपेर बिषको आशा गर्नसकिन्न ।
मसँग महाबिरको सम्पर्क सुत्र थियन । म उनलाइ सिधा सम्पर्क गर्न चाहन्थेँ । मेरा कुराहरु राख्न चाहन्थेँ । काठमाडौका ब्लगर मित्र उमेशबाट महाबिरको सम्पर्क नंबर पाइयो । त्यसपछि मैले महाबिरलाइ केहिदिन अगाडि फोन गरेको थियँ । कुरा भयो । उनको प्रोजेक्टमा मैले कसरि सहयोग गर्नसक्छु र परिवर्तन ल्याउन सक्छु भन्ने मेरो प्रश्नमा उनले मलाइ धेरै ‘अप्सन’हरु दिय । महाबिरलाइ हाम्रा गाँउहरुलाइ इन्टरनेटसँग जोड्न इन्टरनेट सम्बन्धि उपकरणहरुको खाँचो छ । वायरलेश एक्सेस प्वाइन्ट, वायरलेश कार्डहरु, स्विच, राउटर लगायतका उपकरणहरु जसको मुल्य महँगो छ । उनलाइ हाम्रा प्रयोग भैसकेका उपकरणहरु भयपनि हुन्छ । आर्थिक सहयोगलेपनि महत्वपुर्ण भुमिका खेल्छ । पुर्व-पश्चिम राजमार्गमा भारतको सहयोगमा फाइबर लाइन बिछ्याइएपनि म्याग्दिजस्ता जिल्लाहरुमा ‘फाइबर लाइन’ छैन र अहिलेको अवस्थामा त्यहाँ फाइबर पुर्याउनु सम्भव छैन । त्यसैले अन्य माध्यमबाट इन्टरनेट भित्राउनुको बिकल्प छैन ।
म अहिले उनको प्रोजेक्टमा काम लाग्ने उपकरणहरु जुटाउने प्रयाशमा लागेको छु । सायद छिट्टै पठाँउछु होला केहि सामानहरु । पठाइसकेपछि अपडेट गर्नेछु । नेपालजस्तो देश, जहाँ हामिमा समाजमा सकारात्मक परिवर्तन ल्याउन राजनितिबाहेकपनि धेरै कामहरु गर्न सकिन्छभन्ने सोँचको बिकास भैसकेको छैन त्यस्तो ठाँउमा मान्छेहरुबाट सहयोगको आशाराख्नु केहि हदसम्म मुर्खतापनि हो तर केह त हामि आफैपनि गर्ने प्रयाश गर्नुपर्यो । सबै बिदेशि र बिदेशि ऋणमामात्र भर परेर त भयन नि ।
मैले मेरा न्युयोर्क, दुबइ,अम्स्टरडम, एथेन्स र लण्डनमा बस्ने साथिहरुलाइ $12 a Year को सहयोगकालागि पहल गर्न अनुरोध गरेको छु । हेरौँ कहाँपुग्छ यो प्रयाश तर ‘महाबिर’ हरुजस्ता हाम्रो समाज-परिवर्तक नायकहरुलाइ ‘हामिपनि छौँ है साथ दिने’ भनेर भन्ने समय यहि हो ।
महाबिर र उनको प्रोजेक्टका बारेमा थप जान्न यि वेभसाइटहरु हेर्नुहोस । तपाँइहरुको सहयोग महत्वपुर्ण हुनेछ हाम्रा गाँउहरुलाइ इन्टरनेटसँग जोड्नमा ।
नेपाल वायरलेश डटनेट
महाबिर पुन
महाबिर पुनका बारेमा लेखियका केहि ब्लगहरु पढ्न यि लिङ्कहरुमा क्लिक गर्नुहोस
महिनाको एक डलर दिनुस्- महावीर पुन
महावीरको गाउँको साइबर भ्रमण
मेरा भावी योजनाहरु
महाबिर पुनले रोमन म्यागासासे पुरस्कारबाट सम्मानित भैसकेपछि University of California-Berkeley मा गरेको संबोधन यहाँ हेर्नुहोस








I am happy to welcome you all in my personal blog.
February 7th, 2009 at 2:51 am
महाबिर दाई को प्रोजेक्ट को लागि संपर्क राख्न को लागि काठमान्डौ को कुन ठाउँ मा अफिस छ होला ? कृपया ब ताइ दिनु भए आभारी हुने थिए ।
February 7th, 2009 at 3:01 am
लुनाजि:
तपाँइको सहयोगि मनको लागि धन्यबाद । म यसबारेमा बुझेर तपाँइलाइ जानकारि गराउनेछु ।तपाँइजस्ता सहयोगि मनहरुले नेपालि समाज परिवर्तनका लाग उल्लेख्य भुमिका खेल्नेछन ।
Greatly appreciated.
V/r
SateLite
February 7th, 2009 at 11:44 pm
अनी मैले देश भन्दा बहिर बाट सहयोग गर्दा कहा कसरी गर्नु पर्ने होला बताइदिनोस है त् !
February 8th, 2009 at 10:33 am
हुनत मैले भनिरहनु पर्दैन, तपाईंका कुरा हरु सधैं राम्रा नै हुन्छन। यो बारेमा भन्नु पर्दा कहाँ कसरी पैसा दिने स्रोत खुलाई ,यो कुरा लाई माइ संसार मा राख्न पाए धेरै पाठक समक्ष्य जाने थियो, स्रोत थाहा भएमा म पनि आफु लगयत ,आफुले चिनेका साथी हरुलाई पनि सहयोग गर्नु पर्यो भनी घच घचाउने प्रयास गर्थे।
February 8th, 2009 at 6:16 pm
सुफिजि, मैले उमेशजिसँग यसबारेमा कुरा गरेको छु सहयोग कहाँ गर्नेभन्ने सम्बन्धि थप जानकारिकोलागि http://www.nepalwireless.net मा हेर्नपनि सकिन्छ । अनि तपाँइ कहाँ हुनुहुन्छ भन्नेकुरामापनि भर पर्छ । क्रेडिट कार्ड या पेपालबाट सहयोग गर्दापनि हुन्छ त्यो नभय नेपालमै सहयोग गर्दापनि हुन्छ । यससम्बन्धि थप बुझेर म अपडेट गर्नेछु ।
माइसंसारमा राखेर यो बिषयलाइ सहयोगको आह्वान गर्नेबिषयमा कुरा हुँदैछ ।
स्याटेलाइट
March 7th, 2010 at 4:21 pm
sir namaskar
ma mukunda sharma from malaysia maila tapaiko barema kahe kura jana kare paya malai khuse layo ra maila pane deah ko lage kehe sahayoga garna sakchu vanne aata lelako chu tapai lageko kam ma mero tarfabata har tarfa ko sahayoga garna tayar chu.
namaskar
June 4th, 2010 at 5:49 pm
mahabir pun
please send me co operative system in your community. impact your society