“Five Points Someone” – A Novel by Chetan Bhagat

March 9, 2010 - 9:41 pm 3 Comments

भारतिय लेखक चेतन भगतको Five Points Someone पढेर सिध्याँय आज । यो पुस्तक पनि बाटोमै सकियो । केहि टेम्पोहरुलाइ घाटा लागेको मान्न सकिन्छ, कारण पुस्तक नभयको भय धुलो र धुवाँ खाँदै कुन मुर्ख हिँड्छ काठमाडौका सडकहरुमा । भाडा तिरेर टेम्पो नै चढिन्छ नि ! तर केहि पुस्तकहरु हुन्छन, जल्ले धुलो र धुवाँ खाँदै भयपनि हिँड्नुलाइ Justify गरिदिन्छन ।

कतिबेला पढने यार पुस्तकहरु पनि । कुनै निस्चित गन्तब्यमा पुगेपछि त्यहाँ जे कामका लागि पुगियको हो त्यहिपट्टि लाग्नुपर्यो । टेम्पोमा गयो भने एकैछिनमा पुराइदिन्छन । मोटरसाइकलमा गयो भने, पहिलो त टाउकोभरि ढुङ्गा राखेझैँ लाग्छ, हेल्मेटपनि । मास्क लगायर मनपरेको पुस्तक पढदै हिँड्यो । हो, केहि अघि हिँडनुपर्ला तर पुगिन्छ नि गन्तब्यमा त ।

चेतन भगतलाइ पढदै हिँडदाको रमाइलो घटना, केशर पुस्तकालय लैनचौरनिर पुस्तकमा आँखा गाडेर हिँडदै थियँ, अचानक कुनै पहाडसँग ठोकियझैँ भयो, घड्याम्मै यार के भन्ने ! हेरेको एउटि बुढि बजै त भनिहाल्न नमिल्ने तर हुने तयारिमा तिब्रताका साथ लागेकि महिलासँग ठोक्कियछु । धन्न उहाँका खुट्टाबाट छिरेर ननिस्केको । उदार मनकि हुनुहँदोरहेछ, झटारो दिइहाल्नुभो –

‘आँखा नभयको कस्तो गुण्डा हो यो ?”
उहाँले आँखा कोबाङका स्याउजत्रा पार्दै गालि गरेपछि म मुलाले ‘ गुण्डा त अलि होइन दिज्यु, सरि नदेखेर ठोक्कियछु ‘

राम राम यार, के भाको हँ काठमाण्डुलाइ या यहाँका मान्छेलाइ, दिज्यु भनेको झन रिसाइन, शुरुमा त बज्यै भन्न आँटेको थियँ । भनेको भय कन्फर्म नारि दिवसका दिन नारि अधिकार हनन गरेको आरोपमा जाकिन्थेँ होला ।

‘तिम्रा घरमा दिदि बहिनि, आमाहरु छैनन, लाज नभाको गुण्डा अझ उल्टै मेरै गल्ति बताउन खोज्ने ! ‘

ए जिसस क्राइष्ट यो संसारमा, यो भन्दा अरु डाइलग छैनन कि क्या हो ? जता भयो त्यतै महान नारिहरुले यहि संवादले झटारो हान्छन बा ।

‘मेरा घरमा दिदिबहिनि त छैनन तर आमाचाहिँ अवश्य ‘

बाटो लागेँ । उनिपनि फत्फताउँदै लागिन आफ्नो बाटोतिर ।

‘अचेलका राँडाहरु…..’ यतिसम्म सुनियो । कानमा हेडफोन घुसारेर चेतन भगतसँगै लागेँ लाजिम्पाटतिर । ठमेलतिर त झनै जानैहुन्न यार अचेल ‘ do you need Hasis ?’ ‘ या ‘do you need nepali special गाँजा ?’ भन्दै पछि लागेर हैरान भन्या । कपाल पनि किन खैरो पारेछु जस्तो पनि लाग्छ खैरेझैँ मानेर जाल फालिहाल्छन ठिटाहरुले ।

