सिनेमाका कुरा…
केही दिन अगाडी म बोष्टन, न्युयोर्क , वाशिङटन डिसी, बाल्टिमोर र भर्जिनिया बीच
को यात्रा गरेपछी एटलान्टा हुँदै अलाबामा फर्कियको थियँ ।
केही कानुनी काम र अफिशियल कामहरु सकीसकेका थिय अलाबामा आयपछी नेपाल फर्कने टिकट अली पहीलैलाई सार्नुपर्यो भनेको एकहप्ता पछीलाई मात्रै मिल्यो । फुर्सदमा थियँ । पुस्तक पसलमा गयँ । केही पुस्तकहरु किने । पढेँ । केही नेपाल लैजानलाई राखेँ । तिनवटा साँझ थियटरमा पुगेर तिनवटा सिनेमा हेरेँ । ती तिनवटा सिनेमा थिय ।
- 2012
– The Box
– The Men Who Stare at Goats
म आज यिनै सिनेमाका बारेमा केही लेख्छु । 2012 सिनेमाको त मैले प्रतिक्ष्या नै गरेको थियँ । काठमाण्डु युनिभर्षिटीको बिबेकले र मैले त हामी म्याग्दीको मोहरेमा हुँदा नै यो सिनेमाको बारेमा कुरा गरेका थियौ । सिनेमा हामीले आशा गरे अनुसारकै राम्रो थियो । एनिमेशन टेक्नोलोजीको ब्यापक प्रयोग गरियको रहेछ । मौसम परिवर्तनको कुरा चलिरहेको बर्तमान समयमा सिनेमा 2012 ले हामीलाई यो जगतको अन्त्य देखायको छ । साँच्चै सिनेमा हेरिरहँदा अचम्म लाग्छ । सायद त्यस्तै अन्त्य होला त यो जगत यो विश्वको । त्यसै नै आउलान त समुद्रहरु सगरमाथामा ? त्यसरी नै फुट्लान त धर्तीहरु जहाँ सयौ कारहरु खस्नेछन । मान्छेहरुको भागाभाग हुनेछ । तर के यो जगतको अन्त्यमा पनि शक्तिशालीहरु सिनेमामा झै प्लेनमा चढेर या बिशेष प्रकारको पानिजहाजमा चढेर जोगिनेछन ? त्यो अली अनफेयर लाग्यो मलाई । सिनेमा अली लामो थियो तर पट्यारलाग्दो चाँही थियन । एकपल्ट हेर्नैपर्ने सिनेमा अन्तर्गत राख्छु म २०१२ लाई ।
अर्को साँझ म एकजना साथिनीसँग ‘The Box’ हेर्न गयँ । अचम्म त के भयो भने साँझ सात बजेको शो मा सिनेमा हर्ने दर्शक त्यो सिनेमाहलमा हामी दुइजनामात्रै । ब्यक्तिगत सिनेमा हल बनायर हेरेझै भयो । सिनेमा अली हरर टाइपको रहेछ । बिचबिचमा झ्याउ लगायो ।
हेर्नैपर्ने सिनेमा थियन त्यो तर हेरियो । कहिलेकाँही फुर्सदले पनि झ्याउ नै गराउँछ । त्यसपछीको अर्को साँझ म र साथिनी The Men Who Stare at Goats हेर्न गइयो । यो सिनेमा पनि हेर्न लायककै त थियन तर हेरियो । काम न काजको कथाबस्तुमा जर्ज कोलोनीजस्तो राम्रो कलाकारलाई खेलायर आपत !
मलाई मन पर्ने कलाकार ‘Tom Hanks’ हुन । उनका सिनेमा सकेसम्म हेर्छु म । केही दिन अगाडी उनको पुरानो सिनेमा ‘Cast Away’ हेरेको थियँ। गजबको थियो । Da Vinchi Code होस या Catch me If you can टमका सिनेमा प्राय हेर्नलायक हुन्छन ।
कहिलेकाँही सिनेमाका पनि कुरा गरौ न हैन र ?
तपाँईंहरुले पनि 2012 हेर्नुभयको छैन भने एकपल्ट हेर्नुहोस । पछुताउनुहुनेछैन । राम्रा सिनेमा, राम्रा पुस्तक र राम्रो गीत-संगित मान्छेकालागी राम्रै हुन्छन ।
सबैको मंगल होस ।








I am happy to welcome you all in my personal blog.
November 22nd, 2009 at 7:40 am
त मलाई पनि राम्रो लाग्यो स्याटेलाइटजी तर अन्य दुइवटा सिनेमाचाहीँ हेर्न पायको छैन । हेर्दिन होला ।
November 22nd, 2009 at 9:06 am
Thanks for ur info…2012 चाँहि मलाई नि धेरै हेर्न मन लागेको छ है !
November 22nd, 2009 at 11:58 am
Good Information bro. I am waiting for DvD.
November 22nd, 2009 at 4:19 pm
yha i shaw already this movie it’s really amazing i could not controol myself i afraid rally …….it can be true in 2012?????
November 22nd, 2009 at 9:55 pm
तपाई Tom Hanks को fan हुनु हुदो रैछ, यदी हेर्नु भाको छैन भने “FOREST GUMP [http://www.imdb.com/title/tt0109830/] ” भने मुभी हेर्नु होला, रमाइलो छ|
अर्को “Donnie Darko [http://www.imdb.com/title/tt0246578/]” यो चै the box को निर्देशकको पहिलाको मुभी, यो genera को मोविए हरुलाई CULT भनिन्छ! मलाई निकै राम्रो लागेको मुभिहरु हुन्|
November 22nd, 2009 at 11:23 pm
Thank you Sajilo ji for your info. I will try to find these movies.
November 24th, 2009 at 2:22 am
२०१२ हेर्न म पनि आतुर छु ।