यात्रा र पुस्तक

November 17, 2009 - 1:30 pm 3 Comments

धेरै दिन भयो लेख्न नपायको या नलेखेको भनौ । गयको महिनादेखिका केही दिनहरुमा म यात्रामा छु । अमेरिका आयको दुई महिना पुग्न लाग्यो । आँउदो हप्तातिर नेपाल फर्कदैछु । डेल्टा एयरलाइन्सको एटलान्टादेखीको दुबइसम्मको १५ घन्टे पट्यारलाग्दो यात्रा त छँदैछ त्यसबाहेक दुबइ र दोहामा रातभरीको ट्रान्जिटपनी मलाई पर्खिरहेको होला । प्लेनमा यात्रा गर्नु साँच्चै कति दिक्कलाग्दो हुन्छ है । मोटरमा यात्रा गर्दा त यता उता हेर्यो, झ्यालको सिटमा बसेर हावा खाँदै यात्रा गर्नुको मजा प्लेनमा के हुनु र ?

पुस्तक पढ्नु मेरो सोख हो । पुस्तक पढ्ने बानीले बिशेषत यात्रामा सहयोग हुने अनुभव मेरो छ । बोष्टनस्थित हार्वर्ड बिश्वबिद्यालय घुम्नेक्रममा मैले केही पुस्तक किनेर ल्यायको छु । पहिलेदेखी खोजेको तर पढ्न नपायको भि एस नइपालको ‘अटोबायोग्राफि’ पुस्तक फेला पारे त्यहाँ । नइपालले २००१ मा साहित्यतिरको नोबेल पुरस्कार पायका हुन । त्यसैले पनि उनको जिवनी पढ्ने धोको थियो । बितेका केही दिनहरुमा मैले दुइवटा राम्रा पुस्तकहरु पढ्ने मौका पायँ । कान्तिपथस्थित एजुकेशन हाउसमा किनेको ‘द काइट रनर’ र बोष्टनमा किनेको ‘अ थाउजेन्ड स्प्लेन्डिड सन्स’ । दुइटै उपन्यास अफगानिस्तानमा सोभियत हमला, तालिवानको बर्बरता र २००१ मा शुरु भयको अमेरिकी युद्व र त्यसले श्रीजना गरेका सामाजिक समस्याहरु, अफगानी नागरिकहरुको कल्पनै गर्न नसकिने कष्टकर जिवनको वरिपरि एउटै लेखक खलेद होसेनिद्वारा लेखियका हुन । खलेद आँफै पनि अफगानी मुलका अमेरिकी नागरिक हुन । खलेदले लेखेको पहिलो पुस्तक ‘द काइट रनर’ ले मलाई धेरै दिनसम्म प्रभाव पारिरह्यो । उनको पुस्तक यति बलियो थियो की २००७ मा त्यहि पुस्तकमा आधारित उही नामको अंग्रेजी सिनेमा बनिसकेको रहेछ । मैले सिनेमा पनि हेरेँ पछि ।
पुस्तकहरु आफैमा निकै बलिया लाग्छन मलाई । ब्यक्तीको सोँच्ने शैलिमा परिवर्तन ल्याउने सामर्थ्य राख्छन पुस्तकहरुले ।

अमेरिकामा जिवन ब्यस्त छ । मानिसहरु यान्त्रिक बनेका छन् । सायद यो चरम बिकास त्यसैको फल होला । दु:ख नगरी त केही प्राप्त कसरी हुन्छ र ? अमेरिकाबाट हामीले सिक्न सकिने धेरै कुराहरु छन् । न्युयोर्कको वालस्ट्रिटमा एकछिन बस्दा मलाई ‘गजब छ यो संसार’ भन्न मन लागेको थियो यो चरम बिकास र हाम्रो चरम पछौटेपन सम्झेर । तर परिवर्तन असम्भव त छैन नी । आशा मै जिवन अडियको छ ।

म मेरो अर्को पुस्तक पढ्ने तरखरमा छु । एकान्तमा मधुरो प्रकाश मुन्तिर पुस्तकका पानाहरुमा डुब्दै जानुको मजा आफैमा बेग्लै हुन्छ ।

त्यतिञ्जेलसम्मलाई राम राम ।

सबैको मंगल होस ।

Share and Enjoy:
  • Print
  • Digg
  • StumbleUpon
  • del.icio.us
  • Facebook
  • Yahoo! Buzz
  • Twitter
  • Google Bookmarks

3 Responses to “यात्रा र पुस्तक”

  1. Surya Khatri, Japan Says:

    Gajab cha tapaiko lekhai.

  2. Shankar Says:

    Sate bro achel kata ho tapai ? still in US or Nepal ?

  3. Raju Says:

    तपाईं को ब्लग हेर्ने मौका पाये , सार्है खुशी लाग्यो । लेख हरु प्रसनस्निय छन ।

Leave a Reply

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.