यि शब्दहरु मैले ओम हस्पिटलको दोस्रो तल्लाको वार्डमा टाइप गरिरहेको छु।
छेउको बेडमा आमालाइ सुताइयको छ। दुखाइ कम गर्ने ओखति मिसियको झोल स्लाइन बोटलबाट पाइप हुँदै आमाको कमजोर शरिरभित्र पसिरहेको छ। हिँजोभन्दा आज ठिक हुँदै छ। राति पुस्तक पढेँ । क्याण्टिन झरेर च्या पियँ । धोबिखोला छेउमा बगिरहेको छ, प्लाष्टिक र फोहोरका थुप्रासहित। राति आमा निदायपछि, बाहिर निस्केर धोबिखोलाछेउ बसेर चुरोट तानेँ। मरेको कुकुर बगाउन खोला संघर्ष गरिरहेको थ्यो जसरि म आमालाइ निको बनाउन। केहिबेरको घम्साघम्सिपछि खोलाले कुकुर बगायो, आमा निको हुनेमा बिस्वस्त छु।
अर्को महिनाबाट म मुम्बइ जानुपर्नेछ। स्कलरशिपको फर्म इमेलमा आयको रहेछ, राति बसेर केहि लेखेँ । तिमि सिनेमाक्षेत्रमा आयौ भने के नाप्छौ भन्ने प्रश्न थ्यो। राम्रा कथा भन्नेछु मेरा सिनेमामार्फत, त्यहि लेखेँ। जति दुनियाँदारि लेखेपनि लास्टाँ त्यहि हो।कस्ता सिनेमालाइ राम्रा भन्ने बारेमापनि सोचेँ । अस्पताल गजबको ठाउँ हुँदोरहेछ। मैले झ्याउलाग्दो दैनिकिबाट मुक्ति पायको अनुभव गरिरहेको छु। सधैको दौडादौड, भागाभाग….कहिलेकाँहि मान्छे शान्ति खोज्छ। अस्पतालमा मैले शन्ति भेटायको छु।
आमा बेलाबखत मतिर हेर्नुहुन्छ बेडबाट। म बाथरुम पुर्याउँछु । रोगले जीवन जटिल बनाउँदो रहेछ। आफु बिरामि हुनाले ब्यस्त छोराले अस्पतालमा समय बिताउन पारेकोमा आमाको आँखामा ग्लानी देखिन्छ। त्यो भावले मलाइ भित्रैबाट हल्लाउँछ। बाबु आमा बिरामि हुँदासमेत ‘सन्तानको बढि समय लियँ कि’ भनेर सोँच्नुपर्ने समय आइसकेछ । मेरा मौन आँशु झर्छन।
आफ्नो सपनाको पछि लाग्दा म धेरै स्वार्थि भैसकेछु। आमाबुवा सन्तानसँग समय बिताउन चाहन्छन। हामि ठुला भयौँ रे ! यो कस्तो ठुलोपन जसले बिरामि हुँदासमेत आमासँग समय बिताउनबाट रोक्छ। म आमासँग छु, जीवन हो, भोलि आमा नरहनुहोला या म नै नरहुँला। मानसिकरुपमा तयार हुनैपर्छ।
पार्किङमा राखेको मोटरसाइकल हेर्छु। यो अब कोहि अरु चढनेछ। म कति स्वार्थि, चढनुसम्म चढेँ, अब बेचेर मुम्बइ जाँदैछु । पैसा पुगेन कलेजलाइ, बिकल्प देखिन। फर्केपछि साइकल त चढन सकिहाल्नेछु नत्र तिसलाख मान्छे माइक्रोले काम चलाइरहेका छन, म पाजि को हुँ? साइकल कुदाउँदै चोभार पुग्नु रमाइलो हुनेछ।
संखुवासभाको पुस्तकालय निर्माणका लागि आयका सहयोगि इमेलको उत्तर कोठामा पुगेर पठाउँछु । फ्रिज खोलेको अस्तिको जिन बाँकि रहेछ। पिइन। अस्पताल फर्केँ। Read the rest of this entry »
Posted in आरोह-अवरोह
अहिले म सँगसँगैजसो दुइटा पुस्तक पढदैछु ।
पाउलोको The Zahir र हाम्रै लेखिका मञ्जुश्री थापाको Seasons of Flight.
