अग्लिरहेछ……….. प्रश्नहरुको पहाड़ -कविता
अग्लिरहेछ………..
प्रश्नहरुको पहाड़ र,
प्रत्येक मोड़हरुमा अनि
औसत मान्छेहरुका हुलबाट
अलग्गिएर
भूगोलको यो गोलार्द्धमा
अग्लिरहेछ…………..
प्रश्नहरुका पहाड़
कुन नियतिले डोर्र्यायो होला?
रहर/बाध्यता या, लहै लहै!
आफैंभित्र आफ्नो अस्तित्व खोज्दै
भौतारिएको एउटा शराणार्थी जस्तै
परायाभित्र आफ्नो खोज्दै
नासिन हिंडेका मान्छेहरु जस्तै
उभिरहेकीछु
यो माहौल
यो शहरभित्र
भन्न त,
उनीहरूले-
हामी “सिंगों नेपाल” उभिएकाछौं
फरक, फरक बनौट
फरक, फरक झुंड
बिभाजित मानसिकता बोकेर
र,
प्रत्येक मोड़हरुमा अनि
औसत मान्छेहरुका हुलबाट
उक्लिरहेछु
प्रश्नहरुका पहाड़………….
जिजिविषाको ढाकर बोकेर
देशांतर फैलिनु यसरी
फगत,
“तोक्मे” टेकाई मात्रै भयो भने
यो जिन्दगीको ?
सम्झंदैछु…………..
भालेढुंगा मास्तिर
लेकमा
अंतरेको श्रम
भूगोलको गोलार्द्धको
यो चिसो भूमिमा
तितो सत्य:
बिक्ने भनेको अन्तराष्ट्रिय बजारमा
श्रम नै त रहेछ हाम्रो
बिनासित्ति!
किन फ़ुल्लिन्छन् मान्छेहरु ?
टेक्दैमा
भूगोलको उपल्लो गोलार्द्ध
अनिंदो झोंक चल्छ
महान मुलुकमा नजन्मिएका हामीहरु
जहां टेकेपनी
कुवाको
खस्रे भ्यागुतो
बरु,
भालेढुंगा मास्तिर
लेकमा
अंतरे,
अहिले मस्त निदाउन सकेको छ ।








I am happy to welcome you all in my personal blog.
October 24th, 2009 at 8:35 am
मन छुने कविता लेख्नुभो लाराजि । अरु कविताहरु पनि पढ्न पाइयोस ।
गुणराज खनाल, लेखनाथ
October 30th, 2009 at 5:35 am
nice poem !
keep it up lara ji .