कुरा गर्दै थियँ Five Points Someone को बारेमा । पुस्तक पढिसकेपछि पुस्तकमै दिइयको लेखकको इमेलमा एउटा इमेल लेखेँ यति राम्रो उपन्यास लेखेकोमा । मोबाइलबाटै पठायँ । जब कुनै पुस्तक पढदा बोरिङ भन्ने पटक्कै हुँदैन, ति लेखकहरु सफल हुन । म उनिहरुलाइ धन्यवाद दिन चाहन्छु । The Kite Runner का अफगानि लेखक खलेद होसेनिलाइ न्युयोर्कमै हुँदा धन्यवाद इमेल पठायको थियँ । नेपाल फर्केपछि उनको प्रतिउत्तर पायँ । ओहो नेपालको पनि कसैले मेरो पुस्तक पढेछ भन्ने उत्साह त्यो ‘ब्याक इमेल’ मा थियो । उनलाइ के थाहा नेपालमा उनका कति पाठक छन भनेर !

चेतन भगतले बब्बाल दामि पुस्तक लेखेका रहेछन । हुन त यो नयाँ होइन । यसपछि नै उनका अन्य पुस्तक आइसकेका छन । सायद यहि पुस्तकबाटै हो कि क्या हो केहि दिन अगि रिलिज भयको ‘Three Idiots’ बनेको । मैले सिनेमाचाहिँ हेर्न पायको छैन । पुस्तक पढदा गजब राम्रो लाग्यो ।

चेतन भगत वास्तवमा हाम्रो पुस्ताको प्रतिनिधित्व गर्ने युवा लेखक हुन । लेख, उपन्यासहरुमा केवल जटिल, क्लिष्ट र अति साहित्यिक शब्दहरु हालेर मात्र कथालाइ तन्काउन खोजिन्छ । त्यो मलाइ आडम्बरिसिवाय अरु लाग्दैन । म दैनिक जिवनमा जस्तो बोल्छु, सोँच्छु या छु मैले त्यस्तै पुस्तकहरु मन पराउँछु । औपचारिकता निभाउन किन गर्हुँङ्गा शब्दहरु रोज्ने यार । बालै भयन नि । तिमि जे हौ त्यहि हौ । काम न काजका औपचारिकताहरुले के गर्छन यार एकछिनको भ्रमबाहेक । मलाइ चेतन भगतको यो पुस्तक, पुराना ढर्राका लेखकहरु र तिनका स्वघोषित कृतिहरुप्रतिको प्रहारजस्तो लाग्यो । औपचारिकताको भाषा कहिँ छैन ।

चेतन भगतले पुस्तकमा मिहिन तरिकाले कथालाइ उतारेका छन । पात्रहरुको सुक्ष्म बर्गिकरण, दैनिक जिवनमा बोलिने सँवादहरु र सरल भाषासहितको प्रस्तुतिकरणले Five Points Someone लाइ पढनयोग्य बनायका छन । मलाइ आशा छ, मैले छिट्टै चेतन भगतले लेखेका सबै पुस्तकहरु पढि सिध्याउनेछु । बिश्वास छ, ति पनि सडकमै सकिने छन, किनकि कोठा, अफिस, मिटिङ या गेट-टु-गेदर हरुमा त पात्रहरुसँग भैन्छ, पढन मिल्ने कुरा भयन । कोठामा त एक्लै भइयला तर बाँकि कामहरु नै यति हुन्छन कि फुर्सद निकाल्नु दुर्लभ काम हो । सुत्नेबेलामा एकछिन नपढि त निद्रा पर्दैन, रोगसरह नै भयको छ यो त तर त्यतिबेलामात्रै पढेकोले त एउटा पुस्तक सक्न २ महिना लाग्ला ।