पाउलोको द अलकेमिष्ट पढेपछि जाहिर पढने मन बनायको थियँ । किन्न जाँदा थापाको नयाँ पुस्तक पनि देखेँ एजुकेशनल हाउस कान्तिपथमा । बिदेशि लेखकका पुस्तकहरु किनेर पढिन्छ भने हाम्रै लेखकका पुस्तक किन नपढने ? फेरि मञ्जुश्रीका पछिल्ला पुस्तकहरुमध्ये The Tutor of History बाहेकका पुस्तकहरु मलाइ मन परेका हुन ।
Forget Kathmandu त राम्रा पुस्तकमध्येको एक हो । सम्राट उपाध्याय र मञ्जुश्री थापा अंग्रेजिमा लेख्ने स्तरिय नेपालि लेखक हुन ।
The Zahir को सय पेज हाराहारिमा पुग्दा मलाइ यसले तानेको छ । पाउलोले आफ्नै कथा लेखेका हुन कि झै पनि लाग्छ । एउटा सेलिब्रेटि लेखकको जीवन यति सुक्ष्म तरिकाले लेखियको कृति पढेको थिइन । लेखक बन्ने सपना पालेको सम्भावित लेखकमा पनि पुस्तक नै लेख्न त ठुलो साहस चाहिन्छ भन्ने देखाइयको छ । लेख्छु भन्दा भन्दै खै के खै के ले रोक्ने म जस्ता लेखक बन्न चाहनेहरुको मानसिकता उपन्यासका शुरुवाति पानाहरुमै देखिन्छ । मैले त्यहि नियति भोगेको छु । पढिरहेको पात्रले जब उपन्यासको पात्रमा आफ्नो छनक पाउन थाल्छ, मलाइ लाग्छ त्यो इमोशन समात्न सक्नु नै लेखकिय खुबि हो । पाउलोले त्यो समातेका छन ।
पुस्तकको १९ पेजमा रहेको यो प्याराग्राफ:
I continue my search for love, I continue writing songs. When people ask me what I do, I say I am a writer. When they say they only know my song lyrics, I say that’s just part of my work. When they apologize and say they have never read any of my books, I explain that I’m working on a project- which is a lie. The truth is that I have money, I have contacts, but what I don’t have is the courage to write a book.
मैले माथिका शब्दहरुबाट बिश्वका थुप्रै सम्भावित लेखकहरुको लेखकिय दुबिधा बुझ्छु । किनकि मैले महसुस गरेको छु । उपन्यासमा प्रमुख पात्र नै सेलिब्रेटि लेखक हुन्छ । उनका पहिलेका पुस्तक पढनेहरुले सजिलै बुझ्न सक्छन, यो पुस्तकको प्रमुख पात्रका रुपमा लेखकले आफुलाइ नै उभ्यायका छन । पहिलो पुस्तक Pilgrimage देखि The Alchemist सम्मका कुरा आउँछन । Read the rest of this entry »
Posted in साहित्य
केहि दिन अगाडि मुम्बइ गयको थियँ ट्रेनमा । फर्किँदा ट्रेनको टिकट पाइएन । बसमा फर्कियँ सातवटा बस बदल्नुपर्यो बुटवलसम्म आइपुग्दा ।
जहाजमा फर्किन पैसो पुगेन । जाँदा ट्रेनमा चेतन भगतको 3 Mistakes of My Life पढेर सिध्यायको थियँ । मुम्बइ पुगेपछि समुद्र खोजेको अटोले कताकता पुरायो भेटिन । बरु किताबै पढन ठिक ठानेर चेतनकै नयाँ उपन्यास 2 States किनेँ । नेपालमा पनि बिवाहको सन्दर्भमा चेतनको बिवाहको कथाभन्दा फरक छैन । केटिलाइ मात्र मन परायर हुन्न । केटिका बा-आमा, तोरिजस्ता नातेदार अनि केटातिरकाले पनि मन परायपछि बिहे हुन्छ झ्याउलाग्दो । मुम्बइबाट साँझ चढेको बसले अर्को बिहान गुजरातको अहमेदाबाद ल्याइपुरायो । यहाँबाट बस बदल्नुपर्ने । चेतनका हरेक पुस्तकमा हुने शहरमै रहेछु म । Five Points Someone देखि पछिल्लो उपन्याससम्म अहमेदाबादको चर्चा छ । आफुले पढने लेखकको शहरमा हुनु पनि खुसिकै कुरा हो जस्तो लाग्यो । मरिलानु के छ र दुखि हुनु यार ?
