So, What Makes You not a Buddhist ?
2007 मा Pulitzer Prize जितेको Cormac McCarthy को ‘The Road’ पुस्तक किन्न केहि पुस्तक पसलहरु चहारेको थियँ हप्ता १० दिनअघि । ठमेल र कान्तिपथका पुस्तक पसलहरुमा ‘द रोड’ पाइयन ।
सकिइसकेको । केहि दिनमा आउने रे तर त्यो केहि दिन अदृश्य शक्तिलाइबाहेक अरुलाइ थाहा भयन ।
पुस्तक पढ्ने मुड बनाइसकेपछि पढनु त पर्यो । तर खोजेको पाइयन । एजुकेशनल हाउस-कान्तिपथमा थियँ । केहि सुनियको तर नपढियको पुस्तकमा आँखा पर्यो । त्यो पुस्तक थियो D.J. Khyentse को ‘What Makes You not A Buddhist’
सर्रर कभर हेरेँ । शिर्षक Interesting थियो । भित्र पेजका केहि लाइनहरु पढेँ । विपश्यनामा सिकेका कुराहरुका बारेमा अझ गहिरो लेखकिय सँगालो रहेछ । आधा हजार रुपैयाँजति तिरि पुस्तक समाति लाजिम्पाटतिर पैदल हिँडे । मोटरसाइकल घरमा थन्क्यायर पैदल हिँडेको थियँ केहि दिनदेखि । यसमा केलाइ कारण मान्न सकिन्छ भने- मोटरसाइकल चलायर पुस्तक पढन मिल्दैन तर पैदल हिँडेर पुस्तक पढन सकिन्छ । सडक किनारैकिनार एकोहोरो हिँडदै पुस्तकमा डुब्नुमा मैले बृहत आनन्दको अनुभव गरेको छु । कहिलेकाँहि मान्छे र पोलहरुसँग ठोक्किनुको असहजता बाहेक ।
म भर्खर किनेको पुस्तक पढदै लैनचौर आइपुगेको थियँ । अचानक कतै गोलिहरु चलेका थिय । गोलिको आवाजले पुस्तकको पानाबाट ध्यान बाहिरियो । लैनचौर लाजिम्पाट सडकमा मोटरहरुको जाम नै थियो । म भन्दा केहि पर, हामि प्राय: बस्ने ‘Jazz Upstair’ रेष्टुरेन्टनिर जमिम शाहलाइ गोलि हानियछ । केहिबेरपछि पुलिसले सडक शिल गर्यो । कसैले कसैलाइ गोलि हान्यो भन्ने त थाहा भयो त्यतिबेला तर जमिम शाहलाइ हो भन्नेचाहिँ कान्तिपुरमा काम गर्ने साथिले साँझ भनेपछि थाहा भयको थियो ।
किताब किनेको प्रसङगमा निस्कियको यो बिषयसँग किताबको कुनै सम्बन्ध त छैन तर संम्झन सजिलो भयको चाँहि हो जमिम हत्याकाण्डको दिन परेकोले । घटना दुखद थियो । अझ मलाइ अचम्म त्यतिबेला लाग्यो – जब म त्यसपछिका दिनहरुमा कौसिमा बसेर यो पुस्तक पढिरहेको हुन्थेँ । जमिम शाहको घर त मेरो कौसिबाट देखिने घर नै रहेछ । उनको मृत्युपछि नेतादेखि कलाकार र सर्वसाधारणको आउनेजाने क्रम धेरै दिनसम्म चलिरेहेको म कौसिबाट हेर्थेँ । जमिमका बाबु सेता दार्हिसहित घरबाहिर-भित्र गरेको देख्दा मलाइ उनिसम्म पुगेर ‘संवेदना’ का केहि शब्दहरु भन्ने मन थियो तर म गइन । खै के ले रोक्यो के ले ! संवेदनाले केहि हुँदैन भन्ने लाग्यो । अौपचारिकता निभायर के हुन्छ ? कहिलेकाँहि यि सोँचहरुले काम गर्दैनन । मलाइ थाहा छ तर सकेसम्म मनमा उठेका भावहरुलाइ अब भोक्ता भावले नभै ‘साक्षी भाव’ले हेर्न सिक्ने मेरो प्रयाश हो ।
