Documentary Festival र आशलाग्दा सम्भावनाहरु
काठमाडौमा सातौं Kathmandu International Mountain Film Festival चलिरहेको छ हिजो डिसेम्बर १० देखि १४ सम्म । आज म पनि राष्ट्रिय सभा गृह स्थित फिल्म फेष्टिभलमा गयको थियँ । रमेश खड्काको ‘ The Mother of 25′ हेरेँ । काठमाडौबाट ३ घण्टाको दुरिमा बस्ने एक महिलाको कथा थियो यो । कथा होइन उनको जिवन उतारियको थियो । उनले १६ बर्षको उमेरदेखी ४३ बर्षसम्ममा २५ वटा सन्तानलाई जन्म दियकी रहिछिन । रमेश खड्काले उनको जिवनका केही दिन स्क्रिनमा उतारेका थिय । राम्रो लाग्यो डकुमेन्ट्री । नेपालीहरु अहीले डकुमेन्ट्री हेर्नुपर्छ भन्नेमा सचेत भयका रहेछन । मान्छेहरुको उपस्थिती राम्रै थियो ।
मलाई हेर्न मन लागेको डकुमेन्ट्री ‘Being Me’ हेर्न पाइन हिँजो । त्यतिबेला मेरो क्लास परेको थियो त्यसैले जान सकिन । भोली शनिबार फुर्सद भयो भने 2 वटासम्म डकुमेन्ट्री हेर्ने सोच बनायको छु । डकुमेन्ट्री ओपेन स्कुलले आयोजना गर्ने ‘Cinema as an Art‘ Workshop मा भाग लिन मैले पहीलाई निस्चित गरियका केही कामहरु स्थगित गरेको छु । नत्र भोलीको शनिबार बिपश्यना ध्यान गरेर बिताउने योजना थियो । जिवन र चित्त शुद्व पार्न ध्यानभन्दा अरु राम्रो के होला र ? तर ध्यान त म अरको शनिबारपनी जान सक्छु, डकुमेन्ट्री फेष्टिभल त त्यतिबेला हुनेछैन । डकुमेन्ट्री मेकिङमा काम गर्न खोजेका म जस्ताका लागि यो राम्रो अवसर हो केही सिक्ने अरुका डकुमेन्ट्री हेरेर र वर्कशपमा भाग लियर ।
आज म डकुमेन्ट्रिकै बारेमा कुरा गर्छु । निर्देशक खड्काले डकुमेन्ट्रिका मुख्य पात्रहरुलाई पनि स्क्रिनिङमा ल्यायका रहेछन । पात्रहरुको काठमाडौं आगमन पहिलो रहेछ । आतियका देखिन्थे । बच्चा जन्माउने मेशिनसरह बनेकी महिलापात्र निकै कमजोर देखिन्थिन ।
म अहीले क्याप्टेन बिजय लामाको ‘न्यानोपन’ का लागि प्रयोग भयका लुगाहरु संकलन गर्ने काममा लागेको छु । ती लुगाहरु सिन्धुपाल्चोकको थामी गाउँमा पुराइनेछ । त्यहाँ हामी केही दिन अगाडी स्थिती बुझ्न ब्यक्तिगत पहलमा पुगेका थियौँ । स्थिती दयनिय छ । शिक्षा पुगेकै छैनभन्दा हुन्छ । मान्छेहरुलाई शिक्षाभन्दा पहिला यो कठ्याङ्ग्रिने जाडोबाट जोगाउन सके उनिहरुलाई भोली शिक्षाको पनि ब्यवस्था गर्न सकियला । नेपालमा केही हुन्न भन्नेहरुलाई म भन्न चाहन्छु ‘नेपालमा सबै हुन्छ, यहाँ नहुने केही छैन’ गर्नुपर्छ । गरे हुन्छ । पर्दापचाडी बसेर समाजलाई योगदान पुराइरहेका बिजय लामाहरु पनि त यही देशमा छन् नी । उनिहरुसँग भेट्दा मलाई खुशी लाग्छ ।
हामीहरु नयाँ बर्षको उपहारस्वरुप म्याग्दीस्थित बाघबिर पुनको पुस्तकालयका लागि पुस्तकहरु लियर जाने योजनामा छौ । पुस्तक संकलन जारी छ । किन्नुपर्ने पुस्तकहरुको लिस्ट म पुतलिसडकस्थित केही पुस्तक पसलमा छाडेर आयको छु । लेखक जगदिश घिमिरे र उपन्यासकार नारायण वाग्लेले आफ्ना पुस्तकहरु दिनुभयको छ बाघबिरको पुस्तकालयको लागि । नयाँ बर्ष हामी त्यहिँ बिताउनेछौँ र त्यहाँ थप के गर्न सकिन्छ भनेर पनि हामीले बुझ्ने प्रयाश गर्नेछौँ ।
म बस्ने ठाँउमा प्राय पानी आउन्न । बत्ती पनि जान्छ अचेल धेरै । तर मलाई बिश्वास छ यी त सबै अस्थायी समस्या हुन । समस्याहरु समाधान हुनेछन तर त्यसकालागी म(हरु) यही बस्नु जरुरी छ । आँफै भोग्नु जरुरी छ र आफ्ना ठाँउबाट प्रयाश गर्नु जरुरी छ । सक्दो प्रयाश सधैं रहनेछ ।
अहीले प्रदर्शन भैरहेका डकुमेन्ट्री सिनेमाहरुले देशको यथार्थता बोलिरहेका छन् । सम्भव भय हेर्न नभुल्नुहोला । सायद अर्को बर्षको फिल्म फेष्टिभलमा मैले बनायको डकुमेन्ट्री पनि हेर्न पाइयला की । हुनसक्छ अझ छिटोपनी ।
यो देश तपाईं हाम्रो हो । कता कता पुगियो जीवनमा तर देशजस्तो खै कतै भेटिन यो गन्ध, यहाँको जस्तो प्रेम । धुवाँ र धुलो नै मिसियको किन नहोस यही हावा मलाई प्रिय छ । आमा रोगी भइन भनेर आमालाई छाड्न सकिन खै । सकुञ्जेल आमालाई सञ्चो बनाउने प्रयाश त गर्ने नै छौँ । प्रयाश गरे के हुन्न र ? बालुवामा गुलाब फुलाउने पनि नेपाली हातहरु नै त हुन ।
इश्वरको अस्तित्वमा बिश्वास हुनु नहुनु आफ्नो ठाँउमा होला तर मलाई मन पर्ने गितका केही शब्दहरु:
जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ त्यो देश मेरो हो त्यो देश मेरो हो ।
सबैको मंगल होस ।
तस्विर श्रोत: Google








I am happy to welcome you all in my personal blog.
December 12th, 2009 at 9:02 am
डकुमेन्ट्री हेर्न पाइयन अहीलेलाई अरको बर्ष हेर्ने आशामा छु ।
December 12th, 2009 at 6:35 pm
ramro laageo tapaiko katha.