राजस्थान हुँदै दिल्लि आइपुग्दासम्ममा 2 States सिध्यायँ । दिल्लिको गनाउने बसपार्कमा सुनौलिसम्मको बस टिकट किन्न खोजेको पैसो सकिइसकेको रहेछ । वालेट हेरेको नेपालि पैसो रहेछ तिन हजारजति । बसपार्कमै नेपाल फर्कन थालेको नेपालि अधबैसेसँग 6% कमिसन जोडेर साटेँ भारतिय रुपैयाँ । खाउ मैसँग कमिसनपनि । आपत्ति जनाइन । लास्टै झुरेष्ट लोकल बसमा सुनौलिसम्मको टिकट काट्दै गर्दा बसवालाले पान पिचित्त थुक्यो । पान खानैलाइ जन्मेका रहेछौ ।
2 States सकियपछि बेरोजगार भयका थिय आँखा र चित्त । बसपार्कमा राम्रा ठिटिहरु देखिने कुरा भयन । केहि अण्टिहरु प्रोडक्टसहित यताउता गरिरहेका थिय । गर्मि नर्कमा भन्दा कम थियन । काम परेपनि दिल्लि त जानु नपरोस यार ! मुम्बइमा अलि कम थ्यो ।
अब जान्छ भन्दै पानवालाले तिन घण्टा झुलायो बसपार्कमै । प्रत्येक सिट नभरिउञ्जेल बस डगेन । नेपालि या भारतिय होइन भनेर पनि होला बसपार्कले अनावश्यक इज्जत Read the rest of this entry »
Posted in आफ्नै बारेमा, साहित्य
इण्डियन कल्चर सेन्टरले नेपाल पर्यटन बोर्डको हलमा गरिरहेको सिनेमा सम्बन्धि अन्तर्क्रियात्मक कार्यक्रमको अन्तिम दिन हिँजो म पनि गयको थियँ त्यहाँ ।
भारतिय सिनेमामा नायिकाहरुको भुमिकाका बारेमा छलफल गर्ने कार्यक्रम थियो यो मुख्यत: । सिनेमाका म जस्ता बिद्यार्थिहरुका लागि पनि यो कार्यक्रम महत्वपुर्ण सावित भयो । हाम्रा आफ्नै सुपरस्टार राजेश हमालदेखि नोटेड डकुमेन्ट्रि मेकर छिरिङरितार शेर्पा, भारतिय सिनेमाकि हस्ति नन्दिता दास, निर्देशक गोबिन्द निहालनि, कनक दिक्षित र लेखिका मञ्जुश्रि थापाका अनुभव सुनेर मलाइ गजबको मज्जा आयो ।
मैले भारतिय निर्देशक गोबिन्द निहालनिलाइ प्रश्न गरेको थियँ – तपाँइले साहित्यिक पुस्तकहरुबाट थुप्रै सिनेमाहरु बनाउनुभयको छ, हाम्रोमा पनि त्यस्ता प्रयाशहरु भयका थिय तर ति सिनेमाहरु दर्शकबाट लगभग तिरस्कृतसरह नै भय ! कहाँनिर चुक्यौँहोला हामि ? यदि भविष्यमा मैले कुनै पुस्तकमा आधारित रहेर सिनेमा बनाउन चाहन्छु भने राम्रो सिनेमा बन्न ध्यान दिनुपर्ने कुराहरु के के हुनसक्छन ?
निहालनिले कथाको मर्म मर्न नहुने र त्यसका लागि निर्देशकमा कथाबस्तुको गहिराइपुर्ण ज्ञान हुनुपर्नेसाथै क्राफ्टमा कन्ट्रोल हुनुपर्ने बताय । आफ्नो प्रिजेन्टेशनमा उनले आफुले बनायका केहि सिनेमाहरुका क्लिपपनि देखाय ।
नन्दिता दासले आफ्नो गजबको जिवनका बारेमा बताइन । साँच्चै नै उनि सिनेमामेकरहरुका निम्ति प्रेरणाकि श्रोत हुन । उनले निर्देशन गरेको सिनेमा ‘फिराक’ ले अहिले अन्तराष्ट्रिय एवार्डहरु जितिरहेको छ । संयोग मिलायर हेर्नुपर्ला ।
राजेश हमाल मलाइ मनपर्ने नायकमात्र नभयर प्रेरणादायि शिक्षित ब्यक्तित्व लाग्छन । उनले सिनेमामा पाउनुपर्ने भुमिका नपायकोजस्तो लाग्छ । राजेश हमाल खालि मुठि कसेर चिच्याउने कलाकारमात्र होइनन भन्ने पुष्टि कुनै दिन होला । नयाँ निर्देशकहरुले आशा जगायका छन । नयाँहरु स्थापित हुँदैछन, पुराना बिस्थापित ।
नविन सुब्बा, छिरिङरितार, सुदर्शन थापा, आलोक नेम्वाङ जस्ता निर्देशकहरु नेपालि सिनेमा उद्योगले पाइसकेको छ । आशा गर्ने ठाँउ प्रसस्तै छ ।