यो पुस्तक पढ्दै गर्दा मैले के कल्पना गरेँ भने- मानौ जमिमको ठाउँमा मलाइ गोलि हानियको छ र जमिमको बुवाको ठाउँमा मेरो बुवा हुनुहुन्छ । त्यतिबेला मेरो बुवाले अरुबाट छोराको मृत्युप्रति ‘संवेदना’ पाउने कि नपाउने ? १ लाख जनाले नै मानौ संवेदना प्रकट गरे रे….. मरेको छोरा फर्केर आँउछ त ? यि सब वाहियात हुन्, नाटक हुन र सांसारिकता हुन् । State of Mind कुन तहमा पुगेको छ त्यसले निर्धारण गर्ने कुरा हुन् यि, कति सांसारिकतामा बाँच्ने ! मलाइ कुनै दिन रातहरु ठमेलमा बिताउँदा रमाइलो लाग्थ्यो । फ्राइडे नाइट पार्टिहरुले बिशेष महत्व राख्थ्यो र हेवि मेटल म्युजिकमा बोटलबाटै बियर पिउनुमा खुसि मिल्थ्यो । समयक्रममा State Of Mind त्यो भन्दा फरक तहमा पुग्यो होला अहिले ति कुराहरु ‘इल्युजन’ भन्दा बढि लाग्दैनन । बुद्वले हामिलाइ ‘इल्युजन’ हरुबाट अलग्यायर सार्थक जिवन बाँच्न सिकायका छन । लिन के कति सकेका छौ, लिनुको मात्रा मान्छेहरुमा फरक होला ।

पुस्तकका बारेमा नै केहि लेख्छु । पढन शुरु गर्नु अघिको पेजमा लेखकले समर्पणमा ळेखेका छन ‘ For the son of Suddhodana, the prince of india, without whom i would still not know I am a wanderer’ शुरुमा लागेको थियो । फेरि कसैले बुद्वलाइ आफ्नो लेख्यो । भारतको भनेर लेख्यो । पुस्तकको मध्यतिर पुग्दा लाग्यो- ‘ उनिहरुले बुद्वलाइ आफ्नो भने त के भयो…. चिनले पनि आफ्नो भनोस । अमेरिकाले भनोस । थाइल्याण्ड र कोरिया अनि जापानले पनि भनुन् । ‘ सबैले बुद्वलाइ आफ्नो बनाउन खोजुन । समस्या छैन । बुद्व, भारतिय या अमेरिकन हुनुले मलाइ के फरक पार्छ ? बुद्वबाट मैले सिक्नसक्ने कुरा उनि जुनसुकै राष्ट्रियतामा बाँधियपनि म सिक्न सक्छु । हामिहरु जहिले पनि बिषयहरुको सतहि बिश्लेषण गरेर एउटा आँखाले हेर्छौँ । अहिले लेखियकै यहि बिश्लेषण सतहि हुनसक्छ ।
हामि सबैलाइ थाहा छ, एकदिन मर्नै पर्छ । तर हामि यति ढुक्कले बाँचिरहेका छौँ कि मानौ, आउँदो १, २ , १० या १२ महिना हामिलाइ केहि हुँदैन । के मैले कहिले सोँचेको छु – म मरेपछि मेरो लाश कहाँ जलाइनेछ, गाडिनेछ या बगाइनेछ ? मैले कहिले किन बिश्लेषण गरिन, हिँजो स्कुलमा मलाइ साथिहरुको जस्तो ढड्डा कपि भए या उनिहरुको भन्दा राम्रो इरेजर भए खुसि मिल्थ्यो । साइकल चाहियो । अब गियर भयको साइकल नभै भयन । समयक्रममा खुसिका परिभाषाहरु बदलिँदै गय । मलाइ पुरानो नै भयपनि मोटरसाइकल चाहिने भयो । मोटरसाइकलको प्राप्तिसँगै त्यो खुसि केहिदिन कायम रह्यो तर मलाइ अब नयाँ र लेटेस्ट मोडलको मोटरसाइकल चाहिने भयो । त्यो पाउने चाहना (Desire) ले नपाँउदा दुखी बनायो ।
गर्लफ्रेण्ड चाहिने भयो । मायाप्रेमको ‘इल्युजन’ सँगै शारिरिक संपर्क अपरिहार्य हुन पुग्यो खुसिका निम्ति । बियर र चुरोटमात्र होइन नयाँ ब्राण्डका लुगा र जुत्ता चाहियो । काला केटिमात्र होइन, सेता चाहिय र फेरि कोहि चाहियनन् र कोहि रहेनन । न त्यो साइकल नै रह्यो न त्यो इरेजर, या मोटरसाइकल, न काला-सेता गर्लफ्रेण्डहरु नै । के बुझिन आयो भने, तत्कालिन रुपमा खुसिको महशुस गरायपनि हामिसँग त्यस्तो कुनै बस्तु या संबन्ध छैन जसले Ultimate खुसि दिन सकोस । सबै अनित्यमात्र रहेछन । म आफु पनि अनित्य हुँ । गहिरियर बुझ्दा यो पनि बुझिन आउला – म या आफु भन्ने नै छैन । यो पनि ‘इल्युजन’ नै हो ।
