दुर्घटना र नेपाल यातायातहरु…
दुर्घटनाहरु कहिल्यै हल्ला गर्दै आँउदैनन् ।
यो तथ्य त सत्य नै हो तर जब आँउछन पिडा लियर आँउछन । प्रायले जिवनको कुनै मोडमा दुर्घटनासँग साक्ष्यात्कार गरेकै हुन्छन् । मैले आज कुरा गरेको खासमा मोटर दुर्घटनाको हो । मोटर दुर्घटनाका बारेमा लेखिरहँदा म अनलाइन न्युजसाइटहरुमा हिँजोमात्रै जिप दुर्घटनामा परेर तमलोपाका नेतासहित केही मरेको समाचार पढ्दैछु । हो, दुर्घटना पिडादायक हुन्छ । नेताहरुपनी तमलोपा या एमाले भन्दा पहिला त मान्छे नै हुन । मान्छेको मरण अर्को मान्छेको लागि पनि दुखदायी अवश्य हुन्छ । सामान्य दुर्घटनाहरुमा परिरहेपनी ज्यान नै सेकेण्डको फरक परे जान सक्ने खालको दुर्घटनामा तिनपल्ट परेको छु । दुइपल्ट इराकमा हुँदा हो भने एकपल्ट मोटर दुर्घटनामा भैरहवामा ।
२००१ मा हो । त्यो दुर्घटनाले धेरैदिनसम्म दु:ख दियर गयको थियो । बुटवल भैरहवा चल्ने थोत्रो बसको मुन्तिर चार पाङ्ग्राको बिचमा परेर पनि बाँच्नु अत्यासलाग्दो संयोग थियो । बसमुन्तिर परेर बाँच्नुलाई मान्छेहरुले आश्चर्य पर्ने घटनाका रुपमा लिय त्यतिबेला । मोटरमा यात्रारत महिलाहरु म बाँचेको देखेर रोयका थिय खुशीले । म अर्धचेतमा थियँ । त्यो घटनाले केही महिनाहरुसम्म मानसिकरुपमा कमजोर बनाइरह्यो । समयक्रममा ठीक भैयो ।
इराक घटनाका बारेमा कुनै दिन लेखौँला । अस्ति बिहान( जनवरी २२) साढे ६ बजे मोटरसाइकल लियर रामशाहपथ गयको थियँ । जाडो थियो सार्हो त्यसैले होला सडकमा त्यती मोटरहरु थियनन । म फर्कदापनी जयनेपाल सिनेमा र नागपोखरी हुँदै फर्किदै थियँ । जननेपाल र नागपोखरी बीचको सडकमा हल्का कुहिरो हो या हुस्सु यस्तै थियो । सडकमा हेर्दा परैसम्म पानी पोखियजस्तो देखियो । कहिलेकाहीँ नगरपालिकाले सडकमा पानी छर्दै हिँडेको पनि नदेखियको होईन । त्यसैले पनि होला सडकमा देखियको त्यो तरल टाँसाइ पानी नै हो भन्ने सोँचियो । मोटरसाइकल खासै स्पिडमा पनि थियन । ४०-४२ हुँदो हो । मोटरसाइकलका पाङ्रा जब त्यो चिसो देखियको भागमा परे । चिप्लियो ।
चिसो देखियको त्यो पदार्थ पानी नभयर मोटरबाट खसेको मोबिल रहेछ । म दुई तीन ठाँउ ठोक्किँदै सडक किनारमा पुगेँ । ‘लौ सिध्यियो’ भन्ने लागेको थियो । मोटरसाइकल सडक बीचमा अझै घ्यार्र घुर्र गर्दै थियो सकी नसकी । एकछिन बसेर मोटरसाइकललाई हेरी रहेँ । बिहानै भयकोले मान्छे र मोटरहरु त्यती थियनन । दिउँसो जस्तो हुँदो हो त त्यतिपल्ट पल्टिसक्दासम्म बिपरित दिशाबाट आइरहेको मोटरले ठक्कर दीइसक्थ्यो होला । जिउका आधा दर्जन ठाँउहरु कच्याककुचुक भयजस्तो महशुस भयो । सडकमा हिडेका मान्छे र मोटरचालकहरुलाई एकछिन भयपनी रमिता भयो । उनीहरु बिहान बिहानै यो अवसर प्राप्त भयकोमा प्रसन्न पनि देखिय । मलाई मनमनै ‘धन्यबाद’ दिय की दियनन त्यसमा शंकै छ ।