राजेश हमालले जे बोले गजब बोले, नन्दिता दासलाइ उनले सोधेका प्रश्नहरु रोचक थिय । बरु मैले आशा गरेजति मञ्जुश्रि थापा प्रस्तुत भइनन । उनले लेखेका दुइटा पुस्तक पढेको थियँ मैले Forget Kathmandu र Tutor of History Read the rest of this entry »
Posted in सिनेमाका कुरा
नयाँ बर्षको सुभकामना ! संसारका सजिव-निर्जिवहरु सबैको मंगल होस ।
नयाँ बर्षको अवसरमा एउटा खुसिको खबर छ ।
महाबिर पुन आवद्व नेपाल वायरलेश नेटवर्कको वेभसाइट साथि निर्मल र डा. धिरजले नयाँ रुपमा अपडेट गरेका छन । पहिला भन्दा आकर्षक र छरितो बेनको छ साइट । अब महाबिर पुन र उहाँका कामहरुलाइ बुझ्न मान्छेहरुलाइ अझ सजिलो होला भन्ने आशामा हामि छौँ । धन्यवाद निर्मल अनि धिरज । ब्यस्तताको वावजुद पनि भोलेण्टियरलि यो साइट यति राम्रो बनायकोमा ।
डा. धिरज हङकङ फर्किसकेका छन तर उनले त्यँहिबाट नै टेलिमेडिसिन सम्बन्धि कामहरु गर्नेछन ।
नेपाल वायरलेश नेटवर्क को अपडेटेड साइट हेर्न र सुझाव दिन यहाँ क्लिक गर्न सक्नुहुनेछ ।
नयाँ बर्षमा भयको यो नयाँ कामले हामि टिम मेम्बरहरुमा नयाँ उत्साह थपेको छ ।
Posted in फरक प्रसङ्ग
अम्बे सिमेन्ट र पञ्चकन्या छडको बिज्ञापनलाइ माथ दिने गरि गरियको पत्रकार तथा लेखक नारायण वाग्लेको भर्खर बजारमा आयको उपन्यास ‘मयुर टाइम्स’ पढेपछि पाठकका रुपमा भन्छु म- वाग्ले र मयुर टाइम्स दुबै यसपालि चिप्लियका छन । पाठकहरुले पल्पसा क्याफेका लेखकबाट गरेको आस मयुर टाइम्स पढेपछि अचम्मैपर्नेगरि निराशामा परिणत हुन्छ । नारायण वाग्लेको पहिलो उपन्यास पल्पसा क्याफे पनि बजारमा आयको हप्तादिनमै पढेको थियँ र अहिलेको मयुर टाइम्स लाइनमै बसेर किनियको हो । पुस्तक पढेपछि मैले बुझेको सत्य- कहिलेकाँहि अयोग्य लेखकिय उत्पादनहरुलाइ पनि आक्रामक शैलिले प्रचार गरियो भने पढनै पर्ने हो कि भन्ने भ्रम सृजना गरिँदिदो रहेछ मिडियाले ।
वाग्लेले राम्रो बिषय छानेका छन तर कथामाथि न्याय पटक्कै गरेका छैनन । मोफसलमा जोखिम मोलेर काम गर्ने पत्रकारहरुको कथा भयपनि ‘मयुर टाइम्स’ पढेपछि मलाइ हलिउडमा बन्नुपर्ने कथामा बनेको सस्तो नेपालि सिनेमा हेरेको अनुभव भयो । मुख्यत: दुइटा नारि पात्र पराग र लिसरामाथि घुमेको कथामा परागलाइ बलिउडि शैलिमा ‘हिरोइक’ देखाइयको छ । कथाको शुरुवातसँगै लाग्छ -केहि बर्षअघि जनकपुरमा हत्या गरियकि पत्रकार उमा सिँह र नेपालि पत्रकारितामा रहेका कैयौँ उमा सिँहहरुको कथा हो यो तर अहिलेपनि नेपालि पत्रकारितामा घटिरहेको दुखद यथार्थलाइ लेखकको कल्पनाशीलताले डुबायको छ । कथामा पर्याप्त द्वन्द छैन पात्रहरुबिच । कुनै शिकारु लेखकले लेखेको उपन्यास हुँदो हो त मैले यहाँ समिक्षा गरिरहने कष्ट गर्दिनथेँ होला तर नेपालि मिडियाका केन्द्रबिन्दुमा रहेका मदन पुरष्कार बिजेता नारायण वाग्लेको लेखन हुनाले, उपन्यास पढिसकेपछि एउटा पाठकले के ठान्यो कृतिबारे त्यो प्रस्तुत गर्न खोजेको हुँ ।
