भ्यालेन्टाइनमा सबैको जय होस….

February 7, 2010 - 1:46 am 4 Comments

फुर्सदमा कहिलेकाँहि नेपाली र अङ्ग्रेजी साहित्य पढ्छु । फिक्सनदेखि ननफिक्सन, जीवनि, प्रेम, राजनिति बिषय जे पनि हुनसक्छन । बिषयबस्तुप्रति खासै च्वाइस छैन । बत्ति आउनेबेला प्राय ब्यस्त नै भैन्थ्यो पहिले । बत्ति भन्नाले बिजुलीलाइ बुझियोस यहाँ । बत्ति नहुनाले साँझहरु प्राय मैनबत्तिसँगै बित्छन । बानि भैसक्यो एकप्रकारको अचेल त । मैनबत्तिप्रतिको लगाव भन्न मिल्ला । मैनबत्तिछेउ बसेर ल्यापटपमा केहि टाइप गरिरहनु, मरिच मिसायको कालो चिया पिउनु र दिक्कै लागे एउटा सुर्या सल्काउनुलाइ आपत्तिजनक मान्न नसकियला । माने नै पो के छ र यार मान्नुस । आपत्ति मानेर खुसि मिल्छ भने त्यसमा मेरो आपत्ति छैन ।

दिऊँसो ब्यस्त नै भइन्छ । बागबजार र अनामनगरतिरबाट पैदलै बालुवाटार हुँदै लाजिम्पाटसम्म पुग्नुको आनन्द आफनै ठाँउमा छ । केहिदिन अगि सानो दुर्घटनामा परेपछि अचेल प्राय पैदल नै हिँडनु प्राथमिकतामा परेको छ । जिवन चलाउनलाइ नै जन्मिइयको हो भने चलाइयकै मान्नुपर्छ ।

अप्रिलको अन्त्यतिर एकपल्ट अमेरिका भाषिने योजनामा छु एकमहिनाको लागि । यसपालि क्यालिफोर्नियाँ पुग्नैपर्छ । केहि त स्मृतिहरु जोडियको ठाउँ हो यार मानौ या नमानौ । केहिदिन अगाडि मलाइ पनि साथि मनोज पण्डितसँग कम्बोडियातिर केहिदिनको लागि जानुपर्छ कि भन्ने झोँक चलेको थियो तर केहि बाँकि कक्षाहरुले त्यो गर्नपनि दियनन । केहि महिनाभित्रमा एउटा डकुमेन्ट्रिको काम सक्नुपर्नेछ अब ।

‘प्रयाश छ मेरो तिमिलाइ बिर्सने…’ पप सुन्दै बिगतमा फर्कन्छु कहिलेकाँहि । समयको शक्तिलाइ नजिकबाट बुझ्नसक्ने बनायका छन घटनाक्रमहरुले जिवनमा । सबैको जिवनमा त्यहि लागु हुने हो । मान्छेको जिवनमा प्रेमको पाटोपनि महत्वपुर्ण हुने मेरो अनुभवले बताउँछ । सफल हुनु या असफल हुनु पछिका नितान्त बेग्लै कुरा हुन जस्लाइ तात्कालिक प्रेम या ‘इल्युजन’ नै सहि त्योसँग दाँज्नु हुन्न ।

कम्तिमा मेरो ‘थ्योरि’ले त्यहि भन्छ । इल्युजन नै किन नहोस, त्यो अवस्थामा त तपाँइलाइ त्यहि नै उत्कृष्ट लाग्छ । सहि हो भन्ने लाग्छ । एक अर्थमा हेर्दा त्यहाँभित्रपनि आनन्दै छ । तर आनन्द प्राय एक्लै आउन्न, साथमा अशान्तिपनि । जस्तो कर्म उस्तै परिणाम अन्तर्गतको सिद्धान्त अनुसार पहिले आनन्दको आनन्द भोग गर, पछि अशान्ति भोग्न तयार बस । सबै सिद्धार्थ गौतम बन्न उपर्युक्त समय अहिलेलाइ मान्न सकिन्न ।

त्यो सम्भवपनि नहोला ।

यो प्रेमको सन्दर्भ कहाँबाट निस्कियो भने ‘भ्यालेन्टाइन डे’ पनि त आउँदैछ । अरे जल्लाइ मनाउनु छैन नमनाउ यार । तर मनाउनेहरु त मन खोलेर मनाउ । प्रेमदिवस आफैमा राम्रो पर्व हो । गजव लाग्छ मलाइ त । मेरो योजना त केहि छैन यो बर्षलाइ । मन पराउने तर केहि नभनेरै जीवन बिताइदिने ‘साइलेन्ट एडमाइरर’हरु कृपया यो बर्षको प्रेमदिवसमा ति आफनाहरुसमक्ष भावना ब्यक्त गर्नुहोस ।

जीवन त यसैपनि जटिल छ नि कम्सेकम मन पराइएकाहरुलाइ जीवनमा भित्रायर केहि खुसि त हुनुहोस । मरिलानु के छ र यार !

असनतिरकि एउटि मैयाँ थिइन । लामो यामपछि ‘जीवनमे कुछ तो हे यार….’ भन्नेखालको भाव मनमा ल्याउन सफल भयकि थिइन । बधाइ पनि दियको थियँ उनलाइ अर्कै प्रसङ्ग पारेर । बधाइ त सहर्ष स्विकार भयो । तर बधाइपछिका कुरा हुने क्रम हुँदैमात्र थियो, पल्सर ‘घच्याक्क’ रोक्दै एक महापुरुष उत्पत्ति भय दृष्यमा । दाइ, भाइ, मामा अथवा मामाकै छोरा सहि कोहि होलान भन्ठानेको ‘बोइफ्रेण्ड’ रहेछन । लौ ठिकै छ यो पनि । पल्सर त थियन, अपाचे हाँकेर ज्याजतिर पुगेर कालो कफि पियँ ।

‘कोहि तो मिला था कुछ दिनोँ के लिय हि सहि…थोडा हँसाया तो था’ भनेझैँ भयो । शाक्य थरकि ति नाम थाहा नभयकि मैयाँलाइ मेरो रामराम ।

जीवन यहि हो भने गुनासो किन ? हैन र !

हाँसेर बाँचौ र बाँचेर हाँसौँ । यो भ्यालेन्टाइन बबाल गरेर मनाऊँ । कृपया मेरो भाषालाइ माफ गर्नुहोला । मेरो बबालको अर्थ केवल ‘रमाइलो’ सम्मलाइमात्र हो ।

मेरो भ्यालेन्टाइनमा अचानक परिवर्तन आयोभने त्यसको जानकारि बत्ति आएको मौका पारेर दिइनेछ ।

सबैको मंगल होस ।

अहिलेलाइ रामराम ।

तस्विर: गुगल

Share and Enjoy:
  • Print
  • Digg
  • StumbleUpon
  • del.icio.us
  • Facebook
  • Yahoo! Buzz
  • Twitter
  • Google Bookmarks

4 Responses to “भ्यालेन्टाइनमा सबैको जय होस….”

  1. सुजन थापा Says:

    ह्याप्पी भ्यालेन्टाइन डे ब्रो ।

  2. Mina Pahadi Says:

    It was great story satelite. keep writing.

  3. p Says:

    moments are forever….keep living with/in the moment!

  4. PramodΩ Says:

    padhera ramailo lageo. It was good one indeed.

Leave a Reply

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.