कोठामा फर्केर सुतें । उठेर डक्टरलाई देखाइयो । हातमा पट्टी बाँधियो । कम्मरमा पिडा भोगियो र अर्को दिनबाट काममा लागियो ।
दिनहुँ मान्छेहरु सडक दुर्घटनाबाट मरिरहन्छन । परिवारलाई पिडा हुन्छ । फेरी केही बर्षपछी त्यो पिडालाई अलिक नजिकबाट देख्न पाइ नै सकीएको थियो । आजभोलि नेपाल यातायात चढेर जान्छु यताउता । मोटरसाइकल घरमा थन्कियको छ । तर नेपाल यातायात त यात्रुहरुका लागि ‘आतंककारी यातायात’ भन्दा कम्ती छैन । यति मान्छे कोच्छ के कुरा गर्नु यार ।
एकदिन त यसो बहस गर्ने कोशिश गरें तर मोटरका सहायक बन्धुले हकारे । चुपचाप चढ्दैछु । यात्रुहरु पिडा भोगिरहेका छन् यात्रानामक त्रासदिबाट । किर्तिपुर जाने मोटरमा चढ्छु, टेम्पुमा चढ्छु तर सबैभन्दा खत्तम नेपाल यातायात लाग्यो । हामिकहाँ कानुनको पालना हुन थालेको पहिलो दिन सुधार्नुपर्ने पहिलो कुरा नेपाल यातायातलाई कानुनको घेरामा ल्यायर यात्रुहरुलाई मानवोचित ब्यवहार गर्न र मोटरको सामर्थ्य अनुसारमात्रै यात्रुहरु ओसार्न लगाउनुपर्छ । मलाई पनि परेपछी नै थाहा भयको हो । केही दिन अघि एकजना पाठकले नागरिक दैनिकको पाठक पेजमा नेपाल यातायातको नर्किय अनुभवको बारेमा लेखेकी थीइन् । उनको पिडा म अहीले महशुस गर्दैछु ।
बुढाबुढीहरु अनी बच्चासहितका महिलाहरु भिडमा ठेलमठेल भयको देख्दा नरमाइलो लाग्छ । मोटरको सामर्थ्यभन्दा तिनगुणा बढी यात्रु राख्ने ‘नेपाल यातायात’ का चालक र सहायकहरु यात्रुहरुलाई राम्रो ब्यवहार सम्म गर्दैनन । सिष्टम नै झुरेष्ट छ यहाँ । के भन्ने । नभनेर पनि कतिदिन बस्ने ? दुर्घटनापछिका दिनहरुमा म केही कक्ष्याहरुमा पढिरहेको छु । सँगसँगै केही कामहरुपनी ।
नेपाल टेलिकमको GPRS को सुस्त इन्टरनेटले मोबाइलमा ईमेल चेक गर्दै पुतलिसडकतिर हिँडिरहँदा धुलो र धुवाँको मुस्लोले जिउ चुर्लुम्म ढाकिन्छ । त्यहिबेला भारतिय सेनापतीको सवारिमा देशका प्रहरी र सेनाहरु लागेका हुन्छन् । जाम बढ्छ अनी मान्छेहरु आक्रोशित देखिन्छन । जीवन यही हो । उही पानी र बिजुली आउन बिर्सिय पनि बिलहरु समयमै आयझैँ ।
जे होस ‘नो कम्प्लेन’ ।
राम राम अहीलेलाई
तस्विर: गुगल








I am happy to welcome you all in my personal blog.
January 23rd, 2010 at 10:31 pm
हो सर जिबन को पना हरु पनि कती दु:ख र सुखी छन नेपाल को राजनीति मा सबै चीज मा अब्रूध र तनाब छ तर भारतीय गुण्डा हरु को लागि नेपाल स्वर्ग भएदिन्छ अहिले को भारतीय ब्वशो आउँदा पूर्व राज खान्दन लाई जसस्तै गरियो ।दुर्गाती भन्नु पर्छ ……?
January 24th, 2010 at 6:27 pm
Durghatana life ma parcha, samhalina saknu nai mahanta ho.
January 25th, 2010 at 10:20 pm
you are right bro. I wish you best of luck.