फ्लासब्याकमा धेरै बगेको मयुर टाइम्सको सकारात्मक पक्ष सरल भाषा प्रस्तुति हो । जटिल शब्द नहालि साहित्य सृजना हुँदैन भन्नेहरुलाइ त वाग्लेले भाटे कार्वाहि नै गरेका छन । उनको भाषा सरल र स्पष्ट छ । कथाभित्रका घटनाहरु एकअर्कामा गाँसियका छन तर उत्कृष्ट बन्नका लागि त्यो मात्र पर्याप्त हैन । मुख्य मेरुदण्ड त कथा आफैमा हो । प्रस्तुति त्यसपछि अाँउछ । जब ससक्त कथालाइ निकै खुकुलो बनाइयको छ भने प्रस्तुतिको के अर्थ भयो र ? मयुर टाइम्सको प्रस्तुत गरियकै कथाबस्तुमा मैले दैनिक अखबारहरुमा नै मन रुवाउने समाचार, लेख र कथाहरु पढिसकेको छु । तर जब उपन्यास लेखिन्छ भने, पक्कै पनि पाठकले पढुञ्जेल बाँध्नसकोस भन्ने अपेक्षा गर्छ तर यो आस मयुर टाइम्सबाट पुरा भयन । उपन्यास पढदा खटकने पाटाहरु- पराग जो बैकिङ क्यारियरमा जमेकि छे काठमाडौमा र राजनितिक रुपमा सचेत छे । लिसरासँगको लामो समयको अन्तरालपछिको भेटमै उसले मयुर टाइम्सको सम्पादकको जिम्मेवारि लिन्छे । उपन्यासको अर्को कमजोर पक्ष ‘न्यारेसन’ बढि र संवाद कम्ति भयो । लेखकले पात्रहरुबिच संवादको माध्यमबाट बर्णन गर्नुपर्ने घटनाहरुमा न्यारेसन ठोकेका छन जताततै । एक मित्रको समिक्षाले पनि मयुर टाइम्स किन्न मलाइ प्रेरित गरेको थियो, त्यसैमा वाग्ले आफैमा पनि नाम चलेका लेखक हुन । पुस्तक किन्न प्रेरित गर्ने अर्को पाटो नेपालयले प्रकाशन गरेको हुनाले पनि हो । नेपालयले प्रकाशन गर्ने पुस्तकहरुको नियमित पाठक हुनुका कारण पनि मलाइ मयुर टाइम्स बाट आशा थियो । तर कथाबस्तु आफैमा सशक्त नभइ अन्य पाटो जति राम्रो भयपनि कृति बिशिष्ट नहुँदोरहेछ भन्ने मयुर टाइम्सले प्रमाणित गरेको छ । Read the rest of this entry »
Posted in साहित्य
आज अप्रिल १०, सबैलाइ धेरै कुराहरुको प्रतिक्षा होला । मलाइ नारायण वाग्लेको नयाँ उपन्याँस ‘मयुर टाइम्स’ को थियो । बिहान उठेर केहिबेर ध्यान गरेँ । शनिवारको बिहान कस्तो हुन्छ ? झ्यालबाहिर हेर्दा सुर्य उदाइनसकेको समय थियो । मन पर्छ । सुर्योदय हुनुअघी र सुर्योस्तपछिको समय गजबको लाग्छ मलाइ । सुर्यास्तपछि सामुद्रिक तट किनारमा बसेर क्षितिजतिर हेर्दै हराउनुको मजा नेपाल फर्केपछि लिन पायको छैन तर जे छ, पर्याप्त छ । कहिलेकाँहि साँझमा पशुपति पारिपट्टिको किनारमा बसेर जलाइयका लाशहरु धुवाँमा हराउँदै गयको हेर्छु । मृत्युलाइ हरेक क्षण सम्झन सकियन भने जिवनमा इमान्दार हुन सकिन्न कि जस्तो लाग्छ । लाशहरुले त्यो सत्यलाइ ‘रिफ्रेश’ पारिदिन्छन । लाशहरु झुटो बोल्दैनन ।
शनिबारको दिन म प्राय: पुस्तक पढनलाइ छुट्टाउने दिन हो । अन्य दिन हजारौँ कुराहरु अघिपछि हुन्छन । समाज गजबको हो कि म गजबको बुझ्दिन म । मान्छेहरुलाइ सधै ‘इन्टरटेन्ट’ नगर्दा कहिलेकाँहि घमण्डि यावतका उपमा पाइन्छ । ति कुराको बालै भयन ।
केहि दिनदेखि वाग्लेको उपन्यासको नागरिक र रिपब्लिका दैनिकहरुमा ब्यापक बिज्ञापनहरु आइरहेका थिय । नारायण वाग्ले आफै मिडियामा चल्ताफिर्ता हस्ति भयर हो या अर्को सामान्य लेखकको राम्रो कृतिले यस्तो ब्यापारिक साथ पाउला त्यो अनुमान गरिहाल्न म सक्दिन । पल्पसा क्याफेले पायको राम्रो चर्चा र बजारले पनि हुनसक्छ वाग्लेबाट म जस्ता आमपाठकहरुले राम्रो पठनिय पुस्तकको अपेक्षा राखेका छन । मयुर टाइम्सले त्यो आशा कत्तिको पुरा गर्छ त्यो नपढि भन्न सक्दिन म । लाइनमा बसेर लेखकको हस्ताक्षरसहितको