कसैले तपाँइलाइ सोध्यो रे ‘ what is life ? के उत्तर दिनुहुन्छ ? जीवन एउटा लामो यात्रा हो…. यो हो …ऊ हो यावत् ? माया हो, प्रेम हो, प्राप्ति हो या कसैलाइ लाग्ला – बाबुआमाको सेवा गर्नु जीवन हो या टन्न पैसा कमाउनु जीवन हो या नयाँ नयाँ सफ्टवेयरका बारेमा अपटुडेट हुनु जीवन हो । यि त सतहका कुरा रहेछन । मैले जीवनको परिभाषा अब भेटाएको छु -
Life is collection of different kind of desires.
सहमत हुनु आवश्यक छैन । तर आजसम्म भोगेको जीवनले यहि भन्छ । अब आवश्यक के छ भने: Desires हरुबाट क्रमश: बिमुक्त हुँदै जाने । कसैलाइ हानि हुने काम पटक्कै नगर्ने । सम्यक जीवन अपनाउने । प्रयाश जारि छ । सफलता निश्चित छ । यो सफलता पाउनै पर्छ भन्नु पनि के Desire नै होइन र ?
पुस्तकको तेस्रो अनुच्छेद ‘Everything is Emptiness’ मा लेखियको छ- Things are not as they seem: they are impermanent and they are not entirely within our control. यि कुराहरु मैले विपश्यनामापनि सुनेको थियँ र १० दिने आर्यमौनको आनन्दमा महशुस पनि । संसारमा बुद्व वा बुद्विज्मको बारेमा केहि अपब्याख्या भयको पनि देखिन्छ । जस्तो कि, बौद्व धर्म मान्नेहरु मासु खाँदैनन, बिशेष प्रकारको पोशाक लगाउँछन र ध्यान गर्छन । केहि हदसम्म सत्य हो यो । बुद्व स्वयंले के भनेका छन भने: नबुझि मलाइ फलो नगर । पहिला बुझ मैले भनेका कुराहरु दैनिक जीवनमा उपयोगि छन कि छैनन । छन भन्ने लागेमा गर । बुद्वले उद्घाटित गरेको सत्य केमात्र हो भने- सबै दुख:को मुहान हामि भित्र नै छ त्यसैले यि यावत दुखहरुको समाधानपनि हामिभित्र नै छ । उनको बुद्वत्वले भनेको कुराको सार यो हो:
All compounded things are impermanent.
All emotions are pain.
All things have no inherent existence.
Nirvana is beyond concepts.
त्यस्तै सम्बन्धकोबारेमा उनको यथार्थपरक धारणा ” If we could see the unseen, then maybe we could enjoy the perfect relationship- or maybe we would never start one in the first place.”
मैले भर्खर यो पुस्तक पढेर सिध्यायँ । The Road भेटाउन नसक्दा किनियको यो पढिसकेपछि मलाइ अहिलेलाइ द रोड नभेटियकै ठिक लागेको छ । कुनै दिन पाइयला र पढियला ।
What Makes You not A Buddhist का लेखक DJ Khyentse सन 1961 मा भुटानमा जन्मियका हुन् । उनको यो पुस्तक पढ्नयोग्य छ । यो पुस्तक पढिसकेपछि बुद्व र बुद्विज्मप्रतिका अन्योलहरु हट्नुका साथै, बुक रिभ्युमा Publishers Weekley ले भनेझै के बुझिन्छ भने-
True Buddhist is: someone who understands and lives the truth of impermanence.
सबैको मंगल होस ।
तस्विर श्रोत: गुगल








I am happy to welcome you all in my personal blog.