तपाँइहरुले चेतन भगतको यो पुस्तक पढिसक्नुभयोहोला, नपढनुभयको भय म के भन्छु भने- तपाँइ यदि फिक्सनमा समेत रुचि राख्नुहुन्छ भने यो पुस्तक पढनयोग्य छ । ह्या !!! पुस्तक पढनलाइ समय नै मिल्दैन भन्ने बिल गेट्सहरुलाइ मेरो सुझाव, हिँडदा पढनुस यार, ट्वाइलेटमा पढनुस । समय त केहि गर्नलाइ नि मिल्दैन, मिलाउनुपर्छ । हुनत यो पुस्तक सन् 2004 मै प्रकाशित भयको हो, मैले पो भर्खर पढेको । म उनका नयाँ पुस्तकहरु पढ्न उत्साहित भयको छु ।

केहि दिनपछि अर्को भेटमा बाँकि कुराहरु ।

अहिलेलाइ राम राम !

तस्विर श्रोत: गुगले

Share and Enjoy:
  • Print
  • Digg
  • StumbleUpon
  • del.icio.us
  • Facebook
  • Yahoo! Buzz
  • Twitter
  • Google Bookmarks

3 Responses to ““Five Points Someone” – A Novel by Chetan Bhagat”

  1. प्रमोदΩ Says:

    २ बर्ष अगाडि पढेको थियँ यो किताब । राम्रो छ पढनैपर्नेखालको ।

  2. Luna Says:

    किताब को बर्णन गर्ने तपाइको शैली रोचक लाग्छ .

  3. Nirmal Says:

    तपाईंको लेख पढ्दै थिए र मन मनै सोच्दै थिए कि कुरा त सही नै हो, किताब पढ्नु पर्ने तर टाईम नै मिल्दैन…… तर तपाईंको एउटा वाक्य ले फेरी एकैछिन सोच्न वाध्य पुरययो “ह्या !!! पुस्तक पढनलाइ समय नै मिल्दैन भन्ने बिल गेट्सहरुलाइ मेरो सुझाव, हिँडदा पढनुस यार, ट्वाइलेटमा पढनुस ।”…. आजकल को कम्प्युटर सँग को गहिरो मित्रताले गर्दा होला जे कुरा पनि कम्प्युटर मै पढु अनी जे परे पनि गूगल मा नै खोजु लाग्छ, तेसैले PDF भर्सन खोज्दै छु । तर कोही साथी लाई म PDF मा पढ्दै छु यार भन्यो भने भन्ने गर्छन्, वाइयात!! कम्प्युटर मा पनि किताब पद्छ, कम्प्युटर मा त हिसाब किताब गर्ने, फोटो, भिडियो हेर्ने र् ईमेल check ग्अर्ने पो ho त्, हुन पनि सही नै हो, किताब मा पढ्नु को मज्जा छुत्तै हुन्छ | म पनि पहिले पहिले राती २,३ घण्टा दिनहु सुत्ने बेलामा किताब पढ्ने गर्थे, तर के गर्नु अहिलेको हाम्रो देश को लोअद्शेद्दिङ ले गर्द होला रातीमा एसो बसेर किताब पढौ भन्ने असम्भव नै भएको छ, तेसैले साथीहरु आफुलाई जसरी सजिलो हुन्छ त्यसरी पढाई लाई निरन्तर्त दिऔ | एस्ता कुरा हरुले हामीलाई झन बलियो बनाउदै गएको छ जस्तो लाग्छ। मलाई त लाग्छ अब नेपाली हरुलाई जस्तो थाउमा गएर पनि बाँच्न गर्हो हुँदैन। देश को परस्थिती जस्तो भए पनि “बाँच्नका लागी संघर्स त गर्नै पर्‍यो” नि होइन र साथीहरु ।

Leave a Reply

Copyright © 2010 Sateliteblog.com
Designed By: Nirmal Gyanwali
This site has been visited Free Counters times.