पुस्तक किन्न त किनिसकेको छु । पहिलो २० पेज पढेँ, खासै उत्साह जागेको छैन हल्लाजति । तर पनि त्यसमा प्रयोग गरियको सरल भाषाले मलाइ थप पढन लोभ्यायको छ । जटिल शब्द नहालि साहित्य लेख्न सकिन्न भन्ने मान्यतालाइ वाग्लेले राम्ररि झापड हानेका छन । माओवादिको भाषामा भन्ने हो भने उनले त्यो मान्यतामाथि ‘भाटे कार्वाहि’ गरेका छन । उनको भाषा उनिजस्तै सरल बगेको छ । कथामा सन्तुष्ट हुनुनहुनु पछिका कुरा हुन । प्रस्तुति राम्रो छ ।
म दैनिक जीवनमा जे भोग्छु, म त्यसैको बारेमा पढन चाहन्छु र त्यो पनि दैनिक बोल्ने सामान्य भाषामा । मलाइ आदर्शका कुरामा बिश्वास छैन । कहिलेकाँहि कुरा मिल्दैन साथिहरुसँग, सबैसँग होइन केहिसँग ! यदि मलाइ सडक किनारमा बनायको च्या मिठो लाग्छ भने, अनमोल या बेकरि क्याफेमा बसेर च्या पिउनु आवश्यक छैन । भर्खर बिदेशबाट आयका एक मित्र छन, चिनेकाहरुले बाटोमा उभियर च्या पियको अवश्थामा हामिलाइ देख्लान र इज्जतमा धक्का पुग्ला भन्ठान्छन । हाफ पेन्टमा हिँ्डदा ज्वाँइले देख्लान र के भन्लान भन्छन ! कुरा मिल्दैन । म बाँच्ने मेरो शैलिले हो । यदि सडक किनारमा हाफ पेन्ट र चप्पलमा च्या पिउँदै गरेको या माइक्रोमा कोचियर हिडेको देखेको आधारमा मेरा सम्बन्धहरुले मप्रतिको धारणा बनाउँछन भने, ति सम्बन्ध मलाइ पटक्कै चाहियनन । खोक्रो शानले बाँच्नु आफैलाइ धोका दिनुसिवाय केहि होइन । यसमा मान्छे कसरि हुर्क्यो, बढ्यो र उ बस्ने सराउण्डिङले भुमिका खेल्छ होला तर यि देखावटिहरुप्रति मेरो बितृष्णा छ । Read the rest of this entry »
Posted in साहित्य
नेपालमा अनौठो ‘अतिवाद’ हावि छ । हरेक क्षेत्रमा यो छ । कि अति प्रशंसा कि त अन्धबिरोध ।
के हामिमा स्वतन्त्ररुपले निर्णय गर्ने क्षमता हराउँदै गयको हो ? किन हामि कुनै बिषय, ब्यक्ति या प्रसङगका बारेमा साँचो मनले आफ्नो दृष्टिकोण दिन सक्दैनौ ?किन हामि या त चाकडिकै शैलिमा या अस्तित्व नामेट पार्ने किसिमले समर्थन/बिरोध गर्नुपर्ने ? मान्छेमात्र बनेर हामि सोँच्न नसक्ने त होइनौ नि ? नेपालि,अमेरिकि, युरोपेलि, माओवादि, कँग्रेशि, एमाले या तराइका कुनै कोब्रा, भाइरस हुनुपहिले हामि चेतना भयका मान्छे हौँ । त्यसैले कृपया साँचो बन्ने प्रयाश गरौ यार ।
गिरिजा स्वर्गिय भय । सबै हुनुनैपर्ने हो । विवाद छैन । ओबामापनि कुनै दिन मर्नेछन, म पनि मर्नेछु र तपाँइपनि । यदि मैले बाँचुञ्जेल फटाहागिरि मात्रै गरेँ, दुखबाहेक केहि दिइन र आत्मरतिभन्दा पर सोँचिन । मेरो परिचय बाँचुञ्जेल फटाहा, परपिडकको छ भने म मरेको अर्को दिनबाट मलाइ महान, महानायक, सन्त, साहित्यकार या साधु बनाउनु किन पर्यो यार ? फटाहा बाँचुञ्जेलपनि फटाहा हो र मरेपछि पनि उसलाइ उसका कर्मका आधारमा मुल्याङकन गरिनुपर्छ भन्ने मेरो आग्रह हो ।
गिरिजाप्रसाद मरेको भोलिपल्टदेखि उनलाइ महानायक र साधु बनाउने होडबाजि चल्यो मिडियामा ! उहाँले मलाइ चकलेट दिनुहुन्थ्यो त्यसैले उहाँ महान । उहाँले मेरो भाञ्जालाइ सडक बिभागको हाकिम बनाउनु भो त्यसैले उहाँ महान । उहाँले मलाइ कोलम्बो सार्कमा लैजानुभयको थ्यो त्यसैले उहाँ मेरा पितासमान । उहाँले मलाइ राजदुत बनाउनु भो, त्यसैले उहाँ भगवान । उहाँ मेरि छोरिको विवाहमा आशिर्वाद दिन आउनुभयको थ्यो त्यसैले उहाँ दयालु ।