February 21st, 2010 at 9:06 am
धेरै दिनपछि तपाँइको ब्लग पढन पाइयो मित्र । बुद्वसम्बन्धि तपाँइले राख्नुभयको धारणा मेरोसँग मिल्दोपायँ । लेखाइले निरन्तरता पाओस ।
February 21st, 2010 at 11:36 am
स्याटेलाइट्जी,
अति नै राम्रो छ् केबल राम्रो मात्र भनेर पुग्दैन मलाई थाहा लागेको छ शायद मूल लेखकले पनि यति राम्रो लेखेको छैन होला ।
स्याटेलाइट्जी तपाईंको लेखको प्रशन्शा गर्न त सोही पुस्तक पढ्न पर्छ जस्तो लाग्छ । एउटा कुरा के सत्य हो भने तपाईंले दिएको पढ्ने सल्लाह अति नै राम्रो छ । कोही पनि मानबले अर्कोलाई उ जस्तो ज्ञानी बनोस भन्ने उत्कट् चाहना राख्नु स्वाभाबिक नै हो यही बुद्धको पनि सोही नै थियो ।
सडकमा पढ्नु को मज्जा, तर पनि घर नजिकैको स्व जमिम शाहको घरमा जान मन नलगेको पनि शायद जीवनको बास्त्बिक अर्थ बुझेरै होला । अरू त अति नै सुन्दर प्रस्तुतिको लागि धेरै धन्यवाद छ । प्रशन्शा गर्दा र प्रशन्शक बन्दा कहिले पनि दु:ख प्रकट नगरिदिएमा कसो होला ? यो मेरो सानोइ अनुरोध मात्रै हो । कृपया अन्यथा नलिनु हुन अनुरोध छ । बिन्ती मित्र स्याटेलाइट्जी यात्रा धेरै लामो तय गर्नु छ हामीले । गर्न धेरै बाँकी छ यो मुलुकमा शहकार्य मार्फत गुरुदेव् डा सि यम योगीज्यूका अनुसार एक्लै भन्दा हामी शहकार्य जुटेर गर्ने तर कदापि फुटेर होइन । कामको कुरा गर्न कुनै दिन फुर्सद निकालेमा कति राम्रो हुन्थ्यो होला है । च्याटमा लाइन मलाई वेबसाइट्को ठेगाना दिएकोमा धेरै धेरै हार्दिक धन्यबाद ।
February 21st, 2010 at 10:31 pm
खाँदै तपाईंको लेख पढ्दै थिए , प्लेट रित्त्तिएको पनि था पाइन ! खानाको टेस्ट पनि भुले तर लेख यती मिठो लाग्यो कि फेरी दोहोर्याएर पढे । अझै फुर्सद निकालेर दोर्याइ -तेहेर्याइ पढ्नु मन लागेको छ यो लेख ।
)
( काठमान्दौ को सडक मा हिंड्नु हुँदा किताब पढेर चै नहिंड्नुस् है
February 23rd, 2010 at 1:44 am
Good write up satellite ji.
March 28th, 2010 at 10:54 am
स्याटेलाईटजी माईसंसार मार्फत त परिचित नै हुनुहुन्थ्यो अहिले फेसबुक साथी बनेपछि तपाईको ब्लगमा पहिलोपटक आईपुगि यो पढें । साँच्चै तपाईको प्रस्तुती अब्बल छ मन छुने छ । कैयौं आध्यात्मिक चिन्तन सम्बन्धी लेखहरु पढ्दा पट्यार लाग्दो हुन्छ तर तपाईले शायद त्यो पुस्तकलाई नै होला एकै पानामा कति रोचक ढंगले प्रस्तुत गरिदिनु भएछ । हो जीवन क्षणभंगुर छ । यो सत्यलाई सबैले मनन गरे कत्ति सुन्दर संसार बन्थ्यो होला । आजकल तपाईले क्षःउबचुबलभलअभ शब्द प्रयोग गर्नु भएको देखेँ शायद यसैको प्रभाव होला ।
तपाईका सहयोगी हातहरुलाई सहयोग गर्न मेरा हातहरु पनि हत्तार्रिरहेका छन् । कुनै दिन अवश्य भेट होला । तपाईको कामको प्रशंसा गर्छु । तपाईलाई कहिल्यै थकाई नलागोस ।