उहाँले मलाइ इन्टरभ्यु दिनुभाथ्यो त्यसैले उहाँ देखियजति कठोर पटक्कै हुनुहुन्थेन । आदि-इत्यादि । अरे छोड यार यि सब नौटंकिहरु । गिरिजाप्रसाद बाँचुञ्जेल उनलाइ गालि गरेर नथाक्नेहरु मरेको भोलिपल्टदेखि गिरिजाकै बारेमा शाब्दिक भजन र किर्तनमा यसरि उत्रिय, मुला म जस्ताहरु छक्क परे । कसैले उनलाइ महात्मा गान्धिसँग तुलना गरे भने, कुनै कामरेडले सुजातालाइ इन्दिरा गान्धिसँग दाँजे । Read the rest of this entry »
Posted in ब्यक्तिचर्चा
मंगलबारको एउटा साँझ ! काठमाडौमा बेसरि बतास चलको छ । म राजदरबार उत्तर ढोका हुँदै old navy स्लिपरमा पैदल हिँडेको छु । केहि दिनदेखि पेट्रोल पाइयको छैन । मोटरसाइकल लाजिम्पाटको गल्लिमा थन्कियको छ । तराइमा तेल बोक्ने ट्यांकर ड्राइभरहरुले हडताल गरेका छन रे । त्यहि हो थाहा पायको अखबारहरु पढेर । मलाइ झ्याउ लागेको छ यार ! यथार्थ यहि थियो ।
अहिले लागेको छैन किनकि त्यो साँझ म कम्प्युटर झोलामा हालेर हाफ पेन्ट र स्लिपरमा गोगँबु बसपार्क पुगेँ । झम्याक्क रात परिसकेको थ्यो । बस पाय घरतिर(बुटवल) लाग्छु, नपाय फर्कन्छु । त्यसपर सोँचियन । बसपार्क पुग्दा पानि र बतास दर्केका थे । छाता ओडेको थेँ, बालै भयन । पानि दर्केका बेला बसपार्कभित्र टेन्ट ओडायर बनाइयको च्या पसलाँ उभियँ । पसले बुढि थिइन, पानि छलेर लुते कुकुरसँगै उभियको म पात्रतिर हेर्दै सोधिन’ केहि चाहियको हो कि बाबुलाइ ?’ उनि दिनभरको बेपारबाट निम्तेका पुराना नोठहरु गन्दै थिइन । बुढि ‘मल्टिटास्किङ’ रहिछिन । मेरो मुला कपाल र हाफ पेन्टको पछिल्लो भाग पानिले पुरै भिजेको थ्यो ।
‘के दिन सक्नुहुन्छ ?’ नेपालि फिलिमको २ पैसे भिलेनले झै सोधेँ मैले ! बुढि हल्का तर्सियकै हुन मेरो डाइलगले । चाउरि परेका तिनका आँखा ठुला भय । यो मुलोले कतै दिनभरको बेपारसेपार चिरिपझ्याँठ पार्दिने त होइन हँ? बुढिका ठुला बनेका मौन आँखाले त्यहि सोधेका थे । उत्तर दिनु अनिवार्य थ्यो उनले – ‘मसित भाको त च्या, चुरोट हो लिनेभय बाबुले ‘
‘दिनुस दुइटै !’
‘कतेवटा दिम चुरोट’
‘एउटो’
‘कुन दिम’ यतिबेलासम्म बुढिले बिरप्पनले भारतका जंगलमा चन्दन तस्करि गर्दा नमाझि च्या पकाउने भन्दा कम्तिको नदेखिने ताप्केमा पानि प्रशस्त मिसायको दुधको एक कप खोलो बगाइसकेकि थिन, त्यसै ‘मल्टिटास्किङ’को पद दिइन्छ र ? उनि माकुने त होइनिन नि, केहि नगरि लड्डु पाउने ।
‘जुन महँगो छ त्यहिदिनुस न यार ‘ सुर्याभन्दा माथिल्लो त्यहाँ थियन भन्ने त मलाइ थाहा थियो, त्यहिपनि पानि सधै नपर्ला । यसरि भिलेन बन्न नपाइन सकिने संभावना राम्रै थ्यो । बुढिले सुर्या र लाइटको समेत काम गर्ने दाउराजत्रो लाइटर पास गरिन, च्यापत्ति पनि थपिन ताप्केमा । च्यामा रङ निकाल्ने काममा बिहानदेखि पकाइयका मृत च्यापत्तिहरुको भुमिका प्रसंशायुक्त देखियो । च्यापत्तिहरु ताप्केको भित्ता र ग्राउण्डमा जुको झैँ टाँसियका थे । मैले च्या र चुरोट इन गर्दै थेँ । जन्मजात दुखि देखिने एउटो टेउसि ड्राइभर पानि छल्दै आयो र सोध्यो – के छ खानेकुरा ?
‘चाउचाउ खाने हो ? बनाइदिम ?’ बुढिले कर्कशायुक्त आवाजमा सोधिन । दुखिरामले टाउको हल्लायो र गोजिबाट शिखरको खिल्लि निकालेर ओँठमा च्याँप्यो । मतिर हेर्यो । त्यो हेराइमा के छ भनेर बुझ्न कुनै डिग्रि लिनु जरुरि छैन । चुरोट पिउने चुरोटेहरुले बुझ्छन । मेरो चुरोटबाट सल्कायो । धन्यवाद सन्यवाद गय तेल लिन । केहि आयन । बुढिले च्या बनायको ताप्के धसिन र जुके च्यापत्तिहरु पखालिन । एकैछिनमा त्यसैमा चाउचाउ पाक्यो । वाइवाइमा २ रुप्पे परेछ । टेउसि ड्राइभरको आँखा छलेर बुढिले कुपन पटुकाभित्र पुराइन । Read the rest of this entry »
Posted in आरोह-अवरोह
March 27, 2010 - 10:37 pm

लाजिम्पाटस्थित फ्रेञ्च दुतावासको अपोजिटमा रहेको भित्ताभरि स्लोगन लेखियको Upstairs Jazz हाम्रो hangout गर्ने ठाँउ भन्दा हुन्छ । मलाइ पहिलोपल्ट त्यहाँ साथि कृष्णले गत बर्ष लगेका थिय । हाम्रो पहिलो भेट त्यहिँ नै भयको थियो म्याग्दिको शिखमा पुस्तकालय स्थापना गर्ने बिषयमा छलफल
गर्न ।
त्यसपछिका दिनमा महाबिरदेखि बाघबिर र चुङदेखि जयासम्म सबैलाइ भेट्ने थलो ज्याज भयको छ । सामान्य तर बिशेष ठाँउ हो ज्याज । ज्याजमा नै हाम्रा ‘क्रमभङ्गता’ देखि ‘छलाङ’ मार्नेसम्मका निर्णयहरु भयका छन । महत्वपुर्णदेखि बेकारका भेटघाटहरु भयका छन ।
कहिलेकाँहि केहि लेख्नुपर्यो भने म ठमेलस्थित जाभामा जान्थेँ कालो कफिसँगै लेख्न तर त्यो ठाँउ मेरा लागि ठिक नहुनुका केहि कारणहरु आइलागे, पहिलो त मैले पिउने कफिमा 13% vat र 10% Service Charge गरि कफिबाहेक 23% बढि तिर्नुपर्ने, अर्को कारणचाँहि प्रतिघण्टा ५० रुप्पे घण्टाको तिरेर के खान वायरलेश इन्टरनेट प्रयोग गर्ने ? म मुला बिल गेट्स त हैन नि यार !
बिपरित, ज्याजमा चाहिँ 23% Tax पनि तिर्नु नपर्ने र Free WiFi internet । मेरो रोजाइमा ज्याज नै पर्यो । काम त सधै गर्नै पर्छ तर कहिलेकाँहि हुने hangout place त कुल हुनै पर्यो नि । ज्याजका त वेटरहरुपनि कुल छन , के चाहियो भनेर सोध्नै आउन्नन । तरपनि Jazz is best…
शनिवार र बुधबार साँझ हुने Live Jazz Music मा त म बस्दिन । मलाइ त्यो म्युजिकसँग लगाव छैन तर कहिलेकाँहि साँझ माथिल्लो तलामा परालको मुढामा बसेर कफि पिउँदै लेख्न रमाइलै हुन्छ । ज्याजको अर्को रमाइलो के पनि छ भने, मैले काठमाडौका रेष्टुरेन्टहरुमा अहिलेसम्म खाएको अनुभवमा ज्याजमा जस्तो मिठो कोथे म:म र आलु रोटि कहिँ भेटेको छैन । G तान्नेहरुका लागिपनि ज्याज गजबै छ । नेपालिदेखि बिदेशि ठिटिहरुसम्मको दर्शन र कुराकानिका लागि पनि ज्याज राम्रै छ । महँगा रक्सि पिउने हरुका लागि पनि ज्याज ठिकै छ । Read the rest of this entry »
Posted in फरक प्रसङ्ग